text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
विश्वका २३० देशमा सञ्जाल फैलिएको सामाजिक संस्था रोटरीको डिस्ट्रिक ३२९२, नेपाल-भुटानको डिस्ट्रिक कन्फरेन्स चैत ८ देखि ३ दिनसम्म ललितपुरमा हुने भएको छ । |
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप |
कान्तिपुर संवाददाता |
पाटन संयुक्त क्याम्पसमा सत्तारुढ नेविसंघ र अनेरास्ववियु समर्थित विद्यार्थीहरुबीच झडप भएको छ । झडपपछि बिहिनैदेखि रोकिएको मतदान प्रक्रिया झनै अनिश्चित बनेको थियो । |
स्ववियु निर्वाचन : पाटन क्याम्पसको मतदान रोकियो |
कान्तिपुर संवाददाता |
पाटन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अवरुद्ध भएको छ । करिब १०० मत खसेपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो । |
शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए महानगरले कारबाही गर्ने |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ । |
२५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित एक जना पक्राउ |
विवेक पोख्रेल |
नेपाल प्रहरीले झन्डै २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी उक्त रकमसहित एक जनालाई पक्राउ गरेको छ । |
चैत्र ४, २०८१ |
चिकित्सक तिमला र सोलो ट्राभलर सिर्जनालाई रोटरी पुरस्कार |
कान्तिपुर संवाददाता |
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा जटिल प्रकारका शल्यक्रिया गर्ने चिकित्सक रवीन्द्रभक्त तिमला र आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आइरहेकी सोलो ट्राभलर सिर्जना (सिज्जु) वलीलाई रोटरी क्लब अफ पाटनले सोमबार ‘रोटरी भोकेस्नल अवार्ड’ प्रदान गरेको छ । |
खाद्य विभाग र काठमाडौं महानगरबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने सहमति पत्रमा हस्ताक्षर |
कान्तिपुर संवाददाता |
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । |
चैत्र ३, २०८१ |
मन्त्री निवास क्षेत्रमा विरोध प्रदर्शन नगर्न ललितपुर प्रशासनको आदेश |
कान्तिपुर संवाददाता |
जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभा जस्ता कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेको छ। |
‘शनिबार काममा नगएको भए छोरी गुमाउनुपर्ने थिएन’ |
विवेक पोख्रेल |
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ निवासी घनश्याम थापाको परिवार आठ महिनाअघि मात्रै काठमाडौं आएको थियो । |
स्यूचाटारमा आगलागी, १५ लाखको क्षति |
कान्तिपुर संवाददाता |
शनिबार राति काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित हसनटार सिमानानजिक रहेको मानिस सुत्ने टिनको टहरोमा आगलागी भएको छ । |
चैत्र २, २०८१ |
काठमाडौंको टोखामा दुई मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ जना घाइते |
कान्तिपुर संवाददाता |
काठमाडौंको टोखा नगरपालिका १ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ को मृत्यु, १ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य छन् । |
काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते |
कान्तिपुर संवाददाता |
काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ४ बजे काठमाडौं महानगरपालिका-३२, तीनकुनेको गैरीगाउँ पेट्रोल पम्प अगाडिको सडकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनामध्ये एक जनाको मृत्यु भएको हो। |
कलंकीमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने युवक पक्राउ |
कान्तिपुर संवाददाता |
सामान्य विवाद हुँदा सार्वजनिक स्थलमै खुकुरी प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौं महानगरपालिका–१४ कंलकी सीतापम्पस्थित सडकमा खुकुरी प्रहार गर्ने नुवाकोट घर भई हाल बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको हो। |
आज काठमाडौँका जोरपाटी, मुलपानी र साँखु क्षेत्रमा विद्युत अवरुद्ध हुने |
रासस |
नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो । |
चैत्र १, २०८१ |
कलबाइपास गरेको आरोपमा १ जना पक्राउ |
कान्तिपुर संवाददाता |
अवैध रूपमा अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपासमा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगजका धिरज पटेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार विभिन्न उपकरणसहित पक्राउ गरेको हो । |
इनारमा खसेका पुरुषको उद्धार |
कान्तिपुर संवाददाता |
इनारमा खसेका पुरुषको प्रहरीले उद्धार गरेको छ। कैलाली धनगढी उपमहानगरपालिका-८, क्याम्पस रोड निवासी ४३ वर्षीय सतीश शाह शुक्रबार बिहान इनारमा खसेका थिए । |
फाल्गुन २९, २०८१ |
लागूऔषधसहित तीन जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौं महानगरपालिका–९ पिंगलास्थान चोक नजिक शिवदर्शन होटलबाट लागूऔषध र नगद ३५ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । |
होली मनाउने क्रममा काठमाडौंबाट दुई महिलासहित २२ जना प्रहरीको नियन्त्रणमा |
कान्तिपुर संवाददाता |
होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार २ महिलासहित २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । |
महानगरद्वारा जोखिमपूर्ण घरेलु श्रममा रहेकी १४ वर्षीया बालिकाको उद्धार |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले जोखिमपूर्ण घरेलु श्रम गर्दै आइरहेकी १४ वर्षीया बालिकाको उद्धार गरेको छ । महानगरले कक्षा ९ मा पढ्दै गरिरहेको बालिकालाई उद्धार गरेको हो । |
११ महिनामा महानगरले ७४ जना बालबालिकाको गर्यो उद्धार |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले ११ महिनामा ७४ जना बालबालिकाको उद्धार गरेको जनाएको छ । महानगरकी बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार २०८१ को बैशाखदेखि फागुसम्म ४१ जना बालक र ३३ जना बालिकाको उद्धार गरिएको हो । |
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने |
रासस |
काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। |
फाल्गुन २८, २०८१ |
ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु |
कान्तिपुर संवाददाता |
अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बुधबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । |
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा अड्कियो कर्मचारीको २ महिनादेखिको तलब |
नुमा थाम्सुहाङ |
५६ वर्षीय भीमबहादुर खड्का काठमाडौं महानगरपालिकाको वातावरण विभागअन्तर्गत उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाअन्तर्गत हाजिरामा काम गर्ने सफाइ कर्मचारी हुन् । |
मित्रनगरमा जुवातास खेल्ने ७ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौं महानरपालिका–२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका–१० घर भएका ४५ वर्षीय सञ्जयकुमार कठायतको ‘लाइभ इन गेस्ट हाउस’ मा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसमेत गरी ७ जनालाई पक्राउ गरेको छ । |
काठमाडौं महानगरले सात क्षेत्रमा सुख्खा फोहोर व्यवस्थापन गर्न रिकभरी सुविधा सञ्चालन गर्दै |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले विभिन्न सात क्षेत्रमा सुख्खा फोहोर व्यवस्थापन गर्न मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने भएको छ । |
मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु |
कान्तिपुर संवाददाता |
कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ । |
रसियाको उलान उदे सहर र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । |
फाल्गुन २७, २०८१ |
प्रहरी अस्पतालमा अब एमडी/एमएस कार्यक्रम |
कान्तिपुर संवाददाता |
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको छ । |
मर्यादित भएर होली पर्व मनाउन अनुरोध |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । |
कीर्तिपुरमा सुनका गरगहना चोरी गर्ने तीनजना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले कीर्तिपुर नगरपालिका–३ ढल्पाबाट सुन तथा चाँदीका गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । |
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ८५ लाख ठगी गर्ने ६ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ८५ लाख ५२ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । |
चीनका सय फोटोग्राफर काठमाडौंमा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.