text
stringlengths
2
914
पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्‍यो । प्लेअफको स्थान सुरक्षित गर्न दुवै टोलीको लागि महत्त्वपूर्ण मानिएको यस खेलमा साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रन बनाउँदै अल आउट भयो । जवाफी ब्याटिङमा आएको धनगढीले ९.१ ओभरमा ८५ रन बनायो ।
पुस ६, २०७६
तस्बिरमा हरौं आइतबारको पीपीएल प्रतिस्पर्धा
तस्बिर : हेमन्त श्रेष्ठ
आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले हरायो भने दोस्रो खेलमा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्‍यो। जितसँगै चितवन र बुटवल प्लेअफमा पुगेका छन् । हेर्नुहोस् दुई प्रतिस्पर्धाको हेमन्त श्रेष्ठले खिचेका तस्बिर :
पुस ५, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
ललितपुरको पुल्चोकस्थित सडक भित्तामा बनाइएको मानव सभ्यताको विकासको चित्र ‘मुरल’ र मोबाइल फोनमा व्यस्त एक व्यक्ति । तस्बिर : दीपक केसी
तस्बिरमा यस्तो देखियो माझी बस्ती
अनिश तिवारी
छेउमै कञ्चन अविरल इन्द्रावती बगिरहेछ । नजिकै घनाजंगलसँगै झ्याडी खोलाछेउ एक लहरमा चिटिक्क सामूहिक घर देखिन्छन् । फिक्का रातो र सेतो रङले पोतिएको एकै लयबद्ध घरहरुको लस्कर । चौतारा साँगाचोकगढी नगरपालिका वडा १४, झ्याडीटोलको यो बस्तीमा पुग्नेहरु चकित पर्ने गरेका छन् ।
पुस ४, २०७६
‘मेलम्चीको पानी असारमा’
विमल खतिवडा
मेलम्चीको पानी असार मसान्तभित्र काठमाडौं उपत्यकामा झर्ने भएको छ । चीनको सिनो हाइड्रोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा काम अघि बढाइरहेको छ ।
पुस ३, २०७६
दीक्षान्त समारोहको रौनक
नमिता दाहाल , तस्बिर : इलिट जोशी
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह बिहीबार पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रांगण ललितपुरमा सम्पन्न भएको छ । ७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार दीक्षित भएका छन् । समारोहमा १० हजार १८३ जना विद्यार्थी सहभागी थिए । कालो गाउन र टोपी लगाएकाहरु सबैको अनुहार चम्किएको थियो । १० हजारको भिडमा उपस्थित विद्यार्थीहरु...
पुस १, २०७६
पल्टनमाथि राइनोजको सहज जित [तस्बिरहरु]
तस्बिर : हेमन्त श्रेष्ठ
बाबर हायतले विस्फोटक ब्याटिङ गर्दै अविजित ६६ रनको योगदान गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले पोखरा पल्टनमाथि ६ विकेटको सहन जित हासिल गरेको छ । तेस्रो दिन भएको एक मात्र खेलमा साविक विजेता पोखराले नमिठो हार बेहोरेको हो । खेलका केही तस्बिरहरु :
तस्बिरमा हेर्नुहोस् माइतीघरमा 'राष्ट्रिय झण्डा दिवस'
तस्बिर : दीपक केसी
दोस्रो झण्डा दिवस मनाइएको छ । काठमाडौंको माइतीघरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले उक्त दिवस मनाएको हो । दिवसमा उपस्थित युवकयुवतीले नेपालको झण्डा लिएर माइतीघरबाट बबरमहल प्रदर्शन गरेका थिए ।
हुस्सुमा तराईवासीको दैनिकी [फोटोफिचर]
पर्वत पोर्तेल
पूर्वी तराईमा मंगलबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर सुरु भएको छ । शीतलहरका कारण चिसो बढेको छ । झापाको तापक्रम १७ डिग्री छ । झापासहित अन्य जिल्लामा समेत तापक्रम घटेको देखिन्छ । ‘यस वर्षको जाडो आजबाट सुरु भएजस्तो लाग्यो’, स्थानीय वयोवृद्ध कुवेरसिंह बस्नेतले सुनाए,‘घरबाट निस्किनै गाह्रो भइरहेको छ ।’
हेलम्बु हिउँले झनै मोहक [फोटोफिचर]
अनिश तिवारी
ह्योल्मो धर्मधरोहर पुराना गुम्बा र मन्दिर हिउँले झनै सजिएका छन् । हेलम्बु र रसुवाको बीचस्थित हिमाल ‘सिमिसिदाङ’मा हिउँ थपिएसँगै हेलम्बुको पाकेडाँडा, घ्याङुल, शेर्माथान्, तार्केघ्याङ, मेलम्चीघ्याङ, शेर्माथानलाई बाक्लो हिउँले सेताम्मे बनेको छ । गाउँभरी झण्डै ५ फिट बाक्लो हिउँ जमेपछि हेलम्बुभरका गाउँले कठ्याग्रिएर घरबाट बा...
मंसिर ३०, २०७६
सन्दकपुर पुग्दा (फोटो फिचर)
कान्तिपुर संवाददाता
आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यसहित यसपटक इम्याजिन नेपालले काठमाडौंबाट इलामको सन्दकपुरसम्म ७ दिने अफरोड यात्रा आयोजना गर्‍यो । मनाङ, लोमान्थाङ र रारापछीको यो चौथौं संस्करणको यात्रा थियो । मंसिर ७ गते काठमाडौंबाट १३ वटा स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) मा काठमाडौंबाट गएका ५७ जना नेपाली विदेशीको यात्रा कोशी टप्पु, ...
पीपीएल : धनगढीले यसरी हरायाे विराटनगरलाई
शब्द/तस्बिर : हेमन्त श्रेष्ठ
पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ । धनगढीका कप्तान दीपेन्द्र सिंह एरीले अन्तिम ओभरमा सानदार बलिङ गर्दा १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सक्यो । तस्बिरमा हेनुहाेस् :
पीपीएल : तस्बिरमा हेर्नुहाेस् बुटवल र काठमाडौंबीचको खेल
शब्द/तस्बिर : हेमन्त श्रेष्ठ
नवप्रवेशी टोली काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो पराजय ब्यहारेको छ । सोमबार बुटवल ब्लास्टर्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भयो । यो हारले काठमाडौंको प्लेअफ यात्रामा गम्भीर धक्का लागेको छ । तस्बिरमा हेनुहाेस् :
कलाकारद्वयलाई श्रद्धाञ्जली [तस्बिरहरु]
तस्बिर : दीपक केसी
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा कलाकार दिपक क्षेत्रीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनको लागि चाबहिलस्थित बोर्ड परिसरमा राखिएको छ । अन्तिम श्रद्धाञ्जली दिनका लागि आफन्त, कलाकार, नेता तथा सर्वसाधारण उपस्थित भएका छन् ।
मंसिर २९, २०७६
पल्टनले जित्यो वारियर्सलाई [तस्बिरहरु]
तस्बिर : हेमन्त श्रेष्ठ
काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा...
आहा ! सेताम्मे कालिञ्चोक [फोटोफिचर]
राजेन्द्र मानन्धर
उच्च पहाडका पर्यटकीय प्वइन्टहरु हिउँले सेताम्मे छ । कालिञ्चोक, शैलुङ र हनुमन्ते डाँडाहरुमा बाक्लो हिउँ थुप्रिएको छ । ती पर्यटकीय केन्द्रमा हिउँ खेल्नेहरुको लस्कर छ । दोलखा सदरमुकाम चरिकोट बास बसेका पर्यटकका गाडीहरु आइतबारदेखि नै कालिञ्चोकतिर लस्कर छुटेको छ । हिउँका कारण कालिञ्चोकसम्म गाडी पुग्दैन तर जहाँसम्म गाडी पुग्छ...
मंसिर २८, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
किरात समुदायले उधौली पर्व मनाएका छन् । उनीहरुले सामूहिक पूजाआजासहित नाचगान गरेर उधौली मनाएका छन् । यो साता इकान्तिपुरमा सांस्कृतिक,दैनिक जीवन,बालबालिकासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाए । पोखराको फेवा तालमा डुंगा सयरमा रमाउँदै गरेका पर्यटकहरु,साग समापनको क्रममा घर फर्कने क्रममा झ्यालबाट बसमा छिर्दै गरेका यात्रुहर...
हिउँले सेताम्मे ओखलढुंगा (फोटोफिचर)
कुम्भराज राई
शुक्रबार रातिदेखि परेको बाक्लो हिमपातले ओखलढुंगाको माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको चिसोले सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । ओखलढुंगा र सोलुखुम्बुको सीमाक्षेत्रमा दुई फिट बाक्लो हिउँ परेपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । तल्लो भेगका सर्वसाधारणहरु हिउँ खेल्नका लागि पत्ताले, ठाडे, जन्तरध...
साहित्य महोत्सव : ओसिलो चउरमा झरिलो बहस [तस्बिरहरु]
तस्बिर : हेमन्त श्रेष्ठ
आठौं आईएमई नेपाल साहित्य महोत्सवको पहिलो दिन वर्षाले बिथोलेका पनि दोस्रो दिनका छलफल भने बाराही घाटमा भइरहेको छ । पोखराको आकाशलाई बादलले घेरेको छ, तर फेवा भने शान्त छ । शुक्रबार भने अविरल वर्षाका कारण घाट नजिकैको थाई ची रेस्टुरेन्टको हलमा भएको थियो ।
चम्किलो रारा [फोटोफिचर]
राजबहादुर शाही
जिल्लाको पर्यटकीय गन्तव्य रारा शनिबार बिहानैदेखि चाँदीझैं टल्किएको छ । शुक्रबार मध्याह्नदेखि हिउँले ढाकेको रारालाई शनिबार आकाश खुलेपछि चाँदीजस्तै चम्किलो देखिएको हो । घुम्न आएका पर्यटकहरु फोटो खिच्दै हिउँको डल्लोले हिर्काउँदै रमाएका छन् ।
मंसिर २७, २०७६
हिमपातले छोप्यो मनाङ
आश गुरुङ
हिमाली जिल्ला मनाङमा शुक्रबार बाक्लो हिमपात भएको छ । मंसिर १२ गते बस्तीमा पहिलोपटक हिउँ झरेको मनाङमा बुधबार साँझदेखि हिउँ पर्न थालेको थियो ।
सिमसिमे पानीमा सागमा पदक विजेताको नगर परिक्रमा
तस्बिर : अंगद ढकाल
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइएको छ । पानी परेपछि निर्धारित समयभन्दा करिव साढे १ घण्टापछि मात्रै नगर परिक्रमा सुरु गरिएको थियो । तालिकाअनुसार बिहान ११ बजे नै त्रिपुरेश्वरबाट यात्रा सुरु गरिने थियो ।
सिमसिमे पानी परेपछि... [तस्बिरहरु]
तस्बिर : अंगद ढकाल , तस्बिर : केशव थापा
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार उपत्यकासहित हुम्ला, डोल्पा, मुगु लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभा...
फोटोमा हेर्नुहोस् हिउँमय रारा
राजबहादुर शाही
पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् ।
मंसिर २६, २०७६
उधौलीको रमझममा किराँतीहरु (तस्बिरहरु)
तस्बिर : अंगद ढकाल
काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका विभिन्न जिल्लाका किराँत समुदायले उधौली पर्व धुमधामका साथ मनाएका छन् । किराँत समुदायकले ललितपुरको सुनाकोठीमा भेला भएर उधौली पर्व मनाए । नयाँ अन्नबाली पाकेपछि पितृपूजा गर्दै हरेक वर्ष मंसिर पूणिर्मा तिथिबाट यो चाड मनाउन सुरु गरिन्छ । धान, कोदो, अदुवालगायतका बालीलाई घर-घरमा पितृको नामम...
मंसिर २५, २०७६
२७ तस्बिरमा साग
कान्तिपुर संवाददाता
नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक आयोजना गरेको छ । यसपटक सागमा २७ खेल समावेश थिए। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले ५१ स्वर्णको कीर्तिमान बनायाे । ६० रजत र ९५ कास्यसहित नेपालले कूद्य २०६ पदक जित्यो । साग इतिहासमै यो नेपालले हात पारेको सबभन्दा ठूलो जित हो । नेपालका लागि गौरिका सिंहले एउटै संस्करणमा ...
मंसिर २४, २०७६
नेपाल चौथो पटक साग फुटबलमा च्याम्पियन बनेपछि‍‍‍ रंगशालामा देखिएका दृश्यहरु
अ‌ंगद ढकाल , तस्बिर : इलिट जोशी
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । याे जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ । साग च्याम्पियन बनेपछि‍‍‍ दशरथ रंगशालामा देखिएका दृश्यहरु यस्ता छन् । हेर्नुहोस् तस्बिरहरु :
यसरी खेले सांसदले फुटबल [तस्बिरहरु]
तस्बिर : केशव थापा
संसद् दिवसको अवसरमा मंगलबार सांसदहरुले सचिवालयका कर्मचारीहरुसँग मैत्रीपूर्ण फुटबल खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कर्मचारीहरुकाे टीमले सांसदहरुकाे टीमलाई ४ गोल ठाेक्यो । जवाफमा सा‌ंसदहरुकाे टीमले एक गाेल पनि फर्काउन सकेन । सांसद टीमको नेतृत्व राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए भने कर्म...
मंसिर २३, २०७६
सागको नवौं दिन तस्बिरमा हेर्नुहोस् 'गोल्डेन गर्ल' गौरिकालाई
तस्बिर : हेमन्त श्रेष्ठ
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रि–स्टाइलमा १७ वर्षीया गौरिकाले स्वर्ण हात पारेसँगै दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा ४ स्वर्ण प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । तर विभिन्न संस्करणमा गरी ४ स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्ट पनि हुन् ।
मंसिर २१, २०७६
घाम ताप्दै, सडकमा पढ्दै