text
stringlengths
2
914
अर्जुन शाह
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभामा दुई तिहाई सुनिश्चित भएपछि मात्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
रुद्राक्ष थेप्चो पार्न झन्डै ३० लाख दानामा क्लिप
दीपेन्द्र शाक्य
धेरै भाउ पाइने चिनियाँ व्यापारीको विश्वासमा परेर रुद्राक्षको दानालाई क्लिप लगाएर थेप्चो आकार बनाएका रुद्राक्ष व्यापारीहरू यति बेला मर्कामा परेका छन् । स्थानीय किसानहरूसँग बोट नै खरिदेर रुद्राक्ष व्यापारीहरूले भारतीय र चिनियाँ व्यापारीहरूलाई थोकमा बेच्दै आएका थिए ।
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ ।
इजलासमा सरकारी वकिलको प्रश्न- बहस नै नगरी अभियुक्तलाई किन परिवारको जिम्मा लगाएको ?
घनश्याम गौतम
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरका प्रतिवादीलाई बहस नै नगरी अदालतबाट परिवारको जिम्मा लगाएको विषयमा सरकारी वकिलले प्रश्न उठाएका छन ।
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये ४ नेपाली
मेनुका ढुंगाना
भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा मृत्यु भएका १३ मध्ये ४ जना नेपाली रहेको पुष्टि भएको छ ।
निजामती विधेयकको प्रस्तावनासहित तीन दफामा सहमति
कान्तिपुर संवाददाता
संघीय निजामती विधेयकमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको छ ।
स्थानीय तहले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको सिफारिस
कान्तिपुर संवाददाता
आदिवासी जनजाति आयोगले राज्यको नीति निर्माण र कार्यान्वयन गर्ने निकायमा अहिलेसम्म सहभागी हुन नसकेका अल्पसंख्यक र लोपोन्मुख आदिवासी जनजातिहरुको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई सिफारिस गरेको छ।
यो सरकार लामो समय जाँदैन : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार अप्राकृतिक रूपमा जन्मिएकोले धेरै लामो समय नजाने बताए । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले आफूहरूले अहिले सक्रिय भएर सरकार ढाल्न नलागेको बताए ।
माओवादीभित्रै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति पुनको मनोनयन स्थगित
गंगा बीसी
नेताहरूबाटै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारीबाट माओवादी नेतृत्व पछि हटेको छ । पदाधिकारी बैठकमा सहभागी हुन थालेका पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल थिए ।
संघीयता कार्यान्वयनमा संघीय नेतृत्वमाथि नै प्रश्न
कान्तिपुर संवाददाता
संघीय सरकार, राजनीतिक दल र तिनका नेतृत्वको उदासीनताका कारण संघीय संरचनाको व्यावहारिक कार्यान्वयनमा चुनौती देखिएको सरोकारवालाले बताएका छन् । राजनीतिक दलका नेता नै संघीयतालाई लिएर प्रस्ट हुन नसक्दा समस्या देखिएको उनीहरूको भनाइ छ ।
लामिछाने अदालतमा हाजिर, आजबाट थुनछेक बहस
घनश्याम गौतम
बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतले बुधबार बयान सकेपछि उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको छ ।
लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीयविरुद्ध ठगी मुद्दा
पर्वत पोर्तेल
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अनिलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा चलाएको हो ।
१७ वर्षदेखि चिसो भुइँमा पढ्दै बालबालिका
शिव पुरी
फतुवा विजयपुर नगरपालिका–१ गम्हरिया गाउँदेखि पूर्वपट्टि लालबकैया नदी छ । नदी आडैमा रहेको सानो झुपडीमा दलित प्राथमिक विद्यालयको बोर्ड झुड्याइएको देखिन्छ । मधेशमा बढ्दो शीतलहर चलिरहँदा तारबारसमेत नगरिएको झुपडी बाहिर भुइँमा कठ्यांग्रिँदै बालबालिका चिच्याएर पढिरहेका छन् ।
गण्डकीमा पर्यटक बढाउन पोखरामा अन्तर्राष्ट्रिय उडान र मुख्य सहरसँग सडक सम्पर्क’
कान्तिपुर संवाददाता
गण्डकी प्रदेशमा पर्यटनको थप विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय उडान, सडक सञ्जाल र नीतिगत सुधारमा जोड दिनुपर्ने सरोकारवालाले औंल्याएका छन् । सबै प्रकारका पर्यटन, साहसिक गन्तव्य, उत्पादन, कला र संस्कृतिको प्रचुर सम्भावना रहे पनि नीतिगत अस्पष्टता र अदूरदर्शिताका कारण गण्डकीले अधिकतम लाभ लिन नसकेको उनीहरूले बताएका छन् ।
१०० वर्षे चेपाङ दम्पतीलाई नयाँ घर
प्रताप विष्ट
घामपानी छिर्ने अत्यन्त साँघुरो छाप्रोमा बस्दै आएका १०० वर्षीय जयराम चेपाङ दम्पती चिटिक्क परेको शौचालयसहितको नयाँ घर पाउँदा दंग छन् । निःसन्तान जयराम दम्पतीलाई पोखरा घर भई अमेरिका बस्दै आएका कर्ण गुरुङको परिवारले पक्की घर बनाइदिएका हुन् ।
उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो
रासस
काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।
माघ ९, २०८१
दाहाल दौडाहा : कात्तिकयता हरेक महिना एक रात चितवनमा बास
रमेशकुमार पौडेल
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चितवन दौडाहा बाक्लिन थालेको छ । गृहजिल्ला चितवन भ्रमण कात्तिकयता उनले बढाएका छन् । मिलेसम्म एक रात बास बसेरै फर्किने गरेका हुन् ।
वामदेवलाई एमालेमा अब कुन पद ?
गंगा बीसी
एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम घर फिर्ता हुने अन्तिम तयारीमा छन् । उनले सम्मानजनक जिम्मेवारीका साथ ‘नमरुन्जेल काम गर्न एमालेमा फर्कन लागेको’ बताएका थिए । तर, एमालेले भने गौतमले पाउने ‘सम्मानजनक पद’ बारे टुंगो लागिनसकेको बताएको छ ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन, रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहसदेखि महिला यू–१९ विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग नेपाल पराजितसम्मका समाचार चर्चामा रहे ।
अब सशस्त्र प्रहरीले १६ वर्षमा अवकाश पाउने : गृहमन्त्री लेखक
विवेक पोख्रेल
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीले १६ वर्षमा अवकाश पाउने विषय कानुनमा समावेश गरिएको बताएका छन् ।
आगलागीका १४ सय ४२ घटनामा २२ को मृत्यु, १६ सय ५६ घर परिवार प्रभावित
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्ष (२०८०/०८१) सुरु भएयता भएका आगलागीका १४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले यो तथ्याक‌ बताएका हुन् । उनले आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ पुरुष र १६ जना महिला रहेका छन् ।
जमाना '५ जी'को छ, नेपालको संघीयता '२ जी'मा चलेको छ : मुख्यमन्त्री पाण्डे
कान्तिपुर संवाददाता
नेपालमा संघीयता लागू भए पनि अहिलेको संघीयतामा कंकालमात्रै रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।
सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक : गृहमन्त्री लेखक
रासस
गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताएका छन् ।
संघीयता अगाडि बढाउने हो भने प्रहरी समायोजन गर्नैपर्छ : पूर्वउपप्रधान तथा माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकले संघीयतालाई अगाडि बढाउने हो भने प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आन्तरिक कार्यदल गठन
कान्तिपुर संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् । उनले प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यावहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्यसमेत अघि बढाएका छन् ।
रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस हुने
घनश्याम गौतम
रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा लामिछानेको बयान सकिएको छ ।
सगरमाथा संवाद २०२५ : जलवायु परिवर्तन, हिमाल र मानव भविष्य विषयमा केन्द्रित हुने
नुमा थाम्सुहाङ
पाँच वर्षको प्रतीक्षापछि सगरमाथा संवाद हुने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेसँगै यसको तयारीमा सरकार पुनः जुटेको हो ।
सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको हो : शर्मा
कान्तिपुर संवाददाता
माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताएका छन् ।
सिमेन्टको मूल्य बढ्नुमा नियत खराब छ : सांसद भट्टराई
कान्तिपुर संवाददाता
एमालेका सांसद योगेश भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
नेपालको लोकतन्त्रमा संघीयता आवश्यक भएरै स्थापित गरेका हौँ : उपाध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको लोकतन्त्रमा संघीयताको आवश्यक भएर संघीयताको स्थापना गरेको बताएका छन् ।
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन
कान्तिपुर संवाददाता
सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले पछिल्लो समय अस्वाभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।
ऊर्जामन्त्री खड्काले कानुनविपरीत काम गरिरहनुभएको छ : सांसद सापकोटा
कान्तिपुर संवाददाता
ठूला विद्युत् परियोजना ठेक्का लगाउनदेखि नेपाल विद्युत् प्राधिकरणसँग विवाद गरेर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नियम र कानुनविपरीत काम गरिरहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएका छन् ।
२ सय ५६ किलो गाँजा बरामद