text stringlengths 2 914 |
|---|
पुस २३, २०८१ |
वाग्मती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वाग्मती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् । मंगलबार अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरूसँग प्रस्तावित वाग्मती कार्ययोजनामाथि छलफल कार्यक्रममा सिंहले अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा ... |
भूकम्प गएपछि नागार्जुनमा आत्तिएर हामफाल्दा १ जना घाइते |
कान्तिपुर संवाददाता |
मंगलबार बिहान गएको भूकम्पबाट देशभर मानवीय क्षति नभएको नेपाल प्रहरीले जनाएको छ। यद्यपि, नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर डेढतले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको छ। ती व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको छ। |
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । |
पुस १९, २०८१ |
युवती मृत्यु प्रकरण : युवतीसँगै बसेका युवा तीन दिनदेखि सम्पर्कविहीन |
कान्तिपुर संवाददाता |
होटलको कोठामा मृत फेला परेकी २१ वर्षीया युवती सुस्मिता खड्काको हत्या गरेको आशंका गरिएका युवालाई तीन दिनसम्म पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । अंग्रेजी नयाँ वर्षको दिन काठमाडौं महानगरपालिका-९ मा रहेको वाग्मती होटलको कोठाभित्र युवती मृत फेला परेकी थिइन् । |
लिथुआनिया पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँ ठग्ने पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । |
पुस १८, २०८१ |
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु |
रासस |
काठमाडौँको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । |
पिंगलास्थानस्थित होटलमा युवती मृत फेला, युवक बेपत्ता |
कान्तिपुर संवाददाता |
अंग्रेजी नयाँ वर्षको दिन काठमाडौं महानगरपालिका वडा नम्बरर ९ मा रहेको बागमती होटलमा युवती मृत अवस्थामा फेला परेकी छन् । उनीसँगै आएका युवक भने बेपत्ता छन्। |
पुस १५, २०८१ |
काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पशु चिकित्सकको सम्मेलन सम्पन्न |
कान्तिपुर संवाददाता |
काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पशु चिकित्सकहरू सम्मिलित दुईदिने भेटेरिनरी सम्मेलन सम्पन्न भएको छ । पशु धनको सर्वाङ्गिण विकासको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्ने उद्देश्यसहित उक्त सम्मेलन आइतबार सकिएको हो । |
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ |
कान्तिपुर संवाददाता |
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रामविक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको छ। दोलखा तामाकोशी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१५ चमती बस्ने २८ वर्षीय राम बिक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको हो । |
कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ९ राउन्डसहित कोटेश्वर नरेफाँटका ३३ वर्षीय सनराइज खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । |
कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट १७ लाख उठाउने पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलब हुन्छ भन्दै पैसा असुल्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । 'दक्षिण कोरिया पठाइदिन्छु' पैसा उठाएको आरोपमा रुपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । |
कला, संस्कृति र परम्पराका हिसाबले हामी समृद्ध छौँ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कला, संस्कृति र परम्पराका हिसाबले समृद्ध रहेको तमु ल्होसार संरक्षण गर्न जागरूक हुनुपर्ने बताएका छन् । |
पुस १४, २०८१ |
घुससहित शाखा अधिकृत प्रसाईं पक्राउ |
कान्तिपुर संवाददाता |
राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । |
कोष र विभागबीच जावलाखेल चिडियाखाना सञ्चालन गर्न सम्झौता नवीकरण |
कान्तिपुर संवाददाता |
राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबीच ललितपुरस्थित जावलाखेल सदर चिडियाखानाको सञ्चालनका लागि सम्झौता नविकरण भएको छ । |
जावलाखेल चिडिखानालाई राति पनि सञ्चालन गर्न अध्ययन गरिने |
कान्तिपुर संवाददाता |
जावलाखेल सदर चिडियाखानालाई राति पनि सञ्चालनमा ल्याउन अध्ययन गरिने भएको छ । रात्रिकालीन गतिविधिलाई बढाउन र चिडियाखानामा आउने आगन्तुकको संख्या बढाउन सो अध्ययन गरिने भएको हो । |
मध्यपुर महोत्सव संस्कृतिदेखि स्थानीय उत्पादन |
प्रशान्त माली , तस्बिर : अंगद ढकाल |
भक्तपुरको मध्यपुर थिमिमा जनैपूर्णिमाका अवसरमा ४ दिन नचाइने ‘सलचा नाच’ ८ वर्षदेखि हुन सकेको थिएन । नाचमा सहभागी हुनुपर्ने कतिपय विदेशिए । कतिपयले चासो नदिँदा पुनः सञ्चालनमा ल्याउन सकस परिरहेको थियो । |
पुस १३, २०८१ |
पाइलैपिच्छे कानुनी अड्चन खेप्न बाध्य छन् लैंगिक तथा यौनिक अल्पसंख्यक |
कान्तिपुर संवाददाता |
लैंगिक तथा यौनिक अल्पसंख्यक युवाहरूले पाइलैपिच्छे कानुनी अड्चन खेप्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । परिवार, आफन्त र समाजबाट समेत अपहेलित उनीहरू सरकारले समेत आफूहरूको आधारभूत मानवअधिकार सुनिश्चित गर्न नचाहेको गुनासो गर्छन् । |
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । |
पुस १२, २०८१ |
काठमाडौं महानगरभित्रका १८ विद्यालयका नाम परिवर्तन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाभित्रका १८ वटा विद्यालयहरूको नाम परिवर्तन भएको छ । |
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि... |
रासस |
जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ । |
तीनकुनेको जग्गा सरकारले लुटेर राखिरहेको छ : मेयर शाह |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताएका हुन् । |
पुस ११, २०८१ |
काठमाडौं महानगरद्वारा १ अर्ब ५ करोड लागतका ८४ वटा विस्तृत परियोजनाको प्रतिवेदन तयार |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले १ अर्ब ५ करोड ९१ लाख ३ हजार रुपैयाँ बराबरको ८४ वटा विस्तृत परियोजनाहरूको प्रतिवेदन तयार पारेको जनाएको छ । |
स्रोत नखुलेको ९२ लाखसहित पक्राउ परेका तीन जना सार्वजनिक |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । |
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासमेत ८ जनालाई पक्राउ गरेको छ । |
पुस १०, २०८१ |
काठमाडौं महानगरले हटायो हायात ग्राउन्डमा राखिएका मदिराजन्य विज्ञापन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले बौद्धस्थित हायात रिजेन्सी होटलको ग्राउन्डमा राखिएको मदिराजन्य विज्ञापनहरू हटाएको जनाएको छ । |
'वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु' भन्दै ठग्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । |
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । |
कोही किन फुल्चोकीमा बाटो बिराउँछ ? |
कान्तिपुर संवाददाता |
प्रहरीले ललितपुरको फुल्चोकी डाडामा हिउँ खेल्न, पदयात्रा, पिकनिक तथा घुम्न जानेहरूलाई छोटो बाटो प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीका अनुसार फुल्चोकी फेददेखि टुप्पोसम्म १३ किलोमिटरको दूरी छ । |
चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले ललितपुर महानगरपालिका–९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेलधुरा परशुराम नगरपालिका-११ घर भई च्यासल बस्ने हेमराज भट्ट र काभ्रे मण्डनदेउपुर नगरपालिका– ११ घर भइ च्यासल बस्ने जनक बहादुर तामाङलाई पक्राउ गरेको छ । |
पुस ९, २०८१ |
क्रोएसिया र साइप्रस पठाइदिन्छु भनी १० लाख ठगी गर्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले क्रोएसिया र साइप्रस पठाइदिन्छु भनी १० लाख ३५ हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने यादबहादुर बुर्जामगर र बारा पचरौता नगरपालिका–८ घर भई भिमसेनगोला बस्ने संजय शाह बानियाँ रहेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.