text stringlengths 2 914 |
|---|
राजेश मिश्र |
आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउने गरी कानुन संशोधन गर्न सरकारले विधेयक संसद्मा लगेको छ । नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको छ । |
‘संघीयता र समावेशिता कांग्रेसको एजेन्डा’ |
कान्तिपुर संवाददाता |
तीन दिन पोखरामा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना भाषणमा मुख्य दुई विषयवस्तु दोहोर्याइरहे । उनले लगातार तीन दिनको फरक–फरक कार्यक्रममा दोहोर्याएको विषय थियो– नेपालको संविधानमा भएको समावेशी–समानुपातिक प्रणाली विश्वमै उत्कृष्ट छ । अर्को, पार्टीभित्र एकता भए अर्को चुनावसम्म कांग्रेसको एकल बहुमत आउँछ । |
कांग्रेस सभापतिको भेलाबारे जानकारीसमेत नदिइएकामा पूर्वपदाधिकारीको आपत्ति |
कुलचन्द्र न्यौपाने |
कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरूको मंगलबार पोखरामा सुरु प्रशिक्षणमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै केही पूर्वपदाधिकारीले आपत्ति जनाएका छन् । राष्ट्रियस्तरको भेला र कार्यक्रममा सिंगो केन्द्रीय कार्यसमिति उपस्थिति हुने परम्परा तोडेर केन्द्रीय पदाधिकारीले आफूखुसी कार्यक्रम आयोजना गरेको र दलका वरिष्ठ नेताहरूलाई समेत ... |
आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |
कान्तिपुर संवाददाता |
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । |
जनप्रशासन क्याम्पस प्रमुखका छोराले चलाउँछन् परीक्षा |
सुदीप कैनी |
जनप्रशासन क्याम्पस बल्खुमा ५ वर्षदेखि गैरकानुनी रूपमा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका हरिभक्त शाहीले परीक्षामा आफू अनुकूल अनधिकृत व्यक्ति सहभागी गराएर अनियमितता गर्दै आएको पाइएको छ । क्याम्पस स्रोतका अनुसार शाहीले छोरा न्युटन र भतिज भूपेन्द्रलाई विगत केही वर्षदेखि परीक्षामा सहभागी गराउँदै आएका छन् । |
माघ २२, २०८१ |
‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति |
आनन्द गौतम |
पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा छ बुँदे सहमति भएको छ । सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ । |
गैरसरकारी विधेयक : सांसदको रहर मात्रै ! |
किशोर दहाल |
जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य सीके राउतले सोमबार संसद् सचिवालयमा ‘जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसूर र सजाय) विधेयक’ दर्ता गराए । संविधानको मौलिक हक तथा अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तहरूलाई आत्मसात् गर्दै जातीय तथा रंगभेदजन्य भेदभावलाई दण्डनीय अपराधक... |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
एचपिभी खोप अभियानको शुभारम्भ, साहारा चितवन सहकारी ठगीमा रवि लामिछानेविरुद्ध मुद्दा दायरदेखि अमेरिकी सामानमा चीनले पनि लगायो करसम्मका खबर आज चर्चामा रहे । |
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । |
पाथीभरा केबलकार विवादबारे गृहमन्त्री लेखकले गरे कोशी प्रदेशका कांग्रेस सभापतिसँग छलफल |
आनन्द गौतम |
पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादको दिगो समाधानका लागि गृहमन्त्री रमेश लेखकले आफू सम्बद्ध पार्टी नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका छन् । |
माओवादी अध्यक्ष दाहाल भन्छन् : पछिल्लो समय पार्टीबाट केही गल्ती भएकै हो |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट विगतमा केही गल्ती भएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरेका हुन् । |
साहारा चितवन सहकारी ठगीमा रवि लामिछानेविरुद्ध मुद्दा दायर |
रमेशकुमार पौडेल |
साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । |
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट एकैदिन ९ जना पक्राउ |
कान्तिपुर संवाददाता |
देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ९ जनालाई एकैदिन पक्राउ गरेको छ । फरकफरक घट्नामा उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दियो । |
क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना |
कान्तिपुर संवाददाता |
उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन्। |
क्यान्सर न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी रहेको बताएका हुन् । |
खाना पेट भर्न मात्र होइन, स्वस्थ हुन पनि हो : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको बताएका छन् । मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोपको शुभारम्भ गर्दै उनले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए । निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त ... |
भारतीय सुरक्षाकर्मी हतियारसहित सुस्ता किन आए ? |
नारायण शर्मा |
भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमि सुस्तामा आएर फर्केका छन् । सोमबार दिउँसो भारतीय प्रहरीकै गाडीमा आएका सुरक्षाकर्मी सुस्ता बचाउ अभियानका मुन्ना खाँलाई पक्राउ गर्न आएको र उनी फेला नपरेका कारण रित्तै फर्किएको दाबी गरिएको छ । ४ दशक अघिदेखि मुन्ना सुस्ता बचाउ आन्दोलनका अगुवा हुन् । |
प्रधानमन्त्रीले गरे एचपिभी खोप अभियानको शुभारम्भ |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् । |
‘नो केबलकार समूह’ र सरकारबीच वार्ता आज पनि |
आनन्द गौतम |
सरकारी वार्ता टोली र ‘नो केबलकार समूह’बीचको वार्ता आज पनि जारी रहने भएको छ । हिजोको वार्ता आज बिहान ११ बजेदेखि गर्नेगरी स्थगित भएको थियो । हिजोको वार्ता काठमाडौंको ललितपुरमा रहेको होटल हिमालयमा भएको थियो । |
कांग्रेसमा महाधिवेशन ०८४ को चुनावअघि कि पछि ? |
कुलचन्द्र न्यौपाने |
कांग्रेसको १५ औं महाधिवेशन ०८४ को चुनावअघि गर्ने कि पछि भन्ने नेताहरूबीचको विवाद सतहमा देखिन थालेको छ । विधान र संविधानबमोजिम बढीमा साढे ५ वर्षभित्र अधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक स्थिति भए पनि संविधान संशोधन वा कुनै अर्को दलसँग पार्टी एकता गरेर भए पनि ०८४ को चुनावपछिसम्म कार्यसमितिको कार्यकाल लम्ब्याउने विकल्पमा जान... |
मधेश केन्द्रित दलबीच मोर्चाबन्दीको प्रयास जारी |
कान्तिपुर संवाददाता |
मधेश केन्द्रित दलले मोर्चाबन्दीको प्रयास जारी राखेका छन् । मोर्चा निर्माणका लागि दलगत रूपमा प्रतिनिधि तोकिएकाको बैठक सोमबार पनि बसेको छ । |
जनप्रशासन क्याम्पसमा ५ वर्षदेखि कानुनविपरीत क्याम्पस प्रमुख |
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालयको आंगिक जनप्रशासन क्याम्पसमा आठ वर्षदेखि एकै जनाले निरन्तर प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । त्रिवि ऐन, नियमअनुसार क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ तर सहप्राध्यापक हरिभक्त शाहीले कार्यकाल सकिएकै चार वर्ष बित्दा पनि क्याम्पसको नेतृत्व गरिरहेका हुन् । |
राष्ट्रिय सभामा सत्तारूढ अल्पमतमा, अध्यादेश जोखिममा |
जयसिंह महरा |
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशको भविष्य राष्ट्रिय सभाको अंकगणितमा निर्भर देखिएको छ । प्रतिनिधिसभामा एमाले र कांग्रेस सत्ता गठबन्धनको प्रस्ट बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत छैन । अध्यक्षसहित ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्याउन ३० सांसदको समर्थन चाहिन्छ । |
गौरीशंकर संरक्षित क्षेत्रमा ४ दिनदेखि डढेलो, राङबुसा बस्ती त्रासमा |
केदार शिवाकोटी , अनिश तिवारी |
सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको वनमा लागेको डढेलो चार दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । चीनसँग जोडिएको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रबारदेखि डढेलो लागेको हो । |
माघ २१, २०८१ |
अब त ओलीको फोन आउँछ भन्ने आश पनि रहेन : वामदेव गौतम |
कान्तिपुर संवाददाता |
एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले अब आफ्नै पार्टी बनाउने बताएका छन् । एमालेमा जाने कुरो नमिलेपछि गौतमले आफ्नै बलियो पार्टी बनाउने निष्कर्षमा पुगेको बताएका छन् । सोमबार कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै गौतमले आफ्नो पार्टी नभएकाले नै अरु दलहरूले एकताका लागि प्राथमिकता नदिएको बताएका हुन् । |
अध्यादेश अध्ययन गर्न जसपा, नेपालले गठन गर्यो कार्यदल |
कान्तिपुर संवाददाता |
जनता समाजवादी पार्टी, नेपालले अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भनेर अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । संघीय संसद्का दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभामा माघ १८ मा पेस भएका अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर २४ गतेका बैठकमा पेस हुँदैछन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
'नो केबलकार समूह'को समन्वय समिति र सरकारबीच वार्तादेखि यूएसएआईडी पूर्ण रूपमा बन्द गर्ने इलन मस्कको घोषणासम्मका समाचार कान्तिपुरमा प्रकाशित भएका छन् । |
‘नो केबलकार समूह’ र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता जारी |
आनन्द गौतम |
सरकार र पाथीभारामा ‘नो केबलकार समूह’ बीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच ललितपुरको होटल हिमालयमा छलफल सुरु भएको हो । |
पाथीभारामा केबलकार विवाद : वार्तामार्फत समाधान खोज्न जसपा नेपालको आग्रह |
कान्तिपुर संवाददाता |
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ । |
जापानमा वाइडबडीको पांग्रा पन्चर, २ सय ६१ यात्रु अलपत्र |
सुरज कुँवर |
नेपाल वायुसेवा निगमको वाइडबडी विमानको पांग्रा पन्चर हुँदा नेपाल आउन लागेका २ सय ६१ यात्रु जापानको नारितामा अलपत्र परेका छन् । सोमबार नारिता विमानस्थलबाट काठमाडौं फर्कनै लाग्दा अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की)को पांग्रा पन्चर भएको हो । |
अन्तत: पूर्वउपराष्ट्रपति पुन फर्किए राजनीतिमा, माओवादीले दियो उत्पादन विभागको जिम्मा |
कान्तिपुर संवाददाता |
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै सक्रिय राजनीतिमा फर्किएका छन् ।यही पुस २१-२४ मा बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई आर्थिक तथा ... |
सरकारसँग वार्ताका लागि ‘नो केबलकार समूह’ ले बनायो समन्वय समिति |
आनन्द गौतम |
गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ । अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो । योसँगै गत माघ १२ गतेदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि वार्ता प्रक्रिया सुरु हुने भएको छ । |
माओवादीले फेर्यो मधेश र वाग्मती इन्चार्ज |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रको मधेश र वाग्मती प्रदेशको इन्चार्ज परिवर्तन गरेको छ । मधेश इन्चार्जमा मात्रिका यादव र वाग्मतीमा हितमान शाक्यलाई तोकेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.