text
stringlengths
2
914
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय मुद्दामा मुख्य दलहरू पहिलोपटक एकैठाउँमा उभिनु निकै महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बीआरआई सहकार्य फ्रेमवर्कका सन्दर्भमा सत्ता साझेदार नेकपा एमाले र काँग्रेसबीच भएको समझदारी नेपालको बाह्य सम्बन्ध सञ्चालनको कोशेढुंगा भएको बताए ।
समाजवादी मोर्चालाई अझै ध्रुवीकरण गर्नुपर्छ : अध्यक्ष यादव
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चालाई ध्रुवीकरण गरेर जानुपर्ने बताएका छन् ।
आवासीय चिकित्सक र सरकारबीचको विवाद के हो ?
सुदीप कैनी
सरकारले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले दिएको सुझावलाई लत्त्याउँदै सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर पढ्दै गरेका आवासीय (रेसिडेन्ट) चिकित्सकको विषयमा आइतबार नीतिगत निर्णय लियो । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आयोगका सहअध्यक्ष तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले यस्तो निर्णय लिएका हुन् ।
समाजवादी मोर्चाको विचार सभा सुरु
कान्तिपुर संवाददाता
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाको विचार सभा सुरु भएको छ ।
फेक आईडी वा पेजबाट भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना
कान्तिपुर संवाददाता
सामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो ।
प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ १८ देखि सुरु हुन लागेको हिउँदे अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका पारित गरेको हो ।
कांग्रेसका प्रमुख सचेतकले छिटो कानुन निर्माण नभए अध्यादेश आउने भनेपछि प्रतिपक्षको प्रतिवाद
कान्तिपुर संवाददाता
सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌बाट विधेयक पारित नगरिए सरकारले अध्यादेश ल्याउने क्रम बढ्ने बताएका छन् ।
हेलिकोप्टरबाट डोजर आयो, सडक आएन
केदार शिवाकोटी
माथिबाट च्छो-रोल्पा हिमतालबाट बगेर आएको रोल्वालिङ खोला, तल तामाकोशी नदी । यी दुवैले घरेको अनकन्टार भीरमुनि चारैतिरबाट जंगलले घरिएको बस्ती । वारिबाट विगु गाउँपालिका-१ लामाबगरमा रहेको माथिल्लो तामाकोशीको बाँधस्थल जाने प्रवेशमार्गको यात्रा गर्दा चारैतिर भीरमात्रै देखिन्छ । तर त्यही भीरले घेरिएको गाउँ देखिँदैन ।
ढकारी घटना : किटानी जाहेरी दिँदै आफन्त, अनुसन्धानका लागि विज्ञ प्रहरी अछाम आउँदै
मेनुका ढुंगाना
ढकारी गाउँपालिकाका-८ ढकारीका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको 'शंकास्पद' मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ । यसअघि घटनास्थलमा तालिम प्राप्त कुकुरलाई ल्याएर अनुसन्धान सुरु गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली बोलाइएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।
पाथीभरा केबलकारका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद
आनन्द गौतम
पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ५ बजे यहाँका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् ।
रुसी सेनाको करार सकेर फर्कन्छु भनेका विनोद उतै अस्ताए
होम कार्की
१४ वर्षीय कृष्ण सुनुवार कोठाबाट भित्र–बाहिर गरिरहेका थिए । एकछिन भित्र पस्थे, पुलक्क हेर्थे । फेरि फुत्त बाहिर निस्किन्थे । उनी बसिरहेको टहराको सानो कोठाभित्र तीन जनाले पराल बेरेर मान्छेको आकार निकाल्दै थिए ।
माघ १४, २०८१
आवासीय चिकित्सकलाई न्यूनतम २५ हजार निर्वाह भत्ता दिने निर्णय
कान्तिपुर संवाददाता
निजी मेडिकल कलेजले सःशुल्क स्नातकोत्तर अध्ययन गर्ने आवासीय (रेसिडेन्ट) चिकित्सकलाई मासिक न्यूनतम २५ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने भएको छ ।
सत्तापक्षको बालुवाटार बैठक : अध्यादेशको प्रतिरक्षामा एकजुट बनाउने प्रयास
कुलचन्द्र न्यौपाने
अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले संसद्‍मा सक्रिय विरोधका लागि मोर्चाबन्दी कसिरहेका बेला सत्तापक्षले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा सत्तारुढ दलको बैठक डाकेर सरकारले ल्याएका अध्यादेशको पक्षमा खुलेर समर्थन गर्न र विपक्षको विरोधको प्रतिवाद गर्न सत्ता सहकार्य गरीरहेका दलका नेताहरूसँग आग्रह गरेका छन् ।
दाहालको देश दौडाहा : भन्छन्, ‘सच्चिने अभियान सुरु’
गंगा बीसी
प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपत्यकाबाहिर जहाँ जान्छन्, त्यहाँ ‘बिहानी हिँडाइ’ (मर्निङवाक) गर्छन् । उनले जिल्ला भ्रमणका क्रममा ‘मर्निङवाक’लाई राजनीतिक कार्यक्रमसँग जोड्दै आएका छन् ।
माओवादी अध्यक्ष दाहाल भन्छन् : हामी हिँड्दाहिँड्दै यो सरकार ढल्छ
लक्ष्मी गौतम
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकाको आयु लगभग पूरा भएको बताएका छन् । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा निर्मित बगाले सहिद स्मृति पार्कको सोमबार उद्‍घाटनमा अध्यक्ष दाहालले सरकार छिट्टै ढल्ने बताएका हुन् ।
रास्वपा उपनेता श्रेष्ठले बोलाए संसदीय दलको बैठक
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठले दलको बैठक आह्वान गरेका हुन् ।
पाथीभरा केबलकार विवाद वार्ताबाटै टुंग्याउनुपर्छ : अध्यक्ष दाहाल
लक्ष्मी गौतम
माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा केबलकार निर्माणका सन्दर्भमा भइरहेको विवाद वार्ता र संवाद माध्यमबाटै टुंग्याउनुपर्ने बताएका छन् ।
अखिल क्रान्तिकारीको रोकिएको मतगणना किन भएन सुरु ?
कान्तिपुर संवाददाता
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको गत शनिबार नेतृत्व चयनका लागि मतदान भए पनि मतगणना भने स्थगित भएको छ । संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षबीच विवादका कारण आइतबारदेखि नै मतगणना रोकिएको हो ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
जोगबनी-किमाथांका सडक 'ब्रेक थ्रु' देखि अछामको ढकारीमा २ किशोरीको शंकास्पद मृत्यु प्रकरणमा अहिलेसम्म ४ जना पक्राउ परेका समाचार कान्तिपुरमा सोमबार प्रकाशित भएका छन् ।
कांग्रेस नेतृत्व आन्तरिक आवाज दबाउने प्रयत्न गर्दैछ : सांसद बजगाईं
कान्तिपुर संवाददाता
सांसदलाई मन्त्रीहरूको आलोचना गर्नबाट रोक्न नहुने कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बताएका छन् । सांसदहरूलाई पार्टीले सबै कुरामा नियन्त्रण गर्न नहुने उनले बताएका हुन् ।
सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण : रास्वपा
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आबद्ध गर्न पनि सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ ।
बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी
कान्तिपुर संवाददाता
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बसिरहेको हो ।
कांग्रेस संसदीय दलमा मन्त्रीहरूको आलोचना : मन्त्रीमात्र मुस्कुराउने, सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस्
कान्तिपुर संवाददाता
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर अघि बढ्न कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएपछि सभापति देउवाले उक्त निर्देशन दिएका हुन् ।
ढकारीमा दुई किशोरी मृत्यु प्रकरण : थप दुई जना पक्राउ
मेनुका ढुंगाना
ढकारी गाउँपालिका-८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै छ ।
वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका छन् ।
मेयर हर्क साम्पाङसहित प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाही गर्न पत्रकार महासंघको माग
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटी यस्तो माग गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी रहेको बताएका छन् ।
कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।
संघीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
कान्तिपुर संवाददाता
यही माघ १८ गतेदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।
कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च अदालत पुगे लामिछाने
कान्तिपुर संवाददाता
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् ।
राष्ट्रिय परिचयपत्र सुशासनको आधार : सञ्चारमन्त्री गुरूङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताएका छन् ।
पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए ।
कानुनको प्रभावकारी कार्यान्वयन गरी बस्ती सुरक्षित राख्नुपर्छ : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुनहरूको प्रभावकारी कार्यान्वयन गरेर बस्तीहरूलाई सुरक्षित बनाउनुपर्ने बताएका छन् । उनले आगामी दिनमा बन्ने सबै संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्ने पनि बताएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता