text stringlengths 2 914 |
|---|
सामाखुसी यातायात प्रालिले सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो । |
कार्तिक ४, २०८१ |
जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिकै शनिबार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरूलाई आइतबार सार्वजनिक गरेको छ । |
कार्तिक ३, २०८१ |
तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन |
कान्तिपुर संवाददाता |
बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । |
सातदोबाटोमा सडकमै बसमा आगलागी |
रासस |
ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ । |
कार्तिक २, २०८१ |
गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश |
रासस |
उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । |
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा गेष्ट हाउस सञ्चालक पक्राउ |
कान्तिपुर संवाददाता |
बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा टोखा नगरपालिका–२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । |
गौशाला र धर्मशाला तत्काललाई खाली नगराउन मन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला र धर्मशाला खाली गराउने कार्य तत्कालका लागि स्थगन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । कोषको सञ्चालक परिषद् अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषका सदस्य सचिवलाई बुधबार पत्र लेखेर काम रोक्... |
कार्तिक १, २०८१ |
खैरो हेरोइन कारोबारको आरोपमा दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ बस्ने सरोज अधिकारी र उक्त पदार्थ रिसिभ गर्न आएका थाहा–९ बस्ने भूपेन्द्र बस्नेत छन् । |
फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि बुद्धमाई अस्पताललाई एक लाख जरिवाना |
कान्तिपुर संवाददाता |
फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । |
स्रोत नखुलेको साढे आठ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ |
कान्तिपुर संवाददाता |
स्रोत नखुलेको साढे आठ लाख रुपैयाँसहित भक्तपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले मध्यपुरथिमि नगरपालिका-९ राधेराधेबाट ३७ वर्षीय शशीकान्त चौलागाईलाई साढे आठ लाख रुपैयाँसहित पक्राउ गरेको हो । |
अतिरिक्त शुल्क फिर्ताको माग गर्दै केएमसीका इन्टर्न डाक्टर आन्दोलनमा |
कान्तिपुर संवाददाता |
काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरु आफूले एमबीबीएस पढ्दा कलेजलाई बुझाएको अतिरिक्त शुल्क फिर्ता नभएको भन्दै आन्दोलित भएका छन् । |
गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान |
कान्तिपुर संवाददाता |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिृका छन् |
आश्विन ३०, २०८१ |
महांकालका ४४ बाढीपीडित परिवारलाई जस्तापाता वितरण |
कान्तिपुर संवाददाता |
ललितपुरको महांकाल गाउँपालिका-२, मानीखेलका बाढीपहिरोपीडित ४४ परिवारलाई जस्तापाता वितरण गरिएको छ । |
कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ |
कान्तिपुर संवाददाता |
सुर्खेतको लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । |
आश्विन २९, २०८१ |
प्रहरी दिवसमा सहिदका परिवारलाई सम्मान |
प्रताप विष्ट |
प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित ६९ औं प्रहरी दिवसका अवसरमा अमर सहिद परिवारलाई सम्मान गरिएको छ । |
कांग्रेस नेता शिवाकोटीसहित ६ जना पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटी पक्राउ परेका छन् । मंगलबार साँझ सवा ६ बजेतिर प्रहरीले आफूलाई बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ ल्याएको उनले जानकारी दिए । उनी भन्छन्, 'म आन्दोलनमा गएको हैन । गाडीमा थिएँ । जाम भएर के रहेछ भनेर हेर्न जाँदा प्रहरीले जबर्जस्ती गरेर यहाँ ल्यायो ।' |
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ |
रासस |
जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । |
पशुपति क्षेत्रभित्रको धर्मशाला र गौशाला सञ्चालनमा गर्न विवाद |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच पशुपति क्षेत्र भित्र रहेको धर्मशाला र गौशाला सञ्चालनमा विवाद भएको छ । |
आश्विन २८, २०८१ |
साहित्य तःमुञ्या सुरु |
रासस |
जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने उद्घोषका साथ सोमबारदेखि भक्तपुरको कमलविनायकमा ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सुरु भएको छ । |
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने |
कान्तिपुर संवाददाता |
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । |
काठमाडौं उपत्यकामा चहलपहल बढ्दै |
कान्तिपुर संवाददाता |
काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ । |
आश्विन २७, २०८१ |
हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह |
रासस |
हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । |
पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा |
रासस |
विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको मानिएको यो जात्रामा आफ्ना विभिन्न पेसा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन रहेको छ । |
आश्विन २६, २०८१ |
खड्गसहित भक्तपुरमा तलेजुको सेतो घोडा जात्रा मनाइयो |
रासस |
विजयादशमी अर्थात् टीकाको दिन शनिबार रातिदेखि भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडा जात्रा सुरु भएको छ । प्रत्येक वर्ष दसैंको टीकाका राति मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझदेखि सुरु भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । |
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक |
कान्तिपुर संवाददाता |
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा सुरु भएको छ । यो जात्राका लागि रातिदेखिनै हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ । |
नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । |
लिच्छवीकालीन मनमानेश्वरीदेवी र थेच्वको नवदुर्गा भवानीबीच आज बेलुका पाटनमा ढोगभेट गराइँदै |
कान्तिपुर संवाददाता |
विजयादशमीकाे अवसरमा शनिबार पाटन दरबार क्षेत्रमा लिच्छवी राजा मानदेवका इष्ट देवता मनमानेश्वरी देवी (पुरानाे तलेजु) र थेच्वको नवदुर्गा भवानी देवीबीच बेलुका ढोगभेट गराइँदैछ । |
आश्विन २५, २०८१ |
महानवमी : हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै |
रासस |
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । |
आश्विन २४, २०८१ |
काठमाडाैं महानगरले पशुपतिस्थित धर्मशाला दसैंपछि सञ्चालन गर्ने |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले दसैंपछि पशुपति क्षेत्रभित्रको धर्मशाला र गौशाला सञ्चालन तथा व्यवस्थापन गर्ने भएको छ । |
मनोसामाजिक अस्पताल संचालनमा ल्याउन गृह सचिवको निर्देशन |
कान्तिपुर संवाददाता |
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले नख्खुमा रहेको मनोसामाजिक अस्पताल संचालनमा ल्याउन निर्देशन दिएका छन् । |
महानगरले १७ विधामा विद्यार्थीलाई खेल प्रशिक्षण दिने |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.