text stringlengths 2 914 |
|---|
श्रावण २०, २०८१ |
भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो |
रासस |
वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ । वैशाख २७ गते ललितपुरको पुल्चोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आइतबार जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो । |
कालोपुलमा २० वर्षीय युवकको शव भेटियो : हत्या आरोपमा श्रीमती र अर्का एक पुरुष पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौंको कालोपुलमा डेरा गरी बस्ने ओखलढुंगाका २० वर्षीय एक युवकको शव भेटिएको छ । लिखु गाउँपालिका-९ का प्रेम महत दर्जीको शव भेटिएको प्रहरीले जनाएको छ । |
श्रावण १९, २०८१ |
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग |
रासस |
वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । |
श्रावण १८, २०८१ |
यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही |
रासस |
काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । |
गलत बकपत्र दिएको अभियोगमा मुद्दा दायर |
कान्तिपुर संवाददाता |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मुद्दामा गलत बकपत्र दिएको अभियोगमा दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । |
लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो । |
फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति |
रासस |
मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शंकर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा शुक्रबार आगलागी हुँदा दुई करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । |
होटलको कोठामा मृत भेटिए युवायुवती |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गमा रहेको झर्ना गेष्ट हाउसमा युवा र युवती मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की अन्दाजी २० वर्षीया करिष्मा सार्कीसहित साउन १५ गतेदेखि सो गेष्ट हाउसको कोठा नं. ४०२ मा बस्दै आएका थिए । |
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा |
कान्तिपुर संवाददाता |
सरकारले आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा रहेकाले सार्वजनिक बिदा दिइएको हो । |
बिमा बोर्डका कर्मचारीद्वारा कामकाज ठप्प |
कान्तिपुर संवाददाता |
स्वास्थ्य बिमा बोर्डका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै शुक्रबार कामकाज ठप्प पारेका छन् । बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । |
श्रावण १७, २०८१ |
आउँदो आइतबार ललितपुरमा 'भोटो जात्रा' |
कान्तिपुर संवाददाता |
रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आउँदो आइतबार साउन २० गते भोटो जात्रा देखाइने भएको छ । |
रातो मत्स्येन्द्रनाथकाे रथ आज लगनखेल थतिटाेलबाट जावलाखेल तानिँदै |
कान्तिपुर संवाददाता |
सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल थतिटोलबाट जावलाखेल तानिने भएको छ । रथ जावलाखेल पुगेको ४ दिनपछि भोटो जात्रा गरिन्छ । |
श्रावण १६, २०८१ |
काठमाडौंको ढल्कुमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या |
कान्तिपुर संवाददाता |
आपसी विवादमा धारिलो हतियार प्रहार हुँदा काठमाडौंको ढल्कुमा जनाको ज्यान गएको छ । |
बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार |
रासस |
गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । |
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला |
रासस |
काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । |
काठमाडौं उपत्यकामा बाढीले १ जनाको मृत्यु, ७१ को उद्धार |
कान्तिपुर संवाददाता |
अबिरल वर्षाका कारण काठमाडौं उपत्यका विभिन्न स्थान डुबानमा परेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मंगलबार रातिको वर्षापछि आएको बाढीमा फसेका ७१ जनाको उद्धार गरिएको छ । |
ललितपुरमा बाढीमा परेका २४ जनाकाे उद्धार |
कान्तिपुर संवाददाता |
अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ । |
खैरो हिरोइनसहित ६ जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले ललितपुर र काठमाडौंबाट खैरो हिरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका–५ टिकाथली र ललितपुर महानगरपालिका–२३ धापाखेलबाट खैरो हिरोइनसहित पक्राउ परेका ४ जनालाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ । |
श्रावण १५, २०८१ |
व्यवसायीमाथि खुकुरी प्रहार गर्ने ३ जना जेल चलान |
कान्तिपुर संवाददाता |
ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बानियाँमाथि खुकुरी प्रहार गरेको घटनामा मुद्दा चलाइएका तीन जना नख्खु कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको सोमबार बसेको एकल इजलासले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । |
१० लाखसहित ९ जुवाडे पक्राउ |
कान्तिपुर संवाददाता |
१० लाख रुपैयाँसहित ९ जना जुवाडे पक्राउ परेका छन् । सोमबार साँझ काठमाडौं महानगरपालिका–४, चुनदेवीबाट उनीहरु पक्राउ परेका हुन् । |
श्रावण १४, २०८१ |
गोकर्णेश्वरमा नर्सिङ शिक्ष पढ्नेले ५० प्रतिशत छात्रवृति पाउने |
कान्तिपुर संवाददाता |
गोकर्णेश्वर नगरपालिकाले ‘छोरीहरु’ ले नर्सिङ शिक्षा पढ्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति पाउने नर्सिङ शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत् नगरपालिकामा स्थायी बसोबास भएका ‘छोरीहरू’ लाई पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्न लागिएको हो । |
खुकुरी देखाइ लुटपाट गर्ने स्याङ्तान सार्वजनिक |
कान्तिपुर संवाददाता |
खुकुरी देखाइ लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मकवानपुर पदमपोखरीका धनबहादुर स्याङ्ताङलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । |
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ |
कान्तिपुर संवाददाता |
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–६ मंहाकाल बस्ने तिब्बत घर बताउने रिन्चो निमालाई आइतबार राति पक्राउ गरेको छ । |
अनलाइन मार्फत ८४ लाख ठगी गर्ने सार्वजनिक |
कान्तिपुर संवाददाता |
प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पक्राउ गरेका झापा विर्तामोड नगरपालिका–९ का पुरुषोत्तम भण्डारीलाई सोमबार सार्वजनिक गरेको छ । |
श्रावण १३, २०८१ |
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते |
रासस |
टिपरको ठक्करबाट आइतबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिँदा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल... |
श्रावण १२, २०८१ |
वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा |
रासस |
राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ । |
लागूऔषध सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ |
कान्तिपुर संवाददाता |
लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बस/ माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो । |
उपत्यकामा सवारी दुर्घटना : अघिल्लो वर्षभन्दा १६ प्रतिशत कम |
रासस |
काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । |
श्रावण ११, २०८१ |
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा |
रासस |
आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख ... |
अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ |
कान्तिपुर संवाददाता |
अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.