text
stringlengths
2
914
कान्तिपुर संवाददाता
दलित समुदायमाथिको जातीय हिंसा र विभेदका घटना नरोकिएको भन्दै नेपाल दलित मुक्ति मोर्चाले विरोध प्रर्दशन गरेको छ । मोर्चाले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । दलित समुदायमाथि पछिल्लो चरणमा श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, उत्पीडन, हत्या, बहिष्कारविरुद्ध प्रदर्शन गरिएको मोर्चाका उपाध्य...
ज्येष्ठ नागरिक, महिला, अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
रासस
आफ्ना नगरवासीलई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ ।
फाल्गुन ८, २०८१
युवक मृत्यु प्रकरण : दुई जना प्रहरीको नियन्त्रणमा
कान्तिपुर संवाददाता
हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
फाल्गुन ७, २०८१
कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीमा रहेको स्वाइवाक टावरको अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अलसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि बृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिएका छन् ।
कालीमाटी तरकारी बजारका एक मजदुरको हत्या, चार जना पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौँको कालीमाटी तरकारी बजारमा बुधबार बिहान मृत भेटिएका मजदुरको उनकै साथीहरूले हत्या गरेको खुलासा भएको छ । प्रहरीका अनुसार तरकारी बजारमा काम गर्ने ४१ वर्षीय रामकृष्ण दाहालको हत्या भएको हो ।
कालीमाटी तरकारी बजारमा काम गर्ने मजदुर मृत फेला
कान्तिपुर संवाददाता
काठमाडौँको कालीमाटी तरकारी बजारमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । उनको शरीरका विभिन्न भागमा निलडाम र चोटपटक रहेका छन् । उनलाई कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
फाल्गुन ६, २०८१
‘स्वयम्भू महोत्सव’ तयारी अन्तिम चरणमा
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले ‘स्वयम्भू महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । फागुन १० देखि १७ गतेसम्म आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । उक्त महोत्वस महानगरको वडा १५ ले आयोजना गर्दैछ ।
नेपालमा दिगो पारिस्थितिक प्रणाली निर्माण गर्न एनआरसीसीको छलफल
कान्तिपुर संवाददाता
नेपाल रिसर्च कोलाबोरेसन सेन्टर (एनआरसीसी) ले नेपालमा दिगो अनुसन्धान पारिस्थितिक प्रणाली निर्माण गर्न छलफल गरेको छ । एनआरसीसीले हालै काठमाडौंमा ‘नेपालमा दिगो अनुसन्धान पारिस्थितिकी तन्त्र निर्माण : डिजिटल उपकरण, सहकार्य र नीति’ कार्यक्रम आयोजना गरी उक्त विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो ।
नेकपा (विद्रोही)को कार्यकर्ता भन्दै चन्दा असुल्ने पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले नेकपा (विद्रोही)को कार्यकर्ता भन्दै चन्दा असुल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले मंगलबार काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरस्थित पञ्चकुमारी मार्गबाट खोटाङ खोटेहाङ गाउँपालिका-८ बस्ने ३९ वर्षीय भरतकुमार राईलाई पक्राउ गरेको जनाएको छ ।
केआईआईटीमा मृत भेटिएकी प्रकृतिको न्यायका लागि काठमाडौंमा प्रदर्शन
कान्तिपुर संवाददाता
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रकृति लम्साललाई न्याय दिलाउन माग गर्दै काठमाडौंमा मंगलबार प्रदर्शन गरिएको छ ।
फाल्गुन ३, २०८१
काठमाडौँका यी स्थानमा आज विद्युत अवरुद्ध हुने
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।
फाल्गुन २, २०८१
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।
शान्दार म:म ग्यास विस्फोट : घाइते थप १ जनाको मृत्यु
कान्तिपुर संवाददाता
गत माघ २४ गते काठमाडौं महानगरपालिका-२८ कमलपोखरीस्थित शान्दार म:म हाउसमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।
५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ ।
फाल्गुन १, २०८१
महाशिवरात्रि मूल समारोह समिति गठन
कान्तिपुर संवाददाता
पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।
शंखरापुर बस दुर्घटना : १६ जना उपचाररत, एक गम्भीर
कान्तिपुर संवाददाता
काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी सवार बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
शंखरापुर बस दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
रासस
काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये बिहीबार २७ जना उपचारपछि घर फर्किएका छन् । उनीहरु उपचारपछि घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सुरु
कान्तिपुर संवाददाता
नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।
माघ ३०, २०८१
'मलेसिया र क्रोएसिया पठाइदिन्छु' भन्दै ठग्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
'ग्रीस पठाइदिन्छु' भन्दै ६ लाख रुपैयाँभन्दा बढी ठग्ने पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाई ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बुद्धले आफ्नो मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छ : उपप्रमुख डंगोल
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिनाअघि नै आयुसंस्कारपरित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरेकी छन् ।
माघ २९, २०८१
काठमाडौं महानगरद्वारा ५२ हजारभन्दा बढीलाई निःशुल्क कानुनी सेवा प्रदान
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले ५२ हजार ७४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ । महानगरले तीन वर्षमा उक्त संख्यामा महानगरबासीलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको हो ।
शान्दार म:म ग्यास विस्फोट : घाइते दुई जनाको मृत्यु
कान्तिपुर संवाददाता
गत बिहीबार कमलपोखरीस्थित एक खाजाघरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ ।
माघ २८, २०८१
चाबहिलमा युवकको हत्या
कान्तिपुर संवाददाता
काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगालमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
पलुकिसी जात्रा १२ वर्षपछि सुरु
कान्तिपुर संवाददाता
मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा आज राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए ।
दक्षिणकालीमा स्कुल बस दुर्घटना, चालक र १ विद्यार्थीको मृत्यु
विवेक पोख्रेल
दक्षिणकाली नगरपालिका–३ भन्ज्याङको जुनकिरी इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी आइतबार खेलकुद सप्ताहको उत्साहमा थिए । विद्यालयमा दौड, म्युजिकल चियर र स्पिकिङ प्रतियोगिता भएको थियो । आइतबारको प्रतियोगिता सकिएपछि विद्यालयको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै थियो ।
प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
रासस
नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।
माघ २६, २०८१
क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौँ महानगर
रासस
काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ । वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार...
माघ २४, २०८१
कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट
तस्बिर : अंगद ढकाल
काठमाडौँको कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ ।
माघ २३, २०८१
बेलायती अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
कान्तिपुर संवाददाता