text
stringlengths
2
914
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
ढकारी घटना : दुई जना प्रहरीको नियन्त्रणमा, शव पोस्टमार्टमका लागि नेपालगन्ज पुर्‍याइयो
मेनुका ढुंगाना
ढकारी गाउँपालिका-८ घोडासैनका दुई जना किशोरीको जंगलमा शव भेटिएपछि हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई आइतबार राति नियन्त्रणमा लिएको छ । ढकारीकै २० वर्षमुनिका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
वर्षमानलाई लिएर तेह्रथुम उडे दाहाल, ओलीको गाउँमा दुई दिनसम्म यस्ता छन् कार्यक्रम
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम जाँदैछन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।
गोठालो गएका दुई किशोरीको शंकास्पद मृत्यु
मेनुका ढुंगाना
अछाममा एकाघरका दुई किशोरीको ‘शंकास्पद’ मृत्युको घटनामा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान थालेको छ ।
२३ निमित्त प्रशासकीय प्रमुखको ‘कार्यकारी’ अधिकार खोसियो
ऋषिराम पौड्याल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता पत्र पठाएको लामो समयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।
भारतले मनायो ७६ औं गणतन्त्र दिवस
कान्तिपुर संवाददाता
भारतले सैन्य शक्ति प्रदर्शन गर्दै आइतबार ७६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँदिल्लीस्थित कर्तव्यपथमा आयोजित समारोहमा सैनिक मार्चका साथै क्षेप्यास्त्र, ट्यांक, लडाकु विमान, मोटरसाइकल लगायतले शक्ति प्रदर्शन गरिएको थियो ।
रातो बाँदर र बँदेल कृषि हानिकारक वन्यजन्तु घोषित
नुमा थाम्सुहाङ
वन मन्त्रालयले रातो बाँदर र बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणासँगै अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही हुनेछैन ।
सुप्रिम सहकारी ठगीमा १ करोड धरौटी, रूपन्देही अदालतले पनि भन्यो- लामिछानेले कसुर नगरेको मनासिब आधार देखिएन’
घनश्याम गौतम
रूपन्देही जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई एक करोड धरौटी लिएर तारिखमा छोडेको छ । अदालतले सुप्रिम सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने) ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीमा छोड्ने आदेश दिएको हो ।
माघ १३, २०८१
कांग्रेसको ‘ज्येष्ठ राजनीतिज्ञ सभा’ गठन गर्न तीन नेतालाई जिम्मेवारी
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसले ‘ज्येष्ठ राजनीतिज्ञ सभा’ गठनको समन्वय गर्न तीन जना नेताहरूलाई जिम्मेवारी दिएको छ ।
पाथीभरा केबलकार घटना : वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह
कान्तिपुर संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
१ करोड धरौटी बुझाएर छुटे लामिछाने
घनश्याम गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
सरकार फेरिन सक्छ तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : पुन
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दल माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका छन् । उनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए ।
वैदेशिक सम्बन्ध सञ्चालनमा आएको असन्तुलनले देश भूराजनीतिक चक्रब्यूहमा फस्ने खतरा : राप्रपा
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखाएको निष्कर्ष निकालेको छ । सरकारले वैदेशिक सम्बन्ध संचालनमा देखाएको अपरिपक्वताले देश भूराजनीतिक समस्यामा फस्न सक्ने भन्दै राप्रपाले सचेत गराएको हो ।
सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्नु आपत्तिजनक : राप्रपा
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिले सरकारले भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई संरक्षण प्रदान गरेको आरोप लगाएको छ ।
कांग्रेस संसदीय दल : उच्चस्तरीय संयन्त्रबारे थापा र अध्यादेशबारे तीन विज्ञको प्रस्तुति
कान्तिपुर संवाददाता
कांग्रेस संसदीय दलको बैठकमा सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रबारे महामन्त्री गगन थापा र अध्यादेशबारे तीनजना विज्ञले प्रस्तुति दिएका छन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश, नेपालबाट पौने २ अर्बको छुर्पी निर्यातदेखि पाथीभरा झडपपछि मंगलबारदेखि थप आन्दोलन गर्ने घोषणासम्मका समाचार आज चर्चामा रहे
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश
घनश्याम गौतम
रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् ।
कानुनले दिएको अधिकार उपयोग गर्न मन्त्री दाहालको निर्देशन
रासस
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिच्किचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरेका थिए ।
स्वास्थ्य पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन
कान्तिपुर संवाददाता
स्वास्थ्य पत्रकार मञ्च नेपालमा भिषा काफ्ले अध्यक्षमा निर्वाचित भएका छन् । छैटौं राष्ट्रिय अधिवेशनबाट अध्यक्ष सहितको १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
युवा संघद्वारा प्रेरक व्यक्तिहरुलाई सम्मान
कान्तिपुर संवाददाता
राष्ट्रिय युवा संघ नेपालले नेपाली समुदायमा आशा जगाइरहेका प्रेरक व्यक्तिहरुलाई सम्मान गरेको छ । युवा संघले पारस खड्का, शिशिर पछाई, पलेशा गोबर्धन र अस्कर अलीलाई सम्मान गरेको हो ।
विचाराधीन विधेयक अगाडि बढाउन सभामुखले खोजे एमाले र कांग्रेसको पहलकदमी
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका समितिमा विचाराधीन विधेयक अगाडि बढाउनका लागि सत्तारुढ दुई दल एमाले र कांग्रेसको पहलकदमीको अपेक्षा गरेका छन् । सत्तारुढ दलका मुख्य सचेतक र प्रमुख सचेतकसँगको आइतबारको छलफलमा सभामुख घिमिरेले विधेयक अगाडि बढाउनका लागि भूमिकाको अपेक्षा राखेका हुन् ।
विधेयक विचाराधीन हुँदा अध्यादेश ल्याइएको भन्दै प्रतिपक्षी दलद्वारा सभामुखको ध्यानाकर्षण
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा विधेयक विचाराधीन रहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको उद्योग समितिबाट पारित
कान्तिपुर संवाददाता
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट पनि पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक प्रतिनिधिसभाको समितिबाट आइतबार पारित भएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो
घनश्याम गौतम
बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएको छ । सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने मुद्दाको प्रतिवादमा आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अनिता राउत, पशुपति भण्डारी लगायतका वकिलले बहस गरेका थिए ।
नेपाली जनताले विश्वास गरे २०८४ मा बहुमत ल्याउँछौँ : महासचिव चन्द
कान्तिपुर संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा जनताले विश्वास गरे बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताए ।
कांग्रेस महामन्त्री थापा भन्छन् : अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु
कान्तिपुर संवाददाता
कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।
कांग्रेस संसदीय दलको बैठक जारी
कान्तिपुर संवाददाता
सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संस्द भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
सगरमाथा चढ्न अब विदेशी आरोहीले झन्डै २१ लाख सलामी तिर्नुपर्ने
सुरज कुँवर
अब विदेशी नागरिकका निम्ति सगरमाथा चढ्दा लाग्ने खर्च बढ्ने भएको छ । सरकारले विदेशी आरोहीका लागि प्रतिव्यक्ति साढे पाँच लाखभन्दा धेरै दस्तुर बढाएको हो ।
एमालेले बोलायो संसदीय दलको बैठक
कान्तिपुर संवाददाता
एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।
बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर
डम्बरसिंह राई
कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले राईलाई कसुरदार ठहराएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस जारी, आजै आदेश आउन सक्ने
घनश्याम गौतम
सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशक रवि लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन् ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकलाई छुट्टाछुट्टै भेट्दै सभामुख
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूलाई छुट्टाछुट्टै भेटिरहेका छन् । संघीय संसद्को हिउँदे अधिवेशन आह्वान भइसकेको अवस्थामा सभामुखले घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूलाई छुट्टाछुट्टै भेट्न बोलाएका हुन् ।
राष्ट्रिय गौरवका आयोजनाबारे सांसद् र विज्ञबीच छलफल
कान्तिपुर संवाददाता
राष्ट्रिय गौरवका आयोजनाबारे नेकपा माओवादी केन्द्रका सांसद् र विज्ञहरूबीच छलफल भएको छ । पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टीका नेताहरू सहभागी कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति गरेका छन् ।
न्यायको प्रतीक्षामा सुप्रिम सहकारीका पीडित बचतकर्ता
कान्तिपुर संवाददाता