text
stringlengths 2
914
|
|---|
सामूहिक बलात्कार घटना पञ्चायती गर्नेसहित आठ जनाविरुद्ध पूरक जाहेरी
|
विनय आजाद
|
नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको बलात्कार र शंकास्पद मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ । पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएको हो ।
|
राजस्व लक्ष्य उच्च राखेर नेतृत्व अस्थिर बनाउँदै सरकार : डेढ महिनामै फेरिन्छन् महानिर्देशक
|
ऋषिराम पौड्याल
|
सरकारले एकातर्फ राजस्व संकलनको लक्ष्य बढाउने गरेको छ भने अर्कोतर्फ राजस्व प्रशासनलाई नै अस्थिर बनाउने गरी ‘खेलबाड’ गर्दै आएको छ । राजस्व संकलनका मुख्य निकायहरू राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक योजना बनाउन र प्रभावकारी कार्यसम्पादनसमेत गर्न नपाई छिटो–छिटो सरुवामा पर्ने गरेका छन् । यसले गर्दा लक्ष्यअनुसार राजस्व संकलनसमेत हुन सकेको छैन ।
|
भूराजनीतिक बदलावले सुरक्षा चुनौती बढ्यो : सेना
|
कान्तिपुर संवाददाता
|
अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको विश्लेषण नेपाली सेनाले गरेको छ । चुनौती सामना गर्न ‘नयाँ रणनीति’ बनाएर अघि बढ्नुपर्ने र राज्यका निकायहरूबीच समन्वय हुनुपर्नेमा सेनाको प्रस्ताव छ ।
|
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विविध कार्यक्रम गरी मनाइँदै
|
रासस
|
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवर्द्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
|
फाल्गुन ८, २०८१
|
सुरक्षा चुनौती बढ्यो : सेना
|
कान्तिपुर संवाददाता
|
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका छन् । सिग्देलले अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक परिस्थितिमा देखिएको बदलाव र त्यसले सिर्जित परिस्थितिबाट नेपालको राष्ट्रिय सुरक्षामा पनि चुनौती देखा परेको बताएका हुन् ।
|
मधेश/तराईमा माओवादीको २१ दिने पूर्व–पश्चिम राजनीतिक यात्रा
|
कान्तिपुर संवाददाता
|
माओवादीले आफ्नो संगठन कमजोर भएका मधेश र तराईका जिल्लामा तीन साता लामो जागरण अभियान तय गरेको छ । नेपालको सबभन्दा दक्षिणमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्गमा पर्ने जिल्लालाई केन्द्रित गरी ‘जनतासँग माओवादी, तराई/मधेश जागरण अभियान’ २० जिल्लामा सभा र अन्तरक्रिया गर्ने तालिका सार्वजनिक गरेको छ ।
|
आगामी चुनावअघि नै कांग्रेस महाधिवेशन गर्नुपर्छ : कोइराला
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
|
बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा छुटे
|
कान्तिपुर संवाददाता
|
पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा पड्किएको बेलुन बेच्ने कमलेश कुमार हाजिरी जमानीमा छुटेका छन् । उनलाई छाड्न जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार आदेश दिएको थियो ।
|
सुप्रिम सहकारी प्रकरण : छविलालको पुनरावेदनलाई ‘लगाउ’मा राख्न आदेश
|
घनश्याम गौतम
|
सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बन्जाडेको पुनरावेदनलाई ‘लगाउ’ मा राख्न उच्च अदालत बुटवलले बिहीबार आदेश दिएको छ । बिहीबार ५ नं इजलासमा न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासले ‘लगाउ’मा राख्ने आदेश दिएको हो ।
|
ताप्लेजुङवासी केबलकार आवश्यक मान्छन्, बाहिरकाले बिथोल्न खोजे : महासचिव पोखरेल
|
कान्तिपुर संवाददाता
|
सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणमा जिल्ला बाहिरका मान्छेले अवरोध गर्न खोजेको आरोप लगाएका छन् । ताप्लेजुङवासीले पाथीभरामा केबुलकार निर्माण आवश्यक मानेको दाबी पोखरेलको छ ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबीच झडप, ७ सेल अश्रुग्यास प्रहार, १२ जना घाइते, सात महिनामा ४७ प्रतिशतले बढ्यो निर्यातदेखि हमासद्वारा ४ इजरायली बन्धकको शव हस्तान्तरणसम्मका खबर आज चर्चामा रहे ।
|
कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गर्दैनन् : गृहमन्त्री लेखक
|
कान्तिपुर संवाददाता
|
गृहमन्त्री रमेश लेखकले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । कांग्रेस र एमालेको सत्ता गठबन्धनले मात्रै संविधान संशोधन नगर्ने पनि उनको भनाइ छ ।
|
मुख्यसचिवसँग राष्ट्रिय निजामती कर्मचारी संगठनको माग : कर्मचारी कुट्ने जनप्रतिनिधिलाई कारबाही होस्
|
कान्तिपुर संवाददाता
|
कर्मचारीमाथि जनप्रतिनिधिले गरेको भौतिक आक्रमणलाई गम्भीर रुपमा लिन नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले माग गरेको छ । कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्ने स्थानीय सरकारका जनप्रतिनिधिलाई कारबाहीको माग गरिएको हो ।
|
देशमा प्रचूर संभावना छ, निराशाजनक र हिनताभाव पैदा नगरौं : अध्यक्ष दाहाल
|
हरिराम उप्रेती
|
माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रचूर संभावना भएको देश रहेकाले निराशाजनक र हिनताभाव पैदा गर्ने कुराले हित नगर्ने बताएका छन् ।
|
नागरिक सर्वोच्चतामा गर्व गर्नुस् : प्रधानमन्त्री ओली
|
दीपक परियार
|
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशप्रतिको स्वाभिमान र नागरिक सर्वोच्चतामा गर्व गर्न आग्रह गरेका छन् । पोखरा विश्वविद्यालयको बिहीबार २० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सानो देशको नागरिक भनेर हिन भावना नपाल्न विद्यार्थीलाई आग्रह गरे ।
|
प्राप्त ज्ञानलाई इमानदार भएर देश हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।
|
जलनबाट घाइते पोखराका मेयर आचार्य 'डिस्चार्ज'
|
कान्तिपुर संवाददाता
|
पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रम उद्घाटनमा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य डिस्चार्ज भएका छन् ।
|
लुम्बिनी सरकारको अर्धवार्षिक समीक्षा : पुँजीगत खर्चको आकार बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन
|
दुर्गालाल केसी
|
लुम्बिनी प्रदेश सरकारले अर्धवार्षिक समीक्षा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको हो ।
|
अजयमेरुकोटको उत्खननमा फेला परे विशिष्ट कलाकृति र निर्माणशैली
|
रासस
|
अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।
|
परराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छन् ।
|
ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो : परराष्ट्रमन्त्री
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् ।
|
देवघाटमा कालीगण्डकीको चिन्ता
|
रमेशकुमार पौडेल
|
देवघाटधाम मकरस्नानका लागि प्रख्यात छ । त्रिशूली नदी र कालीगण्डकीको संगम देवघाटमा माघे संक्रान्तिका दिन मकरस्नान गर्न देवता पनि आउने धार्मिक विश्वासलाई पछ्याउँदै यहाँ लाखौं भक्त स्नान गर्न आउँछन् ।
|
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित
|
कान्तिपुर संवाददाता
|
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
|
यो सरकारले प्रभावकारी काम नगरे देश थप अफ्ठ्यारोमा जान्छ : कोइराला
|
ज्योति कटुवाल
|
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले प्रभावकारी काम गर्न नसके देश थप अफ्ठ्यारोमा पर्ने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले मुलुकमा सुशासन कायम नभएको र आर्थिक अवस्थामा सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
|
संघीय संसद्बाट अध्यायदेश पारित हुन्छ : एमाले सचिव भट्टराई
|
कान्तिपुर संवाददाता
|
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सरकारले संघीय संसद्मा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् ।
|
रास्वपाको सचिवालय बैठक बस्दै
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ । समसामयिक राजनीतिक र पार्टी गतिविधिका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
|
लुम्बिनीमा सरकारपिच्छे योजना, घोषणा गर्दै अलपत्र छाड्दै
|
घनश्याम गौतम
|
लुम्बिनी प्रदेश सरकारले अघि सारेका ठूला र आशा लाग्दा योजना घोषणामै सीमित भएका छन् । सरकारको नेतृत्व फेरिएसँगै करोडौं खर्च भएका योजनामा पनि थप बजेट नपर्दा अलपत्र पर्ने गरेका छन् । कतिपय योजना कार्यान्वयनमै नगई हराएका छन् । लुम्बिनी सरकारको पहिलो कार्यकालमा एमाले नेता शंकर पोखरेल साढे तीन वर्ष र माओवादी नेता कुलप्रसाद केसी डेढ वर्ष मुख्यमन्त्री बनेका थिए । तीमध्ये पोखरेलले अघि सारेका धेरै योजना कार्यान्वयनमा गएर पनि पूरा हुन पाएनन् ।
|
भूमिसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्ने आयोगको प्रतिबद्धता
|
रासस
|
भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तर्क्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
|
काभ्रेको तेमालमा बस दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते
|
ज्योती श्रेष्ठ
|
काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
|
बेलुन बेच्नेलाई अभद्र व्यवहारमा मुद्दा !
|
दीपक परियार
|
पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा पड्किएको बेलुन बेच्ने भारतका ४१ वर्षीय कमलेश कुमारलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरी हिरासतमा राखेको छ ।
|
युक्रेन युद्ध अन्त्य गर्न रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ताको सहमति
|
एजेन्सी
|
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका हुन् ।
|
अमेरिकामा घरबारविहीन हुनेको संख्या बढ्दो, गत वर्ष मात्र ७ लाख ७१ हजार घरबारविहीन
|
सुदीप शिवाकोटी
|
विकसित र शक्तिशाली मुलुकको अग्रस्थानमा रहेको अमेरिकामा बर्सेनि घरबारविहीनको संख्या बढ्दो छ । सामाजिक, आर्थिक, विकासका पूर्वाधार र राजनीतिक रूपमा विकसित अमेरिकामा अतिगरिबीको अवस्था नाघेपछि हुने घरबारविहीनको संख्या बर्सेनि बढ्दै गएको हो ।
|
कान्तिपुरको ३२ औं वार्षिकोत्सव : ‘पत्रकारिताको मुख्य एजेन्डा आर्थिक समृद्धि’
|
कान्तिपुर संवाददाता
|
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले अब आर्थिक समृद्धिका लागि पत्रकारिता गर्नुपर्ने बताएका छन् । विगतमा मुलुकको एजेन्डा राजनीतिक परिवर्तन रहेको र त्यसमा सञ्चार क्षेत्रले साथ दिएको उल्लेख गर्दै उनले अबका लागि आर्थिक समृद्धि मुलुकको एजेन्डा रहेको जनाएका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.