text stringlengths 2 914 |
|---|
काठमाडौंको विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजे टोखा नगरपालिका-८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर लमजुङ स्थायी ठेगाना भएका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन् । |
नेपाल युथ समिट : युवालाई स्वरोजगार बनाउन माग |
कान्तिपुर संवाददाता |
युवालाई उद्यमशीलता, रोजगारी र युवा सशक्तिकरणका लागि सरकारले विशेष नीतिसहित प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने मागसहित ७ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नेपाल युथ समिट काठमाडौंमा सम्पन्न भएको छ । |
भाद्र २९, २०८१ |
भासिएको कुपण्डोल सडकको ललितपुर महानगरले प्राविधिक अध्ययन गर्ने |
कान्तिपुर संवाददाता |
कुपण्डोलबाट पुल्चोकतर्फ जाने मुख्य सडक भासिएपछि ललितपुर महानगरपालिकाले प्राविधिक टोली खटाई अध्ययन गर्ने भएको छ । शनिबार दिउँसो सडकबाट अचानक पानी बगेपछि बाटो भासिएको थियो । |
चन्द्रागिरिका सात वडा ‘बालश्रममुक्त वडा’ घोषणा |
कान्तिपुर संवाददाता |
चन्द्रागिरि नगरपालिकाका ७ वडा ‘बालश्रममुक्त वडा’ घोषणा भएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म नगरपालिकाका १५ मध्ये वडा नं ३, ५, ६, ७ , ८, ११ र १४ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो । |
कम तौलका गहनाको नक्कली बिल बनाइ बन्धकी राखेर ठगी गर्ने तीन महिला पक्राउ |
कान्तिपुर संवाददाता |
कम तौलका गहना बढी तौलको बिल बनाइ बन्धकी राखी ठगी गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले कम तौलका सुनका गहना बनाइ नक्कली बिलसहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गरिरहेको भन्ने प्रहरी वृत्त सातदोबाटोमा उजुरीपरेपछि अनुसन्धानको क्रममा प्रहरीले भक्तपुरको ब्यासीबाट गहनासहित तीन जना महिलाहरूलाई पक्राउ गरेको... |
भाद्र २८, २०८१ |
क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ |
कान्तिपुर संवाददाता |
अवैध क्रिप्टो कारोबारसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । |
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । |
भाद्र २७, २०८१ |
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । |
सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमा परिवर्तनका सम्बाहकः अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका सम्बाहक भएको बताएका छन् । |
भाद्र २६, २०८१ |
नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । |
कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा 'ईकु' पक्राउ |
कान्तिपुर संवाददाता |
कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२४ धापाखेल स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । |
भाद्र २५, २०८१ |
काठमाडौँको भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला |
रासस |
काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ । |
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । |
भाद्र २४, २०८१ |
पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको छ । |
इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ |
कान्तिपुर संवाददाता |
नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । |
भाद्र २३, २०८१ |
महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ |
रासस |
महिलाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । |
भाद्र २१, २०८१ |
एकै नम्बरका ५ वटा मोटरसाइकलसहित दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले एकै नम्बरका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । मोटर साइकल चोरी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-३१ स्थित मध्यबानेश्वरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको हो । |
तीन लाख बर्तालुले गरे पशुपतिनाथको दर्शन |
रासस |
नेपाली नारीहरूको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । |
काठमाडौं महानगरमा ‘एकल सेवा केन्द्र’ सुरु |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई निर्धारित समयभित्र सेवा उपलब्ध गराउन ‘एकल सेवा केन्द्र’ को सुरूआत गरेको छ । |
कवाड व्यवसायमा तोडफोड गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायमा तोडफोड गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मालाई ध्यानाकर्षण गराएको छ । |
भाद्र २०, २०८१ |
नदी किनाराका जग्गाको समस्या समाधानका लागि एमाले नेताहरूले गरे दाहालसँग आग्रह |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने तय गर्ने बताएका छन् । |
काठमाडौं महानगरद्वारा ७ सहकारीलाई कारबाही गर्न सीआईबीमा पत्राचार |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले सहकारी संस्थारूको अनुगमन सुरु गरेको छ । महानगरले ४० वटा विभिन्न सहकारी संस्थाहरूको अनुगमन गर्दा ७ वटालाई अनुसन्धान र कारबाहीको थप प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ । |
भाद्र १९, २०८१ |
पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई महानगरको सम्मान |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महानगरले बुधबार एक समारोहकाबीच नेपाली पारा तेक्वान्दो खेलाडी गोवर्धन र प्रशिक्षक राज नेगीलाई नगदसहित सम्मान गरेको हो । |
नदीको दायाँ-बायाँ संरचना निर्माण मापदण्ड : काठमाडौंका मेयर र उपमेयरबीच मतभेद |
नुमा थाम्सुहाङ |
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलबीच नदी–खोला आसपासका क्षेत्रमा संरचना निर्माण गर्ने मापदण्डका विषयमा सार्वजनिक गरिएको सूचनालाई लिएर मतभेद देखिएको छ । महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा मंगलबार प्रमुख शाह, उपप्रमुख डंगोल र अन्य कार्यपालिका सदस्यबीच मतभेद देखिएको हो । |
भाद्र १८, २०८१ |
काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता |
रासस |
काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । |
वैदेशिक रोजगारमा पठाउने भन्दै २२ लाख ५० हजार ठगी गर्ने पक्राउ |
रासस |
विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै २२ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी र... |
रैथानेलाई उठिबास गराउने फैसलाविरुद्ध ललितपुर महानगरलाई ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकालाई सर्वोच्च अदालतले गरेको परमादेशले रैथानेहरू उठिबास हुने भन्दै त्यसको विरुद्धमा ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार संघर्ष समितिले ललितपुर महानगरकी उपप्रमुख अञ्जली शाक्यलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । |
असोज पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण गर्छौं : मन्त्री यादव |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा मेलम्चीको पानी असोज पहिलो सातादेखि पुनः वितरण गरिने जानकारी दिएका छन् । उनले खानेपानीको हाहाकार छिट्टै हटाउने तयारीमा सरकार रहेको पनि बताए । |
भाद्र १५, २०८१ |
कलंकीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु |
रासस |
काठमाडौँको कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर वाग्मती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो । |
तीन करोड लगानीमा बनेको ज्यापु कल्याण तालिम भवन संचालनमा |
कान्तिपुर संवाददाता |
ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । उक्त भवनको शनिबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका लागि मद्दत गर्न तालिमहरू संचालन गरिने जनाइएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.