text
stringlengths
2
914
मुस्लिम समुदायको सांस्कृतिक धरोहर संरक्षण गर्न सरकारसँग माग
कान्तिपुर संवाददाता
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग माग गरेका छन् । मुस्लिम आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरूको संरक्षण एवं विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्...
श्रावण १०, २०८१
महानगरद्वारा हाँडीगाउँकाे सम्पदा पुनः निर्माणकाे अनुगमन
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाको अनुगमन समितिले बिहीबार हाँडीगाउँमा पुनःनिर्माण भइरहेका सम्पदाहरूको भौतिक अवस्थाको अनुगमन गरेको छ ।
नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषणा
रासस
सरकारले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
ललितपुरमा चार जनालाई हैजाको संक्रमण भएको पुष्टि
रासस
ललितपुरमा चार जनामा हैजाको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए ।
न्युरोडको फुटपाथ विस्तार अध्ययनको काम अघि बढ्दै
नुमा थाम्सुहाङ
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा गठन गरेको अध्ययन समितिले काम अगाडि बढाएको छ । महानगरका सहरी योजना आयोगका उपाध्यक्ष एवं समितिका संयोजक सुमन राजभण्डारीले बिहीबारदेखि न्युरोड क्षेत्रको फुटपाथ विस्तार अध्ययनको काम अगाडि बढाइएको बताए ।
महानगरको छात्रवृत्ति विज्ञानमा कोटाभन्दा धेरै, अन्य समूहमा विद्यार्थी अपुग
सुदीप कैनी
कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले लिएको परीक्षामा विज्ञान समूहतर्फ कोटाभन्दा चौबर बढी विद्यार्थी मेरिटमा परेका छन् । व्यवस्थापन, कानुन, मानविकी र शिक्षा समूहमा भने छात्रवृत्ति कोटाभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
श्रावण ९, २०८१
काठमाडौँ जिल्ला अदालत : मुद्दा फर्छ्योट दरमा सुधार
रासस
जिल्ला अदालत काठमाडौँले २०८०/८१ मा मुद्दा फर्छ्योट दरमा तुलनात्मक रुपमा सुधार गरेको छ । यस आर्थिक वर्षमा २३ हजार दुई सय ९१ (४६ दशमलव ७४ प्रतिशत) मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय २८ (४२ दशमलव १८ प्रतिशत) मुद्दा फर्छ्योट गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ४९ हजार आठ सय २७ मुुद्दा रहेकामा...
वाग्मती किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन
कान्तिपुर संवाददाता
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वाग्मती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारेको ब्रिफिङ लिएपछि उपप्रधानमन्त्री सिंहले पूर्वाधार बनाउने मात्रै नभएर तिनको उपयोग र संरक्षणमा पनि...
काठमाडौं महानगरले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउँदै
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने भएको छ । महानगरले बुधबारदेखि पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गरेको जानकारी दिएको छ ।
श्रावण ८, २०८१
विज्ञानमा कोटाभन्दा धेरै, व्यवस्थापन, कानुन, मानविकी र शिक्षामा विद्यार्थी अपुग
सुदीप कैनी
कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले लिएको परीक्षामा विज्ञान समूहतर्फ कोटाभन्दा ४ गुणा बढी विद्यार्थी मेरिटमा परेका छन् । तर व्यवस्थापन, कानुन, मानविकी र शिक्षा समूहमा छात्रवृत्ति कोटाभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण भए ।
श्रावण ७, २०८१
'वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु' भन्दै ठग्ने व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
'वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु' भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् ।
श्रावण ६, २०८१
मर्मतपछि फेरि सञ्चालनमा आयो १०६ वर्ष पुरानो डेनिस दमकल
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।
बुढानीलकण्ठबाट १० जना जुवाडे पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका– ११ खरिबोटबाट १० जनालाई पक्राउ गरेको छ ।
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै वडाको काम
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको विरोधमा वडा नम्बर २२ का जनप्रतिनिधिहरूले सडकमै बसेर काम गर्न थालेका छन् । वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । वडाबाट दिइने सेवामूलक कामहरूका कागजपत्र अहिले वडाध्यक्षले सडकमै बसेर बनाइदिएका छन् ।
श्रावण ५, २०८१
स्रोतमै फोहरको वर्गीकरण गर्न काठमाडौं महानगरपालिकाको आग्रह
कान्तिपुर संवाददाता
काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।
न्युरोडमा फुटपाथ विस्तार गर्न अदालतको आदेश, स्थानीयको अवरोध
नुमा थाम्सुहाङ
काठमाडौंको व्यापारिक केन्द्र मानिने न्युरोड यति बेला पुनः तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तार थालेपछि वडाध्यक्ष, स्थानीय र व्यापारीले त्यसको विरोधमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
एसईईका पूरक परीक्षार्थीलाई निःशुल्क पढाउँदै काठमाडौं महानगर
नुमा थाम्सुहाङ
सप्तरीकी नेहा यादव गत असारमा सार्वजनिक एसईईको नतिजामा नन्ग्रेडिङमा परे पनि निराश छैनन् । किनकि काठमाडौं महानगरले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा पढिरहेकी छन्, धेरै मिहिनेत गरेर पढेपछि ग्रेडवृद्धि परीक्षामा पास हुनेमा उनी ढुक्क छिन् ।
श्रावण ४, २०८१
थापाथली क्याम्पसमा ४ सय ५० जनाको नि:शुल्क आँखा जाँच
कान्तिपुर संवाददाता
थापाथली क्याम्पसमा रहेको युवा रेडक्रस सर्कलले शुक्रबार आयोजना गरेको नि:शुल्क आँखा जाँच शिविरमा ४ सय ५० जना विद्यार्थी, शिक्षक र कर्मचारीको आँखा जाँच गरिएको छ ।
न्युरोडको फुटपाथ विस्तार गर्न खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच धकेलाधकेल
शब्द/तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना
काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयले अवरोध पुर्‍याएका छन् । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकदेखि दक्षिणतर्फको धर्मपथ आसपासमा सडक काट्न सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।
श्रावण ३, २०८१
काठमाडौंले सुरु गर्‍यो ‘साथी महानगर’ मार्फत सेवाग्राही सर्वेक्षण
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि ‘साथी महानगर’ मार्फत सेवाग्राही सर्वेक्षणको सुरुवात गरेको छ । महानगर केन्द्रीय कार्यालय भवनको पहिलो तलामा रहेको एकल सेवा केन्द्रको स्थानमा उक्त सर्वेक्षण सुरु गरेको हो ।
लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
रासस
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
श्रावण २, २०८१
ललितपुर महानगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।
महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत ९ सय १२ जनालाई रोजगारी दिएको छ । महानगरले श्रम बैंकमार्फत ३ सय २९ जना निजी र ५ सय ८३ जना सरकारी क्षेत्रमा गरी ९ सय १२ जनालाई रोजगारी दिएको हो ।
श्रावण १, २०८१
अवैध सुन कारोबार गर्ने मुख्य योजनाकार पक्राउ
रासस
प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
असार ३१, २०८१
विमानस्थलबाट भारतीय नागरिक पक्राउ
कान्तिपुर संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
असार ३०, २०८१
न्यूरोडको फुटपाथ विस्तार गर्न उच्च अदालत पाटनको आदेश
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । उच्च अदालत पाटनले आइतबार आदेश जारी गर्दै काठमाडौं महानगरको मागबमोजिम फुटपाथ विस्तार गर्न बाटो खुलेको हो ।
हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारीधनीलाई हस्तान्तरण
कान्तिपुर संवाददाता
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ
रासस
प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।
वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती