text
stringlengths 2
914
|
|---|
देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ ।
|
श्रम स्वीकृति नलिएका ५ लाख नेपालीलाई वैधानिकता दिन सरकारको पहल
|
होम कार्की
|
सरकारले श्रम स्वीकृतिबिना प्रमुख रोजगारी गन्तव्यमा कार्यरत झन्डै ५ लाख नेपाली श्रमिकलाई वैधता दिन सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली दूतावासमार्फत श्रम स्वीकृति दिई वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा जोड्न थालेको हो ।
|
भूमि अध्यादेशबाट पछि हट्यो सरकार, ५ अध्यादेश अघि बढाइने
|
कुलचन्द्र न्यौपाने
|
सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तापक्षीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको पारित प्रक्रिया अघि बढाउने निर्णय लिएको छ ।
|
बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
|
विवेक पोख्रेल
|
‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन । कार्यक्रम उद्घाटनका क्रममा मन्त्री पौडेलले डिजिटल माध्यमबाट बालेको झिर्झिरे क्यान्डलको झिल्काले भेटेर बेलुनको झुप्पा पड्किँदा उनीहरू घाइते भएका हुन् ।
|
लेबनानमा नेपाली सेनाका उपरथीमाथि प्रदर्शनकारीको आक्रमण
|
बुद्धिसागर मरासिनी , मातृका दाहाल
|
लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि आक्रमण भएको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फौज (युनिफिल) का डेपुटी फोर्स कमान्डर ढकाल स्वदेश फर्कने क्रममा हेजबुल्लाह समर्थक प्रदर्शनकारीको आक्रमणमा परेका हुन् ।
|
काठमाडौंमा बढ्यो वायु प्रदूषण
|
नुमा थाम्सुहाङ
|
काठमाडौं उपत्यकामा पछिल्लो साता वायु प्रदूषण बढेको छ । काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूएआई) शनिबार राति साढे ९ बजे १६९ पुगेको हो । गत माघ २७ र २८ मा काठमाडौं उपत्यकाको वायु प्रदूषण १६४, माघ २९ मा १५९, माघ ३० मा १६०, फागुन १ मा १६३ र फागुन २ मा १६९ एक्यूआईसम्म पुगेको थियो ।
|
फाल्गुन ३, २०८१
|
नागरिकमा बढेको निरासा हटाउन सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह
|
सन्जु पौडेल
|
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकमा बढेको निरासा हटाउन सरकारले काम गर्ने बताएका छन् । उनले देशमा समृद्धि ल्याउन र विकास गर्न अहिलेको सरकार लागिपरेको बताए ।
|
युवा चेतनाले संसार परिर्वतनको नेतृत्व गर्छ : सांसद बास्कोटा
|
ज्योती श्रेष्ठ
|
संघीय सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले युवा चेतनाले संसारको परिर्वतनको नेतृत्व गर्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा शनिबार आयोजित विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल)को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चेतनशील युवाको नेतृत्वले संसार परिवर्तन सम्भव हुने बताएका हुन् ।
|
अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार
|
विवेक पोख्रेल
|
आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ ।
|
संघीय मुलुकका नेता एकात्मक भइराख्दा समस्या आयो : देवकोटा
|
कान्तिपुर संवाददाता
|
राजनीतिक दल, न्यायालय, कर्मचारी र मानसिकतामा संघीयता लागू गर्न नसक्दा नेपालको संघीयता कार्यान्वयनमा समस्या आएको माओवादी केन्द्रका नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले बताएका छन् ।
|
‘संविधान संशोधनका लागि बृहत् सहमति आवश्यक’
|
कान्तिपुर संवाददाता
|
राजनीतिक दलका नेताहरुले संविधान संशोधन गर्न बृहत् सहमति आवश्यक भएको बताएका छन् । उनीहरुले संविधान संशोधनलाई सत्ता गठबन्धन बनाउन नभई मुलुकको आवश्यकताका आधारमा अघि बढाउनु पर्ने बताएका छन् ।
|
प्रधानमन्त्रीले जुनसुकै बेला संसद् विघटन गर्न सक्छन् : पुन
|
कान्तिपुर संवाददाता
|
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओली कुनै पनि बेला संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन् ।
|
प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे
|
कान्तिपुर संवाददाता
|
संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नगर्दा प्रदेशमा निर्वाचित जनप्रतिनिधि हरेक कुराका लागि संघीय सरकारको मुख ताक्नुपर्ने स्थितिमा रहेको पूर्वसांसद बिन्दा पाण्डेले बताएकी छन् ।
|
भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध हुँदैन : दाहाल
|
प्रताप विष्ट
|
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले जबसम्म मुलुकका भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । 'भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ,' उनले भने ।
|
अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई उपचारका लागि काठमाडौं ल्याइयो
|
कान्तिपुर संवाददाता
|
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुर अस्पतालमा ल्याइएको छ ।
|
भूमिबाहेकका पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धनबीच सहमति
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ गठबन्धनको बैठकले संसद्मा पुगेका ६ मध्ये पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव अगाडि बढाउने सहमति गरेको छ । सरकारलाई समर्थन गर्ने दलको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले पाँच अध्यादेश अगाडि बढाउने सहमति गरेको हो ।
|
आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
|
रासस
|
पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् ।
|
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत
|
रासस
|
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताए ।
|
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ ।
|
शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी प्रदर्शनकारीको आक्रमणमा घाइते
|
कान्तिपुर संवाददाता
|
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी चोक ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् । युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकालमाथि गएराति बेरुतनजिकै आक्रमण भएको थियो ।
|
कम्युनिस्ट पार्टीहरू देउवालाई जतिबेला पनि प्रधानमन्त्री बनाउन तयार छन् : रिजाल
|
कान्तिपुर संवाददाता
|
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमाले र माओवादी केन्द्र लगायतका कम्युनिस्ट पार्टीहरू जतिबेला पनि तयार रहेको कांग्रेस नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले बताएका छन् ।
|
तनावपूर्ण सम्बन्धमा अल्झिएका युवा
|
प्रविना पौडेल
|
सृष्टि (नाम परिवर्तन) कक्षा १२ पढ्दै गर्दाताका प्रेमसम्बन्धमा थिइन् । यतिबेला स्नातक तहको चौथो वर्षमा अध्ययनरत २२ वर्षीया सृष्टिले हालै साथीहरूसँग कलेज ‘ब्रेक’ मा खाजा खाने क्रममा पुरानो सम्बन्ध सम्झँदै भनिन्, ‘चिट गरेको थाहा पाउँदा पनि उसलाई छोड्न मन लागेको थिएन ।’ कक्षा १० पढ्दादेखि चिनेको साथीसँग उनी प्रेम सम्बन्धमा थिइन् ।
|
गणेश रसिकको वियोगान्त जीवन
|
दीपक सापकोटा , तस्बिर : अंगद ढकाल
|
गायक गणेश रसिक (७७) लाई एकदमै निकटबाट चिनेकाहरू भन्ने गर्छन्, ‘यी रसिक अर्थात् रसपारखीलाई जिन्दगीले नवरसमध्ये चार रस क्रूरतापूर्वक बेहिसाब दियो ।’ ती चार रस हुन्- करुण, रौद्र, भयानक र बीभत्स ।
|
देउवालाई संस्थापन पक्षको प्रश्न- ‘महाधिवेशनमा तपाईंको उत्तराधिकारी को ?’
|
राजेश मिश्र
|
कांग्रेसका संस्थापन पक्षीय नेताले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा अघि सारिने उत्तराधिकारीबारे जिज्ञासा राखेका छन् । पार्टीको १४औं महाधिवेशनमा देउवालाई सहयोग गरेका ११ नेताले शुक्रबार बूढानीलकण्ठ पुगेर उत्तराधिकारीबारे प्रश्न गरेका हुन् ।
|
आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना
|
रासस
|
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
|
फाल्गुन २, २०८१
|
सामाजिक सञ्जाल विधेयक फिर्ता लिन चौतर्फी दबाब
|
सजना बराल
|
राष्ट्रिय सभामा दुई साताअघि दर्ता गरिएको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघसंस्था र डिजिटल अधिकारबारे चासो राख्ने संस्था तथा व्यक्तिले सरकारलाई आग्रह गरेका छन् । विधेयकका कतिपय प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको हक उल्लंघन गर्ने उनीहरूको तर्क रहेको छ ।
|
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी राष्ट्रियसभाको प्रतिवेदन हस्तान्तरण
|
कान्तिपुर संवाददाता
|
विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ लाई समितिमा पास गरी मूल समितिलाई बुझाएको छ ।
|
संसद्मा बोल्न सहज वातावरण नभएको विपक्षीको आरोप
|
गंगा बीसी
|
विपक्षी दलहरुले प्रतिनिधिसभामा आफ्ना विषय राख्न सहज वातावरण नभएको गुनासो गरेका छन् । उनीहरुले प्रतिनिधिसभामा ‘सरकारको छाया’ परेको भन्दै विपक्षीले सहज ढंगले आफ्ना विषय राख्न पाउनुपर्ने मागसमेत गरेका छन् ।
|
उच्चस्तरीय संयन्त्र बैठक : संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामलाई गति दिनेबारे छलफल
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।
|
राजस्व हिनामिनाका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
|
कान्तिपुर संवाददाता
|
मालपोत कार्यालयबाट संकलित राजस्व रकम हिनामिना गरेको अभियोग लागेका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
|
आज देश-दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन संसदीय समितिको निर्देशन, ७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियोदेखि शान्दार म:म ग्यास विस्फोटमा मृतकको संख्या ३ पुग्योसम्मका समाचार आज चर्चामा रहे ।
|
सञ्चारमाध्यमले सत्य-तथ्य सूचना सम्प्रेषण गर्नुपर्छ : मन्त्री गुरुङ
|
ज्योती श्रेष्ठ
|
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले सत्य-तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
|
स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन संसदीय समितिको निर्देशन
|
रासस
|
स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
|
प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.