text
stringlengths 2
914
|
|---|
मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकले मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।
|
सरकाले विवेक नगुमाई जनताको पक्षमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरोस् : डा. शर्मा
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ कांग्रेसका सांसद डा. सुनील शर्माले प्रत्येक नागरिकका लागि सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नुपर्ने बताएका छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि पनि सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नुपर्ने उनको भनाइ थियो ।
|
एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल भारत सीमामा फेला
|
शंकर आचार्य
|
एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए ।
|
चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
|
कान्तिपुर संवाददाता
|
सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
|
नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ
|
कान्तिपुर संवाददाता
|
श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा. पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
|
स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
|
कान्तिपुर संवाददाता
|
प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
|
फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको छुट्टाछुट्टै भेटवार्ता
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेकी मन्त्री राणाले बुधबार बिहान सो भेटवार्ता गरेकी हुन्।
|
कांग्रेस प्रमुख सचेतक घिमिरेद्वारा क्षमायाचना
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् । यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् ।
|
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
|
कान्तिपुर संवाददाता
|
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको क्रियाशील सदस्यता वितरण लगायत विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
|
सचिवहरूको कार्यसम्पादनमा प्रधानमन्त्री कार्यालयको असन्तुष्टि
|
ऋषिराम पौड्याल
|
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको कार्यसम्पादनमा फेरि पनि प्रश्न उठाएको छ। मुख्य सचिव एकनारायण अर्यालको कार्यसम्पादनका लागि पटक-पटक निर्णय र निर्देशन हुँदा पनि परिणाम देखिन नसकेको भन्दै सचिवहरूसँग असन्तुष्टि व्यक्त गरेका छन्।
|
राप्रपाले आफ्नै नेतृत्वमा आन्दोलन गर्ने
|
राजेश मिश्र
|
राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नै नेतृत्वको आन्दोलनलाई निरन्तरता दिने भएको छ । केही राजावादीले आन्दोलनका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा समिति घोषणा गरेको भोलिपल्टै राप्रपाले छुट्टै आन्दोलनमा जाने निर्णय गरेको हो ।
|
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
|
रासस
|
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
|
क्रियाशील वितरणमा सबैले जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन हुन्छ : महामन्त्री थापा
|
कान्तिपुर संवाददाता
|
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन्। पार्टीको महाधिवेशनका विषयमा नेताहरूले फरक-फरक धारणा राख्दै आएका छन्।
|
आगलागीमा बालिकाको मृत्यु, ११ घर नष्ट
|
पर्वत पोर्तेल
|
मोरङ धनपालथान–६ कदमाहामा मंगलबार आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । आगोले जलेर ११ घर ध्वस्त भएका छन्, १६ घरमा आंशिक क्षति पुगेको छ । स्थानीयका अनुसार दिउँसो साढे १२ बजेतिर अचानक सल्किएको आगो हावाहुरीका कारण टोलभरि फैलिएको थियो ।
|
७ महादेशका अग्ला ७ हिमाल चढ्दै ४ दिदीबहिनी
|
केदार शिवाकोटी
|
गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ उपत्यकास्थित बेदिङको एकै परिवारका चार दिदीबहिनी सात महादेशका सात अग्ला हिमाल आरोहण अभियानमा छन् । ‘फोर सिस्टर अन ७ समिट’ नाम दिएर उनीहरूले सातै महादेशका अग्ला हिमाल आरोहण गरिरहेका छन् ।
|
स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान
|
सुदीप कैनी
|
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
|
चैत्र ५, २०८१
|
न्याय नपाएपछि भक्कानिए यौन हिंसापीडित महिला, पीडितसँगै रोए नेता
|
घनश्याम खड्का
|
सुन्न र भन्न पनि नसकिने घटनाका भोक्ता उनका आँखाबाट मंगलबार दिनभरि नै आँसु खसिरह्यो । न्याय पाइने दिन पर्खंदा पर्खंदै थाकेकी १९ वर्षीया छोरीले गत पुस ३ गते आत्महत्या गरेपछि उनी खुलेर बोल्न पनि सकिरहेकी छैनन् ।
|
आर्थिक असमानता र जलवायु संकटको दोहोरो चुनौतीसँग जुध्दै नेपाल
|
कान्तिपुर संवाददाता
|
सरोकारवाला निकायले नेपाल आर्थिक असमानता र जलवायु संकटको दोहोरो चुनौतीसँग जुधिरहेको बताएका छन् ।
|
लेखा समिति बैठक नियमित नबोलाएको भन्दै सांसदको आपत्ति
|
जयसिंह महरा
|
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान नगर्दा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिएको सांसदहरूले बताएका छन् । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद ऋषिकेश पोखरेल सभापति रहेको लेखा समितिको पछिल्लो सात महिनामा चार बैठकमात्र बसेका छन् । यसरी समयमा बैठक नबोलाएको भन्दै सत्तारुढ कांग्रेसकै सांसदले समिति बैठकमा नै असन्तुष्टि जनाएका हुन् ।
|
हरेक महिना औसत ६२ लाख अवैध विदेशी मुद्रा बरामद
|
विवेक पोख्रेल
|
हरेक महिना औसतमा ६२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न ठाउँबाट ५ करोडभन्दा बढी अवैध विदेशी मुद्रा बरामद गरेको छ ।
|
परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब, हरेक नेपालीको भागमा ९१ हजार, त्रिविअन्तर्गतका ३८ आंगिक र ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव सम्पन्नदेखि गाजामा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४१३ पुग्योसम्मका खबर आज चर्चामा रहे ।
|
राप्रपाले अध्यक्ष लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने
|
कान्तिपुर संवाददाता
|
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने भएको छ । मंगलबार धुम्बाराहीस्थिति केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
|
स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।
|
स्वर्गद्वारी गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता
|
कान्तिपुर संवाददाता
|
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी संस्थान ऐन, २०३३’ संशोधन गरेरै भए पनि ‘स्वर्गद्वारी गुठीपीडित किसान’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
|
परराष्ट्रमन्त्री राणा र मोल्डोभाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोल्डोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग आज नयाँ दिल्लीमा भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका अवसरमा दुई नेताबीच भेटवार्ता भएको हो ।
|
भिलेनका रूपमा गणतन्त्र स्थापनामा पूर्वराजा ज्ञानेन्द्रको भूमिका छ : अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनका रूपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरूले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्कालीन राजा शाहले भिलेनका रूपमा भूमिका खेलेको टिप्पणी गरेका हुन् ।
|
परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीबीच वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
|
ट्रकबाट बरामद २५ करोड १९ लाख रुपैयाँ बराबरको डलर र युरो कसको ?
|
कान्तिपुर संवाददाता
|
सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो कहाँ र कसरी संकलन भएको थियो भन्ने प्रश्न उब्जिएको छ । सुन किन्नकै लागि पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका केही अनुसन्धान अधिकारीले बताएका छन् ।
|
राप्रउले छाडेको ‘मीमांसा’
|
दीपक सापकोटा
|
८२ वर्षको उमेरमा सोमबार महाप्रस्थानमा गएका नेपाली साहित्यका चिन्तक, बौद्धिक लेखक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) माथि सटिक समीक्षा गरे आख्यानकार नारायण ढकालले– उनी महाभारत, पुराण र पूर्वीय वाङ्मयको अध्ययनले खारिएका चिन्तक थिए, जसमा कार्ल मार्क्सको भौतिकवादी पद्धति र दर्शनको प्रभाव मिश्रित थियो ।
|
प्रहरी महानिरीक्षकद्वारा पदबहाली, भने : देशको शान्तिसुरक्षा पहिलो प्राथमिकता
|
कान्तिपुर संवाददाता
|
प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन् ।
|
त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइटको काम आगामी वैशाखमा सकिने
|
कान्तिपुर संवाददाता
|
त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइटको काम आगामी वैशाखमा सकिने शहरी विकास मन्त्रालयले कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य आगामी वैशाखभित्र सम्पन्न गर्ने जनाएको छ ।
|
२५ करोडसहित समातिएका लामा सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए
|
विवेक पोख्रेल
|
काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ ।
|
आठ महिनामा बीस गैंडा मृत फेला
|
रासस
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.