text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ । |
बुटवल-गोरुसिंगे सडक निर्माण सुरु, प्रधानमन्त्री ओलीले गरे शिलान्यास |
घनश्याम गौतम |
बुटवल गोरुसिंगे सडक विस्तारको काम सुरु भएको छ । बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडकको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट बुटवल–१३ जिगतढीमा शिलान्यास गरेका छन् । सडकको शिलान्याससँगै निर्माणको काम सुरु भएको आयोजनाले जनाएको छ । |
देशको शीघ्र विकासका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताएका छन् । भर्चुअलमाध्यमबाट सिद्धबाबा सुरुङमार्ग योजनाको 'सुरुङ ब्रेक थ्रु' गर्ने क्रममा उनले यस्तो बताएका हुन् । |
अख्तियारको भयले २३ निमित्त प्रशासकीय प्रमुखको अधिकार रद्द |
ऋषिराम पौड्याल |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता पत्र पठाएको लामो समयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका २३ वटा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनीक अधिकार रद्द गरेको छ । पालिकाले वरिष्ठ हुँदाहुँदै कनिष्ठ र प्रशासन सेवाभन्दा बाहिरका कर्मचारीलाई जथाभावी रूपमा निमित्त दिएको उजुरीका आधारमा उनीहरूको अधिकार रद्द गरेको हो । |
आन्तरिक राजस्व विभागको सफ्टवेयरमा अनधिकृत पहुँच : भाटभटेनीको कर रकम बढाइदिने दुई युवा पक्राउ |
विवेक पोख्रेल |
आन्तरिक राजस्व विभागको सफ्टवेयर प्रणाली अनधिकृत पहुँच बनाई भाटभटेनी सुपरमार्केटको कर हेरफेर गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । |
हामी सच्चिन्छौं, ०६४ जस्तै फेरि मत दिनुहोस् : अध्यक्ष दाहाल |
दुर्गालाल केसी |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका कमीकमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताएका छन् । |
छिचोलियो सिद्धबाबा सुरुङमार्ग |
माधव अर्याल |
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेकथ्रु भएको हो । यसअघि प्रधानमन्त्री ओली भौतिक रूपमै उपस्थित हुने योजना भए पनि अन्तिम समयमा स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा ब्रेक थ्रु गरिएको हो । |
अस्ट्रेलियामा रहेकी शिक्षिकाको नाममा ३ लाख रुपैयाँ तलब निकासा |
विनय आजाद |
सिरहाको गोलबजार नगरपालिका-४ मा अवस्थित जनता माध्यमिक विद्यालय (प्राविधिक)मा कार्यरत एक शिक्षिका विदेशमा भएपनि उनको नाममा तलब निकासा भएको पाइएको छ । विद्यालयकी शिक्षिका बिमलाकुमारी झाको नाममा गैरकानुनी ढंगले तलब निकासा भएको भेटिएको हो । |
केपी ओली कपको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी म्याक्सबाट हुने |
कान्तिपुर संवाददाता |
फागुन ११ देखि १९ गतेसम्म हुने केपी ओली कपको तेस्रो संस्करणका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी म्याक्समार्फत हुने भएको छ । शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का सीईओ महेश स्वाँर र आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । |
कसको खल्तीमा जान्छ भन्सार सुविधाको रकम ? |
पर्वत पोर्तेल |
भन्सार नियमावली, २०६४ को नियम १० अनुसार, भारतीय नम्बरप्लेट भएका सवारी साधनलाई सीमा क्षेत्रबाट करिब ५ किलोमिटर टाढाको बजारसम्म जान निःशुल्क भन्सार ‘सुविधा’ दिने प्रावधान छ । यसमा कुनै शुल्क तिर्नुपर्दैन । तर, मेची र विराटनगर भन्सार कार्यालयले यो नियमको उल्लंघन गर्दै अवैध रूपमा रकम असुल गरिरहेका छन् । |
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । |
सगरमाथाको सलामी दस्तुर १५ हजार डलर पुर्याइयो |
कान्तिपुर संवाददाता |
सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पुर्याएको छ । |
रवि लामिछानेका वकिलले जिल्ला अदालत रुपन्देहीमा बहस गर्दै |
घनश्याम गौतम |
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा शुक्रबार पनि थुनछेक बहस हुनेछ । शुक्रबार प्रतिवादी रवि लामिछानेका वकिलले बहस गर्ने छन् । तर, सुरुमा जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । |
सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’ |
रासस |
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । |
काभ्रेको थामलेखमा डढेलो नियन्त्रण बाहिर |
ज्योती श्रेष्ठ |
मध्य हिउँदमै काभ्रेको महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ । मंगलबार दिउँसो २ बजेको समयबाट खानीखोला गाउँपालिका-१ को थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । |
विशेषज्ञ चिकित्सकको अध्ययनमा ३४ प्रतिशत सिट खाली |
सुदीप कैनी |
चिकित्साशास्त्र विधा अध्ययनको सबैभन्दा माथिल्लो विद्यावारिधि/सबस्पेसियालिटिज (डीएम/एमसीएच) तहको अध्ययनमा गत वर्ष ३४ प्रतिशत सिट खाली रहेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । उक्त तहमा सन् २०२३ मा ३२ र २०२२ मा ३४ प्रतिशत सिट रिक्त भएको थियो । |
सहकारी ठगीमा लामिछानेविरुद्ध थुनछेक बहस सुरु |
घनश्याम गौतम |
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । पहिलो दिन बिहीबार सरकारी पक्ष र जाहेरवालाका तर्फबाट बहस भएको छ । अदालतले थनछेक बहस नगरी प्रतिवादी लामिछानेलाई जिम्माजमानीमा छाडेकामा दुवै पक्षले प्रश्न उठाएका छन् । |
७ करोड ठगीका आरोपितलाई सरकारी वकिल कार्यालयबाटै उन्मुक्ति |
कान्तिपुर संवाददाता |
जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ परेका सत्तारूढ एमाले काठमाडौंका नेता मोहनबहादुर विष्टलाई मुद्दा नचलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिएको छ । काठमाडौं प्रहरीले ठगीमा मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन पेस गरे पनि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा नलगी विष्टलाई सामान्य हाजिरी जमानीमा छाडेको हो । |
महाराष्ट्र रेल दुर्घटनामा ७ नेपालीको मृत्यु |
मेनुका ढुंगाना |
भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन् । तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुईको ठेगाना बिहीबार साँझसम्म खुलिसकेको छैन । |
द काठमान्डु पोस्ट क्लाइमेट डायलग : ‘अब विश्वयुद्ध भए पानी र अक्सिजनका लागि’ |
दीपक परियार |
जलवायु परिवर्तनको असरसँग जुध्न युवालाई समेट्ने गरी स्थानीय तहसम्मै जलवायु नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यससम्बन्धी अनुसन्धानमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने पनि उनीहरूले बताएका छन् । |
माघ १०, २०८१ |
देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : सीके राउत |
कान्तिपुर संवाददाता |
जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । |
७ करोड ठगीका आरोपित विष्टलाई सरकारी वकिल कार्यालयबाटै उन्मुक्ति |
कान्तिपुर संवाददाता |
ठगी कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएकामा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेन, एमाले जिल्ला नेता विष्ट सामान्य हाजिरी जमानी छुटे |
सांसद गुरुङको निलम्वन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने |
रासस |
विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका सांसद टेकबहादुर गुरुङको निलम्वन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने भएको छ । |
आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले ल्यायो बजारमा लेपावर जेनसेट |
कान्तिपुर संवाददाता |
अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक समारोहकाबीच लेपावर सार्वजनिक गरिएको हो । |
खाद्य सम्प्रभुताको आधिकार प्रदान गर्न राष्ट्रिय संवाद आयोजना |
कान्तिपुर संवाददाता |
ग्रामीण पुनर्निर्माण नेपालले खाद्य र खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी राष्ट्रिय संवादको आयोजना गरेको छ । संस्थाले खाद्य सम्प्रभुताको लागि जलवायु उत्थानशील, लैंगिक उत्तरदायी र समावेशी खाद्य प्रणाली निर्माण गर्ने प्रतिबद्धताका साथ उक्त संवाद आयोजना गरिएको जनाएको छ । |
कोरियाको ईपीएस र ई-७ प्रणाली अलग अलग : कोरियाली विशेष दूत |
होम कार्की |
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) र ई–७ भिसा अलग-अलग प्रणाली रहेको स्पष्ट पारेको छ ।नेपाल आएका दक्षिण कोरियाको विदेश मन्त्रालयका विशेष दूत ली जियोङक्युले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको शिष्टाचार भेटमा ई-७ भिसा प्रणालीबारे स्पष्ट पारेका हुन् । |
अखिल (क्रान्तिकारी) को निर्वाचन : नेतृत्व लिन संस्थापन र शर्मा पक्षबीच चर्को प्रतिस्पर्धा |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रको विद्यार्थी संगठनको नेतृत्व लिन अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्मा पक्षबीच चर्को प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति हुन नसकेपछि तीव्र प्रतिस्पर्धा चर्केको हो । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज देश-दुनियाँमा अब राजस्व क्षमताका आधारमा समपूरक अनुदान, महाराष्ट्र रेल दुर्घटनामा ७ नेपालीको मृत्यु, मेक्सिको सीमामा १० हजार सेना परिचालन गर्ने ट्रम्पको तयारीसम्मका खबर चर्चामा परे । |
गण्डकीमा जलवायु संवाद : स्थानीय तहमै जलवायु नीति, अनुसन्धानमा पर्याप्त बजेटको खाँचो |
दीपक परियार |
जलवायु परिवर्तनका असरसँग जुध्न युवालाई समेट्ने गरी स्थानीय तहसम्मै जलवायु नीति बनाउनुपर्ने र सरकारले अनुसन्धानमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ । कान्तिपुर पब्लिकेसन्स्को अंग्रेजी दैनिक द काठमाडौं पोस्टले बिहीबार पोखरामा आयोजना गरेको ‘जलवायु परिवर्तनसँग जुध्न गण्डकीका युवाको भूमिका’ विषयक जलवायु संवादका वक्ताले सरकारीस्तरमा भएका जलवायु नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए । |
'गजेन्द्रनारायण सिंह क्रान्तिकारी नेता थिए' |
कान्तिपुर संवाददाता |
मधेशवादी दलका नेताहरूले ‘मधेशवाद’ का प्रवर्द्धक स्व.गजेन्द्रनारायण सिंहलाई उनको २४ औं स्मृति दिवसमा स्मरण गरेका छन् । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले उनको स्मृति दिवसमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेताहरूले दूरदर्शी र परिवर्तन चाहने नेताका रूपमा स्मरण गरेका छन् । |
नेकपा एसका स्थायी कमिटी सदस्य शर्माको निधन |
प्रकाश बराल |
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजीप्रसाद शर्माको निधन भएको छ । |
महाराष्ट्र रेल दुर्घटना : अधुरै रह्यो जयकलाको सन्तान भेट्ने इच्छा |
मेनुका ढुंगाना |
आफ्नो उपचार र सन्तान भेट्न भारतको महाराष्ट्रतर्फ जाँदै गरेकी अछामकी जयकला कामीको रेल दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार भएको रेल दुर्घटनामा परी उनको मृत्यु भएको हो । |
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ |
कान्तिपुर संवाददाता |
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तर फरार प्रतिवादी बिनौद पौडेल पक्राउ परेका छन । बर्दिया बढैयाताल गाउँपालिका २ घर भई काठमाडौं टोखा नगरपालिका ३ बस्ने पौडेललाई एनसीबी अबु मस्कट ओमानको समन्वयमा पक्राउ गरेर बुधबार नेपाल फिर्ता ल्याइएको हो । |
दुई तिहाइ भएपछि मात्र संविधान संशोधन प्रक्रियामा जान्छौं : गौतम |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.