text
stringlengths
2
914
कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान
कान्तिपुर संवाददाता
कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।
महानगरद्वारा सानो गौचरन रंगशाला पुनर्निर्माण हुँदै [तस्बिरहरू]
तस्बिर : सफलप्रकाश श्रेष्ठ
काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित फुटबल रंगशाला पुनर्निर्माण सुरू गरेको छ । २०८२ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको उक्त आयोजना शुभ कन्स्ट्रक्सन प्रालिले निर्माण गर्न थालेको हो ।
उपप्रधानमन्त्री सिंहले गरे मतदान
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका-१६ को अध्यक्षका लागि मतदान गरेका छन् ।
मंसिर १५, २०८१
तारकेश्वरमा 'पिक एण्ड ड्रप'को क्रममा बसबाट खसेर दुई जनाको मृत्यु, सहचालक घाइते
कान्तिपुर संवाददाता
काठमाडौँको तारकेश्वर नगरपालिका-८ मा लामबगरमा शनिबार बिहान 'पिक एण्ड ड्रप'को क्रममा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो ।
मंसिर १४, २०८१
वाग्मती नदीमा छाडियो मेलम्चीको पानी
कान्तिपुर संवाददाता
बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट वाग्मती नदीमा थप पानी छाडिएको छ ।
मंसिर १३, २०८१
हनी ट्रयापमा संलग्न तीन जना पक्राउ
कान्तिपुर संवाददाता
हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सानो गौचरन स्टेडियम पुन:निर्माण सुरु
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियमको पुन:निर्माण सुरु गरेको छ । महानगरकी उपप्रमुख सुनिता डंगोलले बिहीबार उक्त स्टेडियमको शिलान्यास गरेकी हुन् ।
हराएका २७ वटा दुई पाङग्रे सवारी साधन प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
कान्तिपुर संवाददाता
विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
कान्तिपुर संवाददाता
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मंसिर १२, २०८१
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मंसिर ११, २०८१
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
रासस
काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
आज काठमाडौंका यी स्थानमा लाइन विस्तारका लागि बिजुली काटिने
कान्तिपुर संवाददाता
काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केबल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ ।
मंसिर १०, २०८१
जापानद्वारा ललितपुरको श्रीकालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण
कान्तिपुर संवाददाता
जापानले वागमती गाउँपालिकास्थित श्रीकालीदेवी माध्यमिक विद्यालयमा निर्माण गरेको छात्रावास सोमबार हस्तान्तरण गरेको छ ।जापान सरकारको 'ग्रान्ट असिस्टेन्स फोर ग्रासरुट्स हुमन सेक्युरिटी प्रोजेक्ट्स' अन्तर्गत निर्माण भएको छात्रावास ।नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्तान्तरण गरे । जापानले छात्रावास निर्माणका लागि ...
मंसिर ९, २०८१
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ । राज्यले कुनै सहयोग नगर्ने गरेको र १६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने जनाएको हो ।
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ
कान्तिपुर संवाददाता
फ्री भिषा, फ्री टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु
कान्तिपुर संवाददाता
जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो ।
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा छलफल
कान्तिपुर संवाददाता
सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ ।
होटलको एकै कोठामा मृत भेटिए युवक र युवती
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवक र युवती एकै ठाउँमा मृत भेटिएका छन् ।
मंसिर ८, २०८१
काठमाडौँमा एकैदिन तीन जना मृत भेटिए
कान्तिपुर संवाददाता
काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार एकैदिन तीन जना मृत अवस्थामा भेटिएका छन् ।
अवैध लागुऔषधसहित नागढुंगाबाट पाँच जना पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार
कान्तिपुर संवाददाता
चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिबार नेपालका लागि चिनियाँ राजदुत छन् सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन्।
धरहरा चढ्न स्वदेशीलाई दुई सय शुल्क
कान्तिपुर संवाददाता
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ ।
मंसिर ७, २०८१
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
कान्तिपुर संवाददाता
काठमाडौँको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक वस्तुको संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले कानुन निर्माण गरेको छ ।
मंसिर ६, २०८१
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
कान्तिपुर संवाददाता
सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
कान्तिपुर संवाददाता
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैंकिङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मंसिर ४, २०८१
मंसिर ८ र ९ मा सातौं ‘वुमन अफ द वर्ल्ड’ हुँदै
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले सातौं ‘वुमन अफ द वर्ल्ड’ (वाउ महोत्सव) आयोजना गर्ने भएको छ ।
मंसिर ३, २०८१
नक्कली फेसबुक आईडी प्रयोग गरेर बिहे गरेर सिंगापुर लैजान्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ