text
stringlengths
2
914
भारतको प्रयागराजमा भएको कुम्भमेलाबाट घर फर्केका तीन नेपाली नागरिकको सोमबार बिहान भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।
सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन, भन्छन् : 'अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ'
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई भारतमा नेपाली विद्यार्थीको अवस्थाबारे बोल्न दिएनन्
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको बैठकमा भारतको एक विश्वविद्यालयबाट निष्कासन गरिएका विद्यार्थीबारे बोल्न खोज्ने सासंदलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । संसदको सोमबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले आकस्मिक समयमा भारतमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे विषय राख्न खोज्दा सभामुखले समय नदिएका हुन् ।
लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओली दाङको देउखुरीमा
घनश्याम गौतम
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको ११औं बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुगेका छन् । उनलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर र प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरे ।
हाम्रा हिमालहरु नाङ्गिरहेका छन् : देउवा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अधिकांश चिकित्सक काजमा, बाल रोग विभाग विशेषज्ञविहीन
अवधेशकुमार झा
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थायी दरबन्दीमा कार्यरत एघारौं तहकी वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा. एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा थिइन् ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
रासस
पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्केका छन् ।
बाढी प्रभावित क्षेत्रमा फेरि खुले क्रसर
ज्योती श्रेष्ठ
विद्यालय भवनको आडैमा ढुंगा, गिट्टी उत्खनन् गर्ने क्रसर चलिरहेको छ, भित्र कक्षाकोठामा पढाइ भइरहेको हुन्छ । क्रसरको चर्को आवाजले शिक्षकले पढाएको न विद्यार्थीले राम्रोसँग सुन्न सक्छन् न विद्यार्थी भनेको शिक्षकले नै बुझ्न सक्छन् ।
पूर्वप्रधानसेनापति नीरशमशेरको हदबन्दी जग्गा : ५८ वर्षमा पनि भएन १४ सय रोपनी सरकारीकरण
मातृका दाहाल
तत्कालीन प्रधानसेनापति नीरशमशेर जबरा र उनको परिवारका नाममा रहेको हदबन्दीभन्दा बढी सयौं रोपनी जग्गा सरकारका नाममा ल्याउन ५८ वर्षअघि नै निर्णय भए पनि अझै कार्यान्वयन भएको छैन । लामो समयसम्म निर्णय कार्यान्वयन नभएपछि यस विषयमा खोजबिन र अध्ययन गर्न दुई वर्षअघि छानबिन समिति गठन गरिएको थियो ।
फाल्गुन ४, २०८१
जनमतका नेताद्वारा बन्दुक प्रदर्शन
शिव पुरी
काँधमा बन्दुक बोकेका दुई जनाका बीचमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम पूर्वखानेपानी मन्त्री अब्दुल खान र जिल्ला इन्चार्ज सेख जमसेद हिँडेको तस्बिर र भिडियो फेसबुकमा सार्वजनिक गरिएपछि प्रहरीले सोधपुछ गरेको छ । गौर नगरपालिका–६ घर भएका जनमत पार्टीका रौतहट इन्चार्ज जमसेदले बन्दुकसहितको तस्बिर र भिडियो आइतबार फेसबुकमा अपलोड गरेका थिए ।
५३ वर्षदेखि निरन्तर 'बेकरी' उत्पादन
प्रकाश बराल
उच्च शिक्षा पढ्न राजधानी छिरेका थिए, बाग्लुङ नगरपालिका-२ का राजन श्रेष्ठ। बीएस्सी भर्ना हुने तयारी पनि गर्दै थिए। अचानक बाबु चन्द्रकुमार र जेठो दाइ कृष्णकुमारले गाउँ बोलाए।
प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुग्दा स्थगित
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन ।
१२२ जनाले ज्यान गुमाएको त्यो आक्रमण : पीडित भन्छन्- 'हामीमाथि खेलबाड भयो'
मेनुका ढुंगाना
माओवादी 'जनयुद्ध'ताका कैयौंले ज्यान गुमाए। अंगभंग भए। धेरैको अझै खुटखबर छैन। आफन्तले पनि बेपत्ता भएकाहरु फर्केर आउने आस मारिसके। तर अंगभंग भएकाहरुले उपचारको आस मारेका छैनन्। बिनाकारण मारिएका परिवारका सदस्य अझै राहत कुरिरहेका छन्।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
सांसदले के सोधे ? प्रधानमन्त्रीले के उत्तर दिए ?, नेपाल विद्युत् प्राधिकरणलाई ‘डबल ए प्लस’देखि ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्‍घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न समिति गठनसम्मका समाचार आज चर्चामा रहे ।
कलाकार नेपाललाई मातृशोक
कान्तिपुर संवाददाता
कलाकार जितु नेपालाई मातृशोक परेको छ । उनकी आमा योगमाया नेपालको भक्तपुर लोकन्थलीस्थित घरमा आइतबार बिहान निधन भएको हो ।
सांसदले के सोधे ? प्रधानमन्त्रीले के उत्तर दिए ?
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्माको वाकपटुता आज पनि संसद्‍मा झल्कियो । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीलाई सोधे, तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडक बजेटको अभावमा अलपत्र र अधुरा छन् । पालिका अस्पतालहरू कतिका जगमात्र बसेका छन्, कतिका पिलरमात्र अस्थिपञ्जरजस्तै उभिएका छन् । रणनीतिक सडकहरू र पालिका अस्पतालहरूका लागि बजेटको व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?
राप्रपा सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा खेद प्रकट
कान्तिपुर संवाददाता
राप्रपा सांसद ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाका काम-कारबाही र सदस्यहरूबारे दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको छ । सांसद शाहीले सामाजिक सञ्जालमा अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्ना धारणा व्यक्त गरेको भन्दै राष्ट्रिय सभाको आइतबारको बैठकले खेद प्रकट गरेको हो ।
'भविष्यमा विश्वविद्यालय शिक्षासमेत नि:शुल्क गर्न सकिने'
कान्तिपुर संवाददाता
नेपालको संविधानले आधारभूत तहसम्मको विद्यालय शिक्षा नि:शुल्क र अनिवार्य एवं माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने व्यवस्था गरेबमोजिम कार्यान्वयन भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन परराष्ट्रमन्त्रीको आग्रह
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
सरकारले सहिद मार्गको रकम कटौती गरेकामा पूर्वअर्थमन्त्री पुनको आपत्ति
कान्तिपुर संवाददाता
पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुनले सहिद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्र गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् ।
बेलुन विस्फोट घटना : छानबिन समिति गठन
कान्तिपुर संवाददाता
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्‍घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो ।
३९ हजार घरधुरी भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरियो : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा रकम हिनामिना भएको आशंका गरेका छन् । कुल ३९ हजार घरधुरी भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै उनले आइतबार संसद‍्मा प्रश्न उठाएका हुन् ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्‍मा प्रश्नोत्तर सुरु भएको छ ।
शंखरापुरमा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
कान्तिपुर संवाददाता
काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मेडिसिटी अस्पतालमा उपचाररत एक विद्यार्थी साइमन तामाङको आइतबार मृत्यु भएको बताए ।
सूचनामा अवैध पहुँचको नियन्त्रणमा राज्यका कानुनले सम्बोधन गर्नुपर्छ : प्रधानन्यायाधीश
कान्तिपुर संवाददाता
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सूचनामा अवैध पहुँचको नियन्त्रण र सूचनामा सुरक्षा तथा उपयुक्त प्रयोगलाई राज्यका कानुनले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार काठमाडौंमा पाँचौं ‘ल’ एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यालयमै मृत भेटिए प्रहरीका ‘सई’
कान्तिपुर संवाददाता
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) आइतबार बिहान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।
शानदार म:म पसलमा आगलागी अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो
रासस
कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भइ आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल कीर्तिपुरमा
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पाैडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै
रासस
लामो समयदेखि हेटौंडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक संकट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्योलमा परेको छ ।
ऐन बनेर पनि अनिश्चित संक्रमणकालीन न्याय
घनश्याम खड्का
वर्षौंसम्म पीडितहरुको सरकारसँग एउटै माग थियो– संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संसोधन गर । लामो संघर्ष र माथापिच्छीपछि अन्ततः ऐन संसोधन भएको पनि ६ महिना पुगेको छ । तर, ऐन पारित भएको दुई महिनाभित्र गठन गर्ने भनिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति भने अझै हुन सकेको छैन ।
निजामती कर्मचारी संगठनको अध्यक्षमा दाहाल
रासस
नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छन्। संगठन १२औँ महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।
घरजग्गा कारोबारबाट माघ महिनामा तीन अर्ब ८७ करोड राजस्व संकलन
रासस