text
stringlengths
2
914
कान्तिपुर संवाददाता
नक्कली फेसबुक आईडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
मंसिर २, २०८१
कीर्तिपुर नगरपालिकाको मेयरमा २० जनाको उम्मेदवारी
कान्तिपुर संवाददाता
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उम्मेदवारी दर्ता गर्न तोकिएको अन्तिम समय साँझ ५ बजेसम्ममा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्राचीन नामको पुनरुत्थान गर्न काठमाडौँमा ५०६ नामहरू संकलन
नुमा थाम्सुहाङ
काठमाडौं महानगरपालिकाले नगरभित्रका विभिन्न ठाउँहरूको प्राचीन नाम पुनरूत्थान गरी प्रचलनमा ल्याउन अध्ययन गरिरहेको जनाएको छ । यसका लागि महानगरले पहिलो र दोस्रो चरणबाट विभिन्न १० वडामा अध्ययन गरी पाँच सय छ स्थानको नामहरू संकलन गरेको छ ।
लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
मंसिर १, २०८१
जुवातास खेलिरहेका ११ जना पक्राउ
कान्तिपुर संवाददाता
जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-४ सानेपा बागडोलस्थित राजेन्द्र महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ५० वर्षीय श्याम महर्जनसहित ११ जनालाई प्रहरीले शुक्रबार साँझ गरेको हो ।
ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँचजना घाइते
कान्तिपुर संवाददाता
भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कार्तिक ३०, २०८१
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
कान्तिपुर संवाददाता
डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
विदेशमा जागिर लगाइदिन्छु भन्दै ठग्ने ३ जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
टुकुचाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टि
रासस
गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको बैंककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् ।
कार्तिक २९, २०८१
बाल गृहबाट महानगरले फेरि गर्‍यो ११ जना बालबालिकाको उद्धार
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले बाल गृहबाट ११ जना बालबालिकाको उद्धार गरेको जनाएको छ ।
पत्रकार महासंघको प्रांगणमा फोटो पत्रकार राजेन्द्र केसीको शोकसभा
कान्तिपुर संवाददाता
फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा बिहीबार नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
रासस
प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासंघको प्रतिनिधिमण्डलले बिहीबार भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् ।
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
रासस
काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।
दुई संस्कृतिविद्लाई ललितपुर महानगरपालिकाले दियो गाडी, मोबाइल र नगरप्रहरी
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृतिविद्‌द्वय हरिराम जोशी र छत्रबहादुर कायस्थलाई गाडी, मोबाइल र नगर प्रहरी सुविधा दिएको छ ।
कार्तिक २८, २०८१
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
रासस
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९ का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
‘काठमाडौं र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्ध नागरिक स्तरमा विस्तार’
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिका र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरूले बताएका छन् ।
कार्तिक २७, २०८१
जोखिममा रहेका बालकको खाजाघरबाट उद्धार
कान्तिपुर संंंवाददाता
काठमाडौं महानगरपालिकाले जोखिममा रहेका एक बालकको उद्धार गरेको जनाएको छ । महानगरको बाल उद्धार कार्यदलले मंगलबार वडा नम्बर १ मा रहेको खाजाघरमा काम गरिरहेका १४ वर्षीय बालकको उद्धार गरेको हो ।
काठमाडौं महानगरले कान्तिमा मोडुलर अपरेसन थिएटर बनाइदिने
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थिएटर (आधुनिक प्रविधि जडित शल्यक्रिया कक्ष) बनाइदिने भएको छ ।
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले काठमाडौं महानगरपालिका–४ चप्पल कारखाना बस्ने गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दीपा कार्कीसमेत ८ जनालाई सोमबार राति पक्राउ गरेको छ ।
कार्तिक २६, २०८१
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई सोमबार पक्राउ गरेको छ।
चन्द्रागिरीबाट एक किशोर सम्पर्कविहीन
कान्तिपुर संवाददाता
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, दहचोकबाट एक किशोर सम्पर्कविहीन भएका छन् । कात्तिक २५ गते आइतबार बिहान नौ बजे स्कुल जान भनी दहचोकस्थित ठूलाबा प्रकाशराज रेग्मीको घरबाट स्कुल ड्रेसमा निस्किएका १५ वर्षीय दिनेश रेग्मी साँझ घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए ।
कार्तिक २५, २०८१
चारवटा सञ्चारमाध्यमलाई काउन्सिलले राख्यो कालोसूचीमा
कान्तिपुर संवाददाता
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।
सकियो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ
कान्तिपुर संवाददाता
नेपालमै पहिलोपटक १ हजार १ सय ११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ ।
जुवातास खेलिरहेका पाँच जना नागार्जुनबाट पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौँको नागार्जुनबाट जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर
कान्तिपुर संवाददाता
ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालयको पर्खाल ललितपुर महानगरपालिकाले भत्काइदिएको छ । अनधिकृत रूपमा बनाइएको संरचना आइतबार ललितपुर महानगर प्रहरीले डोजर लगाएर भत्काएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
कार्तिक २४, २०८१
जुवातास खेलिरहेका ११ जना गोकर्णेश्वरबाट पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौँको गोकर्णेश्वरमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुबई पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
वैदेशिक रोजगारमा दुबई पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै काठमाडौँ महानगर
रासस
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।
कार्तिक २३, २०८१
अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो हुन्छ : रेग्मी
कान्तिपुर संवाददाता
मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो हुने बताएका छन् ।
संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन आवश्यक