text stringlengths 2 914 |
|---|
निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग |
कान्तिपुर संवाददाता |
नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । |
धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री |
रासस |
पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो । |
बालकोट घटना : बुवा र भाइको हत्या गरेको भन्दै आफैं प्रहरी वृत्तमा उपस्थित |
कान्तिपुर संवाददाता |
बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैं प्रहरी कार्यालयमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । प्रहरी स्रोतका अनुसार आफैंले बुवा र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन् । |
काठमाडौं महानगर वडा १० ले पाँच महिनामा संकलन गर्यो १० करोड ५७ लाख राजश्व |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाको वडा १० ले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । |
भक्तपुरमा बाबुछोरा कोठाभित्र मृत भेटिए, जेठो छोरा बेपत्ता |
विवेक पोख्रेल |
भक्तपुरको बालकोटमा एक घरमा बाबुछोरा मृत भेटिएका छन् । उनीहरूसँगै बस्ने गरेका जेठो छोरा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीन आचार्यको शव सूर्यविनायक नगरपालिका–२, बालकोट फिकाधारटोलस्थित घरको कोठामा फेला परेको प्रहरीले बताएको छ । |
पुस ८, २०८१ |
'इजरायल र मलेसिया पठाइदिन्छु' भन्दै ३६ लाख ठग्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
'इजरायल र मलेसिया पठाइदिन्छु' भन्दै ३६ लाख रुपैयाँ ठग्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भई टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रङ चुइचुम्मा गाउँपालिका–२ ओख्रे घर भई बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् । |
नागढुंगा खैरो हेरोइनसहित १ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट खैरो हेरोइन १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका–८ बस्ने २० वर्षीय जितेन्द्र रायलाई पक्राउ गरेको छ । |
एनपीएलमा अभद्र व्यवहार गर्ने दुई युवा पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । |
सहकारी ठगी आरोपमा चन्द्रागिरी-१२ का अध्यक्ष पक्राउ |
कान्तिपुर संवाददाता |
सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । |
ललितपुर महानगरका स्थानीय समस्यामा बहस |
प्रशान्त माली |
ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा स्थानीय समस्यामा अन्तरक्रिया भएको छ । कान्तिपुर टीभीले आइतबार आयोजना गरेको ‘महानगर महाबहस : स्थानीय मुद्दा राष्ट्रिय चासो’ विषयक बहसमा शिक्षासँगै संस्कृति सम्पदा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार, ढल निकास, सरसफाइलगायतमा अन्तरक्रिया भएको हो । |
पुस ७, २०८१ |
एनपीएल सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ |
कान्तिपुर संवाददाता |
जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिगको फाइनल खेललाई आधार बनाएर अनलाइन सट्टेबाजी सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ । |
चार महिनामा महानगरद्वारा १५९३ सहकारीका गुनासो फर्छ्यौट |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ५९३ वटा उजुरी फर्छ्यौट गरेको छ । |
सीडब्ल्युएनद्वारा सामाजिक न्याय पुरस्कार घोषणा |
कान्तिपुर संवाददाता |
कास्ट वाच नेटवर्क (सीडब्ल्युएन) ले सामाजिक न्याय पुरस्कार घोषणा गरेको छ । शनिबार संस्थाको पहिलो वार्षिकोत्सवका सन्दर्भमा सीडब्ल्युएनले आगामी वर्षबाट वितरण गर्ने गरी ५० हजार रुपैयाँ राशिको सामाजिक न्याय पुरस्कार घोषणा गरेको हो । |
पुस ५, २०८१ |
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ घर भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने बुद्... |
पुस ४, २०८१ |
हत्या अभियोगमा पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले हत्या अभियोगमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ । |
दुई घण्टापछि निभाइयो धापासीको आगलागी |
कान्तिपुर संवाददाता |
दुई घण्टापछि घापासीको आगो नियन्त्रणमा आएको छ। काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित साढे तीन तले घरमा बिहीबार साँझ आगलागी भएको थियो । घटनास्थल पुगेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो । |
धापासीको एक घरमा आगलागी |
कान्तिपुर संवाददाता |
काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा बिहीबार साँझ आगलागी भएको छ । घटनास्थलमा रहेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो । |
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । |
पुस ३, २०८१ |
अवैध हुन्डी कारोबारमा संलग्न ४ जना पक्राउ |
कान्तिपुर संवाददाता |
अवैध हुन्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका ९ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा कारबाट ६८ लाख रुपैयाँ नगद र रकम उल्लेख गरिएका विभिन्न बैंकका ५ थान चेकसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्... |
पुस १, २०८१ |
नगरपालिकाले भत्कायो विष्णुमती किनारमा अतिक्रमण गरी बनाइएका संरचना |
कान्तिपुर संवाददाता |
टोखा नगरपालिकाले विष्णुमती नदी करिडोरमा बनेका अतिक्रमित संरचना भत्काएको छ । वडा नं. ३ स्थित नदी करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा नगरपालिकाले डोजर चलाएको हो । |
पूर्वमेयरको निधनमा काठमाडौँ महानगरपालिकामा बिदा |
कान्तिपुर संवाददाता |
पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । |
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ । ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा गएराति १ बजे निधन भएको हो । |
मंसिर ३०, २०८१ |
कागेश्वरीमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु |
कान्तिपुर संवाददाता |
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किराती चोकनजिकको वाग्मती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । |
पाटनमा आदिवासी जनजाति महोत्सव |
प्रशान्त माली |
नेवार समुदायको प्रायः हरेक घरमा रक्सी उत्पादन हुन्छ । पाहुना सत्कार नै रक्सी र अन्डा दिएर गर्ने चलन छ । तर, यस्ता रैथाने रक्सीको ब्रान्डिङ भने गर्ने गरिएको छैन । ललितपुर पाटनका कनक शाक्यले भने खेर गएका वाइनका सिसी जम्मा पारेर घरेलु रक्सीको ब्रान्डिङ गरेका छन् । |
काठमाडौं महानगरको स्थापना दिवसमा स्रष्टालाई सम्मान |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले ‘३० औं महानगर दिवस’ मनाएको छ । टुँडिखेलमा शनिबार विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी महानगरले स्थापना दिवस मनाएको हो । |
मंसिर २९, २०८१ |
लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट गाँजा करिब १ किलो ३ सय ग्रामसहित पक्राउ पर्ने २ जनालाई सार्वजनिक गरेको छ । |
काठमाडौं महानगरले मनायो ३० औं स्थापना दिवस |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले ‘३० औं महानगर दिवस–२०८१’ मनाएको छ । टुँडिखेलमा शनिबार विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी महानगरले स्थापना दिवस मनाएको हो । |
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार |
रासस |
काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ । |
मंसिर २७, २०८१ |
'जापान पठाइदिन्छु' भन्दै १० लाख लिएर भाग्ने व्यक्ति पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । |
डलर देखाएर ठग्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिल बहादुर श्र... |
भ्वाङ परेको कमलादी सडकखण्ड आजबाट सञ्चालनमा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.