text
stringlengths
2
914
रासस
संस्कृति, सम्पदा र पर्यटनको दृश्यांकनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्यांकन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमब...
फाल्गुन २६, २०८१
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका–७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बस्ने सुरेन्द्र घिमिरे रहेका छन् ।
नागढुंगाबाट ब्राउन सुगरसहित १ जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट करिब १ सय ७ ग्राम ब्राउनसुगरसहित सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरीलाई पक्राउ गरेको छ ।
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
प्रशान्त माली
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो
रासस
भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३:४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।
गोकर्णेश्वरमा महिलाको हत्या आरोपमा ५ जना पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
फाल्गुन २५, २०८१
सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका दैलेख गुराँस गाउँपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ गणेशथान बस्ने सर्वराज बिसीलाई सार्वजनिक गरेको छ ।
टेकुको ढलमा खसेका व्यक्तिको उद्धार
कान्तिपुर संवाददाता
प्रहरीले काठमाडौंको टेकुमा बसेका १ व्यक्तिको उद्धार गरेको छ । आइतबार बिहान पौने ७ बजेतिर ढलमा खसेका सिन्धुपाल्चोक साँगाचोकगढी-१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
वाग्मती सफाइको ६१६औँ हप्ता पूरा
रासस
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा शनिवार वाग्मती सफाइ गरिएको छ ।
फाल्गुन २४, २०८१
प्रहरीलाई एक महिनामा २८ हजार फोन, झैझगडाका धेरै
विवेक पोख्रेल
आकस्मिक प्रहरी सेवाका लागि प्रहरी कन्ट्रोलको ‘१००’ मा निःशुल्क फोन गर्न सकिन्छ । जुन जिल्लाबाट कल गरिएको छ, प्रायः सोही जिल्लाको प्रहरीको कन्ट्रोल रुममा त्यो कल पुग्छ ।
फाल्गुन २३, २०८१
होली सुरु, वसन्तपुरमा ठड्याइयो तीनतले चीर
कान्तिपुर संवाददाता
काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार (आज) तीन तले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ ।
चन्द्रागिरिको कबाड कारखानामा लागेको आगलागी नियन्त्रणमा
कान्तिपुर संवाददाता
चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँस्थित आरएमबी प्लास्टिक प्याकेजिङ हाउस (कबाड कारखाना) मा आगलागी नियन्त्रणमा आएको छ ।
साँखुमा आश्रयस्थलको टहरामा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु
कान्तिपुर संवाददाता
शंखरापुर नगरपालिका–६, साँखुको सलम्बुटारस्थित सडकमुनि रहेको एक टहरामा टिपर पस्दा सुतिरहेका ३ जनाको मृत्यु भएको छ । टिपरले किच्दा २१ वर्षीय आकाश र सुमन तथा ४५ वर्षीय हरिजनको मृत्यु भएको हो । उनीहरूको थर र ठेगाना भने खुलिसकेको छैन ।
फाल्गुन २२, २०८१
पशुपति गौशाला धर्मशाला सञ्चालनमा कोष-महानगरबीचको सम्झौता बदर
कान्तिपुर संवाददाता
उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौता बदर गरेको छ ।
लागूऔषधविरुद्धको महाअभियानमा ५३ जना पक्राउ
कान्तिपुर संवाददाता
जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनामा लागूऔषधसहित ५३ जना पक्राउ गरेको छ । लागूऔषधसहित माघ १५ गतेदेखि फागुन १५ गतेसम्म प्रहरीले ६ महिलासहित ४७ पुरुषलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
मानव बेचबिखन : प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगले थप्यो चुनौती
कान्तिपुर संवाददाता
सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगसँगै मानव बेचबिखनविरुद्धको अभियानमा नयाँ चुनौतीहरू देखा परिरहेका सरोकारवालाले बताएका छन् ।
चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ
रासस
चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन् । राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो ।
फाल्गुन २१, २०८१
लागूऔषधसहित एक जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरी वृत्त स्वयम्भूले लागूऔषधसहित एक युवालाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका १,५६० एम्पुल लागूऔषध सहित मंगलबारर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर काठमाडौंमा बस्दै आएका २६ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
रासस
थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
थापाथलीमा फुट्यो मेलम्चीको पाइप
कान्तिपुर संवाददाता
काठमाडौंको थापाथलीस्थित सडकमा बिछ्याइएको मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार पाइप फुट्दा ठूलो परिमाणमा पानी खेर गएको छ भने सडकमा पनि क्षति पुगेको छ । आसपासको क्षेत्र जलमग्नसमेत भएको थियो । मेलम्ची खानेपानीको पाइप फुटेको यो दोस्रो पटक हो ।
क्रिप्टोकरेन्सी कारोबारी लुट्ने ३ प्रहरीसहित ६ जना पक्राउ
विवेक पोख्रेल
लुटपाटमा संलग्न रहेको भन्दै ३ जना प्रहरीसहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । लुटेराहरूसँग मिलेर अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान खोटाङका २४ वर्षीय हीरा मंग...
फाल्गुन २०, २०८१
चेकपोस्टबाट लागूऔषधसहित पक्राउ
कान्तिपुर संवाददाता
प्रतिबन्धित लागूऔषधसहित फर्पिङ चेकपोस्टबाट युवक पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोस्टमा बाराको कलैया उपमहानगरपालिका-११, घोघलडिया निवासी २६ वर्षीय सम्साद आलमले बोकेको झोलाबाट ४५० एम्पुल लागू औषध फेला पारेको थियो । आलम बाराको कलैयाबाट टाटा सुमो जिपमा काठमाडौं आउँदै थिए ।
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
कान्तिपुर संवाददाता
काठमाडौंको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतकार्य सुरु गरिएको छ ।
मेलम्चीको पाइप के कारणले फुटेको हो छानबिन गर्छौँ : कार्यकारी अधिकृत पौडेल
कान्तिपुर संवाददाता
काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ । थापाथलीमा के कारणले आज पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाउन छानबिन गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
युवा लक्षित कार्यक्रम बढाउनुपर्नेमा जोड
कान्तिपुर संवाददाता
राष्ट्रिय युवा परिषद्को दसौं स्थापना दिवस सोमबार विविध कार्यक्रमका साथ मनाइएको छ । २०७२ फागुन १९ गते परिषद् गठन भएको दिनलाई स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।
मेलम्चीको पाइप फुट्दा थापाथलीमा सडकमै खाल्डो
तस्बिर : हेमन्त श्रेष्ठ
थापाथलीमा मेलम्चीको खानेपानी वितरण हुने पाइप फुट्दा सडकमै खाल्डो परेको छ ।
फाल्गुन १९, २०८१
ट्राफिक व्यवस्थापन गर्न महानगरद्वारा १८० नगर प्रहरीलाई तालिम
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई तालिम दिन सुरु गरेको छ । महानगरको नगर प्रहरी बलले नगर प्रहरी हवल्दार र नगर प्रहरी जवानलाई आइतबारदेखि ट्राफिक व्यवस्थापनको तालिम दिन सुरु गरेको हो ।
प्रधानमन्त्रीज्यू, तपाईंका भ्रष्ट कार्यकर्तासँग झुक्दिनँ : मेयर शाह
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले सुशासन कायम गर्न सम्झौता नगर्ने र देशमा सुशासन लागू गर्ने बताएका हुन् ।
सालकको ७७० ग्राम खपटासहित २ जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौं महानगरपालिका-१६, माछापोखरीबाट २ जनालाई सालकको ७७० ग्राम खपटासहित पक्राउ गरेको हो ।
नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु
कान्तिपुर संवाददाता
देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।
बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो
रासस
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ ।