text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका हुन् । |
इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री राणाको फोन : विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह |
कान्तिपुर संवाददाता |
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन वार्ता गरेकी छन् । |
कैलालीमा आमाछोरी मृत भेटिए |
अर्जुन शाह |
कैलालीमा घरभित्र आमाछोरी मृत फेला परेका छन् । गोदावरी नगरपालिका–११ की २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ ७ बजेतिर घरमै मृत फेला परेका हुन् । |
'सामाजिक संजाल विधेयक' फिर्ता नभए सडक आन्दोलन थाल्ने सरोकारवालाको चेतावनी |
कान्तिपुर संवाददाता |
सरोकारवालाहरूले सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक संजाल विधेयक २०८१ फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । त्यससम्बन्धमा विधेयकको आवश्यकताका विषयमा सकारात्मक हुन सकिएपनि विधेयकमा प्रस्ताव गरिएका व्यवस्थाहरू संविधानका व्यवस्था प्रतिकूल भएको उनीहरूको भनाइ छ । |
सिन्धुली दुर्घटना अपडेट : चालकको मृत्यु, ५ घाइते |
राजकुमार कार्की |
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको यात्रुबाहक विद्युतीय सवारी (इभी) दुर्घटनामा परी चालकको मृत्यु भएको छ । |
सरकारको कामले जनतामा निराशा बढ्यो : दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारका कामले गति नलिँदा सर्वसाधारणमा निराशा बढेको बताएका छन् । मुलुकको आर्थिक अवस्था सुधार गर्न नसकेको टिप्पणी गर्दै उनले भ्रष्टाचार छानबिन अवरुद्ध गरेको आरोप सरकारमाथि लगाएका छन् । |
राष्ट्रिय सभामा बहुमत निश्चित नहुँदा अध्यादेश थाती |
जयसिंह महरा |
राष्ट्रिय सभामा अल्पमतमा परेपछि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव पेस गर्नबाट सरकार पछि हटेको छ । संघीय संसद्का दुवै सदनमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव मन्त्रीहरूले बिहीबार पेस गर्ने कार्यसूची थियो । तर अन्तिम समयसम्म पनि राष्ट्रिय सभामा बहुमत सुनिश्चित नभएपछि कार्यसूचीबाट अध्यादेशसम्बन्धी प्रस्ताव हटा... |
चितवन पनि ५४ लाख धरौटी बुझाएर निस्किए लामिछाने |
रमेशकुमार पौडेल |
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीमा अभियोजन लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने ५४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । चितवन अदालतको बिहीबार जारी आदेशपछि प्रभु बैंकको ग्यारेन्टी राखेर लामिछाने रिहा भएका हुन् । |
आम्दानी र खर्चको लक्ष्य नपुग्ने भएपछि घट्यो बजेट |
यज्ञ बञ्जाडे |
आम्दानी र खर्चको लक्ष्य नभेटिने निश्चित भएपछि सरकारले चालु आर्थिक वर्षको बजेट १ खर्ब ६७ अर्बले घटाएको छ । १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरिएकामा अर्धवार्षिक समीक्षापछि १६ खर्ब ९२ अर्ब कायम गरिएको छ । |
गाउँकै स्कुलमा मियाँ सरका ४ दशक |
पर्वत पोर्तेल |
पूर्वी मोरङको रतुवामाई नगरपालिका–२ डोरिया गाउँका फसिह आलम मियाँ ६० वर्ष पुग्न लागे । चार दशकभन्दा बढी समयदेखि उनी गाउँले शिक्षकका रूपमा स्थानीय स्कुलमा पढाइरहेका छन् । २००९ मा स्थापना भएको गाउँकै पुरानो डोरिया आधारभूत माविमा २०४० देखि पढाइरहेका उनले आगामी वैशाखमा अनिवार्य अवकाश पाउँदै छन् । |
प्रहरी ज्यादती भोगेका अन्तरजातीय दम्पतीलाई सर्वोच्चको वैधता |
शिव पुरी |
सर्लाहीको बरहथवाका अन्तरजातीय दम्पतीलाई छुटाउन प्रहरी संयन्त्रले महिनौंदेखि गरिरहेको प्रयासलाई सर्वोच्च अदालतले असफल बनाइदिएको छ । सर्लाहीको बरहथवा–१० का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा–५ की नेहा रौनियारको विवाहलाई सर्वोच्च अदालतले वैधता प्रदान गरेको हो । |
माघ २४, २०८१ |
'अध्यादेशबारे राष्ट्रिय हित हुनेगरी ठोस निर्णय लिन्छौं' |
कान्तिपुर संवाददाता |
संघीय संसद्मा सरकारले पेस गरेका अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्नेबारेमा राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय लिने जसपा नेपालले जनाएको छ । |
म्याग्दी जिसस प्रमुखलाई थप ५ दिन हिरासतमा राख्न अनुमति |
नारायण शर्मा |
म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ ठगीको आरोप लागेका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापासहित ५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । |
जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा माग्ने युवती पक्राउ |
विवेक पोख्रेल |
जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका–८ की २८ वर्षीया अस्मिता आचार्यलाई पक्राउ गरेको छ । |
नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको उद्धार |
कान्तिपुर संवाददाता |
९ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको बिहीबार उद्धार गरी नेपाल पठाएको छ । युक्रेन मामिला हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले दोलखाका शेर स्याङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पालाई उद्धार गरी स्वदेश पठाएको हो । युक्रेनको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै युक्रेनले उनीहरुलाई गत मेदेखि जेलमा राखेको... |
जालझेल गरेर मेरो सांसद पद निलम्बन गरिएको छ : रवि लामिछाने |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद जालझेल गरेर निलम्बन गरिएको आरोप लगाएका छन् । चितवन जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएपछि लामिछानेले दुईपल्ट निर्वाचित हुँदा पनि सांसद पद निलम्बन गरिएको बताएका हुन् । |
सबै नेताले सम्पत्ति छानबिनका लागि मार्ग प्रसस्त गर्नुपर्छ : गौतम |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू एवं राजकीय पद धारण गरेका सबैको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न र त्यसका लागि सबै नेताहरूले मार्ग प्रशस्त गर्न माग गरेकी छन् । |
संसद् अधिवेशनको मिति टुंगो लागेपछि अध्यादेशको बाढी लाग्यो : पाण्डे |
कान्तिपुर संवाददाता |
संघीय संसद्को अधिवेशन आह्वान गरिसकेपछि सरकारले अध्यादेश ल्याएको एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् । उनले सरकारका काम-कारबाहीले निरंकुशताको गन्ध सुरु भएको आरोप पनि लगाए । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
सरकार सातै महिनामा असफल भएको माओवादी अध्यक्ष दाहालको दलिल, रेल सञ्चालन तथा व्यवस्थापनमा आवश्यक जनशक्तिलाई तालिम दिन भारत तयार, रवि लामिछानेलाई ५४ लाख रूपैयाँ घरौटीमा छाड्न आदेशदेखि कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोटसम्मका खबर आज चर्चामा रहे । |
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छ : पूर्वअर्थमन्त्री पुन |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन् । |
१३ करोडको ठेक्का लगाउँदा ३ करोड घुस, सिंगापुरमा व्यवस्थापन |
मातृका दाहाल |
सूचना प्रविधिसम्बन्धी उपकरण खरिदमा ठेकेदारबाट घुस लिएको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । |
सत्तापक्षबाट जसपा नेपालले सोध्यो : अध्यादेश ल्याउन कस्तो बाध्यता आइपर्यो ? |
कान्तिपुर संवाददाता |
सत्तापक्षमा रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेश ल्याउनका लागि सरकारलाई के बाध्यता आइपर्यो भनेर प्रश्न गरेको छ । अध्यादेश ल्याएर सरकारले देश चलाउने भए सांसदहरू भत्ता खानका लागि मात्रै संसद्मा आएका हुन् भन्ने पनि जसपा नेपालले प्रश्न गरेको छ । |
मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ : एमाले सांसद पन्त |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउने अध्यादेश सरकारले ल्याएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले देश निर्माण गर्नका लागि ६ वटा अध्यादेश ल्याएको बताए । |
दाहालले आफूभन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिले : सांसद महत |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूभन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् । |
रवि लामिछानेलाई ५४ लाख रूपैयाँ घरौटीमा छाड्न आदेश |
रमेशकुमार पौडेल |
साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रूपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश गरेको छ । |
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । |
सरकार सातै महिनामा असफल भएको माओवादी अध्यक्ष दाहालको दलिल |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात महिनाको अवधिमा सरकारका कामले गति नलिएको उल्लेख गर्दै सर्वसाधारणमा निराशा बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अध्यादेशको बाटोमा अघि बढ्न खोजेको, मुलुकका आर्थिक अवस्थामा सुधार गर्न नसकेको, विपक्षी दलहरूमाथि राजनीति प्रतिशोध लिएको, भ्रष्टाच... |
सरकारलाई दाहालको शुभेच्छा : सत्य स्वीकार गरेर सरकार सुध्रियोस् |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आम मानिसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गरी अघि बढ्न शुभेच्छा व्यक्त गरेका छन् । उनले प्रतिनिधिसभा बैठकलाई बिहीबार सम्बोधन गर्दै सरकारको चर्को आलोचना मात्र गरेनन्, तीतो यथार्थ स्वीकार गरी अघि बढ्न सुझाव समेत दिएका छन् । |
भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको हो : माओवादी अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले भूमाफियाका पक्षमा भूमिसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताएका हुन् । |
रवि लामिछानेको थुनछेक बहस सकियो |
रमेशकुमार पौडेल |
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ । |
समानुपातिक र समावेशी प्रणाली संशोधन गर्न कांग्रेस–एमालेलाई दाहालको चुनौती |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले दुई दलीय व्यवस्था ल्याउन कल्पना नगर्न आग्रह गरे । |
सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ : दाहाल |
कान्तिपुर संवाददाता |
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सरकारले भ्रष्टाचार आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पार... |
माओवादी अध्यक्ष दाहालद्वारा रविको प्रतिरक्षा |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारीमा बचत रकम ठगीको आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिरक्षा गरेका छन् । |
दाहालको प्रश्न : कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.