text
stringlengths 2
914
|
|---|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार कांग्रेसले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा मौन बसेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुने खालको विधेयक आउँदा पनि कांग्रेस नबोलेको भन्दै आलोचना गरेका हुन् ।
|
अर्थतन्त्र निरन्तर कमजोर भइरहेको छ : पूर्वप्रधानमन्त्री दाहाल
|
कान्तिपुर संवाददाता
|
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थतन्त्र निरन्तर कमजोर भएको दाबी गरको छन् । बिहीबार संसद्मा बोल्दै दाहालले अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा सरकार अग्रसर रहेको आरोप लगाएका हुन् ।
|
माओवादी सत्ताको खेलमा छैन, सरकार बनाउँछौँ तर आफ्नै सामर्थ्यमा : अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने दोहोर्याएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले माओवादीदेखि प्रधानमन्त्री केपी शर्मा ओली डराएको आरोप लगाए ।
|
सरकार दमनको बाटोमा : माओवादी अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार निरंकुशतातिर जान खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै दाहालले सकार नागरिकमाथि दमनको बाटोतिर अघि बढेको बताए ।
|
संविधान संशोधन बहाना मात्रै : भीम रावल
|
अर्जुन शाह
|
मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका एमालेबाट निष्कासित नेता भीम रावलले वर्तमान कांग्रेस–एमालेको सरकारले संविधान संशोधन गर्ने कुरा गरेर झुट बोलिरहेको बताएका छन् । ‘अहिले कतिपय नेताहरूले दुई तिहाइ नभएर संविधान संशोधनको कुरा अघि नबढाएको भनेको सुनिन्छ,’ बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता रावलले भने, ‘रातारात मिलीजुलीको हस्ताक्षर गर्ने बेला दुई तिहाइ छैन भन्ने थाहा थिएन र ?’
|
दाहालको प्रश्न : संसद्मा दुई तिहाइको घमन्ड सुन्नुपर्ने, अनि शासनचाहिँ अध्यादेशबाट चलाउने ?
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद्लाई अपमान गर्ने र छल्ने बाटोमा लागेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अधिवेशन बोलाउने बेलामा अध्यादेश ल्याइएको बताएका हुन् ।
|
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
|
कान्तिपुर संवाददाता
|
सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।।
|
अध्यादेशमा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे जसपा, नेपालले निर्णय गर्न सकेन
|
कान्तिपुर संवाददाता
|
जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा विरोध गर्ने भन्ने कुनै निर्णय लिन नसकेको हो ।
|
माघ २३, २०८१
|
माओवादीमा दाहाल र शर्माबीच ‘भद्र सहमति’ : संगठन विभागको प्रमुखमा शर्मालाई प्रस्ताव
|
गंगा बीसी
|
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच ‘भद्र सहमति’ भएको छ । त्यही सहमतिअनुसार दाहालले शर्मालाई संगठन विभागको महत्त्वपूर्ण जिम्मेवारी दिन लागेका हुन् ।
|
३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही
|
कान्तिपुर संवाददाता
|
झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।
|
रेजिडेन्ट चिकित्सकले गरे आकस्मिकबाहेकका सेवा बहिष्कार
|
सुदीप कैनी
|
आवासीय (रेजिडेन्ट), मेडिकल अधिकृत र इन्टर्न चिकित्सकले देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानमा बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका छन् । उनीहरूले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा प्रदर्शन पनि गरेका छन् ।
|
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता माओवादी केन्द्रमा
|
कान्तिपुर संवाददाता
|
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन् ।
|
संघीयताले विकास बजेट माग्न नेताका दैलो धाउनुपर्ने अवस्था अन्त्य भयो : पुन
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीय व्यवस्था कार्यान्वयनमा आएपछि विकास बजेटका लागि काठमाडौंमा नेताका दैलो धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । उनले संघीयताको लाभ मुलुकका दुर्गम क्षेत्रहरूले लिइरहेको पनि बताए ।
|
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
|
कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका : भ्रष्टाचार, अनियमितता, अपारदर्शीतामा नलाग्नू [पूर्णपाठ]
|
दीपक परियार
|
कांग्रेसको तर्फबाट तीनवटै तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन नेपाली कांग्रेसले २९ बुँदे ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ ल्याएको छ ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
अमेरिकाबाट फर्काइएका ११६ आप्रवासी भारत आइपुगे, थुनछेक बहसपछि रवि लामिछाने प्रहरीको जिम्मामा, नागरिकता र लालपुर्जा नभए पनि सुस्तामा विद्युत् मिटर जडान हुनेदेखि गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोधसम्मका खबर आज चर्चामा रहे ।
|
थुनछेक बहसपछि रवि लामिछाने प्रहरीको जिम्मामा
|
रमेशकुमार पौडेल
|
रवि लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
|
चितवन अदालतमा रवि लामिछानेको बयान सकियो, थुनछेक बहसको तयारी
|
रमेशकुमार पौडेल
|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान सकिएको छ । बयान सकिएर थुनछेक बहसको तयारी सुरू भएको चितवन जिल्ला अदालतका सुचना अधिकारी अमृत विश्वमर्माले बताए ।
|
रविमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा नलगाउने जिल्ला न्यायाधिवक्तामाथि छानबिन हुने
|
कान्तिपुर संवाददाता
|
रास्वपा सभापति रवि लामिछानेलगायतमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नलगाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीमाथि छानबिन गर्न महान्यायाधिवक्ताकाे कार्यालयले समिति गठन गरेको छ ।
|
झापामा गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारी नियन्त्रणमा
|
विवेक पोख्रेल
|
झापा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। कन्काई नगरपालिका–४ स्थित भित्री सडकखण्डको कुमरखोदबाट सुरुङगातर्फ जाँदै गरेको अवस्थामा मंगलबार राति प्रहरीले भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलमलाई गोली चलाएर पक्राउ गरिएको हो ।
|
विश्वविद्यालयलाई कानुन व्यवसायी परिषद्ले हस्तक्षेप गर्ने कानुन बनाउनु हुँदैन : सांसद शाक्य
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा रहेको 'नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक'मा देशभरका विश्वविद्यालयमाथि हस्तक्षेप गर्ने कानुनी व्यवस्था राख्न नहुने सांसद अञ्जान शाक्यले बताएकी छन् ।
|
जनकपुर र वीरगन्ज भन्सार तजबिजमा चलाएको देखियो : सांसद महतो
|
कान्तिपुर संवाददाता
|
एमाले सांसद जुलीकुमारी महतोले जनकपुर र वीरगन्जको भन्सार तजबिजमा चलाएको पाइएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद महतोले भन्सारहरू अस्तव्यस्त रहेको बताइन् ।
|
भन्सारमा ३० प्रतिशत राजस्व उठ्छ, ७० प्रतिशत चुहावट हुन्छ भन्ने कुरा आयो : सांसद थापा
|
कान्तिपुर संवाददाता
|
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले राजश्व चुहावट हुँदा लक्ष्यअनुसार उठ्न नसकेको बताएका छन् । भन्सारमा ठूलो परिमाणमा राजश्व चुहावट भइरहेको उनले बताएका हुन् ।
|
भन्सारमा पोको बोक्नेलाई खेद्ने, सेटिङमा आउनेलाई नदेख्ने हुँदा राजश्व उठेन : गिरी
|
कान्तिपुर संवाददाता
|
सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद पदम गिरीले भन्सारमा सेटिङ हुँदा राजश्व लक्ष्यअनुसार नउठेको बताएका छन् । भन्सारमा कार्यरत सरकारी अधिकारीहरू सेटिङमा संलग्न भएको उनको आरोप थियो ।
|
फेसबुक/इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरुङ
|
कान्तिपुर संवाददाता
|
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको दाबी गरेका छन् । मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरूकै मागका कारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका हुन् ।
|
किन टिक्न सक्दैनन् संघीय मन्त्रालयका सचिवहरू ?
|
ऋषिराम पौड्याल
|
गत पुस पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई जिम्मेवारी सम्हालेको ५ महिना १० दिनमा निर्वाचन आयोग सरुवा गर्यो । संघीय मामिलामन्त्री राजकुमार गुप्तासँग बोलचाल नै बन्द हुने अवस्था बनेपछि उनी आफैँले सरुवा मागे वा मन्त्रीले नै उनको सरुवा गरे ।
|
भेदभावलाई कसुर मान्ने प्रावधानको गैरसरकारी विधेयक संसद्मा
|
कान्तिपुर संवाददाता
|
जातीय वा समुदायका आधारमा गरिने भेदभावलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रावधानसहितको गैरसरकारी विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभामा सदस्य चन्द्रकान्त (सीके) राउतले उक्त विधेयकको मस्यौदा तयार गरी दर्ता गराएका हुन् ।
|
पोखरामा अवैध रुपमा काटिएका बर–पीपलका काठ जफत
|
दीपक परियार
|
पोखराका बर, पीपल तथा समीका रुखहरु अवैध रुपमा काटेर जम्मा गरिएको काठ पोखरा महानगरपालिकाले बुधबार जफत गरेको छ । मानव सेवा फाउन्डेशनले अवैध रुपमा रुख काटेर लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेका काठ महानगर प्रहरीले जफत गरेको हो ।
|
रवि लामिछाने चितवन अदालतमा हाजिर, बयान सकिए थुनछेक बहस आजै
|
कान्तिपुर संवाददाता
|
साहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन् ।
|
आगलागीमा टहरो जलेपछि टुङ्ना गायकको परिवारको विचल्ली
|
अनिश तिवारी
|
जिल्लाको भोटेकोशी गाउँपालिका वडा १ काङलाङमा विद्युत्को तार सट भएर आगो लाग्दा दृष्टिविहीन टुङ्ना गायक वीरबहादुर कामीको परिवार बस्ने टहरा जलेको छ ।
|
'महिलाहरूमाथि संस्थागत विभेद कायम, कानूनमै छ विभेद'
|
कान्तिपुर संवाददाता
|
नेपालमा महिलाहरूमाथि अझैपनि संस्थागतरुपमै विभेद कायम रहेको र कतिपय कानूनहरूमै भेदभावपूर्ण व्यवस्थाहरू निरन्तर रहेको प्रतिवेदनले औँल्याएको छ ।
|
विदेशबाट पनि श्रम स्वीकृति
|
रासस
|
विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।
|
राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र
|
नारायण खड्का
|
अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छन् । यादवले मंगलबार राजधानी क्यानबेरास्थित गर्भनर हाउसमा आयोजना गरिएको विशेष कार्यक्रममा अस्ट्रेलियाकी गभर्नर जनरल साम मोस्टनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।
|
आमाको नामबाट नागरिकता लिन थप सहज बनाउन विधेयक
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.