text
stringlengths
2
914
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले महानगरभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँचलाई निरन्तरता दिएको छ । सोही क्रममा सोमबार ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ३१ वटा मापदण्डविपरीत रहेको पाइएको छ ।
महांकाल गाउँपालिकाकी उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान
रासस
ललितपुरको महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो ।
माघ ६, २०८१
पाँच दिनमा १२० सवारीको प्रदूषण जाँच गर्दा ६९ वटा फेल
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले पाँच दिनमा १२० वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा ६९ वटा मापदण्ड बाहिर गएको पाइएको जनाएको छ ।
माघ १० गतेबाट महानगरले ‘सहिद सप्ताह’ मनाउँदै
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले माघ १० गतेबाट ‘सहिद सप्ताह’ मनाउने निर्णय गरेको छ ।
महांकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई ‘इन्टरनेशनल वुमेन्स लिडरसिप अवार्ड’
कान्तिपुर संवाददाता
ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले ‘इन्टरनेशनल वुमेन्स लिडरसिप अवार्ड’ बाट सम्मानित भएकी छन् ।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरूमा चल्यो डोजर
कान्तिपुर संवाददाता
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका-७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ ।
जुवातास खेल्ने १३ जना पक्राउ
कान्तिपुर संवाददाता
बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिलन समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ४ सय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
काठमाडौं-१५ ले ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने जनाएको छ । वडा १७ ले फागुन १० देखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने जानकारी दिएको हो ।
वाग्मती सफाइमा जुट्दै जनप्रतिनिधि
रासस
काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए ।
माघ ५, २०८१
सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’
रासस
काठमाडौँ महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।
चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन
रासस
संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न/किराना पसल, पानी उद्योग, खानेतेल ( तोरी मिल) उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ ।
शंखमुल टाउन प्लानिङ क्षेत्रमा आज विद्युत अवरुद्ध हुने
कान्तिपुर संवाददाता
शंखमुल टाउन प्लानिङ क्षेत्रमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
माघ ४, २०८१
सवारी साधनको प्रदूषण जाँच गरी हरियो स्टिकर लिन महानगरको आग्रह
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले सवारी साधनको प्रदूषण जाँच गरी हरियो स्टिकर लिन आग्रह गरेको छ ।
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारीको प्रदूषण जाँच गर्दै
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिकाले महानगरभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँच गर्न सुरु गरेको छ । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा २०८१ पुसको अन्तिम सातादेखि सवारी साधनको प्रदूषण जाँच सुरु गरेको हो ।
दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर
रासस
दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्यांकनबमोजिम संस्थानले एक करोड दुई लाख ८७ हजार नौ सय २६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको हो ।
सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्याको आरोपमा दुई जना पक्राउ
कान्तिपुर संवाददाता
सामाजिक सञ्जाल र म्यासेन्जर एप प्रयोग गरेर महिलाहरूको चरित्रहत्या गर्ने कार्यमा संलग्न भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ ।
ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
माघ ३, २०८१
चरित्र हत्या गर्ने दुई युवक पक्राउ
कान्तिपुर संवाददाता
नेपाल प्रहरी साइबर ब्युरोले सामाजिक सञ्जालमा युवती र महिलाको चरित्र हत्या गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।
माघ २, २०८१
भूकम्पसम्बन्धी सचेतना फैलाउन नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी
कान्तिपुर संवाददाता
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पसम्बन्धी ज्ञान दिन ‘भूकम्प सिकाइ प्रदर्शनी’ आयोजना गरेको छ । हरेक वर्ष माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइँदै आइरहेको अवसरमा नास्टले उक्त प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनी नास्टको कार्यालय ललितपुरमा भइरहेको छ ।
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
कान्तिपुर संवाददाता
चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले नगरपालिकाले पहिलोपटक चन्द्रागिरि–१२ स्थित बलम्बु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालयमार्...
माघ १, २०८१
बैंकिङ कसुर मुद्दामा फरार सुधा बस्नेत पक्राउ
कान्तिपुर संवाददाता
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी सुधा बस्नेत पक्राउ परेकी छिन् । काठमाडौं महानगरपालिका-३, महाराजगन्ज निवासी ५७ वर्षीया बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २९ वर्षीय निम पासी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पुस २९, २०८१
नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कान्तिपुर संवाददाता
काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो ।
पुस २८, २०८१
अब वडाकै नेतृत्वमा वाग्मती सफाइ
कान्तिपुर संवाददाता
वाग्मती सफाइ महाअभियान सुरु भएको ६ सय नौ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन् ।
पुस २७, २०८१
काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टा...
पुस २६, २०८१
यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पुस २४, २०८१
आठौं मोडल संयुक्त राष्ट्र सम्मेलन काठमाडौंमा हुँदै
कान्तिपुर संवाददाता
कलंकीमा रहेको एलआरआई स्कुलले शनिबारदेखि सोमबारसम्म आठौं मोडल संयुक्त राष्ट्र (एमयूएन) सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा नेपालबाहिरबाट ४ सयभन्दा बढी प्रतिनिधिहरू भेला हुन लागेको विज्ञप्तिमा जनाइएको छ ।
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।