text
stringlengths
2
914
प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीनै जना फरार
विनय आजाद
सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
ईपीजी प्रतिवेदन दुवै देशको समझदारीमा बुझ्छौं : प्रधानमन्त्री ‌ओली
रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।
सगरमाथा संवाद आयोजना गर्न स्रोत र साधनको कमी हुँदैन : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद २०२५’ का लागि कुनै पनि स्रोत र साधनको कमी हुन नदिने बताएका छन् ।
छाङरु पुग्ने घोडेटो बाटो निर्माणका लागि ५ करोड बजेट दिइसकेका छौँः प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङरु पुग्न घोडेटो बाटो निर्माण कार्य भइरहेको बताएका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गरिने : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कुटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् ।
नेपाल र चीनबीचका १३ नाका सञ्चालनमा, उरैभञ्ज्याङ नाका सुचारु गर्न पहल जारी : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभा बैठक : दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन् ।
लाेडसेडिङबारे सरकारले भ्रमयुक्त सन्देश प्रवाह गरेर छुट पाउँदैन : सांसद गैरे
कान्तिपुर संवाददाता
एमालेका सांसद ठाकुर गैरेले नेपालमा विद्युत् आपूर्तिबारे ऊर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे कुरा बाझिएको बताएका छन् । लाेडसेडिङ हुन्छ भनेर ऊर्जामन्त्रीले भनिरहने र कार्यकारी निर्देशकले हुँदैन भन्दा सर्वसाधारणमा अन्याेलमा परेको सांसद गैरेकाे भनाइ थियाे ।
विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा लागेका ऊर्जामन्त्रीलाई बर्खास्त गरियोस् : सांसद बस्नेत
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बर्खास्त गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादी सांसद ज्ञानु बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा मन्त्री खड्का लागेकाले बर्खास्त गर्नुपर्ने माग गरिन् ।
जलनपीडितहरूको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले जलनपीडितहरूको उपचार र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्छौं : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
मातृशिशु स्वास्थ्य कार्यक्रम सबल बनाउने संघ, प्रदेश र स्थानीय अस्पतालमा विविध कार्यक्रम सञ्चालन
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मातृशिशु स्वास्थ्य सुधार गर्न सरकार संघ, प्रदेश र स्थानीय तहका अस्पताल र स्वास्थ्य संस्थाहरूसँग विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिएका छन् ।
सरकारले यो वर्ष कम्तीमा पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिन्छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यो वर्ष युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिने बताएका छन्। उनले यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताए।
महायज्ञका नाममा दलित परिवारलाई उठीवास लगाइएको घटनाबारे बुझ्न पुग्यो प्रहरी
विनय आजाद
सिरहाको औरही गाउँपालिका-५ औरहीमा महायज्ञका नाममा दलित समुदायका स्थानीय दीपक मल्लिकको घर भत्काएर अन्यत्र सारिएको घटनाका विषयमा प्रहरीले खोजबिन थालेको छ ।
पश्चिम नेपालमा भूकम्पपछि स्थायी आवास निर्माण तीब्र गतिमा अघि बढेको छ : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तीब्र गतिमा अघि बढेको बताएका छन्। उनले विपद्पछिको पुनर्निर्माणको कामका लागि सरकार जिम्मेवारी ढंगले लागिरहेको बताए।
महायज्ञ गर्न भन्दै दलितको घर भत्काइएकोप्रति सांसदहरूको आपत्ति
कान्तिपुर संवाददाता
सांसदहरूले दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनामा दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले एकपछि अर्को गरी दलित समुदायमाथि हिंसाका घटनाहरू हुँदा सरकार र गृहमन्त्री रमेश लेखकले कुनै कदम नचालेको आरोप लगाए।
गृहमन्त्रीलाई एमाले सांसदको प्रश्न– तपाईँ दलित विरोधी हो?
कान्तिपुर संवाददाता
सरकारले नेतृत्व गरिरहेको एमाले सांसद सम्झना थपलियाले गृहमन्त्री रमेश लेखकलाई दलितविरुद्धका घटनाहरू रोक्न कुनै कदम नचालेको आरोप लगाएकी छन्।
चैत्र ६, २०८१
नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
रासस
कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताएका हुन् ।
अध्यक्ष नेपाल म्यानमार प्रस्थान
कान्तिपुर संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गरेका छन् । म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार बियोन्ड–२०२५ च्यालेन्ज एन्ड अपर्चुनिटिज इन द मल्टिपोलार वर्ल्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भयो बैंकिङ कसुर तथा सजाय विधेयक
कान्तिपुर संवाददाता
राष्ट्रिय सभाबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गरेको हो ।
एकीकृत समाजवादीमा नजाओस् भनी एमालेले पार्टीमा आउन प्रस्ताव गरेको रहेछ : गौतम
कान्तिपुर संवाददाता
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले एकीकृत समाजवादीमा जानबाट रोक्न एमालेले आफूलाई पार्टीमा आउन प्रस्ताव गरेको स्पष्ट भएको बताएका छन् ।
मुलुक कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ : अध्यक्ष दाहाल
लक्ष्मी साह
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् । पूर्व-पश्चिम हुलाकी मार्गकेन्द्रित 'जनतासँग माओवादी तराई-मधेश जागरण अभियान'का क्रममा स्थल मार्ग हुँदै बुधबार बाराको सिमरा आइपुगेका उनले यस्तो बताएका हुन् ।
तीन करोड धरौटी बुझाउन नसकेर ५ वर्ष जेल बसेका थिए कुसाङ
विवेक पोख्रेल
२५ करोड अवैध विदेशी मुद्रासहित काठमाडौंबाट पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामा यसअघि अवैध सुन तस्करीको मुद्दामा धरौटी बुझाउन नसकेर थप चार वर्ष जेल बसेका थिए । २०७३ पुस १३ मा बा ८ च ७४२० नं.को टोयोटा हाएलक्स गाडीको एयर फिल्टरभित्र ७ केजी सुनसहित उनी पक्राउ परेका थिए ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
अब लोडसेडिङ हुने ऊर्जामन्त्री खड्काको भनाइ, माओवादीको ‘लङ मार्च’ पुन: बिहीबारदेखि, हवाई टिकटलगायत पर्यटन क्षेत्रमा लगाइएको भ्याट गलपासो बनेको व्यवसायीको गुनासोदेखि कराते महासंघले विभेद गरेको भन्दै साग स्वर्ण विजेता विप्लवले संन्यास लिए सम्मका समाचार आज चर्चामा रहे ।
तलबबाट दुई प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बिमा कोषमा जम्मा गरौँ : स्वास्थ्यमन्त्री पौडेल
कान्तिपुर संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यकोष तथा निजी क्षेत्रबाट तलब खानेहरूको तलबको दुई प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्ने प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जालमा टिकाटिप्पणी भएकोमा सेनाको ध्यानाकर्षण
कान्तिपुर संवाददाता
नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । नेपाली सेनालाई जोडेर विभिन्न टिकाटिप्पणी आउन थालेपछि बुधबार सैनिक मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो प्रतिबद्धता सार्वजनिक गरेको गरेको हो ।
मध्यवर्ती क्षेत्र पुनः सीमांकन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
कान्तिपुर संवाददाता
मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकले मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।
ऊर्जामन्त्री खड्काले भने- अब लोडसेडिङ हुन्छ
कान्तिपुर संवाददाता
सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् ।
आधा बाटोमै रोकिएको माओवादीको ‘लङ मार्च’ बिहीबारदेखि पुन: सुरु हुँदै
गंगा बीसी
माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई मधेश जागरण’ हुलाकी राजमार्गकेन्द्रित अभियान रौतहट पुग्नबित्तिकै फागुन २४ अचानक स्थगित गर्‍यो । त्यही समयको सेरोफेरोमा राजावादी काठमाडौं, वीरगन्जलगायत सहरमा प्रदर्शन गरिरहेका थिए ।
ऊर्जामन्त्री खड्काले भने : अब लोडसेडिङ हुन्छ
कान्तिपुर संवाददाता
सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् ।
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
मध्यवर्ती क्षेत्र पुनः सीमांकन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
कान्तिपुर संवाददाता