text
stringlengths
2
914
रूपन्देही जिल्ला अदालतमा अहिले भइरहेको बहसमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भइरहेको छ । तर, दुःखजिलो गरेर जम्मा गरेको बचत डुबेपछि संकटमा परेका सर्वसाधारण भने दोषीलाई कारबाही हुने र आफ्नो बचत फिर्ता हुने सुनिश्चितताको प्रतीक्षामा छन् ।
वामदेवसँग सहकार्य मात्र : एमाले
कान्तिपुर संवाददाता
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमको एमाले फिर्ती अनिश्चित बनेको छ । गत मंगलबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले गौतमलाई पार्टीमा भित्र्याउन सैद्धान्तिक सहमति भए पनि हतार गर्न नहुने निष्कर्ष निकालेको हो ।
सबै वैदेशिक अनुदान रोक्न ट्रम्पको आदेश
बुद्धिसागर मरासिनी , यज्ञ बञ्जाडे
एकपछि अर्को नाटकीय निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका छन् । ट्रम्प ह्वाइट हाउस फर्केलगत्तै वैदेशिक विकास अनुदान तत्काल स्थगन गर्ने निर्णय भएको र ९० दिनको समीक्षापछि निर्क्योल गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप
आनन्द गौतम
पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार झडप हुँदा दुवैतर्फका गरी कम्तीमा १८ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच दिउँसो र साँझ झडप भएको हो । झडपमा सुरक्षाकर्मी १३ र आन्दोलनरत पक्षका ५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्मचारीका लागि जारी भयो साइबर सुरक्षासम्बन्धी ‘एड्भाइजरी’
सजना बराल
सरकारी कार्यालयहरूका सूचना प्रणालीको पासवर्ड हरेक तीन महिनामा परिवर्तन गर्न, संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल फोन बाहिरै राख्न, कार्यालयका कम्प्युटरमा कुनै पनि गेम इन्स्टल नगर्न र सावधानीका अन्य विविध उपायसहित राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक ‘एड्भाइजरी’ जारी गरेको छ ।
माघ १२, २०८१
राप्रपा बैठकमा महामन्त्री राणाको चर्को आलोचना
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनको निर्णयविपरीत चलेको, नीति र सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाएका महामन्त्री धवलशमशेर राणाको चर्को आलोचना भएको छ । राणाले लिङ्दनेका कार्यशैलीप्रति प्रश्न उठाउँदै शुक्रबारको बैठकमा १६ बुँदे सवाल उठाएका थिए । राणाको लिखित प्रतिवेदनमाथि बैठकमा छलफल भइरहेको छ ।
जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् : चन्द
शंकर आचार्य
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् ।
संसद्‌मा एकढिक्का भएर आवाज उठाउन सांसदलाई कांग्रेस सभापति देउवाको निर्देशन
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसद्मा आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले एकढिक्का भएर संसद्मा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
भारतीय नाकाबन्दी असफल पारेका कारण एमालेमाथि प्रहार : महासचिव पोखरेल
कान्तिपुर संवाददाता
एमाले महासचिव शंकर पोखरेलले २०७२ मा भारतीय नाकाबन्दीको विरोध गरेका कारण पार्टीमाथि प्रहार भइरहेको दाबी गरेका छन् । त्यतिबेला संविधान जारी गर्न नदिने प्रपञ्च गरिएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन भारतका विदेश सचिव जय शंकरलाई नेपालको संविधानबारे चिन्ता नगर्न आग्रह गरेको पनि उनले खुलासा गरेका छन् ।
पठाओ-इनड्राइभका १ हजारभन्दा बढी चालकलाई कारबाही
विवेक पोख्रेल
पछिल्लो ७ महिनामा राजधानीमा मात्रै पठाओ–इनड्राइभजस्ता राइडमा अफलाइन सेवा चलाउने १ हजार ५२ जनालाई प्रहरीले कारबाही गरेको छ । अहिले अफलाइन बसेर सेवा दिन खोज्न त्यस्ता चालकलाई ड्युटीमै खट्ने प्रहरीबाट कारबाही गर्न सकिने व्यवस्था मिलाएको छ।
नेपाल सुन्दर मात्रै होइन, सुरक्षित पनि छ भनेर चिनाउनुपर्छ : महानिरीक्षक कुँवर
कान्तिपुर संवाददाता
नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भनेर चिनाउन सकेमात्र पर्यटन क्षेत्रमा आकर्षण बढ्ने नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् । पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई पनि सरोकारको विषय बनाउनुपर्ने उनको भनाइ थियो ।
बृहत् वामपन्थी मोर्चा बनाउन जरुरी : खनाल
कान्तिपुर संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।
सहकारीको रकम कम्पनीमा लैजान पाइँदैन भन्ने नजान्नेहरू 'जान्नेलाई छान्ने'का अभियानकर्ता रहेछन् : पोखरेल
कान्तिपुर संवाददाता
एमाले महासचिव शंकर पोखरेलले 'जान्नेलाई छान्ने' नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैलाइएको पनि बताए ।
कांग्रेसले 'नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन' गर्ने
कान्तिपुर संवाददाता
सत्तारुढ नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले 'नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन' गर्ने भएको छ ।
पर्यटन क्षेत्र एक्लै अगाडि बढ्नै सक्दैन : मन्त्री पाण्डे
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्र एक्लै अगाडि बढ्न नसक्ने बताएका छन् । उनले पर्यटनका लागि नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको पनि बताए ।
सरकारले अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
अतिक्रमणका परेका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए ।
गैँडा संरक्षणमा हातेमालो गरौँ : वनमन्त्री शाही
कान्तिपुर संवाददाता
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैँडा संरक्षणमा सबैजना मिलेर हातेमालो गर्नपर्ने बताएका छन् । गैँडा हेर्न विश्वका विभिन्न मुलुकहरूबाट चितवन आउने बताउँदै मन्त्री ठकुरीले गैँडा हेर्नकै लागि चितवनबाट आउने पर्यटकहरूको पहिलो रोजाइ बनेको बताए ।
बैतडी जीप दुर्घटना : घाइतेमध्ये दुई जनाको मृत्यु
मनोज बडू
सिगास गाउँपालिका–१ माँडौमा शनिबार बिहान जीप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
सत्तामा धेरै कुरा सेटिङमा चल्दा रहेछन् : अध्यक्ष दाहाल
दुर्गालाल केसी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तामा धेरै कुरा सेटिङमा चल्ने गरेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले तीन पटक प्रधानमन्त्री हुँदा धेरै कुरा सेटिङमा चल्ने गरेको थाहा पाएको बताए ।
विश्वविद्यालयहरूमा भइरहेको दलीय भागबण्डा मान्य छैन : नेविसंघ
कान्तिपुर संवाददाता
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका निकायमा दलीय भागबण्डाको आधारमा डीन, निर्देशक, सहपरीक्षा नियन्त्रक र क्याम्पस प्रमुखहरू नियुक्त भएको विषयप्रति आपत्ति जनाएको छ ।
जीवन र उत्पादनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देनलाई महामन्त्री राणाका १६ सवाल
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच गम्भीर मतभेद देखिएको छ । राणाले पार्टी कार्यकर्ताका प्रस्तुत गरेको ‘राजनीतिक विचार’ मा अध्यक्ष लिङ्देन महाधिवेशनले पारित गरेका निर्णय र विधानविपरीत चलेको, नीति र सिद्धान्तविपरीत माओवादीसँग सहकार्य गरी सरकारमा गएकाले पार्टी लोकप्रियतामा घट्दै गएको दाबी गरेका छन् ।
'लामिछानेको नाममा सुप्रिमबाट २ करोड कर्जा निकासा, आफैं चेक काटेर ४० लाख किस्ता भुक्तान'
घनश्याम गौतम
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा रूपन्देही जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि सकिएन ।
४ दिनसम्म नियन्त्रणमा आएन महाभारत क्षेत्रको डढेलो
ज्योती श्रेष्ठ
खानीखोला र बेथानचोक गाउँपालिकाको सीमामा रहेको चिसापानी सामुदायिक वनमा मंगलबारदेखि सुरु भएको डढेलो अन्य तीन सामुदायिक वनमा फैलिएको छ । डढेलो लाग्न सुरु भएको ४ दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’
माधव अर्याल
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्ग ठेक्का भएको करिब तीन वर्षपछि शुक्रबार ‘ब्रेक थ्रु’ भएको (छिचोलिएको) छ । सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको थियो ।
‘पासवर्ड’ दुरुपयोग गरेर दुई युवाले दोब्बर बनाइदिए भाटभटेनीको कर
विवेक पोख्रेल
आन्तरिक राजस्व विभागमा आबद्ध भाटभटेनी सुपरमार्केटले प्रयोग गर्ने ‘युजर नेम’ र ‘पासवर्ड’ दुरुपयोग गरेर दुई युवाले ६ करोडको करलाई १३ करोड पुर्‍याइदिएको खुलासा भएको छ । राजस्व विवरण हेरफेर गरेको आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सन्तोष पराजुली र परिन पाण्डेलाई पक्राउ गरेको छ ।
माघ ११, २०८१
कोशी टप्पुमा पुष्पा र अञ्जलीको रखबारी
विद्या राई
हिउँदे घाम बिहानैदेखि पर-परसम्म फैलिएको थियो । तैपनि राति शीत परेका घाँसपात ओभाइसकेका थिएनन् । पुष्पा र अञ्जलीलाई घाँस चर्न कुनै पर्वाहै थिएन । पेट अघाउन्जेल चर्ने, पानी खाने अनि आराम गर्ने बिहानीको दैनिकीअनुसार खडेरीले सुकेका घाँसभित्र हरिया मुना सिला पार्नमै ध्यानमग्न थिए ।
अखिल क्रान्तिकारीमा संस्थापन र उपमहासचिव शर्मा पक्षबीच मुख्य प्रतिस्पर्धा
कान्तिपुर संवाददाता
माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा पार्टी नेताहरूले आफूनिकट विद्यार्थी नेतालाई छुट्टाछुट्टै अघि सारेका छन् । नेतृत्वका लागि संस्थापन र उपमहासचिव जनार्दन शर्माको पक्षका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ ।
महाराष्ट्र रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो
कान्तिपुर संवाददाता
भारतमा रेल दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव आफन्तजनको जिम्मा लगाइएको छ । भारतीय रेल्वेले मृतकहरूको शवलाई उनका आफन्तजनले चाहेको स्थानसम्म पुर्‍याएको छ ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
सिद्धबाबा सुरुङमार्ग छिचोलियो, सगरमाथाको सलामी दस्तुर १५ हजार डलर पुर्‍याइयोदेखि अमेरिकामा ट्रम्पको निर्वासन अभियानअन्तर्गत सयौं आप्रवासी पक्राउसम्मका खबर आज चर्चामा रहे ।
प्रधानमन्त्री ओलीलाई सन्चै छ ?
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाल्पा र रुपन्देहीका गरी चार कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । पाल्पाका बगनासकाली र तिनाउँ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन र सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्ने, बुटवल-गोरुसिंगे सडक स्तरोन्नोति शिलान्यास कार्यक्रम थियो । तर शुक्रबार बिहान उनी त्यस क्षेत्र जाने कार्यक्रम स्थगित भयो ।
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताए । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अस्थिरता मच्चाउने तत्व सक्रिय भएको बताए ।
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह