text
stringlengths
2
914
यू–१९ महिला ट्वान्टी–२० विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल
कान्तिपुर संवाददाता
युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आइसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । यूएईको अजमानस्थित द सेभेन रंगशालामा नेपाली समयानुसार आज दिउँसो ३:१५ बजे नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ ।
हलेसीमा महिला फुटबल प्रतियोगिता हुने
डम्बरसिं राई
लैंगिक हिंसाविरुद्घको १६ दिने अभियानको अवसरमा हलेसी तुवाचुङ नगरपालिकामा खुला महिला फुटबल प्रतियोगिता हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको बसाहाथान खेल मैदानमा आगामी मंसिर ८ देखि १० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।
ताजकिस्तानसँग भिड्दै नेपाल
प्रताप विष्ट
नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिमसँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । डुसान्बे सहरको चिसो वातावरणमा बुधबार नेपाली टोली मैत्रीपूर्ण खेलका उत्रनेछ । नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले घरेलु टोली ताजकिस्तानविरुद्धको खेलमा आक्रामक ढंगले मैदान उत्रने बताएका छन् ।
पूजा महतोले राखिन् शतक र ५ विकेटको कीर्तिमान
विनोद पाण्डे
अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाली ब्याटरलाई अर्धशतक पार गर्नु नै ठूलो उपलब्धि हुँदै आएको स्थितिमा मंगलबार पूजा महतोले एकै पटक शतक र ५ विकेटको दुर्लभ कीर्तिमान बनाएकी छन् । यूएईमा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजाले कुवेतविरुद्धको खेलमा...
कार्तिक २७, २०८१
स्कटल्यान्डका माइकल पोखरा एभेन्जर्समा
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले स्कटल्यान्न्डका माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई लिएको हो ।
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि फ्रेन्चाइज टिमहरूले आफ्नो तयारी द्रुत गतिमा अगाडि बढाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि हुने प्रतियोगिताका लागि सुदूरपश्चिम रोयल्सले मंगलबार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।
आयोजक टीआईएको दोहोरो पराजय
कान्तिपुर संवाददाता
टीआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन् ।
जुनियर टेनिसमा वृजेश र शिभाली विजेता
कान्तिपुर संवाददाता
वृजेश अर्याल र शिभाली गुरुङ मंगलबार खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यू–१४ सिंगल्समा विजेता भएका छन् ।
यू–१९ महिला ट्वान्टी-२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित
कान्तिपुर संवाददाता
कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यू–१९ महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ ।
यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेतसामु २१४ रनको लक्ष्य
कान्तिपुर संवाददाता
यूनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आइसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको पाँचौँ खेलमा नेपालले कुवेतलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको छ ।
यू-१९ महिला टि-२० विश्वकप : नेपाल र कुवेत भिड्दै
कान्तिपुर संवाददाता
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाँचौँ खेलमा नेपालले आज कुवेतको सामना गरिरहेको छ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु भएको । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाँचौँ खेल हो ।
लुम्बिनी अब गर्जिन्छ : राजेश हमाल
कान्तिपुर संवाददाता
अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको ‘ब्रान्ड एम्बासडर’ बनेका छन् । लुम्बिनीले सोमबार आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा ‘महानायक’ रूपमा चिनिएका हमाललाई आफ्नो ब्रान्डसँग जोडेको घोषणा गरेको थियो ।
कार्तिक २६, २०८१
कान्तिपुरका पछाईलाई जीसीएसको सम्मान
कान्तिपुर संवाददाता
विश्व तेक्वान्दो संघका अध्यक्ष डा. चुङ वन चोइको सम्मानमा नेपाल तेक्वान्दो संघले स्वागत कार्यक्रम आयोजना गरेको छ ।
जुनियर टेनिसको यू–१२ मा आयुषासँग स्वरा पराजित
कान्तिपुर संवाददाता
निम्ति कुँवरले खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यू–९ गर्ल्स सिंगल्समा उपाधि जितेकी छन् । उनले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा निम्तिले अमिरा गुप्तालाई ४–२, ४–० ले सोझो सेटमा हराइन् । यू–८ सिंगल्सको फाइनलमा भने अमिराले निम्तिविरुद्ध जित पाएकी थिइन् ।
लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरमा अभिनेता हमाल
कान्तिपुर संवाददाता
अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको ‘ब्रान्ड एम्बासडर’ बनेका छन् ।
टीआईए कप बास्केटबल सुरु
कान्तिपुर संवाददाता
टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार आयोजक ठुङरम इन्टरनेसनल एकेडेमीले घरेलु कोर्टमा श्री मंगलदीप स्कुललाई ३७–२५ स्कोरले पराजित गरेको छ।
इन्टरनेसनल करातेमा याङटेनलाई स्वर्ण
कान्तिपुर संवाददाता
नेपालका याङटेन लामाले अमेरिकामा भएको इन्टरनेसनल कराते डो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
स्टार क्रिकेट क्लबको दोस्रो जित
माधव ढुंगाना
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अर्न्तगत सोमबारको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा स्टार क्रिकेट क्लबले बुटवल युथमाथि ७ विकेटले जित हासिल गरेको छ ।
ओरालो लाग्दै म्यानचेस्टर सिटी
एपी
म्यानचेस्टर सिटीले पेप ग्वार्डिओलाको नेतृत्वमा यति खराब कहिले खेलेको थिएन । न त ग्वार्डिओला आफैंले फुटबल प्रशिक्षकको भूमिकामा यति खराब समय महसुस गरेका थिए । सिटीभित्र अहिले ठूलै समस्या सिर्जना भएको छ, सबैले यस्तै महसुस गरिरहेका छन् । सिटी शनिबार मात्रै ब्राइटनको हातबाट २–१ ले पराजित रह्यो ।
नेपाली यू-१९ को तेस्रो जित
कान्तिपुर संवाददाता
नेपाली यू–१९ महिला क्रिकेट टोलीले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा तेस्रो जित हात पारेको छ । नेपालले यूएईमा भइरहेको प्रतियोगितामा आइतबार थाइल्यान्डलाई १ सय ६ रनले पराजित गर्‍यो ।
वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा
कान्तिपुर संवाददाता
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि पाँचौं विदेशी खेलाडी लिएको छ । पोखराले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई अनुबन्ध गरेको जनाएको छ ।
काया यू-१६ कप हुने
कान्तिपुर संवाददाता
काया स्पोर्ट्सको आयोजनामा काया यू–१६ कप सेभेन ए साइड फुटबल अर्को महिना हुने भएको छ । प्रतियोगिता मंसिर १७ देखि २० सम्म हुनेछ र यो संस्थाको कायापलट कार्यक्रमअन्तर्गत हुन लागेको पहिलो प्रतियोगिता हो । कुल ३२ स्कुलको सहभागिता रहने प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।
टिकट बिक्रीमा अनियमितता भएको आरोप
कान्तिपुर संवाददाता
अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले साफ वुमेन्स च्याम्पियनसिपको टिकट बिक्रीका क्रममा अनियमितता भएको आइतबार आरोप लगाएका छन् ।
लन्डन डर्बीमा चेल्सीसँग आर्सनलको बराबरी
कान्तिपुर संवाददाता
पेड्रो नेटोको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बीमा आर्सनललाई १–१ को बराबरीमा रोकेको छ । यो नतिजाले आर्सनलको उपाधि जित्ने अभियानमा थप धक्का पुगेको छ ।
सोसिडाडसँग बार्सिलोनाको 'विवादास्पद' हार
कान्तिपुर संवाददाता
स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आइतबार रियल सोसिडाडको हातबाट १–० पराजित रह्यो । तर यो हार विवादास्पद रह्यो । बार्सिलोनाका रोबर्ट लेवनडोस्कीको गोलले ठूलो विवादबीच मान्यता पाएको थिएन ।
कार्तिक २५, २०८१
मण्डली कपको उपाधि निस्दी र स्याङ्जाको वालिङलाई
माधव अर्याल
पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ ।
आर्मीका दिपेश र पुलिसकी सुमित्रालाई उपाधि
लक्ष्मी गौतम
फिदिममा आयोजित ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन’ को उपाधि पुरुषतर्फ फिदिम नगरपालिका-६ का नेपाल आर्मीका दिपेश तामाङ र महिलातर्फ नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरीले चुमेका छन् ।
करोडौंका खेलमैदान अलपत्र, प्रतियोगिता खेतमा
वसन्तप्रताप सिंह
कात्तिक पहिलो साता सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता बझाङमा सम्पन्न भयो । सदरमुकाम चैनपुरमा कोजाग्रत पूर्णिमामा लाग्ने शिलदेवी मेलाको अवसरमा आयोजना गरिएको उक्त खेलमा बझाङसहित डडेल्धुरा, डोटी, कञ्चनपुरका टिम सहभागी थिए ।
एनपीएलसम्बन्धी क्यानविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्दै नेपाल
कान्तिपुर संवाददाता
यूनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आइसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
साइ ग्लोबलविरुद्ध देवदह युनिटलाई ७ विकेटको जित
माधव ढुंगाना
भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अर्न्तगत आइतबारको खेलमा देवदह क्रिकेट युनिटले साई ग्लोबल क्रिकेट एकेडेमीविरुद्ध ७ विकेटको जित निकालेको छ ।
सिटीले हार्दा लिभरपुललाई शीर्ष स्थानमा ५ अंकको अग्रता
कान्तिपुर संवाददाता
लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार पाँच अंकको ठोस अग्रता लिएको छ । उसले एनफिल्डमा भएको खेलमा डारविन नुनेज र मोहमद सलाहको गोलमा एस्टन भिल्लालाई २–० ले पराजित गर्‍यो ।
रियललाई डिफेन्डर मिलिटाओको चोटमा चिन्ता