text stringlengths 2 914 |
|---|
‘नो केबलकार समूह’ ले वार्ताका लागि समन्वय समिति बनाउने |
आनन्द गौतम |
गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले समन्वय समिति बनाउने भएको छ । समूह यतिबेला गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा बनेको समितिको खबरको पर्खाइमा रहेको छ । |
पार्टीमा एकता स्थापित भए अर्कोपल्ट बहुमत : कांग्रेस सभापति देउवा |
दीपक परियार |
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उनले पार्टीभित्र ... |
‘नो केबलकार आन्दोलन’ ले कोशीका ९ जिल्ला प्रभावित |
आनन्द गौतम |
पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । |
सामुदायिक विद्यालयको गुणस्तरमा जोड दिएका छौं : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । |
एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलायो |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । |
सरकारको ध्यान आजका बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउनेमा केन्द्रित छ : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौँमा आयोजित युवासँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । |
नेपाल भाषा एकेडेमीको नयाँ चान्सलरमा मल्ल |
कान्तिपुर संवाददाता |
नेपाल भाषा एकेडेमीको नयाँ चान्सलरको रूपमा मल्ल के सुन्दर सोमबार सर्वसम्मत चयन भएका छन् । एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रूपमा चान्सलर चयन भएका हुन् । |
पाथीभरा केबलकार विवाद : सहसचिव नेतृत्वको टोलीले समस्या समाधान गर्न नसक्ने आन्दोलनरत पक्षको निष्कर्ष |
आनन्द गौतम |
पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले बनाएको वार्ता समितिले समस्याको समाधान गर्न नसक्ने निष्कर्ष आन्दोलनरत समूहले निकालेको छ । |
नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै |
रासस |
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । |
हनुमानढोका पुगेर राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । |
माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा |
रासस |
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । |
सरुवा भएको कार्यालय जाँदैन थिए, घूससहित समातिएका अधिकृत |
सुदीप कैनी |
सेवाग्रहीसँग लिएको ३ लाख घूससहित नियन्त्रणमा परेका राष्ट्रिय किताबखाना (शिक्षक) काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । |
पाथीभरा केबलकारको विवाद मिलाउन वार्ता समिति |
आनन्द गौतम |
पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधान गर्न संघ सरकारले वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् । तर ती म... |
स्वर्गद्वारी गुठीपीडित लालपुर्जा माग्दै माइतीघरमा |
दीपक सापकोटा |
माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला । यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन् । समूहमा छन् २२ पुरुष र १७ महिला । कथाव्यथा सरकारलाई सुनाउन आएका उनीहरू आफ्नै थारू पहिरनमा छन् । सेतो चौबन्दी, झुलुवा, पगिया र अंगुछ । महिलाले चाँदीको मङया र टाउँक पनि लगाएका छन् । |
म्याग्दीको सहकारी ठगीमा एमाले नेता सहित ५ पक्राउ |
नारायण शर्मा |
म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ बचत ठगीको आरोपमा जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापासहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापा छन् । |
माघ २०, २०८१ |
सीटीईभीटीको उपाध्यक्षमा बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्चद्वारा बदर |
कान्तिपुर संवाददाता |
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । |
'एयरटेल'मा आएको समस्याले इन्टरनेट सेवा प्रभावित |
सजना बराल |
काठमाडौं उपत्यका लगायत क्षेत्रमा आइतबार अपराह्नदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो । फाइबर इन्टरनेटसँगै मोबाइल इन्टरनेट सेवामा पनि समस्या आएको गुनासो प्रयोगकर्ताहरूको छ । |
पाथीभरामा केबलकार निर्माणको विवादमा संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ : सांसद गुरुङ |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसकी नेता एवम् प्रतिनिधिसभा सदस्य सीता गुरुङले ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा भएको विवादमा सरकारले संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएकी छन् । |
राष्ट्रिय सहमतिबाट नै संविधान संशोधन गर्छौं : सरकारका प्रवक्ता गुरुङ |
आश गुरुङ |
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ भित्र संविधान संशोधनको संकेत गरेका छन् ।उनले १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताए । |
'न्यायाधीशले तथ्य-प्रमाणमा आधारित नभई बहकिएर, भीडबाट निर्देशित भएर फैसला गर्न थाले' |
जयसिंह महरा |
सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले अदालतका न्यायाधीशहरूले तथ्य र प्रमाणका आधारबाट नभई बहकिएको भीडबाट निर्देशित भएर फैसला गर्न लागेको गम्भीर आरोप लगाएका छन् । |
एक भएर अगाडि बढे कांग्रेसले देशको नेतृत्व लिने सम्भावना छ : देउवा |
दीपक परियार |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक भएर अगाडि बढेको खण्डमा कांग्रेसले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन् । पोखरामा आइतबार कांग्रेसको पोखरा महानगर समितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले जित वा हारलाई स्वाभाविक रुपमा लिन कार्यकर्तालाई आग्रह गरे । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
देशभरका अस्पतालमा आवासीय चिकित्सकहरुको प्रदर्शन, छ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो, सेयर कारोबार मापक नेप्से परिसूचक ६९.८०अंकले बढेदेखि क्यानडा, मेक्सिको र चीनले पनि अमेरिकामाथि कर लगाउनेसम्मका खबर आज चर्चामा रहे । |
नियत र प्रक्रियाका हिसाबले अध्यादेश गलत छन्, तत्काल फिर्ता लिनुपर्छ : सांसद शर्मा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताएका छन् । |
गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिन कांग्रेस सांसदको माग |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गरेकी छन् । |
राष्ट्रिय सभामा उठ्यो पाथीभाराको घटनादेखि जाजरकोट भूकम्प पीडितलाई राहतका माग |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । |
राष्ट्रिय सभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकको प्रतिवेदन पेस |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभाको आइतबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन् । |
समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु : गौतम |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा गौतमले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए । |
सांसद साह विरुद्धको मुद्दामा कारण देखाउ आदेश |
शिव पुरी |
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध आइतबार जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । सांसद साहले सामाजिक संजाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस लेखेका थिए । |
अध्यादेशको विरोध गर्नुको कुनै तुक छैन : सञ्चारमन्त्री गुरुङ |
आश गुरुङ |
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले राजनीतिक ‘स्टन्टबाजी’ का लागि यसको विरोध भइरहेको बताए । |
न्यायपरिषद् सदस्यमा सुनुवाइ समितिबाट खड्का अनुमोदित |
कान्तिपुर संवाददाता |
संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । |
न्यायालयप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य व्यक्ति न्यायाधीश नै हुन् : खड्का |
कान्तिपुर संवाददाता |
अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी न्यायाधीशहरूको रहेको न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काले बताएका छन् । |
स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध आवासीय चिकित्सकको देशभर प्रदर्शन |
कान्तिपुर संवाददाता |
स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले गरेको निर्णयका विरुद्धमा आवासीय चिकित्सकहरूले आइतबार देशभरका अस्पतालमा प्रदर्शन गरेका छन् । बिहान ९ बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्दै चिकित्सकहरू प्रदर्शनमा सहभागी भएका हुन् । |
शिक्षा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा |
कान्तिपुर संवाददाता |
सेवाग्राहीसँग ३ लाख घूस लिएको कसुरमा नियन्त्रणमा परेका राष्ट्रिय किताबखाना छाउनी, काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.