text
stringlengths
2
914
शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल राजविराज नगरपालिका कार्यालयमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यकक्षमा थिएनन् । छड्के अनुगमनमा लागि प्रजिअ नगरपालिका पुग्दा ५९ कर्मचारीमध्ये २४ जना कार्यलयमा उपस्थित थिएनन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आफूले भ्रष्टाचार गरेको एउटा प्रमाण भए ल्याउन प्रधानमन्त्रीको चुनौती, प्रधानमन्त्रीकै वरिपरिकाले नै भ्रष्टाचार गरिरहेकको राप्रपा अध्यक्षको जवाफदेखि गायिका चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दासम्मका समाचार आज चर्चामा रहे ।
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
कान्तिपुर संवाददाता
३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।
निराशालाई आशामा बदलौँ : सांसद यादव
कान्तिपुर संवाददाता
जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्नेगरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्नुपर्ने बताएका छन् ।
संसद्‍को साँचो पनि सरकारले नै बोक्ने रहेछ : अध्यक्ष राउत
कान्तिपुर संवाददाता
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त(सीके) राउतले संसद्‍को साँचो सरकारले बोकिरहेको बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका हुन् ।
सरकार गठनको सात महिनामा उल्लेख्य केही सुधार भएन : वरिष्ठ उपाध्यक्ष पाण्डे
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस-एमालेको सरकार गठन भएको करिब सात महिनाको अवधिमा उल्लेख्य केही सुधार नभएको बताएका छन् ।
जनताको विश्वास आर्जन गर्ने कुरामा के पक्ष, के प्रतिपक्ष : अध्यक्ष राई
कान्तिपुर संवाददाता
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राईले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देनले संसद्‍‍मा भने: प्रधानमन्त्रीज्यू, तपाईंका वरिपरिकाले नै भ्रष्टाचार गरिरहेका छन्
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागिरहेको आरोप बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको बताएका हुन् ।
आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश
विवेक पोख्रेल
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : उपसभाति वाग्ले
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने बताएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पार्टी उपसभापति स्वर्णिम वागलेले यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रिय सभामा दुई विधेयक पेस
कान्तिपुर संवाददाता
राष्ट्रिय सभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन् ।
जसपा नेपालको कार्यकारिणी समिति बैठक शनिबारदेखि
कान्तिपुर संवाददाता
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु हुने भएको छ । माघ १९ र २० गतेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठकको तयारी भएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि स्थगित
कान्तिपुर संवाददाता
राष्ट्रिय सभा बैठक माघ २० गतेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने सूचना सुनाएका हुन् ।
अध्यादेशका कारण लगानी विस्तार हुने वातावरण बनेको छ : एमाले सांसद भट्टराई
कान्तिपुर संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताएका छन् ।
सरकारले विधेयक अधिवेशनलाई अध्यादेश अधिवेशन बनायो : सांसद श्रेष्ठ
कान्तिपुर संवाददाता
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अविधेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकार सुशासन, भ्रष्टाचार नियन्त्रणमा असफल : माओवादी प्रमुख सचेतक पाण्डे
कान्तिपुर संवाददाता
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पाण्डेले सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताएका छन् । प्रमुख सचेतक पाण्डेले संसद्‍को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै भुटानी शरणार्थीलगायत अन्य प्रकरण छानबिन अघि बढ्न नसकेको बताएका हुन् ।
सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला
रासस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् । राष्ट्रिय सभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रस्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताएका हुन् ।
कानुन निर्माणको थलो संसद्‍ नै हो : पूर्वप्रधानमन्त्री देउवा
कान्तिपुर संवाददाता
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कानुन निर्माणको थलो संसद् नै भएको बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसद्‍मा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो आउने गरेका बताएका हुन् ।
सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : सभापति देउवा
कान्तिपुर संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन निर्माणका बेला भएको सात बुँदे सहमति कार्यान्वयन गर्न आफ्नो पार्टी दृढ भएको बताएका छन् । संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको ६ महिनाको अवधिले सकारात्मक सुरुवात गरेको बताए ।
प्रधानमन्त्री ओलीको चुनौती : कसैसँग दम छ भने मैले भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न नदिने काममा लागेको बताएका छन् । उनले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती समेत दिए ।
राष्ट्रिय सभा अधिवेशन आजदेखि सुरु
कान्तिपुर संवाददाता
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रियसभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पुर्‍याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रश्न : 'सरकार ढल्यो, ढल्यो, ढल्यो, ढल्यो' गीत गाएर जनता र देशका लागि के फाइदा ?
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूलाई सरकार ढल्नै लाग्यो भनेर गीत नगाउनसमेत आग्रह गरे ।
प्रधानमन्त्री ओली भन्छन् : पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा छैन
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दल ट्क्य्राउने अध्यादेश नल्याउने बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार यस्ता खुद्रे कुरामा नलाग्ने पनि बताए । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेसहितको बलियो सरकारको प्राथमिकता विकास निर्माण र स्थायित्व भएको पनि उनको भनाइ थियो ।
१५ मिनेटको बहिष्कारपछि प्रतिनिधिसभा बैठकमा फर्कियो रास्वपा
कान्तिपुर संवाददाता
१५ मिनेटको बहिष्कारपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा फर्किएका छन् । उनीहरूले बोल्नका लागि सभामुखबाट समय नपाएपछि बैठक १५ मिनेटको लागि बहिष्कार गरेका थिए ।
अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको हो : उपसभापति खड्का
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् ।
सत्ताको नाउँमा प्वाल पार्ने स्थितिको बन्ध्याकरण : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि दायाँबायाँ गरिरहने प्रवृत्तिको अन्त्य भएको बताएका छन् । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै सरकार बदलिइरहने अवस्थाको अन्त्य भएको बताए ।
सुधारको हुटहुटीले अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सुधारको हुटहुटीले अध्यादेश ल्याइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश भनेकै संसद् नभएका बेला ल्याउने हो भनेर प्रतिरक्षा गरेका हुन् ।
रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार
कान्तिपुर संवाददाता
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो ।
माघ १७, २०८१
अध्यादेशलाई अस्वीकार गर्छौं, जनताका आवाज उठाउँछौँ : माओवादी केन्द्र
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र) ले शुक्रबार हुने संसद्को हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यादेशको विरोध गर्ने निर्णय नेकपा एसको निर्णय
कान्तिपुर संवाददाता
नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । उनले सरकारले मुठीभर व्यक्ति र व्यवसायीहरुको लागि सरकारले काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरु गर्ने तयारी गरेको बताए ।
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : डा. कोइराला
रासस
सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. शेखर कोइरालाले एमाले र कांग्रेसको वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताएका छन् ।
कहाँ हरायो संविधान संशोधन कार्यदल ?
कुलचन्द्र न्यौपाने
संविधान संशोधनको कार्यभार अघि बढाउन कार्यदल गठन गर्ने बताएका सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेले घोषणाको महिना दिन बितिसक्दा पनि कार्यदल गठन गर्न सकेका छैनन् । जबकि दुई ठूला दलले संविधान संशोधनको मुख्य एजेन्डा अघि सारेरै सरकार निर्माण गरेका थिए ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
अमेरिकामा विमान दुर्घटनादेखि त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेटमा नेपालको हारसम्मका खबर आज कान्तिपुरमा प्रकाशित भएका छन् । बिहीबार भएको विमान दुर्घटना अमेरिकामा सन् २००९ पछिको ठूलो हो ।
मधेशवादी राजनीतिक ८ दलद्वारा एकता र सहकार्यको लागि कार्यदल गठन
कान्तिपुर संवाददाता