text
stringlengths
2
914
मधेशवादी राजनीतिक दलहरूले एकता र सहकार्यको लागि कार्यदल गठन गरेका छन् । मधेशवादी आठ राजनीतिक दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।
अध्ययन स्कुलमा ह्याकाथन प्रतियोगिता
कान्तिपुर संवाददाता
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू भएको छ । प्रतियोगिता अध्ययन स्कुल र लिपफ्रग टेक्नोलोजीजको संयुक्त आयोजना तथा कोड फर नेपाल, भेदा र अन्य संघसंस्थाको सहयोगमा गरिएको हो ।
अध्यादेश अस्वीकार प्रस्ताव दर्ता गर्ने माओवादीको निर्णय
कान्तिपुर संवाददाता
संसद्को प्रमुख प्रतिपक्ष माओवादीले सरकारले ल्याएका अध्यादेश अस्वीकार प्रस्ताव गर्ने भएको छ । माओवादीको केन्द्रको संसदीय दलको बैठकले अध्यादेश अस्वीकार गर्ने प्रस्ताव गर्ने भएको हो ।
युवाहरूको ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने बताएका छन् ।
एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
भोलिदेखि संसद्को हिउँदे अधिवेशन सुरु
कान्तिपुर संवाददाता
संघीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ ।
राजनीतिक अस्थिरताले अर्थतन्त्रमा प्रतिकूल असर पारेको छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताएका छन् ।
कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा फर्काएका छौँ : मन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार गठन भएपछि आईसीयूमा ल्याइसकेको बताएका छन् ।
मन्त्रीले रिबन काट्नुलाई महत्त्व दिने कि कानुन निर्माणलाई भन्ने बुझ्नुपर्छ : सभामुख
न्युज एजेन्सी नेपाल
सभामुख देवराज घिमिरेले सरकारका मन्त्रीहरूले सामान्य कार्यक्रम उद्घाटन गर्ने भन्दा पनि कानुन निर्माणलाई महत्त्व दिनुपर्ने बताएका छन् ।
सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने विपक्षी दलहरूको निर्णय
कान्तिपुर संवाददाता
संघीय संसद्का विपक्षी राजनीतिक दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले अध्यादेशका विरुद्धमा आवश्यक परेमा सडक प्रदर्शन गर्ने पनि निर्णय गरेको छ ।
विपिन रिहाइको लागि कतारको भूमिका खोजिरहेको नेपाल
होम कार्की
कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी विद्रोही समूह हमासको बन्धकबाट कुन दिन मुक्त होलान् ? यति लामो दिनसम्म विपिनलाई इजरायलको आक्रमणबाट तहसनहस पारिएको गाजापट्टीमा हमासले कसरी राखिरहेको होला ? उनको अहिलेको स्वास्थ्य अवस्था कस्तो होला ? नेपाललाई यसको यकिन जवाफ दिन सक्ने एउटै मात्रै बलियो कूटनीतिक माध्यम कतार हो ।
क्रान्तिकारीको अध्यक्षमा सापकोटा
कान्तिपुर संवाददाता
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६ सय ८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी हेमन्त राईलाई ६ सत १५ मत खसेको थियो ।
द्रुतमार्गबाट प्रतिस्थापन विधेयक पारित गर्ने सत्तापक्षको तयारी
कुलचन्द्र न्यौपाने
सरकारले ल्याएका ६ वटा अध्यादेशका विषयमा सत्ता र प्रतिपक्ष आसन्न संसद् बैठकमा आमनेसामने हुने भएका छन् । अध्यादेशको प्रतिरक्षाका लागि सत्तापक्ष र विरोधमा प्रतिपक्षी दलले योजनाबद्ध तयारी गरिरहेका छन् । सरकारले भने प्रतिपक्षी दलहरूबाट अध्यादेशको विरोध लामो समय हुने अनुमानसाथ प्रतिस्थापन विधेयकलाई द्रुतमार्गबाट टुंग्याउने योजना बनाएको छ ।
पथलैया-ढल्केबर क्षेत्रका ५० पुल जोखिममा
शिव पुरी
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–ढल्केबर खण्डका ५५ पुल जोखिमपूर्ण अवस्थामा छन् । राजमार्गमा रहेका पुलमध्ये कुनैमा आसपासबाट जथाभावी ढुंगागिट्टी निकालिँदा जग धरापमा परेका छन्, कुनै पुलमा बेरिङ बिग्रिने समस्या छ, फलामे पुल खियाले खिइँदै गएका छन् ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
कान्तिपुर संवाददाता
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाकुम्भमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु
बुद्धिसागर मरासिनी
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ ।
बाढीले बगर बनायो, ढुंगामुढा केलाएर खेत बनाउँदै किसान
ज्योती श्रेष्ठ
बेथानचोक गाउँपालिका–३ स्थित पाट्ने खोलाछेउ फाँटको खेत एक महिना अघिसम्म पूरै बगर थियो । बाढीले थुपारेका ढुंगा र माटोका ढिस्का थिए, स–साना पहाडझैं देखिन्थे । तर अहिले बगर बिस्तारै फाँट बन्दै छ । फाँटैभरि किसान भेटिन्छन् । ढुंगा–माटोका ढिस्कालाई डोजर लगाएर पन्छ्याइँदै छ ।
माघ १६, २०८१
सहिद परिवार भन्छन्, ‘बलिदानको सम्मान होस्’
ज्योती श्रेष्ठ
कोठाको एउटा कुनामा झुण्ड्याएको ठूलो तस्बिरमा लेखिएको छ, ‘राष्ट्रिय सहिद मुकेश कायस्थ’ । कोठाको अर्को कुनामा रहेको दराजमा मुकेशका कयौं तस्बिर राखिएका छन् । मुकेशका ६५ वर्षीय बाबु कृष्णमान यिनै तस्बिर हेरेर आफूलाई सम्हाल्छन् । ‘तस्बिर हेर्दा मुकेशलाई केही नभएझै लाग्छ,’ उनले भने, ‘जबकि, ऊ यो संसारमा छैन ।’
बाबुराम भट्टराई भन्छन् : पुराना दलहरू सुध्रिने अवस्था छैन, नयाँ शक्तिसँग सहकार्य गर्छौं
कान्तिपुर संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् । बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए ।
एमाले उपमहासचिव ज्ञवाली भन्छन् : पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने कुरा उचित होइन
कान्तिपुर संवाददाता
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच ज्ञवालीले बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताएका हुन् ।
‘कमरेड पवन’ : जसले आत्मसमर्पण होइन, बलिदान रोजे
महेश केसी
रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटस्थित आफ्नै घरको छतमा टोलाइरहेकी थिइन्, लपा केसी । २२ वर्षअघि मारिएका उनका श्रीमानबारे कुरा कोट्याउँदा निकैबेर उनी भावुक पनि बनिन् । कुराकानीका क्रममा धेरैपल्ट उनको गला अवरुद्ध भयो । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्षका क्रममा सहिद भएका थिए लपाका श्रीमान लक्षिराम केसी अर्थात् ‘कमरेड पवन’ ।
सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति पत्रकार महासङ्घ असहमत
कान्तिपुर संवाददाता
सरकारले सङ्घीय संसद्‍मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले असहमति जनाएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा, महासचिवमा मगर विजयी
कान्तिपुर संवाददाता
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटाले ६ सय ८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी हेमन्त राईले ६१५ मत ल्याए । त्यस्तै उपदेशकुमार यादवले ३१० मत ल्याउँदा सुदिन पौडेलले १९२ मत ल्याएका छन् ।
कांग्रेस महामन्त्री शर्मा भन्छन् : अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार हुँदैन
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताएका छन् । सरकारले सामाजिक मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
बुधबार कान्तिपुरमा स्वास्थ्य र शिक्षामन्त्रीका निर्णयविरुद्ध सडकमा आवासीय चिकित्सक ओर्लिएकोदेखि कुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्युलगायतका खबर प्रकाशित भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईका निर्णयविरुद्ध आवासीय चिकित्सकहरू सडकमा ओर्लिएका हुन् ।
वातावरणीय लेखापरीक्षण कानुन माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
कान्तिपुर संवाददाता
एमाले सचेतक सुनिता बराल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संघीय संसद्, प्रतिनिधिसभामा दर्ता भएको छ । उक्त प्रस्तावमा नेपालमा वातावरणीय लेखा परीक्षण कानुन निर्माण गर्नुपर्ने उल्लेख छ ।
समाजवादी मोर्चाले काठमाडौंमा चैत २४ गते जनप्रदर्शन गर्ने
कान्तिपुर संवाददाता
समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।
लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई सहिद घोषणा गर्न माग
हरिराम उप्रेती
राणा शासनविरुद्ध पहिलो पटक विद्रोह गर्ने लखन थापाका सहयोद्धा जयसिंह चुमी मगरका चौथो पुस्ताका सन्तान हुन्, रत्नसिंह । ९० वर्ष टेकेका रत्नसिंहको एउटै माग छ, ‘मेरो बाजे (जयसिंह) लाई सहिद घोषणा गर्नुपर्‍यो ।’
वन तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको छ : मन्त्री शाही
माधव अर्याल
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन तथा वन्यजन्तु संरक्षण ऐन सशोधनको क्रममा रहेको बताएका छन् । उनले वन, वन्यजन्तु संरक्षणका साथै वातावरणसंग सम्बन्धित नीतिगत समस्या समाधानका लागि संशोधन गर्न लागेको बताए ।
गाउँ रित्तिने अवस्थालाई सामान्य रूपमा हेर्नु हुँदैन : राष्ट्रपति पौडेल
आश गुरुङ
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति गाउँघरबाट रित्तिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो संकटबाट राष्ट्रलाई जोगाउन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था पहिलो आवश्यकता रहेको औंल्याए ।
स्वास्थ्य र शिक्षामन्त्रीका निर्णयविरुद्ध सडकमा ओर्लिए आवासीय चिकित्सक
कान्तिपुर संवाददाता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईका निर्णयविरुद्ध आवासीय चिकित्सकहरू सडकमा ओर्लिएका छन् । बुधबार उनीहरूले काठमाडौंको माइतीघर मण्डल र देशभरका विभिन्न अस्पतालमा विरोध प्रदर्शन गरिएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले जनाएको छ ।
ऊर्जामन्त्री खड्काविरुद्धका उजुरीको छलफलमा कांग्रेसको अनुपस्थिति संयोगमात्रै होइन : सापकोटा
कान्तिपुर संवाददाता
ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कांग्रेसका सांसदहरूको अनुपस्थिति संयोगमात्रै नरहेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएका छन् ।
‘सहिद भनेका कांग्रेस, एमाले र माओवादीका भन्ने छ, जुन गलत हो'
प्रतीक्षा काफ्ले
स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा जन्मिएका विजय ढकालको २०६१ पुस २९ मा तत्कालीन शाही सेनाले कास्कीको निर्मलपोखरीस्थित साम्नी भन्ने ठाउँमा हत्या गरेको थियो ।सानैदेखि राजनीतिक चेत भएका विजय पढाइमा पनि अब्बल थिए । पारिवारिक वातावरण राजनीतिक भएकै कारण परिवर्तनका लागि उनी माओवादी आन्दोलनमा होमिए । उमेर सानै भए पनि पार्टी जिल्लाको नेतृत्व सम्हालेका विजय शाही सेनाको नजरमा परे ।
पाथीभरामा केबलकार निर्माण विवादलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्छ : भट्टराई
कान्तिपुर संवाददाता