text
stringlengths 2
914
|
|---|
यस्तो छ आजको मौसम पूर्वानुमान
|
रासस
|
जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसमसफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ ।
|
फाल्गुन ७, २०८१
|
सत्यनिरुपण र छानबिन आयोग गठनमा सरकारको बेवास्ता
|
घनश्याम खड्का
|
संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन भएको ६ महिना बिते पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति अझै हुन सकेको छैन ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
कालीमाटी तरकारी बजारका एक मजदुरको हत्या, ओडिसा घटनाबारे परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्तादेखि रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति आफूसँग भएको ट्रम्पको भनाइसम्मका खबर आज चर्चामा रहे ।
|
कान्तिपुरको ३२औँ वार्षिकोत्सव : उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत
|
कान्तिपुर संवाददाता
|
कान्तिपुर पब्लिकेशन्सको ३२औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा चार जना पत्रकार र चार जना कर्मचारीहरू रहेका छन् ।
|
‘सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुँदैन’
|
ज्योति कटुवाल
|
प्रमुख प्रतिपक्षी माओवादीकी सांसद रेखा शर्माले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा आफ्नो समर्थन नहुने बताएकी छन् । ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन, आवश्यक परे विधेयकलाई पुनर्लेखन गर्नुपर्छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुँदैन ।’
|
मिसइन्फर्मेसन र डिसइन्फर्मेसन लोकतन्त्रका लागि खतरा : अध्यक्ष सिरोहिया
|
कान्तिपुर संवाददाता
|
कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले अबको मिडिया प्रविधिसँग परिचित हुनैपर्ने बताएका छन् ।
|
माओवादीको चौरजहारी नगर समितिका अध्यक्षसहित ६ जनाले दिए सामूहिक राजीनामा
|
कान्तिपुर संवाददाता
|
माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षसहित ६ सदस्यले राजीनामा दिएका छन् । अध्यक्ष सुन्दर शर्मासहितका सदस्यले आज समितिका उपाध्यक्षसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
|
ओडिसा घटनाबारे परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्ता
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।
|
दलका घोषणा पत्र लोभलाग्दा छन्, तर कार्यान्वयन भएनन् : महर
|
कान्तिपुर संवाददाता
|
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिक दलका घोषणापत्रहरू लोभलाग्दा भएपनि कार्यान्वयन नहुँदा समस्या भएको बताएका छन् । उनले घोषणा पत्रमा लेखिएका कुरा कति कार्यान्वयन भए भनेर दलहरूले समीक्षा गर्नुपर्ने बताए ।
|
सरकार असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर अघि बढ्छ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।
|
वर्तमान सरकार निरंकुशताको प्रतीक : श्रेष्ठ
|
कान्तिपुर संवाददाता
|
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार निरंकुशताको प्रतीक भएको आरोप लगाएका छन् । यो सरकारले भ्रष्टाचारीलाई रक्षा गर्ने, छलछाम गर्ने काम गरेको उनको भनाइ थियो ।
|
राष्ट्रको समृद्धिका लागि एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
|
कान्तिपुर संवाददाता
|
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गरेका छन् ।
|
संविधान कार्यान्वयनमार्फत समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु छ : अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।
|
फागुन ७, बलिदानीपूर्ण संघर्षबाट आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपाली जनताका लागि सर्वाधिक महत्तवको दिन भएको बताएका छन् । बुधबार प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जहाँनिया शासनविरुद्ध लडेर नेपाली जनताले ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका हुन् ।
|
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
|
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
|
कान्तिपुर संवाददाता
|
सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् ।
|
देशभर आज प्रजातन्त्र दिवस मनाइँदै
|
कान्तिपुर संवाददाता
|
आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
|
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
|
कान्तिपुर संवाददाता
|
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताएका छन् ।
|
चौतर्फी दबाबपछि केआईआईटीले माफी माग्यो, फर्कने वातावरणको प्रतीक्षामा विद्यार्थी
|
बुद्धिसागर मरासिनी , राजेश मिश्र
|
नेपाली विद्यार्थीको शंकास्पद मृत्युको अनुसन्धान र न्यायको माग गर्ने विद्यार्थीमाथि दमन भएको घटनामा भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले विद्यार्थी तथा अभिभावकसँग माफी मागेको छ ।
|
एमसीसी पनि स्थगित
|
यज्ञ बञ्जाडे
|
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनासमेत स्थगित भएका छन् । एमसीसी परियोजना कार्यान्वयनका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल गठन भएको थियो । ट्रम्पको आदेशपछि एमसीए नेपालको कार्यक्रम रोकिएको हो ।
|
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल
|
कान्तिपुर संवाददाता
|
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।
|
फाल्गुन ६, २०८१
|
राजनीतिक दलदेखि निर्वाचन कानुनसम्म सुधारको माग
|
आरती पौडेल
|
बृहत् नागरिक आन्दोलनले राजनीतिक दल, निर्वाचन कानुनलगायतमा सुधार गर्नुपर्ने माग गरेको छ । जनताको संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा नेताराज चलेको नागरिक आन्दोलनको भनाइ छ । त्यस्तो विषय स्वीकार्य नहुने उनीहरूको घोषणा छ ।
|
नेपालको मिडियामा महिला राजनीतिकर्मीलाई ११.४३ प्रतिशत स्थान
|
कान्तिपुर संवाददाता
|
नेपालको मिडियामा महिला राजनीतिकर्मीलाई ११.४३ प्रतिशत मात्र स्थान पाएको एक अध्ययनले देखाएको छ । मिडिया एड्भोकेसी ग्रुपले दुई महिना लगाएर तयार पारेको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो ।
|
ओली–दाहाल ‘वाकयुद्ध’: राजावादी र संघीय गणतन्त्र विरोधीको आरोप
|
गंगा बीसी
|
विगत फर्केर हेर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकताभन्दा मनमुटाव बढी छ । कांग्रेससँग गठबन्धन तोडेर एक वर्षअघि ओलीसँग सहकार्य गरे पनि त्यो दुई महिना मात्र टिक्यो । त्यसपछि सात महिनाअघि सहकार्य भएपछि प्रतिपक्षमा पुगेका दाहाल र ओलीबीच ‘वाकयुद्ध’ नै चलेको छ ।
|
त्रिपाठीले गरे भूमिसम्बन्धी अध्यादेशको विरोध
|
कान्तिपुर संवाददाता
|
जनता प्रगतिशील पार्टी नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेको छ । साथै, मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले उक्त अध्यादेशको विरोधमा लिएको अडानको प्रशंसासमेत गरेको छ ।
|
हाकाहाकी भ्रष्टाचार गर्नेहरु रवाफका साथ हिँडेका छन् : वाग्ले
|
कान्तिपुर संवाददाता
|
रास्वपा उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले ‘हाकाहाकी भ्रष्टाचार’ गर्नेहरु रवाफका साथ हिँड्ने गरेको आरोप लगाएका छन् । नेपाल वायुसेवा निगमका लागि खरिद गरिएका दुइटा वाइडबडी जहाज प्रकरणमा भएको अनियमिततामा सूक्ष्म अनुसन्धान नभएकोमा पनि उनले असन्तुष्टि जनाए ।
|
अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले नेपालमा सञ्चालित 'एमसीए' कार्यक्रम पनि रोकियो
|
कान्तिपुर संवाददाता
|
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अन्ततः नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल कार्यक्रम प्रभावित भएको छ ।
|
केआईआईटी घटना : होस्टल फर्किन थाले नेपाली विद्यार्थी
|
कान्तिपुर संवाददाता
|
भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा उत्पन्न तनाव साम्य हुन थालेको छ ।
|
संस्कृत विश्वविद्यालयको ९ सय १० बिघा जग्गा अतिक्रमण, २ सय बिघा कटान
|
कान्तिपुर संवाददाता
|
दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको ९ सय १० बिघा जग्गा अतिक्रमणमा परेको जग्गा खोजबिन समितिले निष्कर्ष निकालेको छ ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
नेपाली विद्यार्थीको अवस्था बुझ्न प्रहरीका दुई वरिष्ठ अधिकारी केआईआईटी विश्वविद्यालयमा, आगामी बजेट १९ खर्ब हाराहारीको हुनेदेखि युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदी अरबमा वार्तासम्मका खबर आज चर्चामा रहे ।
|
सिरहाकी रिंकुको न्यायका लागि काठमाडौंमा प्रदर्शन
|
कान्तिपुर संवाददाता
|
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ ।
|
केआईआईटीको समस्या समाधान नभए ओडिसामा 'एनओसी' रोक्ने शिक्षा मन्त्रालयको चेतावनी
|
कान्तिपुर संवाददाता
|
शिक्षा मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।
|
विदेशमा पढ्ने नेपाली विद्यार्थीमाथि 'केआईआईटी'को जस्तो घटना दोहोरिन नदिन पहल होस् : जबरा
|
कान्तिपुर संवाददाता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.