text stringlengths 2 914 |
|---|
घुससहित पक्राउ परेका यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर |
रासस |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । |
गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त* |
कान्तिपुर संवाददाता |
भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले जाँच गरिरहेकै बेला मालबाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । |
ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ |
कान्तिपुर संवाददाता |
अवैध लागूऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । |
काठमाडौं उपत्यकाका सडक भासिने समस्या बढ्दै |
नुमा थाम्सुहाङ |
ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलतर्फ जाने भित्री सडकमा बुधबार बिहान भ्वाङ पर्यो । झन्डै ३ मिटर क्षेत्र भासिएपछि सडक नै अवरुद्ध भयो । सडकमा भ्वाङ पर्नुको कारण खुलिसकेको छैन । |
श्रावण ३०, २०८१ |
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँको बालाजु बाइपास र लोलाङबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । |
प्रविधिको दुरुपयोग गरी चरित्रहत्या गर्ने समूहलाई कारबाही गर्न उपप्रमुख डंगोलको आग्रह |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई पुनः आग्रह गरेकी छन् । |
सानोभर्याङ काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति |
रासस |
काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङस्थित काष्ठ उद्योगमा मंगलबार राति आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । |
उपत्यकाका नदीको दुर्गन्ध हटाउन बोरिङ गरेर भएपनि पानीको प्रवाह गराउँछौँ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमति लगायतका नदीरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन् । |
कोकिनसहित दुईजना विदेशी पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । |
नदीको दायाँ बायाँ क्षेत्रभित्र भवन नबनाउन महानगरको सूचना |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीको दायाँ बायाँ भवन निर्माण नगर्न सूचना जारी गरेको छ । नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ छाड्नु पर्ने भनी तोकिएको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा संरचनाहरू निर्माण नगर्न महानगरले बुधबार सूचना जारी गरेको हो । |
श्रावण २९, २०८१ |
सानोभर्याङको काष्ठ उद्योगमा आगलागी |
रासस |
काठमाडौँ महानगरपालिका-१५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ । |
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । |
श्रावण २८, २०८१ |
मौरिससमा आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा... |
रासस |
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छन् । |
ठोस्ने खोलाले बगाएर एक जनाको मृत्यु |
रासस |
ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एकको मृत्यु भएको छ । |
श्रावण २७, २०८१ |
पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची फास्टफुडलाई २ लाख जरिवाना |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले अनामनगरस्थित रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । सिल गरेको प्रशोधित पिउने पानीको बोतलमा अखाद्य वस्तु भेटिएपछि महानगरले आइतबार जरिवाना गराएको हो । |
श्रावण २६, २०८१ |
मनमोहन कार्डियोथेरासिक सेण्टरको छतबाट हाम फालेका युवकको मृत्यु |
कान्तिपुर संवाददाता |
काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरको छैटौँ तलाबाट हामफालेका युवकको मृत्यु भएको छ। |
कमलादीमा भ्वाङ परेको सडक आसपास जोखिम कायमै |
नुमा थाम्सुहाङ |
काठमाडौंको कमलादीमा बनेको भ्वाङका कारण सडक आसपासमा अझै जोखिम देखिएको छ । दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेपछि बिहीबारदेखि सडक अवरुद्ध पारिएको छ । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । |
श्रावण २५, २०८१ |
स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु |
रासस |
भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । आज अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । |
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा |
रासस |
काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ । |
६१ प्रतिशत विवाद वडामै समाधान |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकामा ६१ प्रतिशत विवाद वडामै समाधान भएका छन् । महानगरपालिकामा ३२ वटा वडा छन् । हरेक वडामा मेलमिलाप केन्द्र सञ्चालन गरिएको छ । ती मेलमिलाप केन्द्रले वडास्तरमा निम्तिएका विवादमध्ये ६१ प्रतिशत विवाद वडामै समाधान गरेका हुन् । |
खैरो हेरोइनसहित चार जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित पक्राउ पर्ने ४ जनालाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–९ का पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ का अनिल परियार छन् । |
श्रावण २४, २०८१ |
पहिरोले इन्द्रायणी पासिखेल सडक अवरुद्ध |
कान्तिपुर संवाददाता |
काठमाडौंको शंखरापुर नगरपालिका ९ स्थित कागेश्वरी–चक्रपथ–इन्द्रायणी सडकको पासिखेल खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । |
श्रावण २३, २०८१ |
छ किलो कोकिनसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ |
रासस |
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । |
फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ |
कान्तिपुर संवाददाता |
सामाजिक सञ्जालमा फेक अकाउण्ट बनाएर महिलाको फोटो दुरुपयोग गरी चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने २३ वर्षीया सुस्मिता थारुलाई पक्राउ गरेको हो । |
गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ |
रासस |
नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । |
उपमेयर नेतृत्वको समितिले काठमाडौं महानगरका होस्टल अनुगमन गर्ने |
नुमा थाम्सुहाङ |
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका छात्रावास अर्थात् होस्टल व्यवस्थित बनाउन अनुगमन गर्ने भएको छ । महानगरको अनुगमन समितिले स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाभित्र रहेर होस्टल सञ्चालन गराउन अनुगमन गर्ने जनाएको छ । महानगरभित्र सञ्चालित होस्टलमा व्यवस्थापकीय समस्या देखिएपछि अनुगमन तयारी थालिएको हो । |
श्रावण २२, २०८१ |
रकम हिनामिना गर्ने सहकारीका सचिवसहित तीन पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । |
एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा एक पक्राउ |
रासस |
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । |
वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित |
रासस |
गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ । |
श्रावण २१, २०८१ |
खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.