text stringlengths 2 914 |
|---|
नेसपा केन्द्रीय समिति ९९ सदस्यीय |
कान्तिपुर संवाददाता |
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले समावेशी समानुपातिक सिद्धान्तका आधारमा ९९ सदस्यीय केन्द्रीय समिति चयन हुने गरी विधान संशोधन गरेको छ । राजधानीमा जारी महाधिवेशनले सोमबार प्रत्यक्ष निर्वाचिन ९० र मनोनीत ९ रहेको केन्द्रीय समिति हुने गरी विधान पारित गरेको हो । |
खानेपानी, सरसफाइ तथा स्वच्छता सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहल गर्छौं : मन्त्री यादव |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहिल गरिने बताएका छन् । |
कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन लागिपरेको छ : कृषिमन्त्री अधिकारी |
आरती पौडेल |
कृषि क्षेत्रमा चुनौती देखिए पनि सरकारले मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् । |
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन |
रासस |
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए । |
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । |
पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेश |
कान्तिपुर संवाददाता |
सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। |
इमेज सहकारी ठगी प्रकरण : पुर्पक्षमा थुनामा रहेका देवकुमारले एसपीकै अगाडि गरे भाषण |
प्रकाश बराल |
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले कारागारबाट निस्केर बचतकर्ताबीच भाषण गरेका छन् । आइतबार उनले जिल्ला सरकारी वकिलको कार्यालयदेखि बाहिर जम्मा भएका पीडितलाई सम्बोधन गरी भाषण गरेका हुन् । कारागारबाट जिल्ला प्रहरी प्रमुख ऋषिराम कँडेलले सँगै ल्... |
निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब कांग्रेस रहँदैन : महामन्त्री थापा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए । |
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी |
कान्तिपुर संवाददाता |
कांग्रेस सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा भएको विद्यालय बस दुर्घटनाको प्रसङ्ग उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच गर्न सभामुख देवराज घि... |
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित |
कान्तिपुर संवाददाता |
सोमबार राष्ट्रिय सभाको बैठकले ‘मिडिया काउन्सिल विधेयक २०८१’ पारित गरेको छ । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानलाई राष्ट्र सभाले सदर गरेको छ । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै हुने गरी विधे... |
दलितमाथि दमन गर्न राज्य संयन्त्र नै परिचालन गरियो : प्रमुख सचेतक परियार |
कान्तिपुर संवाददाता |
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्र परिचालन गरिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक परियारले राज्यले संविधानविपरीत हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताएका हुन् । |
मन्त्री चौधरीलाई माओवादी सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ? |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभामा माओवादीका सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले 'श्री ५ को सरकार' लेखेर कार्यसम्पादन फारममा हस्ताक्षर गरेकोबारे जवाफ मागेका छन् । |
संसद् भवन भत्काएर देखाउन मेयर बालेन्द्र साहलाई सांसद अमरेशको चुनौती |
कान्तिपुर संवाददाता |
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई संघीय संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । |
चिप्स र चक्लेटको लोभ देखाएर बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ |
विवेक पोख्रेल |
बालक अपहरण गरी बन्धक बनाएको आरोपमा भियतनामी नागरिक प्रक्राउ परेका छन । भियतनामको चाइवाङ सहरका माइ होआङ किन्ह लउनलाई ललितपुरबाट ४ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । |
एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताएका हुन् । |
कान्तिपुर टेलिभिजनका धमलासहित ४ पत्रकारलाई सुशासन पुरस्कार |
कान्तिपुर संवाददाता |
कान्तिपुर टेलिभिजनका रमेश धमलासहित चार जना पत्रकारले यस वर्षको ‘सुशासन पुरस्कार’ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४ औं स्थापना दिवसको अवसर पारेर कान्तिपुर टेलिभिजनका धमलासहित नयाँ पत्रिका दैनिकका नवराज मैनाली, नागरिक दैनिकका टपेन्द्र कार्की र नमस्ते खोटाङ डट कमकी सविता अछामीलाई पुरस्कृत गरेको हो । |
जसपा, नेपालले अडान लिए राष्ट्रिय सभामा अध्यादेश पारित हुँदैन : दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जसपा, नेपालले अडान लिएमा राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अहिलेसम्म जसपा, नेपालले विधि प्रक्रियासँग सम्बन्धित विषयमा अडान लिएको बताएका हुन् । |
सुशासनबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन : राष्ट्रपति पौडेल |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने बताएका छन् । |
सुशासन कायम गर्न सरकारले नै अगुवाइ गर्नुपर्छ : प्रमुख आयुक्त राई |
कान्तिपुर संवाददाता |
अख्तियार दुरुपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासनको अवस्था सुधार गर्न सरकारले नै अगुवाइ गर्नुपर्ने बताएका छन् । आयोगको ३४औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्नुपर्ने बताएका हुन् । |
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु |
मातृका दाहाल |
सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ) मार्फत सञ्चालित सबै परियोजनाको लगानी, खर्च र त्यसको प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । |
गैरसरकारी संस्था पनि सम्पत्ति शुद्धीकरणको निगरानीमा |
यज्ञ बञ्जाडे |
नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल पर्ने लगभग निश्चित भएका बेला सरकारकै निर्देशन... |
आज ३४ औँ अख्तियार स्थापना दिवस |
कान्तिपुर संवाददाता |
भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । |
माघ २७, २०८१ |
नेसपा (नयाँ शक्ति) महाधिवेशन : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रमुख हुनुपर्ने भट्टराईको प्रस्ताव |
गंगा बीसी |
नेसपा (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचित कार्यकारी प्रमुखको प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा भट्टराईले संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणा अघि सारेका हुन् । |
सरकारलाई पौडेलको प्रश्न - सामाजिक संजालमा पोस्ट, सेयर, लाइक गर्दैमा जेल र जरिवाना गर्ने ? |
कान्तिपुर संवाददाता |
सरकारले संसद्मा ल्याएको सामाजिक संजालसम्बन्धी विधेयकमा गरिएका जरिवाना र सजायका व्यवस्थामा प्रमुख प्रतिपक्षी माओवादीले विरोध गरेको छ । माओवादीका सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधानको व्यवस्थाविपरीत सामाजिक संजालसम्बन्धी विधेयक अगाडि सारेको बताए । |
फर्पिङ स्कुल बस दुर्घटना : ३९ घाइतेलाई अस्पताल लगियो [अपडेट] |
कान्तिपुर संवाददाता |
काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ । |
अनेरास्ववियू अध्यक्षमा श्रेष्ठ |
कान्तिपुर संवाददाता |
एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । तीनकुनेस्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी संगठनका महासचिव थिए । |
कतारद्वारा कागजातविहीन आप्रवासीलाई आममाफी, स्वदेश फिर्ता हुन तोकियो समय–सीमा |
कान्तिपुर संवाददाता |
कतारले आवासीय भिसाको समय नाघेर कागजातविहीन भएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र बिनासजाय स्वदेश फिर्ता हुन पाउने गरी आममाफी दिएको छ । आज आइतबारदेखि नै आममाफीको नियम लागू हुने गरी घोषणा भएको हो । |
संसद्ले एकपछि अर्को प्रधानमन्त्री बनाउने गतिमा विधेयक पारित गर्न सकेन : शर्मा |
कान्तिपुर संवाददाता |
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद्बाट कानुन निर्माण गर्न नसकिएको बताएका छन् । सरकार निर्माण र प्रधानमन्त्री चयनमा संसद् र राजनीतिक दलले जुन गतिका साथ काम गरेका छन्, त्यसरी नै विधेयकलाई टुंगोमा पुर्याउन नसकेको उनको भनाइ छ । |
एमाले सांसद गिरीको प्रश्न- अध्यादेशले उद्योगी र व्यापारी खुसी हुँदा प्रतिपक्षी दु:खी किन ? |
कान्तिपुर संवाददाता |
एमालेका सांसद पदम गिरीले सरकारले ल्याएको अध्यादेशबाट उद्योगी र जनता खुसी भएको दाबी गरेका छन् । उनले अध्यादेश ल्याउने कदमको बचाउ गर्दै प्रतिपक्षी दलहरू दुःखी हुनुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
फर्पिङमा स्कुल बस दुर्घटना हुँदा चालक र एक विद्यार्थीको मृत्यु, नो केबलकार समूह र सरकारी टोलीबीचको वार्ता वार्ता बिनानिष्कर्ष टुंगियोदेखि गाजाबाट इजरायली फौज फिर्तासम्मका समाचार आज चर्चामा रहे । |
स्कुल बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु, घाइतेहरु अस्पतालमा |
कान्तिपुर संवाददाता |
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक र एक विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । |
सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन |
कान्तिपुर संवाददाता |
अनलाइन टिभी पत्रकार संघ नेपालले सामाजिक सञ्जाल विधेयक २०८१ तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । |
फर्पिङमा स्कुल बस दुर्घटना |
कान्तिपुर संवाददाता |
काठमाडौंको दक्षिणकाली नगरपालिका-३ फर्पिङस्थित भन्ज्याङमा स्कुल बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ४ बजेतिर जुनकिरी इंलिस स्कुलका करिब ५० जना विद्यार्थी सवार बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार बसमा ५० जना विद्यार्थी सवार थिए । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.