text
stringlengths
2
914
यूईएफए नेसन्स लिग : इटालीलाई हराएर फ्रान्स शीर्षमा
कान्तिपुर संवाददाता
एडरिन रेबियटको दुई गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार इटालीलाई ३–१ ले हराएको छ । यो जितसँगै फ्रान्सले लिग–वानको ग्रुप–टु जितेको छ । इटाली एकै गोल अन्तरले मात्र पराजित रहेको भए समूह विजेता हुने थियो ।
मंसिर २, २०८१
काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडरमा इन्दु बर्मा
कान्तिपुर संवाददाता
काठमाडौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । इन्दुलाई काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका अध्यक्ष उपेन्द्र महतोले स्कार्फ लगाइदिएर आफ्नो टोलीमा स्वागत गरेका थिए ।
काठमान्डु गुर्खाजको जर्सी सार्वजनिक
कान्तिपुर संवाददाता
काठमान्डु गुर्खाजले आफ्नो जर्सी सार्वजनिक गरेको छ । मंसिर १५ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले आफ्नो तयारीस्वरूप जर्सी सार्वजनिक गरेको हो ।
नेपथ्य ज्ञानोदयको सानदार जित
माधव ढुंगाना
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अर्न्तगत डिभिजन ‘बी’ को आइतबार भएको खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले बुटवल युथ क्लबलाई १० विकेटले पराजित गरेको छ ।
सरकारले खेल क्षेत्रमा लगानी थप्दै जाने छ : मन्त्री चौधरी
सन्जु पौडेल
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवा तथा खेलकुदमा गर्नुपर्ने लगानी गर्न नसकिरहेको बताएका छन् । उनले युवालाई देशमै राखिराख्न र खेलमार्फत देशलाई चिनाउन खेल क्षेत्रमा लगानी थप्दै जाने प्रयास सरकारको रहेको बताए ।
स्कट्स क्लबमा मेलिसा रेग्मी
नवीन पोखरेल
प्राथमिक विद्यालय पढ्दादेखि नै फुटबलप्रति हुरुक्क हुने उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्दै हुर्किइन् । रोनाल्डोकै खेलबाट प्रभावित उनी अहिले बेलायतमा फुटबलमै करिअर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेकी छन् । संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डस्थित एबरडिन सहरमा बस्ने १५ वर्षीया नेपाली मूलकी किशोरी मेलिसा र...
बोस्नियामाथि जर्मनीको कीर्तिमानी ७ गोल
कान्तिपुर संवाददाता
टिम क्लेनडिनेस्ट र फ्लोरिन विर्टजको दुई/दुई गोलमा जर्मनीले यूईएफए नेसन्स लिगमा शनिबार बोस्नियामाथि ७–० को फराकिलो जित निकालेको छ । प्रतियोगिताको ६ वर्षको इतिहासमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको जित हो ।
मंसिर १, २०८१
अफगानिस्तानविरुद्ध नेपालको जित
प्रताप विष्ट
नेपालले फिफा विन्डोअन्तर्गत खेलिएको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानलाई २–० गोलले पराजित गरेको छ ।
काठमान्डु गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’ मा क्रिस कार्की
कान्तिपुर संवाददाता
क्रिस कार्कीले काठमान्डु गुर्खाजबाट मंसिर १५ देखि हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । शनिबार वान–डे क्रिकेट एकेडेमी काँडाघारीमा भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रूपमा क्रिसले स्थान पक्का गरेका हुन् ।
टीआईए कप बास्केटबलमा क्वाटरफाइनल समीकरण
कान्तिपुर संवाददाता
१६ औं संस्करणको टीआईए अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने टोली तय भएको छ ।
राजवीर र शिभाली टेनिस च्याम्पियन
कान्तिपुर संवाददाता
राजवीर प्रधान र शिभाली गुरुङ खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यू–१६ सिंगल्समा विजेता भएका छन् ।
नेपालले डेभिस कप टेनिस खेल्ने
कान्तिपुर संवाददाता
नेपालले बहराइनको मानामामा हुने डेभिस कप टेनिस प्रतियोगिता (एसिया/ओसियाना क्षेत्र) मा भाग लिने भएको छ ।
रुपेशले जिते वडाध्यक्ष कप चेस उपाधि
कान्तिपुर संवाददाता
नेपालका फिडे मास्टर रुपेश जैसवालले दुई दिने वडा कप खुला र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता जितेका छन् ।
बुटवल राइनोजको जित
माधव ढुंगाना
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’ अर्न्तगत शनिबारको खेलमा बुटवल राइनोज विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बुटवल राइनोज विजयी भएको हो ।
उपाधि जितेर आउँछौँ : मल्ल
ज्योति कटुवाल
कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियम लिग ‘एनपीएल’को उपाधि जितेर परिक्रमा कर्णाली आउने लक्ष्य रहेको बताएका छन् ।
इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता
अर्जुन सुवेदी
इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा यही मंसिर २१ र २२ गते हुने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सयभन्दा बढी खेलाडीहरु सहभागिता जनाउने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
मनोज पौडेल
एनपीएल (नेपाल प्रिमियर लिग) फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा जर्सी सार्वजनिक गरेको छ ।
कोलम्बियालाई उछिन्दै उरुग्वे दोस्रोमा
एजेन्सी
दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार उरुग्वेले कोलम्बियामाथि ३–२ को महत्त्वपूर्ण जित निकालेको छ । यो जितसँगै उरुग्वे कोलम्बियालाई उछिन्दै अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
रोनाल्डोको दुई गोलपछि पोर्चुगल क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो ।
जोखिम लिएका थियौं, जित्यौं : पूजा
विनोद पाण्डे , हिमेश
तीन दशकअघि मधेश क्षेत्रमा अहिले जस्तो खाडी जाने लहरको रन्को लागिसकेको थिएन । त्यो समयमा सीमावर्ती क्षेत्रका धेरै नेपालीको गन्तव्य भारत नै थियो । महोत्तरी गौशाला–९ का रन्जित महतो पनि लहलहैमा बिहार हुँदै दिल्ली पुगेका थिए । घरमा बुवाआमालाई छाडेर जाने उनको बाध्यता अरू केही नभएर गरिबी नै थियो ।
नेपालले आज अफगानिस्तानसँग खेल्ने
प्रताप विष्ट
फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानसँग सेन्टर स्टेडियम डुसान्बेमा खेल्दै छ । सोही मैदानमा नेपालले शुक्रबार अभ्यास गर्‍यो ।
कार्तिक ३०, २०८१
एनपीएल र सिद्धार्थ बैंकबीच नेपाली खेलकुदकै ‘कीर्तिमानी सम्झौता’
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाली क्रिकेटको सबैभन्दा ठूलो इभेन्टका लागि शुक्रबार सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको घोषणा गरेको थियो ।
लुम्बिनी लायन्समा सिमन्ड्स, चितवन राइनोजमा बोपारा
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले चौथो विदेशी खेलाडीका रूपमा वेस्ट इन्डिजका बलर रोमोन सिमन्ड्सलाई अनुबन्ध गरेको छ ।
भलिबलकी उषालाई भाटभटेनीको ठूलो प्रायोजन
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केटले १५ लाख रुपैयाँको प्रायोजन गरेको छ ।
मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानसँग खेल्दै नेपाल
प्रताप विष्ट
फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले शनिबार अफगानिस्तानसँग खेल्दैछ । यहाँस्थित सेन्टर स्टेडियममा शनिबार हुने खेलअघि नेपालले शुक्रबार पूर्वअभ्यास गरेको छ ।
रेडियन्ट बास्केटबलमा ४८ टिमले प्रतिस्पर्धा गर्ने
कान्तिपुर संवाददाता
रेडियन्ट पब्लिकको आयोजनामा १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ ।
वृजेश र राजवीर टेनिसको फाइनलमा
कान्तिपुर संवाददाता
वृजेश अर्याल र राजवीर प्रधान होटल शुक्रबार खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा फाइनल पुगेका छन् ।
बुद्धिचाल खेलाडी श्रेष्ठको निधन
कान्तिपुर संवाददाता
बुद्धिचालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विलमलाल श्रेष्ठको निधन भएको छ । लामो समयसम्म बुद्धिचाल खेलमा सक्रिय श्रेष्ठलाई बिहीबार हर्ट एट्याक भएपछि बानेश्वरस्थित सिभिल हस्पिटल पुर्‍याइएको थियो । उपचाररत हुनुअघि नै उनको निधन भएको बुद्धिचाल महासंघले जनाएको छ ।
नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीद्वारा १० लाख दिने घोषणा
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
मिसन २०२६ विशेष प्रशिक्षण शनिवारदेखि
कान्तिपुर संवाददाता
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरु गरेको मिसन २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि पुनः सुरु हुने भएको छ ।
जेसीज कप फुटबल : मकवानपुरगढी फाइनलमा प्रवेश
सुवास विडारी
मकवानपुरगढी जेसीज दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता–२०८१ को फाइनलमा प्रवेश गरेको छ ।
बुटवल–११ विरुद्ध देवदहलाई ९५ रनको जित
माधव ढुंगाना
‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’ को शुक्रबार भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ९५ रनले पराजित गर्दै देवदह क्रिकेट युनिट विजयी भएको छ ।
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टिम पाकिस्तान नगए के हुन्छ ?