text stringlengths 2 914 |
|---|
बाढीपहिरो : ललितपुरमा मात्रै १८ जनाको मृत्यु |
रासस |
वर्षाजन्य विपद्का कारण ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । उद्धारका क्रममा फेला परेका १८ वटा शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताए । |
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते |
कान्तिपुर संवाददाता |
काठमाडौँको नागार्जुन नगरपालिका-३, इचंगुनारायण मन्दिर नजिकै घर भत्किँदा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । |
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता |
कान्तिपुर संवाददाता |
अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । |
आश्विन ११, २०८१ |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने |
रासस |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । |
काठमाडौंमा खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता |
रासस |
काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । |
दसैँ तिहार : काठमाडौँमा तीन हजार सात सय प्रहरी खटाउने तयारी |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेको जनाएको छ । |
चाडपर्व लक्षित दुर्घटना न्यूनिकरण विशेष अभियान आजदेखि सुरू |
कान्तिपुर संवाददाता |
दसैँ नजिकिएसँग प्रहरीले 'चाडपर्व लक्षित दुर्घटना न्यूनिकरण विशेष अभियान' सुरुवात गरेको छ । |
पानी जम्मा भएको सडक र नदी किनारामा नजान महानगरको अनुरोध |
कान्तिपुर संवाददाता |
लगातार परिरहेको झरीले उपत्यकाका नदीहरूमा पानी प्रवाह उच्च भएकाले पानी जमेको सकड र नदी किनारामा नजान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । शुक्रबार महानगरले फेसबुकमार्फत् सूचना जारी गर्दै नदी छेउछाउ सतर्कता अपनाउन अनुरोध गरेको हो । |
'कतार पठाइदिन्छु' भन्दै ठगी गर्ने व्यक्ति पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३१ वर्षीय खालिक खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । |
आश्विन ९, २०८१ |
आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन |
रासस |
आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । |
'एमआरपी' भन्दा बढी मूल्यमा सामान बिक्री नगर्न खुद्रा तथा थोक पसलेलाई महानगरको निर्देशन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलेलाई अंकित अधिकतम मूल्य अर्थात एमआरपीभन्दा बढीमा कुनै पनि सामग्री बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ । महानगरले बुधबार सूचना जारी गर्दै खुद्रा तथा थोक पसलेलाई उक्त निर्देशन दिएको हो । |
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ |
रासस |
नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । |
आश्विन ८, २०८१ |
मिर्गौलापीडित पत्रकार दियालीलाई आर्थिक सहयोग |
कान्तिपुर संवाददाता |
दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौं वेस्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पीबी दियालीलाई नगद १ लाख ८२ हजार रुपैयाँ सहयोग गरेका छन् । |
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । |
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय |
कान्तिपुर संवाददाता |
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । |
आश्विन ७, २०८१ |
कोरियामैत्री नगरअस्पतालमा बिमा बापतको रकम प्राप्त नहुँदा सेवा बन्द |
रासस |
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । |
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईं |
कान्तिपुर संवाददाता |
सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई खटाएको छ । उनले सोमबारदेखि महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । |
आश्विन ५, २०८१ |
चन्द्रागिरिका आठवडा ‘बालश्रममुक्त वडा’ घोषणा |
कान्तिपुर संवाददाता |
चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । |
राज्यविरुद्धको कसुरमा भुसालमाथि अनुसन्धान सुरु |
कान्तिपुर संवाददाता |
नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ । |
हनुमानढोकाको जीर्ण प्रहरी भवन भत्काएर पुरानै सत्तल बनाउन माग |
प्रशान्त माली |
नौ वर्षअघि भूकम्पले जीर्ण बनाएको काठमाडौंस्थित हनुमान ढोका दरबार क्षेत्रको जिल्ला प्रहरी परिसरको भवन भत्काएर पुरानै सत्तल बनाउन सरोकारवालाले माग गरेका छन् । दरबार क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि प्रहरी भवन रहेको क्षेत्रलाई पुरानै स्वरूपमा ल्याउनुपर्ने उनीहरूले माग गरेका हुन् । |
आश्विन ४, २०८१ |
क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । |
आश्विन ३, २०८१ |
द्वारिकाज होटलमा इन्द्रजात्रा |
कान्तिपुर संवाददाता |
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा पनि मनाइएको छ । |
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक |
रासस |
सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको बताए । |
दरबारमार्गमा हुने कन्सर्टका लागि पाँच हजार सुरक्षाकर्मी परिचालित |
रासस |
संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । |
आश्विन २, २०८१ |
गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइयो |
कान्तिपुर संवाददाता |
२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित सिंहको शालिकमा माल्यार्पण गरिएको छ । |
आश्विन १, २०८१ |
बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा |
कान्तिपुर संवाददाता |
इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ । |
भाद्र ३१, २०८१ |
लागुऔषधसहित दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले लागुऔषध ट्रामाडोल दुई हजार पाँच सय ७० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । |
उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो । |
धोबी खोलाले बगाएको ट्याक्सी थापाथलीनजिक भेटियो |
कान्तिपुर संवाददाता |
हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट खसेको ट्याक्सी सोमबार थापाथलीस्थित यूएन पार्कनजिक भेटिएको छ । |
भाद्र ३०, २०८१ |
विष्णुमती नदीमा खसेर पुरुष बेपत्ता |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.