text
stringlengths
2
914
कान्तिपुर संवाददाता
तीन महिनापछि पाकिस्तानमा आईसीसी च्याम्पिन्स ट्रफी आयोजना हुँदैछ । तर भारतीय क्रिकेट पाकिस्तान जान्छ वा जाँदैन भन्ने अन्योल भने कायमै छ । सन् २०२१ मै आईसीसीले २०२५ को च्याम्पियन्स ट्रफीको आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो ।
नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने भएको हो । यसअघि अनौपचारिक रूपमा नेपाल क्रिकेट संघ(क्यान)ले एनपीएलको प्रत्यक्ष प्रसारणको जिम्मा स्टार स्पोर्ट्सलाई दिने तयारी गरेको भन्ने समाचारहरू प्रकाशित भएको थियो ।
मंगलबार ‘हेटौंडा रन’ हुने
सुवास विडारी
मंसिर पहिलो हप्ता हेटौंडामा तेस्रो संस्करणको ‘हेटौंडा रन’ दौड प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजन मंसिर ४ गते मंगलबार ५ किलोमिटरको दौड प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
‘ट्यालेन्ट हन्ट’ छनोट गर्न सुर्खेत पुग्यो कर्णाली याक्सको टोली
ज्योति कटुवाल
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ‘ट्यालेन्ट हन्ट’ छनोट गर्न कर्णाली याक्सको टोली सुर्खेत पुगेको छ ।
‘मैदानमा महिला नायक’
कान्तिपुर संवाददाता
कसले भन्छ खेलाडी खेल्छन् मात्र, बोल्न सक्दैनन् भनेर ? अचेलका खेलाडी मज्जाले बोल्ने भएका छन् । कान्तिपुर कनक्लेभमा बिहीबार जतिले ‘मैदानमा महिला नायक’ विषयमा भएको कुराकानी सुने तिनलाई लागेको हुनुपर्छ, नयाँ पुस्ताका खेलाडी फेरिएका छन् ।
विश्व च्याम्पियन अर्जेन्टिना पराजित
कान्तिपुर संवाददाता
विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार पाराग्वेको हातबाट २–१ ले पराजित भएको छ । हारका बाबजुत अर्जेन्टिना अंक तालिकाको शीर्षमै छ । अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।
नेसन्स लिग : इटाली र फ्रान्स क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
इटाली र फ्रान्सले नेसन्स लिगको क्वाटरफाइनल यात्रा बिहीबार निश्चित गरेका छन् । इटलीले लिग–वान ग्रुप–टुको खेलमा बेल्जियमलाई १–० ले हरायो । त्यसमा सान्ड्रो टोनालीले १ मात्र गोल गरे ।
कार्तिक २९, २०८१
जुनियर टेनिसमा असभ र राजवीर सेमिफाइनलमा
कान्तिपुर संवाददाता
असभ सम्राट हाडा र राजवीर प्रधान खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यू-१९ नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत
कान्तिपुर संवाददाता
नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फिर्ता भएको छ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेर फर्किएको टोलीलाई काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारी र खेलप्रेमीहरूले स्वागत गरेका छन् ।
विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई क्यानको नगद पुरस्कार
कान्तिपुर संवाददाता
पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा नेपाली महिला टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कारको घोषणा गरेको छ ।
अवसर पाए छोरीले पनि खेल जित्न सक्छन : एरिका गुरुङ
कान्तिपुर संवाददाता
एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले खेल जितेर राष्ट्र्रिय झण्डामाथि उठेको बेला सबैभन्दा गर्व लाग्ने बताइन् ।
सबैको साथ र सहयोग पाए विश्वकप खेल्न सक्छौं : एन्जिला तुम्बापो
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सरकार र अल नेपाल फुटबल एसोसिएसन (एन्फा) को साथ र सहयोग पाएमा विश्वकप खेल्न सकिने आशा रहेको बताएकी छन् ।
महिला भलिबलका लागि छुट्टै कभर्डहल चाहिन्छ : सलिना श्रेष्ठ
कान्तिपुर संवाददाता
राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सलिना श्रेष्ठले भलिबलका लागि छुट्टै कभर्डल आवश्यक रहेको बताइन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ-२०२४ को दोस्रो दिनको तेस्रो सत्र ' मैदानमा महिला नायक' सत्रमा उनले यस्तो बताएकी हुन् ।
यू-१९ राष्ट्रिय टोलीले विश्वकप खेल्नु देशका लागि उपहार : इन्दु बर्मा
कान्तिपुर संवाददाता
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा यू-१९ राष्ट्रिय महिला क्रिकेट टिमले विश्वकप खेल्नु देशका लागि उपहार रहेको बताउँछिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको तेस्रो सत्र 'मैदानमा महिला नायक' शीर्षकमा भएको छलफलमा इन्दुले विश्वकपको छनौटमाथि खुसी साटिन् ।
भलिबल खेल्न उचाइले छेक्दैन : सलिना श्रेष्ठ
कान्तिपुर संवाददाता
राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सलिना श्रेष्ठले भलिबल खेल्न उचाइले नछेक्ने बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ २०२४ को दोस्रो दिनको तेस्रो सत्र ' मैदानमा महिला नायक' सत्रमा उनले यस्तो बताएकी हुन् ।
हामीलाई जहिले पनि किन हारिरहेका छौ भनेर प्रश्न उठाइन्छ : कप्तान एन्जिला
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले साफ महिला च्याम्पियनसिप-२०२४ को फाइनल खेलमा उपविजेतामा सीमित हुनुपरेको पीडा अहिलेसम्म नगएको बताएकी छन् ।
कर्णाली याक्समा ओपनर शिखर धवन
कान्तिपुर संवाददाता
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो ।
१० औं राष्ट्रिय खेलकुद घोषित मितिमा नहुने
तृप्ति शाही
कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ । केही महिनाअघि नै १० औं राष्ट्रिय खेलकुद समयमै नहुने संकेत भएको थियो । अब तोकिएको मितिमा प्रतियोगिता नहुने पक्का भएको हो ।
भक्तपुरमा प्रतिभा खोज्दै काठमान्डु गुर्खाज
कान्तिपुर संवाददाता
काठमान्डु गुर्खाजले ट्यालेन्ट हन्टको दोस्रो दिन बुधबार भक्तपुर सिपाडोलस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा कार्यक्रम गरेको छ । मंसिर १५ देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि एक स्थानीय खेलाडीको खोजीमा गुर्खाजले ट्यालेन्ट हन्ट आयोजना गरेको थियो ।
सुगठनका पदक विजेताको स्वागत
कान्तिपुर संवाददाता
माल्दिभ्समा भएको १५ औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका चार रजत विजेता खेलाडीसहित नेपाली टोली बुधबार स्वदेश फर्केको छ ।
कर्णालीको ट्यालेन्ट हन्ट शुक्रबार
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिगका लागि कर्णाली याक्सले ट्यालेन्ट हन्ट कार्यक्रम यही शुक्रबार गर्ने भएको छ । कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर प्रतिभावान खेलाडी छनोट गर्ने जनाएका छन् ।
भ्यालीको दोहोरो जित
कान्तिपुर संवाददाता
भ्याली पब्लिक स्कुलले बुधबार टीआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित पाएको छ ।
कुङफु संघमा कार्यसमिति चयन
कान्तिपुर संवाददाता
नेपाल उमा कुङफु संघको पाँचौं साधारणसभाले सन्जितकुमार राईको अध्यक्षतामा बुधबार १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
ठाकुरबाबामा सातौं रनिङ सिल्ड
कान्तिपुर संवाददाता
ठाकुरबाबा नगरपालिकामा सातौं नगरस्तरीय रनिङ सिल्ड खेलकुद सुरु भएको छ ।
खेवाङ र आङखोपलाई उपाधि
कान्तिपुर संवाददाता
सिदिङ्वा गाउँपालिकामा भएको आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ स्पोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेका छन् ।
नेपाल यू–१९ महिला विश्वकपमा
विनोद पाण्डे
नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकप खेल्ने भएको छ । यूएईमा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले बुधबार यूएईलाई ८ विकेटले पराजित गरेसँगै जनवरी–फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू–१९ विश्वकपका लागि ढोका खुलेको हो ।
कार्तिक २८, २०८१
ताजिकिस्तानसँग नेपाल पराजित
प्रताप विष्ट
ताजिकिस्तानको डुसान्बेस्थित सेन्टर स्टेडियममा बुधबार भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल ४–० गोल अन्तरले पराजित भएको छ ।
आङखोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ र आङखोपलाई
आनन्द गौतम
सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङखोप कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ खेवाङ स्पोर्टिङ क्लब र महिलातर्फ आयोजक आङखोप युवा समाजले जितेको छ ।
कुङफु संघमा कार्यसमिति चयन
कान्तिपुर संवाददाता
नेपाल उमा कुङफु संघको पाँचौं साधारणसभाले सन्जितकुमार राईको अध्यक्षतामा बुधबार १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । संस्थापक सदस्य राई यसअघि कार्यसमितिका उपाध्यक्ष थिए ।
यूएईमाथि आवश्यक जितसहित नेपाल यू-१९ विश्वकपमा
विनोद पाण्डे
नेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा पुगेको छ । यूएईमा भइरहेको प्रतियोगितामा नेपालले बुधबारको निर्णायक खेलमा यूएईमाथि आवश्यक विजय हात पार्दै अर्को वर्ष मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो ।
विश्वकपमा पुग्न नेपालले यूएईलाई १६.२ ओभरमा हराउनुपर्ने
कान्तिपुर संवाददाता
नेपालले आईसीसी यू-१९ विश्वकप छनोटमा युएईविरुद्धको खेल जित्न ८४ रनको लक्ष्य पाएको छ । यूएईमा भइरहेको प्रतियोगितामा यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन बनाएको थियो ।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्दै ताजिकिस्तान
प्रताप विष्ट
नेपाली राष्ट्रिय फुटबल टोलीले ताजिकिस्तानको राष्ट्रिय टोलीसँग डुसान्वेस्थित सेन्टर स्टेडियममा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बुधबार बेलुका पौने ७ बजे मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ ।
ठाकुरबाबामा सातौं रनिङ शिल्ड प्रतियोगिता
कमल पन्थी
ठाकुरबाबा नगरपालिकामा सातौं नगरस्तरिय रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।