text
stringlengths
2
914
कान्तिपुर संवाददाता
काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारीसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् ।
मंसिर २६, २०८१
महानगरभित्र अब रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले चराचुरूंगीको जीवन चक्रलाई प्रतिकूल असर पर्ने रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने बताएको छ ।
मंसिर २५, २०८१
भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित चिनियाँ पक्राउ
रासस
प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।
अवैध लागूऔषधसहित चार जना पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिका-३२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका २७ वर्षीय छिरिङ लामा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चोभारमा रहेको कबाडी संकलन केन्द्रमा आगलागी
तस्बिर : दीपक केसी
चोभारमा रहेको कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । मंगलबार बिहान कबाडी गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
व्यापारिक रुटमा पार्किङ निषेधप्रति विरोधमा व्यवसायी
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले व्यापारिक रुट लगनखेल–मंगलबजार, पुल्चोक–ग्वार्कोमा पार्किङ निषेध गरेको भन्दै पाटनका व्यवसायी विरोधमा उत्रिएका छन् ।
मंसिर २४, २०८१
व्यापारिक रुटमा पार्किङ निषेधप्रति विरोधमा व्यवसायी
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले व्यापारिक रुट लगनखेल–मंगलबजार, पुल्चोक–ग्वार्कोमा पार्किङ निषेध गरेको भन्दै पाटनका व्यवसायी विरोधमा उत्रिएका छन् । ललितपुर उद्योग वाणिज्य संघले उक्त रुटमा विगतदेखि नै पालिकासँग समन्वय गरेर फुटपाथ, सरसफाइ तथा ट्राफिक व्यवस्थापनमा संयोजनको भूमिका खेल्दै आइरहेको महानगरपालिकाले संघसँग छलफलबिनै एकतर्फ...
नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने चितवन राप्ती नगरपालिका–१ घर भई रातोपुल बस्ने विशाल बर्तौलालाई पक्राउ गरेको छ ।
३०औं महानगर दिवस मनाइँदै
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले ‘३०औं महानगर दिवस २०८१’ मनाउने भएको छ । महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी उक्त दिवस मनाउने जानकारी दिएको हो ।
लुटपाट गर्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिबेंसी नगरपालिका–२ घर भई नागार्जुन नगरपालिका–४ बस्ने गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ विजेश्वरी बस्ने बाबु भन्ने कृष्णप्रसाद श्रेष्ठ रहेका छन् ।
रागिनी कला प्रतिष्ठानद्वारा पुरस्कार र छात्रवृत्ति घोषणा
कान्तिपुर संवाददाता
रागिनी उपाध्याय कला प्रतिष्ठान बालकोटले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कार र दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
मंसिर २३, २०८१
जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका थप ७ जना सार्वजनिक
कान्तिपुर संवाददाता
प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने दिलबहादुर लामगादेको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने लामगादेसहित ७ जनालाई आइतबार सार्वजनिक गरेको छ ।
अवैध लागूऔषधसहित ९ जना पक्राउ
कान्तिपुर संवाददाता
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।
काठमाडौंमा जुवातास खेल्दै गरेका ९ जना नियन्त्रणमा
कान्तिपुर संवाददाता
काठमाडौंको नागार्जुन नगरपालिका–३, गैरीगाउँस्थित एक घरबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय कृषि उत्पादन बिक्री सहजीकरण गर्न महानगरको ‘एग्रो पुलिङ’ कार्यक्रम
नुमा थाम्सुहाङ
काठमाडौं महानगरपालिकाले स्थानीय कृषि उत्पादन बिक्री तथा वितरण सहजीकरण गर्न ‘एग्रो पुलिङ’ कार्यक्रम ल्याएको छ । यसका लागि महानगरको आइतबार सम्पन्न ३७औं नगर बैठकले ‘एग्रो पुलिङ कार्यविधि, २०८१’ पारित गरेको छ ।
गृहमन्त्रीको 'पीए' हुँ भन्दै ठगी गर्ने पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी बैतडीको पाटन नगरपालिका–४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोक बस्ने करन सिंह बिष्टलाई पक्राउ गरेको छ ।
मंसिर २२, २०८१
सामाजिक सञ्जाल दुरूपयोग गरी चरित्रहत्या गर्ने तीनजना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेलाका कृष्णप्रसाद अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ का रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काईका लक्ष्मण यादव रहेका छन् ।
मंसिर २१, २०८१
'सर्बिया पठाइदिन्छु' भन्दै ठग्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
'सर्बिया पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ नयाँबस्ती बस्ने उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने कमल रावल रहेका छन् ।
‘प्रविधिको प्रयोग गरी वाग्मतीको पानी पिउनयोग्य बनाउन सकिन्छ’
रासस
‘मन्त्रीज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आफूले बनाएको नमुना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थीले भने । जवाफमा मन्त्री गुरुङले पनि उनीहरूको प्रशंसा गरे । ‘तपाईंहरूजस्ता युवाहरुको सिर्जनात्मक काम हेर्दा म आफैं ऊर्ज...
नागढुङ्गा चेकप्वाइन्टबाट ट्रामाडोलसहित एक व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
नागढुङ्गा चेकप्वाइन्टबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक युवालाई पक्राउ गरेको छ । बिहीबार काँकडभिट्टाबाट काठमाडौं आउादै गरेको बा.प्र. ०१ ००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक गर्दा बसमा सवार २२ वर्षीय आकाश लाम्बुको झोलाबाट ट्रामाडोल फेला पारेको हो ।
चितवनको हात्ती महोत्सव बन्द गर्न माग गर्दै प्रदर्शन
विवेक पोख्रेल
चितवनको सौराहमा ११ पुसदेखि सुरु हुन लागेको ‘हात्ती तथा चितवन पर्यटन महोत्सव’ को विरोधमामा काठमाडौंमा प्रदर्शन गरिएको छ ।
मंसिर २०, २०८१
फरार प्रतिवादी १५ वर्षपछि पक्राउ
कान्तिपुर संवाददाता
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
मंसिर १९, २०८१
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला
रासस
काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् ।
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका-६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
होस्टेल, कार्यालय र घरबाट ल्यापटप चोरी गर्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले श्रृंखलाबद्ध रुपमा होस्टेल, कार्यालय, घरबाट ल्यापटप चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
मंसिर १८, २०८१
थापाथली क्याम्पसमा खुला रक्तदान कार्यक्रम
कान्तिपुर संवाददाता
काठमाडौंको थापाथली क्याम्पसमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व एड्स दिवस-२०२४ को अवसरमा त्रिवि कर्मचारी संघ इन्जिनियरिङ अध्ययन संस्था थापाथली क्याम्पस एकाइ समिति तथा युवा रेडक्रस सर्कल इन्जिनियरिङ अध्ययन थापाथलीको सह–आयोजनामा आइतबार रक्तदान कार्यक्रम भएको हो ।
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १७, २०८१
ज्यान मार्ने कसुरका फरार ४ प्रतिवादी पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले ज्यान मार्ने कसुरका फरार ४ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन बस्ने लम्जुङ दूधपोखरी गाउँपालिका–५ घर भएका सुमित तामाङ, सुसन तामाङ, धादिङ रुबि भ्याली गाउँपालिका–४ घर भएका उम्बे गुरुङ र आशिष गुरुङ रहेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित इलाम माई नगरपालिका–५ बस्ने सञ्जय नेम्वाङलाई सोमबार बिहान पक्राउ गरेको छ ।
मंसिर १६, २०८१