text stringlengths 2 914 |
|---|
भाद्र १४, २०८१ |
प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गरेको अभियोगमा पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । |
भाद्र १३, २०८१ |
'युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ' |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायत सरोकारवालाहरूले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएका छन् । |
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ |
कान्तिपुर संवाददाता |
आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । |
साढे तीन तले घरको छतबाट लडेर मृत्यु |
कान्तिपुर संवाददाता |
भक्तपुरमा साढे तीन तले घरको छतबाट लडेर मृत्यु एक व्यक्तिको ज्यान गएको छ । |
तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी |
कान्तिपुर संवाददाता |
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । |
भाद्र १२, २०८१ |
श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । |
शंखमुलमा पुल हाउस सञ्चालकको हत्या अभियोगमा एक व्यक्ति पक्राउ |
रासस |
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । |
भाद्र १०, २०८१ |
बागमती नदीले सतर्कता तह पार गर्यो |
रासस |
बागमती नदीले सर्तकता तह पार गरेको छ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रले अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ । |
एमालेद्वारा काठमाडौंका नदी वरपर थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने फैसलाको न्यायिक पुनरावलोकन माग |
कान्तिपुर संवाददाता |
एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि सरकारसँग आग्रह गरेको छ । |
भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सञ्चालनमा |
कान्तिपुर संवाददाता |
राजधानीको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सोमबारदेखि सञ्चालनमा आएको छ । |
पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो |
रासस |
श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । |
भाद्र ९, २०८१ |
काठमाडौँ महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति |
रासस |
काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ । |
नागार्जुनमा दुर्घटना हुँदा एकजनाको मृत्यु |
रासस |
नागार्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बा प्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । |
भाद्र ८, २०८१ |
बागमती नदी जोगाउन सबैले प्रयास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह |
रासस |
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् । |
सुरु भयो सिर्जनशील उद्यमी मेला |
कान्तिपुर संवाददाता |
हरितालिका तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले गर्दै आएको सिर्जनशील उद्यमी मेला यस वर्ष शुक्रबारदेखि सुरु भएको छ । २१ संस्करणको मेलामा नवप्रवर्तक (स्टार्टअप) लाई प्राथमिकता दिइन लागिएको आयोजक संस्थाले जनाएको छ । |
भाद्र ७, २०८१ |
टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु |
कान्तिपुर संवाददाता |
भक्तपुरमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । साइकल चालक भक्तपुर नगरपालिका-८ लिवाली बस्ने ६५ वर्षीय आसनारा कोजुको मृत्यु भएको हो । |
थामे बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको निर्णय |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । |
संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी |
रासस |
ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् । |
भाद्र ६, २०८१ |
सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीन पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । |
नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय |
कान्तिपुर संवाददाता |
नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । |
थेच्व मतयाः मा बेथितिप्रति व्यंग्य |
प्रशान्त माली |
लिच्छविकालीन राजा नरेन्द्रदेवको भेषमा एक युवक सजिएका थिए । सँगै कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललित ज्यापूको भेषमा अर्का दुई युवक अगाडि बढे । उनीहरूलाई टीकाभैरव, श्वेतभैरव, हरिसिद्धिको क्रोधभैरव र चण्डभैरव रूपी भेषमा आएका युवाले चारै दिशाबाट घेरेका थिए । |
भाद्र ४, २०८१ |
सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताएका छन् । |
भाद्र ३, २०८१ |
तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन |
रासस |
भक्तपुरमा आठ रात, नौ दिनसम्म भव्य रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा सोमबार जात्राको पूर्वसन्ध्यामा तलेजुबाट गाई निकालेर प्रदर्शन गर्दै यसवर्षको गाईजात्रा पर्व सुरु भएको छ । |
पाटनमा फोटो प्रदर्शनी |
कान्तिपुर संवाददाता |
राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ ।सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । |
कालदहमा मेला, खेतमा भ्यागुतोलाई भात |
रासस |
जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा यहाँका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ । |
भाद्र २, २०८१ |
गाइजात्राको तयारी [तस्बिरहरु] |
तस्बिर : सफलप्रकाश श्रेष्ठ |
यसवर्षको गाइजात्रा पर्व भदौ ४ गते मंगलबार मनाइदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेषरुपमा मनाउने उक्त पर्वमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । |
श्रावण ३२, २०८१ |
काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरुसँग गरे कार्यसम्पादन सम्झौता |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले विभाग, आयोजना, एकाइ सचिवालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । |
गठ्ठाघर दुर्घटना : गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन |
रासस |
गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । |
श्रावण ३१, २०८१ |
घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत पक्राउ, विशेष अदालतमा मुद्दा दायर |
रासस |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.