text
stringlengths
2
914
कान्तिपुर संवाददाता
भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा ओसासुनालाई ४–० ले पराजित गरेको छ । यससँगै रियलले लगातार दुई हारको क्रमलाई पनि टुंग्याएको छ ।
कार्तिक २४, २०८१
तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड : विजेतामा चिनियाँ, उपविजेतामा नेपाली
प्रतीक्षा काफ्ले
पोखरामा भएको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको व्यक्तिगत क्रसकन्ट्री दौडतर्फ चिनियाँ धावक विजेता भएका छन् । शनिबार लेकसाइडस्थित बाराहीघाटमा सुरु प्रतियोगितामा विभिन्न चार विधा आयोजना गरिएको थियो ।
ब्याडमिन्टनको लेभल वान कोचिङ कोर्स
कान्तिपुर संवाददाता
नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बीडब्लूएफ लेभल वान कोचिङ कोर्स सकिएको छ ।
शारीरिक सुगठक सनमले जितिन् रजत
कान्तिपुर संवाददाता
नेपाली महिला बडीबिल्डर सनम मूलगुठीले शनिबार माल्दिभ्समा भएको पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।
एनपीएल टोली सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ ।
अनुषाको विजयी सुरुआत
कान्तिपुर संवाददाता
अनुषा जीसीले खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा यू–१४ गर्ल्स सिंगल्समा अनुषाले आभ्या भट्टराईलाई ६–१, ६–२ को सोझो सेटमा हराइन् । सोही स्पर्धामा स्वरा थापाले इरा खत्रीलाई ६–२, ६–२ ले हराएकी हुन् ।
हक्कीका अध्यक्ष शर्मालाई प्रेसिडेन्ट अवार्ड
कान्तिपुर संवाददाता
नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा एफआईएच प्रेसिडेन्ट अवार्डबाट शनिबार सम्मानित भएका छन् ।
छठको पारणमा कुस्तीको रमाइलो
शंकर आचार्य
छठ पर्वको चौथो दिन अर्थात् ‘बिहनियाघाट’ को विधि सक्किएपछिको अवधिलाई तराई मधेशमा ‘पारण वा परना’ भन्ने चलन छ । यस दिन छठ ब्रतालुले त आराम गर्छन् नै । ब्रतालुका परिवारका पुरुष सदस्यहरु पनि ब्रतालुसंगै लाइमेली गर्दा गर्दा भएको थकान दुर गर्न खोज्छन् ।
सिरिजंगा गोल्डकप मंसिर २३ देखि
आनन्द गौतम
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिता आगामी मंसिर २३ गतेदेखि हुने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा कार्की र भण्डारी प्रथम
प्रतीक्षा काफ्ले
पोखरामा भएको तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ अन्तर्गत ५ किलोमिटर खेलमा छात्रतर्फ बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् ।
यू-१९ महिला टी-२० विश्वकप : नेपाल युएईसँग १३ रनले पराजित
कान्तिपुर संवाददाता
आइसीसी यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हरायो ।
काठमाडौं म्याराथन 'फन रन' सम्पन्न
कान्तिपुर संवाददाता
काठमाडौं म्याराथनको 'रि रन, फन रन' शनिबार सम्पन्न भएको छ । पछिल्लो काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाको कारणले गर्दा धेरैले उपस्थिती जनाउन सकेका थिएनन् ।
मेरुदण्ड नभएको नेपाली फुटबल
हिमेश
को हुन् यिनीहरू ? कहाँबाट आउँछन् यिनीहरू ? कहींकतै सिनेमामा यस्तो संवाद पक्कै सुनेको हुनुपर्छ धेरैले । नेपाली पुरुष फुटबलकै कुरा गर्दा अहिले यस्तै प्रश्न स्वाभाविक हुन्छ । को हुन् यी फुटबल खेलाडीहरू ? कहाँबाट आउँछन् यी फुटबल खेलाडीहरू ? नत्र नेपालमा नियमित लिग हुन्न । लिग नभएपछि नियमित तलब हुन्न । तलब नै नभएपछि किन फुट...
फेदापलाई अन्तरपालिका भलिबल उपाधि
कान्तिपुर संवाददाता
तेह्रथुमको फेदाप गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकामा आयोजित अन्तरपालिका खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
यू–१९ मा नेपालको पहिलो खेल श्रीलंकासँग
कान्तिपुर संवाददाता
नेपालले एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल र श्रीलंकासहित बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा परेका छन् ।
यू–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने
कान्तिपुर संवाददाता
आइसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ ।
कार्तिक २३, २०८१
कर्णाली याक्सको जर्सी सार्वजनिक, मैदान कर्णालीमय बन्ने अपेक्षा
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झल्को दिने गरी जर्सी तयार पारेको छ । जर्सीमा कर्णालीको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी नीलो रंगसहित कर्णालीमा पाइने याकको प्रतीक छ ।
एनपीएलमा स्टार स्पोर्ट्स नेटवर्क आउन सक्ने
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको प्रसारण प्रसिद्ध खेल च्यानल स्टार स्पोर्ट्सले गर्ने संकेत गरेको छ । प्रशारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको एनपीएलको स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकले जनाएको छ ।
जीसीएस इन्टरनेसनलको काठमाडौं सम्मेलन
कान्तिपुर संवाददाता
गुडविल कोअप्रेसन सर्भिस (जीसीएस) इन्टरनेसनलको काठमाडौं सम्मेलन शुक्रबार सम्पन्न भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र गुडविल कोअप्रेसन सर्भिस (जीसीएस) इन्टरनेसनलका अध्यक्ष डा. चोङ वन चोले सम्मेलनको संयुक्त उद्घाटन गरेका थिए ।
वर्ल्ड बडी बिल्डिङमा नेपाललाई तीन रजत
कान्तिपुर संवाददाता
नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले माल्दिभ्समा शुक्रबार १५ औं वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
पोखरामा शनिबारदेखि पर्वतीय क्रसकन्ट्री दौड
प्रतीक्षा काफ्ले
पोखरामा शनिबारदेखि तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ हुँदैछ । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । १२ सय खेलाडी सहभागी हुने आयोजक संस्थामध्ये हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले बताए ।
लब्रेकुटी–शिलौती-फाल्गुनन्द म्याराथन हुने
लक्ष्मी गौतम
एथ्लेटिक्स संघ पाँचथरले नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीका अवसरमा २१ किलो मिटर दुरीको म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
टीआईए कप बास्केटबल सोमबारदेखि
कान्तिपुर संवाददाता
ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
काठमान्डु गुर्खाजमा दोस्रो इंग्लिस क्रिकेटर
कान्तिपुर संवाददाता
काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् ।
तेह्रथुमले चुम्यो खुला अन्तरपालिका भलिबल उपाधि
लक्ष्मी गौतम
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित अन्तरपालिका खुला भलिबल प्रतियोगिताको उपाधि तेह्रथुमको फेदाप गाउँपालिकाले जितेको छ । फाइनलमा प्रतिस्पर्धी भोजपुरको आमचोक गाउँपालिकालाई हराँउदै फेदापले १ लाख २५ हजार रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो ।
जोन्टी भन्छन् : क्रिकेटमा पूर्वाधार विकास महत्त्वपूर्ण
दीपक परियार
नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए ।
हार स्वीकार्न आर्सनललाई गाह्रो
कान्तिपुर संवाददाता
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा मान्छन्, इन्टर मिलानविरुद्धको १–० आफ्नो क्लबका लागि स्वीकार्नै गाह्रो हार हो । यस्तो किनभन्दा आर्सनलले दाबी गरेका दुई पेनाल्टीको माग पूरा भएन । तर उल्टै आर्सनल इन्टरको पेनाल्टीमा पराजित रह्यो ।
कप्तानबाटै पीएसजीको आलोचना
कान्तिपुर संवाददाता
पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे ।
बार्सिलोनाको शक्ति
कान्तिपुर संवाददाता
बार्सिलोनाको आक्रमण शक्ति अचेल चर्को छ । यसको एउटा अर्को नमुना युरोपेली च्याम्पियन्स लिग फुटबलमा बुधबार देखियो । त्यो पनि ठूलो अन्तरको प्रभावशाली जितसहित ।
युनाइटेडको युरोपा लिगमा पहिलो जित
कान्तिपुर संवाददाता
म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो ।
कार्तिक २२, २०८१
निश्चयजङ र अभानीलाई गल्फ उपाधि
कान्तिपुर संवाददाता
रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को युवा विकास कार्यक्रमका लागि स्रोत जुटाउन आयोजना गरिएको गल्फ प्रतियोगिता निश्चयजंग रायमाझी र अभानी राईले जितेका छन् । आरएनजीसी र रोटरी क्लब अफ हिमालयले संयुक्त यो प्रतियोगिता आयोजना गरेर गल्फर र खेलकुदप्रेमीको ध्यानकर्षण गराएको थियो ।
सुनमायालाई एडभेन्चर रनिङको स्वागत
कान्तिपुर संवाददाता
नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जितेकी धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ ।
यु–१९ महिला ट्वान्टी–२० विश्वकप : नेपालद्वारा कुवेत १०८ रनले पराजित
कान्तिपुर संवाददाता