text
stringlengths
2
914
केनको कीर्तिमानी प्रदर्शनमा बायर्न विजयी
एजेन्सी
ह्यारी केन शनिबार जर्मन बुंडेसलिगामा सबैभन्दा चाँडै ५० गोल गर्ने खेलाडी भएका छन् र उनकै ह्याट्रिकको मद्दतले बायर्न म्युनिकले असबर्गलाई सजिलै ३–० ले पराजित गरेको छ ।
एनपीएलमा समर्थक ओइरिने आस छ : निसम
कान्तिपुर संवाददाता
जेम्स (जिम्मी) निसम नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न काठमाडौं आउन लागेको ठूला नाममध्ये एक हुन् । एनपीएलको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले उनलाई ल्याउन लागेको हो । मिडियम पेस अलरान्डर निसमले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र ७९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
तृष्णा आफ्नै गाउँमा सम्मानित
कान्तिपुर संवाददाता
नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीकी तृष्णा विश्वकर्मालाई ओमसतिया गाउँपालिकाले ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
पूजालाई सम्मान थाप्न भ्याइनभ्याइ
सन्तोष सिंह
महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई शुक्रबार महोत्तरीको जलेश्वरमा विभिन्न संघसंस्थाहरूले सम्मान गरेको छ ।
नेपालको ब्रुनाईविरुद्ध सहज जित
कान्तिपुर संवाददाता
नेपाली टेनिस टिम बहराइनको इसा टाउनमा भइरहेको डेभिस कप टेनिसको प्लेअफमा पुगेको छ ।
फ्रेन्चाइज कबड्डी लिगको लोगो र ट्रफी अनावरण
ध्रुव तुलाधर
कबड्डीको आसन्न फ्रेन्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो र ट्रफी शुक्रबार अनावरण गरिएको छ ।
फाल्डो गल्फ सिरिजमा सद्भावको फड्को
विनोद पाण्डे
गल्फ खेलाडी सद्भाव आचार्यले नेपाली खेलकुदका लागि बिहीबार नयाँ इतिहास रचेका छन् । यूएईको आबुधाबीमा आयोजित फाल्डो सिरिजको जुनियर टुर युरोप ग्रान्ड फाइनलमा उनले यू–२१ को उपाधि जितेका छन् । यो प्रतियोगिता जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
मंसिर ७, २०८१
जुयिनर यू–१४ टेनिसमा अभि च्याम्पियन
कान्तिपुर संवाददाता
भारतका अभि अग्रवाल इमर्जिङ एथलिट जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत सर्किट वानको ब्वाइज सिंगल्समा बिहीबार विजेता बनेका छन् ।
डब्लूएमएसी मार्सल आर्ट्स खेल्न सन्जित युकेतिर
कान्तिपुर संवाददाता
सन्जितकुमार राई डब्लूएमएसी वेल्स खुला मार्सल आर्टस प्रतियोगितामा भाग लिन शुक्रबार युकेको साउथ वेल्स गएका छन् ।
बास्केटबल गर्ल्सतर्फ एक्सेल्सियर र रेडियन्ट विजयी
कान्तिपुर संवाददाता
द एक्सेल्सियर स्कुल १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा क्वाटरफाइनल पुगेको छ ।
चन्द्रपुर मेयर कप : गौरको विजयी सुरुआत
शिव पुरी
चन्द्रपुर प्रथम मेयर टी–२० लिग क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ५ विकेटले पराजित गरेको छ ।
क्रिकेटर तृष्णालाई ओमसतियामा ५१ हजार नगदसहित सम्मान
सन्जु पौडेल
यू-१९ विश्वकपमा पुग्ने नेपाली महिला क्रिकेट टिमकी सदस्य तृष्णा विश्वकर्मालाई गृहक्षेत्रमा सम्मान गरिएको छ । उनलाई शुक्रबार रुपन्देहीको ओमसतिया गाउँपालिकाले नगद ५१ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।
महिला यू–१९ क्रिकेट टोलीकी कप्तान महतो सम्मानित
सन्तोष सिंह
महोत्तरीको जलेश्वरमा संघ संस्थाहरुले महिला यू–१९ क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सम्मान गरेका छन् ।
एकै दिन १७ विकेटको पतन
कान्तिपुर संवाददाता
भारत-अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो टिम शुक्रबार अस्वभाविक रूपमा ८३ रनले अगाडि रहेको छ । पर्थमा सुरु भएको टेस्टको पहिलो दिन नै १७ विकेटको पतन भएको थियो । पूरा दिन दुवै टिमका बलर हाबी रहे ।
भारत र अस्ट्रेलियाबीच ‘ब्लकबस्टर’ शृंखला
एएफपी
भारतले पाँच टेस्ट शृंखलाको पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ । यो हुनेछ, बहुप्रतीक्षित ‘ब्लक बस्टर’ । भारत भने यसपल्ट चर्को दबाबमा छ । भारतमाथि आफ्नो प्रतिष्ठाअनुसार खेल्ने दबाब त हुनेछ । उत्तिकै चोट न्युजिल्यान्डविरुद्ध घरमा बेहोरेको ‘ह्वाइटवास’ पनि रहनेछ ।
गृह मैदानमा अभ्यासरत चितवन राइनोज
रमेशकुमार पौडेल
नेपाल प्रिमियर लिग (एनपीएल) को प्रतिस्पर्धी टोली चितवन राइनोज गृह जिल्ला चितवनमा अभ्यासरत छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना मैदानमा चितवन राइनोजले अभ्यास खेल जारी राखेको छ ।
साद बिन लुम्बिनी लायन्समा
कान्तिपुर संवाददाता
लुम्बिनी लायन्सले क्यानेडियन खेलाडी साद बिन जाफरलाई नेपाल प्रिमियर लिगका लागि आबद्ध गरेको छ । पूर्व कप्तान जाफरले आईसीसी टी–२० विश्वकपमा क्यानडाको नेतृत्व सम्हालेका थिए ।
एनओसी अध्यक्षमा श्रेष्ठको उम्मेदवारी
कान्तिपुर संवाददाता
नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले आसन्न एनओसी चुनावमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चुनावको मिति भने अहिलेसम्म घोषणा भएको छैन । तर, उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी दिने बताएका हुन् ।
मंसिर ६, २०८१
प्रथम देवचुली कप शुक्रबारदेखि
नवीन पौडेल
पूर्वी नवलपरासीको देवचुलीमा शुक्रबारबाट प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका-१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप संचालन हुन लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
महिला टेनिस टोली बहराइन जाने
कान्तिपुर संवाददाता
बिली जिन किङ कप टेनिस खेल्नका लागि नेपाल ५ खेलाडी शुक्रबार बहराइनको मनामा जाने भएका छन् । नोभेम्बर २५ देखि ३० सम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, सुनीरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्नेछन् ।
आयोजक रेडियन्ट र ज्ञानोदयलाई सफलता
कान्तिपुर संवाददाता
आयोजक रेडियन्ट पब्लिक बिहीबार १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ प्रिक्वाटरफाइनलमा पुगेको छ ।
अभि र तनिशको जोडी डबल्समा च्याम्पियन
कान्तिपुर संवाददाता
नेपालकी शिभाली गुरुङ बिहीबार इमर्जिङ एथलिट जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताको सर्किट वानमा गर्ल्स सिंगल्सतर्फ विजेता भएकी छन् ।
भ्याली पब्लिक कप बास्केटबल शुक्रबारदेखि
कान्तिपुर संवाददाता
भ्याली पब्लिक स्कुलको आयोजनामा १८ औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।
बर्दियामा शनिबारदेखि टि २० क्रिकेट प्रतियोगिता
कमल पन्थी
बर्दियामा शनिबारदेखि जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
छनोटको संघारमा अर्जेन्टिना
एएफपी
लाउटारो मार्टिनेजले गरेको एकमात्र गोलबाट अर्जेन्टिनाले बुधबार पेरुलाई १–० ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । अर्जेन्टिनाका लागि मार्टिनेजको ३२ औं गोल हो ।
मंसिर ५, २०८१
यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार
कान्तिपुर संवाददाता
तीन महिला क्रिकेटरलाई जनही एक/एक लाखका दरले पुरस्कार प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिएको हो ।
गृहभूमिमा अभ्यास गर्दै चितवन राइनोज
रमेशकुमार पौडेल
नेपाल प्रिमियर लिग (एनपीएल) को प्रतिस्पर्धी टोली चितवन राइनोज गृहजिल्ला चितवनमा अभ्यासरत छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना मैदानमा चितवन राइनोजले अभ्यास खेल जारी राखेको छ ।
एनओसीबारे प्रधानमन्त्री ओलीलाई चार खेल संघको पत्र
कान्तिपुर संवाददाता
चार राष्ट्रिय खेल संघका पदाधिकारीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल ओलम्पिक कमिटी (एनओसी) का बारेमा अनुरोध पत्र बुझाएका छन् ।
अनुभवी ग्वामविरुद्ध नेपालको जित
ध्रुव तुलाधर
नेपालले बहराइनको इसा टाउनमा सुरु डेभिस कप टेनिसमा बुधबार ग्वामविरुद्ध २–१ को विजय नतिजा निकालेको छ ।
रेडियन्ट कप बास्केटबलमा पुष्पसदन विजयी
कान्तिपुर संवाददाता
पुष्पसदनले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित पाएको छ ।
जुनियर यू–१४ टेनिसमा शिभालीको जोडी च्याम्पियन
कान्तिपुर संवाददाता
नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथन करिन सइजनको जोडी इमर्जिङ एथलिट जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा च्याम्पियन भएको छ ।
जनकपुर बोल्ट्सलाई म्यानेजमेन्टको साथ, शाह ब्राण्ड एम्बेसडर
सुवास विडारी
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइसेन्सले नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सलाई प्रायोजन गर्ने भएको छ ।
अन्तर वडा टेबलटेनिसमा खड्गी मुख्य प्रायोजक