text
stringlengths
2
914
स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार
कान्तिपुर संवाददाता
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्कीएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो ।
फाल्गुन १८, २०८१
काठमाडौँमा मनाइयो ७७औँ अणुव्रत स्थापना दिवस
कान्तिपुर संवाददाता
नैतिकता, सदाचार, अहिंसा र विश्व शान्तिका लागि प्रारम्भ भएको अणुव्रत आन्दोलन स्थापनाको ७७ वर्ष पूरा भएको छ । उक्त अवसरमा नेपाल अणुव्रत समितिले शनिबार काठमाडौँमा एक समारोहका बीच विचार गोष्ठी गरेको छ । जैन श्वेताम्बर तेरापन्थ धर्मसंघका आचार्य श्री तुलसीले ७७ वर्ष अगाडि अणुव्रत आन्दोलनको शुभारम्भ गरेका थिए ।
फाल्गुन १७, २०८१
लागुऔषध नियन्त्रण एउटा निकायबाट मात्र सम्भव छैन : प्रहरी महानिरीक्षक कुँवर
कान्तिपुर संवाददाता
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् ।
लागुऔषध नियन्त्रण हरेक व्यक्तिको अभियान हुनुपर्छ : उपमेयर डंगोल
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि सरकारले मात्रै अभियान चलाएर सम्भव नहुने बताएकी छन् ।
आज सतुंगल क्षेत्रमा बिजुली काटिने
रासस
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुंगलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ ।
फाल्गुन १६, २०८१
भूकम्पमा भाग्दा काठमाडौंमा दुई जना घाइते
रासस
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको ६‍‌.१ रिक्टर स्केलको भूकम्पका बेला भाग्दा काठमाडौंमा दुई जना घाइते भएका छन् ।
महानगरको शैक्षिक मेला सुरु
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाको ‘काठमाडौं शैक्षिक मेला २०८१’ सुरु भएको छ । शुक्रबार सुरु भएको उक्त मेला राष्ट्रिय सभा गृह परिसरमा सञ्चालन भइरहेको छ । शनिबार पनि लाग्ने यो मेलामा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने महानगरले जानकारी दिएको छ ।
महाशिवरात्रीमा पशुपति क्षेत्रबाट मोबाइल चोरी गर्ने दुई जना पक्राउ, १० मोबाइल बरामद
कान्तिपुर संवाददाता
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका भक्तजनहरूको मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
आज लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत अवरुद्ध हुने
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।
फाल्गुन १५, २०८१
फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
रासस
काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिकाले शैक्षिक मेला गर्दै
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।
फाल्गुन १४, २०८१
महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
रासस
महाशिवरात्रिको दिन बुधबार आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
कान्तिपुर संवाददाता
शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजकमा श्रीपाली
कान्तिपुर संवाददाता
संयक्त राजनीतिक दलित संघर्ष समितिको संयोजकको जिम्मेवारी नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीले पाएका छन् ।
फाल्गुन १३, २०८१
शिवरात्रिमा दर्शनार्थीले २ सेकेन्ड पशुपतिनाथको दर्शन गर्न पाउने
सुरज कुँवर
महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले जनाएको छ । ‘यसपटक मन्दिरभित्र करिब ५ लाख दर्शनार्थी आउने अपेक्षा गरेका छौं’, पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले भने, ‘त्यस्तै बाहिरबाट मन्दिर (गजूर) दर्शन पनि ५ लाख हाराहारीले गर्ने अनुमान कोषले गरेको छ ।’
ललितपुरको इमाडोलमा आगलागी
रासस
ललितपुरको इमाडोलस्थित एउटा रङ पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा मंगलबार साँझ आगलागी भएको हो ।
प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व संकलन
कान्तिपुर संवाददाता
नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
फाल्गुन १२, २०८१
अनधिकृत रूपमा बनेका संरचना भत्काएर न्हुँ पोखरीमा हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ । सोमबार ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरुआत गरेर यस्तो बताएका हुन् ।
प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह
कान्तिपुर संवाददाता
मानव अधिकार तथा शान्ति समाजले राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई मुक्त राखी प्रहरी सम्बन्धी ऐन परिमार्जन गर्न आग्रह गरेको छ ।
काठमाडौं महानगरले मानवअधिकार आयोगलाई बुझायो सांसद शर्माविरुद्धको अनुसन्धान अभिलेख
कान्तिपुर संवाददाता
लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माले नाबालिका बन्धक बनाएको घटनामा काठमाडौं महानगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगलाई १२० पृष्ठ लामो आफ्नो अनुसन्धान अभिलेख बुझाएको छ ।
फाल्गुन ११, २०८१
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
रासस
गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ ।
बाटोमा गिटी खसाली फोहोर गर्नेलाई ३० हजार रुपैयाँ जरिवाना
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले नख्खुको बाटोमा गिट्टी खसाल्ने मिक्स्चरलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।
ललितपुरको सिभिल होम्सको एक घरमा आगलागी
कान्तिपुर संवाददाता
ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको एउटा घरमा आगलागी भएको छ । आइतबार बिहान पौने ९ बजेतिर सुमनध्वज जोशीको घर नम्बर ४६ मा पूजाकोठाबाट आगो सल्किएको ललितपुर नगर प्रहरीले जनाएको छ ।
महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
रासस
महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।
बागमतीबाट निकालियो दुई मेट्रिक टन फोहर
रासस
केही वर्ष अघिसम्म सफा हुने वाग्मतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएको छ । गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको वाग्मती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ ।
फाल्गुन ९, २०८१
८२ राउन्ड गोली र एयर गनसहित भारतीय नागरिक पक्राउ
कान्तिपुर संवाददाता
एयर गन र ८२ राउन्ड गोली (पिलेट्स) सहित भारतीय नागरिक पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६, भन्सार मेनगेटबाट सशस्त्र प्रहरीले एयर गन र त्यसमा लाग्ने साना–साना ८२ राउन्ड गोलीसहित ३४ वर्षीय मिम्मर हुसेनलाई पक्राउ गरेको हो ।
माछापोखरीमा लागूऔषध कारोबार गर्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
खैरो हेरोइन खरिद बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौं–१६, माछापोखरीस्थित एक होटलमा लागूऔषध कारोबार गरिरहेको अवस्थामा २८.५७ ग्राम खैरो हिरोइनसहित सुनसरीका दिपक राय र नुवाकोटका सुरेन्द्र गुवाजुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
करिब ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौँ महानगर
रासस
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुंगा बिछ्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ।
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई 'धेरै' सुविधा दिने तयारी
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् ।
भक्तपुरमा तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
रासस
सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जातीय हिंसाविरुद्ध दलित मुक्ति मोर्चाको विरोध प्रदर्शन