text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । |
आश्विन २३, २०८१ |
गौशाला धर्मशाला महानगरले सञ्चालन गर्ने भएपछि मारवाडी समुदायको विरोध |
कान्तिपुर संवाददाता |
पशुपति क्षेत्रस्थित गौशाला धर्मशाला काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने कार्यको मारवाडी समुदायले विरोध गरेको छ । हालसम्म मारवाडी समुदायले सञ्चालन गर्दै आएको गौशाला धर्मशाला बुधबारदेखि काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने तयारीस्वरुप आफ्नो बोर्ड राखेको छ । |
गौशाला धर्मशालामा महानगरको ब्यानर राख्दा धकेलाधकेल |
तस्बिर : दीपक केसी |
काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भित्रको धर्मशाला र गौशाला सञ्चालनको लागि कार्यालय सुरु गर्न खोज्दा त्यहाँ धकेलाधकेल भएको छ । मारवाडी सेवा समिति नेपालले धर्मशाला महानगरले चलाउन लागेकोमा विरोध जनाएको छ । |
पशुपति धर्मशाला र गौशाला सञ्चालनमा विवाद |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भित्रको धर्मशाला र गौशाला सञ्चालनको लागि कार्यालय सुरु गर्न खोज्दा मारवाडी सेवा समिति नेपालले विरोध जनाएका छन् । |
दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । |
आश्विन २२, २०८१ |
'राजनीतिमा आउने हरेक महिलाले हिंसा भोगेका छन्' |
कान्तिपुर संवाददाता |
राजनीतिमा आउने हरेक महिलाले शारीरिक र मानसिक हिंसा भोगेको अखिल नेपाल महिला संघकी उपाध्यक्ष पेम्बा लामाले बताएकी छन् । |
धर्मशालाभित्रको गौशाला सञ्चालन र व्यवस्थापन गर्न महानगर र कोषबीच सम्झौता |
कान्तिपुर संवाददाता |
पशुपति क्षेत्रमा रहेको धर्मशालाभित्रको गौशाला सञ्चालन र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । |
आश्विन २१, २०८१ |
मेलम्चीका बाढीपीडित र सरकारबीच सहमति, मंगलबारदेखि पानी पथान्तरण हुने |
कान्तिपुर संवाददाता |
मेलम्ची खानेपानी आयोजनाको पानी मंगलबारदेखि काठमाडौँतर्फ पथान्तरण हुने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची क्षेत्रका स्थानीयवासीको संघर्ष समितिबीच सोमबार भएको वार्तापछि सरकार र स्थानीयबीच सहमति भएको हो । |
आश्विन २०, २०८१ |
महानगर प्रमुख साहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीबीच शिष्टाचार भेट भएको छ । आइतबार मेयर साहको कार्यकक्षमा राजदूत अलीबीच भेटवार्ता भएको हो । |
पशुपतिको धर्मशाला व्यवस्थापन कोषले नै गर्ने |
कान्तिपुर संवाददाता |
पशुपति धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको पशुपति विकास कोष सञ्चालक परिषद्को बैठकले पशुपति धर्मशाला कोषलाई नै व्यवस्थापन गर्न दिने निर्णय गरेको हो । |
पशुपति क्षेत्र विकास कोषले नै धर्मशालाको व्यवस्थापन गर्ने |
कान्तिपुर संवाददाता |
लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ । |
आश्विन १९, २०८१ |
बाढीपछि दुर्गन्धित नदी : महामारी फैलिने चिन्ता |
रासस |
गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्यो भन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ । |
चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन |
कान्तिपुर संवाददाता |
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ । |
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता |
रासस |
गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ । |
बाढीपछि उपत्यकामा खानेपानी वितरण अस्तव्यस्त |
नुमा थाम्सुहाङ |
मेलम्चीको खानेपानी आपूर्ति नभइरहेका बेला बाढीपहिरोले उपत्यकामा खानेपानीको समस्या झन् चर्को बनाइदिएको छ । गएको शुक्रबारदेखि आइतबारसम्मको झरीले निम्त्याएको बाढीपहिरोका कारण मुहान र पाइपलाइनमा क्षति पुग्दा काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा असर परेको हो । |
आश्विन १८, २०८१ |
काभ्रेका बाढी प्रभावित स्थानीय तहलाई काठमाडौं महानगरले २०/२० लाख सहयोग गर्ने |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोकका बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि महानगरले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने जनाएको हो । |
आश्विन १७, २०८१ |
पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता |
रासस |
पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो । |
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । |
हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह |
कान्तिपुर संवाददाता |
काठमाडौं उपत्यकासहित वाग्मती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक पुगेको छ । |
आश्विन १६, २०८१ |
विदेशमा हुँदा महिलाको गोप्य फोटो पठाएर चरित्र हत्या गर्ने युवक विमानस्थलबाट पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जालमा जोडिएर गोप्य तस्बिरहरू साटासाट भएकोमा पछि ती नै महिलाको चरित्र हत्या गर्ने गरी तस्बिरहरूको प्रसार गर्ने एक युवक पक्राउ परेका छन् । |
वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । |
छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकमा सामाजिक एक्लोपना |
कान्तिपुर संवाददाता |
छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा सामाजिक एक्लोपनाले सताएको काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले देखाएको छ । |
आश्विन १४, २०८१ |
करदातालाई सहजीकरण गर्न महानगरले खटायो अनुगमन टोली |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले करदातालाई आवश्यक सहजीकरण तथा समन्वय गर्न स्थलगत रूपमा कर अनुगमन टोली खटाएको छ । |
दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट |
कान्तिपुर संवाददाता |
नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । |
ललितपुरमा केयूकेएलको खानेपानी अवरुद्ध |
रासस |
वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौं उपत्यका खानेपानी आयोजना (केयूकेएल)को खानेपानी अवरुद्ध भएको छ । |
सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न महानगरको सूचना |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले महानगर सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न सोमबार एक सूचना जारी गरेको छ । महानगरको कार्यभित्र रहेका सहकारी संस्थानहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि उक्त कोषमा रकम जम्मा सूचित गरिएको हो । |
आश्विन १३, २०८१ |
विपद् प्रभावित वडामा ललितपुर महानगरले ट्याङ्करबाट पानी वितरण गर्ने |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिकाले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङ्करबाट पानी वितरण गर्ने भएको छ । |
बाढीपीडितलाई महानगरले गर्यो खानाको व्यवस्था |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले बाढीपीडितहरूका लागि खानाको व्यवस्था गरेको छ । बिहीबारदेखिको अविरल झरीका कारण उपत्यकाका खोला तथा नदीमा आएको बाढीबाट प्रभावितहरूलाई महानगरका विभिन्न वडाले अस्थायी बास र खानाको व्यवस्था गरेको हो । |
आश्विन १२, २०८१ |
उपत्यकाका बढीपीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण |
कान्तिपुर संवाददाता |
मारवाडी सेवा समितिले काठमाडौं उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको हो । |
काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २ हजार घर डुबानमा |
रासस |
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.