text
stringlengths
2
914
नवीन पौडेल
पूर्वी नवलपरासीमा सशस्त्र प्रहरीले २ क्विन्टल ५६ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको छ : मुख्यमन्त्री पाण्डे
कान्तिपुर संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले पोखरामा गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको बताए।
गण्डकी अझै प्रभावशाली बन्ने सम्भावना देखेको छु : अध्यक्ष सिरोहिया
कान्तिपुर संवाददाता
सबै पक्षबाट हेर्दा गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने बलियो सम्भावना देखिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रममा सिरोहियाले यस्तो बताएका हुन् ।
रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा
घनश्याम गौतम
रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दा जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
रासस
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।
धर्मको मार्ग, व्यापारको बाटो
घनश्याम खड्का , हरिराम उप्रेती , नारायण शर्मा
नेपालको पर्यटन क्षेत्रमा मुस्ताङदेखि त्रिवेणीसम्मको यात्रा एक अनुपम अनुभव हुन सक्छ । चीनसँग जोडिएको मुस्ताङदेखि भारतसँग जोडिएको त्रिवेणीसम्मको विविधता यात्रामा रुचि राख्नेका लागि आफैंमा अलौकिक अनुभवको भण्डार हो ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
कान्तिपुर संवाददाता
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।
सत्तापक्षकै सांसदले मागे लेखा समिति सभापतिको राजीनामा
जयसिंह महरा
प्रतिपक्षी माओवादी र रास्वपासँगै सत्तारूढ कांग्रेसका सांसदले समेत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । सत्तारूढ दलको सांसद भएको, श्रीमती सहकारी ठगीको अभियुक्त भएको र स्वकीय सचिवमाथि पनि ठगीमा अभियोग लागेको हुनाले पोखरेलले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरूले माग गरेका हुन् ।
उच्चले झिकायो लामिछानेलाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’
दीपक परियार
उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी मुद्दाका अभियुक्त गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
सिरुबारीबाट फैलिएको होमस्टे व्यवसाय
बुद्धिसागर मरासिनी
स्याङ्जा सदरमुकामबाट २३ किमि दूरीमा छ सिरुबारी गाउँ । समुद्री सतहबाट १६ सय १० मिटर उचाइमा रहेको सिरुबारीलाई खासमा पूर्वबेलायती र भारतीय सैनिक बाहुल्य गाउँ भन्दा पनि फरक पर्दैन । चिटिक्क मिलेका र बाक्ला घर, विकसित सहरमै जस्ता शौचालय र खानेपानी सुविधा, ढुंगा बिछ्याएका सफा र फराकिला बाटाघाटा ।
६ महिनामा १ खर्बको निर्यात, प्रशोधित तेलको हिस्सा २५ प्रतिशत
राजु चौधरी
तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी र पाम तेलको निर्यात बढ्दा चालु आर्थिक वर्षको समग्र निर्यात व्यापार ३२ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएकामा तेलको हिस्सा २५.३२ प्रतिशत छ ।
माघ ८, २०८१
अखिल (क्रान्तिकारी)को नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा
कान्तिपुर संवाददाता
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संगठनको नेतृत्व लिने आकांक्षीहरुले मंगलबार मनोनयन दर्ता गरेका छन् ।
सरकार परिवर्तनको हल्ला मात्र : सांसद कोइराला
नवीन पौडेल
नेपाली कांग्रेसका संघीय सांसद शशांक कोइरालाले सरकार परिवर्तनको हल्ला मात्र भएको बताएका छ्न् । अहिले सरकार स्थिर सरकार भएकाले परिवर्तन हुने हल्लाको पछाडि नलाग्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।
विवाद चर्केपछि पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्षमा मनोनीत गर्ने तयारी अन्तिम समयमा स्थगित
गंगा बीसी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन खोजेपछि माओवादी पार्टीभित्र प्रश्न उठेको छ । सम्मानित पदमा पुगिसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा गलत सन्देश जाने भन्दै माओवादी नेताहरूले प्रश्न गरेका हुन् ।
संसद्‌मा सशक्त ढंगले प्रस्तुत हुने माओवादीको तयारी
कान्तिपुर संवाददाता
माओवादी केन्द्रले माघ १८ देखि सुरु हुने संसद्को‌ हिउँदे अधिवेशनमा सशक्त ढंगले प्रस्तुत हुने तयारी गरेकाे छ ।
जसरी पनि सत्तामा पुग्ने र राज्यसत्ता दोहन गर्ने राजनीतिक प्रवृत्ति दुर्भाग्य : भट्टराई
हरिराम उप्रेती
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसरी पनि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने नेपालको राजनीतिक प्रवृत्ति दुर्भाग्य रेहेको बताएका छन् ।
लेखा समिति सभापतिको राजीनामा माग्नेलाई एमाले सांसद तामाङको धम्की : अबदेखि राम्रो हुँदैन
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्ने विपक्षी र सत्तारुढ कांग्रेसका सांसदहरूलाई सरकारको नेतृत्व गरिरहेको एमालेका सांसदले अबदेखि त्यो विषय उठाएमा 'राम्रो नहुने' भन्दै धम्की दिएका छन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवामा, धरानको खानेपानीको समस्या चाँडै समाधान हुने मन्त्रीको भनाइदेखि अम्पायरबारे फेसबुकमा लेखेपछि क्यानको कारबाहीमा परे सन्दीपसम्मका खबर चर्चामा रहे ।
राष्ट्रिय मुक्ति पार्टी नेपाललाई दल दर्ता प्रमाणपत्र
कान्तिपुर संवाददाता
निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।
सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य : उपप्रधानमन्त्री सिंह
प्रकाश बराल
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न एमालेसँग सहकार्य गरिएको बताएका छन् । उनले राज्यलाई अस्थिर बनाएर कांग्रेसले टुलुटुलु हेर्न नसक्ने भएकोले यो गठबन्धन चाहिएको बताए ।
सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गर्छौँ : गृहमन्त्री लेखक
रासस
गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन् ।
धरानका मेयरलाई मन्त्रीले भने : धरानको खानेपानीको समस्या चाँडै समाधान हुन्छ
कान्तिपुर संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीका खानेपानीका समस्या चाँडै समाधान गरिने आश्वासन दिएका छन् । धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै आज मन्त्रालयमा आएका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) सँगको छलफलका क्रममा मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल चालिरहेको र चाँडै समाधान हुने बताएका हुन् ।
लेखा समितिमा परेका ९५ उजुरी अध्ययन गर्न उपसमिति गठन
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । लेखा समितिको मंगलबारको बैठकले कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।
सुन ओसारपसारको अभियोगमा ३८ करोड मागदाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर
ऋषिराम पौड्याल
राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसारको अभियोगमा ३८ करोड मागदाबीसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा सोमबार मुद्दा दायर गरेको छ । विभागका अनुसार गत साउनमा रसुवा नाकाबाट तीन किलो सुन लुकाइल्याएको अवस्थामा बरामद भएको थियो ।
उच्चले माग्यो कास्की अदालतसँग लामिछानेलाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’
दीपक परियार
रास्वपाका संस्थापक सभापति रवि लामिछानेसहित ७ जनालाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशका सम्बन्धमा उच्च अदालत पोखराले मंगलबार कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।
सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने प्रधानमन्त्री ओलीको घोषणा
नुमा थाम्सुहाङ
प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सगरमाथा संवादको मिति घोषणा गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् ।
ऊर्जामन्त्री खड्काबारे लेखा समितिमा छलफल गर्न माग
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्ने माग भएको छ । जलविद्युत्‌का ठूला आयोजनामा मिलेमतो गरेको भनी सार्वजनिक भएका विवरणलाई लिएर सार्वजनिक लेखा समितिको बैठक बोलाउनुपर्ने माग भएको हो ।
परराष्ट्रमन्त्रीद्वारा नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई बधाई
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेका हुन् ।
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।
एमाले सचिवालय बैठक बस्दै
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ ।
बजेट कार्यान्वयनप्रति बास्कोटाको प्रश्न : अहिलेसम्म नलागेको ठेक्का कहिले लाग्छ ?
कान्तिपुर संवाददाता
सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बास्कोटाले बजेट पारित भएको महिनौं बितिसक्दा पनि योजनाको ठेक्का नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले हालसम्म पनि योजनाको ठेक्का नलगाउँदा योजना आर्थिक वर्षभित्रै सम्पन्न हुनेमा उनले आशंका जनाए ।
नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्न अध्यादेश ल्याइयो : कांग्रेस सांसद केसी
कान्तिपुर संवाददाता
सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद केसीले सरकारले हालैमात्र सरकारले ल्याएका कम्तीमा दुईवटा अध्यादेशले नीतिगत भ्रष्टाचारलाई बढावा दिने व्यवस्था गरेको बताए ।
सार्वजनिक लेखा समितिका सभापतिलाई नैतिकताको आधारमा राजीनामा दिन माओवादीको माग
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नैतिकताका आधारमा पदबाट राजीनामा गर्न आग्रह गरेको छ । लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादीले माग गरेको हो ।
राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान