text
stringlengths
2
914
कान्तिपुर संवाददाता
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछ : उपाध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।
त्रिशूलीमा बेपत्ता भएका मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
कान्तिपुर संवाददाता
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-५मा रहेको ३ नम्बर पुलबाट फागुन शुक्रबार बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ ।
मानव अधिकार आयोगले माग्यो बाल संगठन जग्गामा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
रासस
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पौडेल नियुक्त
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
रासस
सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे ।
अन्तरजातीय विवाह गर्ने जोडीमाथि अत्याचारको घटनामा छानबिन र कारबाही गर्न दलित आयोगको निर्देशन
कान्तिपुर संवाददाता
राष्ट्रिय दलित आयोगले सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको घटनाका विषयमा सत्यतथ्य छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।
मुख्यमन्त्रीसँग कान्तिपुर ‘प्रदेश संरचना कमजोर हुँदै छ’
कमल पन्त , देव राना
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिपक्षमा हुँदा र सत्तामा आउँदाको अन्तरसम्बन्धले सदन र सरकार सञ्चालनमा सोचेअनुरूप काम गर्न नसकेको बताएका छन । प्रतिपक्षमा रहँदा संघबाट प्रदेशलाई दिइएको अधिकारअन्तर्गत प्रशासनिक संरचना, विकास निर्माणलगायतका काम गर्न नसकेको भन्दै आलोचना गरेका मुख्यमन्त्री कँडेलले सत्तामा आएपछि कानुनी बाधाका कारण नागरिकलाई सरकारको प्रत्याभूति गराउन नसकेको बताएका हुन् ।
८२ कम्पनीद्वारा ५१ अर्बको आईपीओ प्रस्ताव
यज्ञ बञ्जाडे
प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको  । अनुमति जारी प्रक्रिया झन्डै एक वर्ष ठप्प हुँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै भएको हो । ती कम्पनी ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् ।
परम्परागत ज्ञानबाट हाडजोर्नीको उपचारमा चार पुस्ता
पर्वत पोर्तेल
भारतको बिहारसँग सिमाना जोडिने झापाको भद्रपुरदेखि पश्चिमतिर सोझिएको छ हुलाकी राजमार्ग । त्यही राजमार्गको प्रस्थानबिन्दुबाट करिब दुई किलोमिटर पश्चिम लागेपछि पुगिन्छ मन्त्री चोक । यो चोकको नाम पञ्चायतकालमा वाणिज्यमन्त्री बनेका गोपालचन्द्र सिंह राजवंशीको स्मृतिमा राखिएको हो ।
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री भट्टराई र नेपालविरुद्धको मुद्दा पूर्ण इजलासमा
घनश्याम खड्का
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको  । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार पाँच वर्षदेखि विचाराधीन रिटलाई पूर्ण इजलासबाट सुनुवाइ गर्ने आदेश जारी गरेको हो ।
फाल्गुन १, २०८१
नेसपा अध्यक्षमा भट्टराई : कति संभव वैकल्पिक राजनीतिक शक्ति निर्माण ?
गंगा बीसी
माओवादीका पूर्वउपाध्यक्ष, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा निर्वाचित भएका छन् । पार्टी नेतृत्वमा नयाँ पुस्तालाई ल्याउनुपर्ने बताउँदै आएका उनी पहिलो महाधिवेशनबाट नयाँ शक्तिको प्रमुख नेतृत्वमा आएका हुन् ।
२०८४ मा माओवादी एक्लै चुनावमा लड्न सक्छ : उपमहासचिव पुन
डम्बरसिं राई
माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टी आगामी २०८४ को चुनावमा एकलै लड्ने बताएका छन् । दिलकाजी–ठूलकाजी स्मृति प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको ३० औं जनयुद्ध दिवसको अवसरमा बिहीबार बोल्दै पुनले २०६४ मा जस्तै जनउभार आएकाले माओवादी एक्लैले चुनाव जित्ने बताएका हुन् ।
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
कान्तिपुर संवाददाता
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए ।
आठ खण्डमा टुक्र्याएर विस्तारको योजनामा सडक विभाग
घनश्याम गौतम
पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि बुटवल सडक खण्डको स्तरोन्नतीको काम समयमै नसकिएका कारण वर्षौदेखि यात्रुहरुले हैरानी र सास्ती बेहोरिरहेका छन् । यही पृष्ठभूमिमा सरकारले बुटवलदेखि कैलाली र बर्दियाको सीमामा रहेको चिसापानी पुलसम्मको ३ सय ४६ किलोमिटर सडक विस्तारको योजना अघि बढाएको छ ।
प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पनि पक्राउ
कान्तिपुर संवाददाता
काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
नेपाल-भारतबीच युनिटको ८.१ भारुमा बिजुली आयात-निर्यात सहमति, नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचितदेखि युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्प र पुटिनबीच सहमतिसम्मका खबर आज चर्चामा रहे ।
नेपाली काँग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन चैतमा गर्ने
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरुको अधिवेशन चैतमा गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि यस्तो निर्णय भएको हो ।
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गरेकी छन् ।
भू-माफियाको चक्करमा भूमि अध्यादेश : यादव
अवधेशकुमार झा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशमार्फत तराईका जमिनमा पहाडबाट ल्याएर बसाउने प्रपन्च भएको आरोप लगाएका छन् । चुरे विनाश गर्ने दिशामा सरकार अघि बढेको बताउँदै उनले चुरे विनास गरी मधेशलाई मरुभूमिकरण गर्न खोजेको आरोप लगाए ।
बालमैत्री घोषणा दिगो रुपमा कार्यान्वयन गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
प्रताप विष्ट
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पालिकालाई बालमैत्री घोषणामात्र गरेर नहुने भन्दै त्यसलाई दिगो रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले निकृष्ट बालश्रम, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेर मुलुकका अन्य पालिकाहरुलाई सकारात्मक सन्देश दिन हेटौंडा उपमहानगरपालिका सफल भएको बताए ।
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित
कान्तिपुर संवाददाता
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
शक्तिशाली राष्ट्रले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री पाण्डे
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।
‘यमगज’ को जंगलमै उपचार
शिव पुरी
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको घाइते हात्ती ‘यमगज’ लाई बिहीबार रौतहटको हिलेखोला जंगलमा उपचार गरिएको छ । चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सकको टोलीले डार्ट गरेर यमगजको उपचार गरेको हो ।
समानीकरण अनुदान घटाएर सरकार उल्टो बाटो हिँड्दैछ : दाहाल
गगनशिला खड्का
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले समानीकरण अनुदान घटाउनु सरकारले उल्टो बाटो हिँडेको हुने बताएका छन् । मालिका गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न गुल्मी आएका दाहालले आफूले यस विषयमा सरकारसँग गम्भीर रूपमा कुरा गर्ने बताए ।
नेसपा (नयाँ शक्ति)को नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै आउने
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिको नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आज आउने भएको छ ।
बाबुराम भट्टराई भन्छन् : फागुन १ लाई जनक्रान्ति दिवसका रूपमा मनाऔँ
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई 'जनक्रान्ति दिवस'का रूपमा मनाउनुपर्ने बताएका छन् । तत्कालीन सरकारविरुद्ध माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनका अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले फागुन १ लाई राज्य, सबै दल र जनताका तर्फबाट जनक्रान्ति दिवस मनाउनुपर्ने बताएका हुन् ।
जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका उपलब्धि उल्टाउने प्रयास भइरहेको बताएका छ्न् । 'जनयुद्ध दिवस'का अवसरमा शुभकामना दिँदै उनले यो उपलब्धिमा युद्धको आधार भएको बताएका छन्
आज विश्व रेडियो दिवस मनाइँदै
कान्तिपुर संवाददाता
आज विश्व रेडियो दिवस । नेपालसहित विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
भन्सार र आन्तरिक राजस्वका महानिर्देशक फेरिए
ऋषिराम पौड्याल
राजस्व संकलनका लागि महत्वपूर्ण भूमिमा रहने भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले बुधबार बेलुकी सार्वजनिक गरेको सूची अनुसार १४ जना सहसचिवको सरुवा र कार्यविभाजन गर्ने क्रममा राजस्व विभागका प्रमुखको सरुवा तथा हेरफेर गरेको हो ।
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
विद्युत् प्राधिकरणको लापरबाहीले मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर पानी खेर
ऋषिराम पौड्याल
नेपाल विद्युत् प्राधिकरणले भूमिगत लाइन विस्तार गर्ने क्रममा बुधबार बबरमहलमा मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर खानेपानी खेर गएको छ । साढे दुई मिटर गाडिएको करिब २० इन्च मोटाइको डीआई पाइपबाट चार घण्टामा लगातार पानी बग्दा बबरमहल क्षेत्र साँझसम्म जलमग्न बनेको थियो । पाइप फुटेको स्थानमा सडकसमेत भासिएको छ ।
बालविवाह रोक्न मधेशका मुख्यमन्त्रीको प्रतिबद्धता