text
stringlengths
2
914
खिचरा महोत्सव : चिच्चरकै मूर्ति, चिच्चरकै खान्की
रमेशकुमार पौडेल
पूर्वी चितवनको खैरहनी जबकौलीको गौचरनमा आइतबारबाट सातौं खिचरा महोत्सव सुरु भएको छ । माघे संक्रान्तिका बेलामा थारु समुदायले मनाउने विशेष पर्व हो खिचरा । यो पर्वको खास खान्की हो चिच्चर । महोत्सव हेर्नले थारु समुदायले पकाउने परिकारको स्वाद लिन पाउने छन् । थारुहरुको संस्कार, संस्कृति, औजार उपकरणहरु हेर्ने अवसर पनि प्राप्त ह...
पुस २६, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
पोखराको हेम्जामा सोमबार प्याज गोड्दै कृषक । तरकारी खेतीका लागि हेम्जा उपयक्त स्थल भएपनि पछिल्लो समय घर बन्ने क्रम बढ्दो छ । तस्बिर : दीपक परियार/कान्तिपुर
पुस २५, २०७६
सुरु भयो एक महिने माधवनारायण मेला [फोटोफिचर]
तस्बिर : केशव थापा
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला एवं व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला शुक्रबारबाट त्रिवेणीघाटमा सुरु भएको छ । हेर्नुहोस् तस्बिरहरु :
स्वस्थानी व्रतालु शालीनदीमा [फोटोफिचर]
तस्बिर : इलिट जोशी
हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रबारदेखि सुरु भएको छ । स्वस्थानी व्रत प्रारम्भका दिन काठमाडौं शालीनदीमा व्रतालुको भीड लागेको छ । व्रतालुहरुले एक महिनासम्म स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्‍य मिल्ने तथा मनोकाङ्क्षा पू...
पुस २४, २०७६
आगोमा नाच [फोटोफिचर]
अनिश तिवारी
बलेफी गाउँपालिकाको फुल्पिङकोट बगाले थापा गाउँमा मंगलबार बेलुकी छुट्टै रौनक देखिन्थ्यो । बेलुकी ९ देखि १० बजेसम्म पञ्चे बाजागाजाको आवाज, वरीपरी गाउँलेको सुरक्षाबीच ८४ भारी दाउराको आगोको चाङ दन्किरहृयो । के हुन्छ भन्ने जिज्ञासा मेट्न बसेका सबैको नजर ‘अग्नीकुण्ड’ आगोको थुप्रोमा केन्द्रित थियो ।
पुस २२, २०७६
चित्लाङमा क्वाड बाइक
सुरज कुँवर
भम्रण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकको पहिलो रोजाइ प्रकृति हुन्छ । यो पछि साहसिक गतिविधि उनीहरुको रोजाइमा पर्छन् । नेपाल जहाजबाट फाल हान्ने स्काई डाइभिङ्ग, बन्जी जम्पिङ्ग, जीपफ्ल्यार, प्याराग्लाइड आदि क्रियाकलापमा चर्चित छ नै । भम्रण वर्षलाई लक्षित गर्दै काठमाडौं नजिकैको चित्...
मर्दी हिमालको गज्जबका तस्बिरहरु
शब्द/तस्बिर: यात्रा राई
नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मर्दी हिमाल पनि हो  । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मर्दीको पदयात्रा सुरु गरिन्छ  ।
पुस २०, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
पौष शुक्ल अष्टमीको दिन काठमाडौंको जनबहालस्थित सेतो मछिन्द्रनाथलाई स्नान गराइँदै । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर
पुस १८, २०७६
झरीमा माइतीघर-बबरमहलमा जे देखियो [तस्बिरहरु]
तस्बिर : दीपक केसी
मुलुकभर शुक्रबार बिहानदेखि परेको वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ । सुविधा भएका घर, कार्यालयमा रहेकालाई राहत भए पनि काम विशेषले र अध्ययनका लागि स्कुल कलेज धाउनेहरुले सास्ती व्यहोर्नु परेको छ ।
चिसोले समाउला ! [फोटोफिचर]
तस्बिर : अंगद ढकाल
पश्चिमी न्यूनचापीय वायुको प्रभावले शुक्रबार उपत्यकासहित मुलुकका अधिकांश भूभागमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा र हिमपातसँगै चिसो पनि बढेको छ ।
पुस १७, २०७६
एकीकृत बस्ती : कतै बन्दै, कतै सर्दै
विमल खतिवडा
सिन्धुपाल्चोकमा भूकम्प प्रभावितकालागि एकीकृत बस्ती निर्माणको क्रममा छन् । गैरसरकारी संस्थामार्फत निर्माण भएका बस्तीमा निर्माण सकिएर प्रभावितहरु सरिसकेका छन् । जोखिममा रहेका ६ सय ५९ घर धुरीलाई एकीकृत बस्ती बनाएर सार्ने काम तिव्र पारिएको छ ।
राष्ट्रिय पोसाक लगाएर माइतीघरमा छमछमी [तस्बिरहरु]
तस्बिर : दीपक केसी
सातौं राष्ट्रिय पोसाक दिवसका अवसरमा बिहीबार माइतीघर मण्डलामा सद्भाव र्‍याली निकालिएको छ । 'मेरो सान मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियान' को सन्देशसहित र्‍याली निकालिएको हो ।
पुस १६, २०७६
तातोपानी नाकामा चिनियाँ पर्यटकलाई बाजासहित स्वागत
राजेन्द्र मानन्धर
भ्रमण वर्षको सुरुको दिन तातोपानी नाकामा चिनियाँ पर्यटकलाई नेपाली परम्पराअनुसार स्वागत गर्दै सीमा प्रवेश गराइएको छ ।नेपाली सयमअनुसार १० बजेर २५ मिनेटमा नाकानिर आइपुगेका चिनियाँलाई जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङलगायतका नेपाली प्रतिनिधिले स्वागत गरेको हो । नेपाली पञ्चेबाजा, नेवारी, शेर्पा र तामाङ संस्कारको बा...
वनभोजमा व्यस्त चितवनका हात्ती (फोटो फिचर)
रमेशकुमार पौडेल
सौराहामा चलिरहेको हात्ती महोत्सवमा बुधबार हात्तीहरुको ठुलो जमघट थियो । अरु बेला पर्यटकलाई बोकेर जंगल डुल्ने हात्तीहरु केही फुर्सदिला बने । अगाडी उनीहरुलाई मन पर्ने खान्की थियो । केही बेरपछि सबै हात्तीले त्यसलाई मिठो मान्दै खाए । महोत्सव आयोजकहरु यसलाई हात्ती वनभोज अर्थात पिकनिक भन्दै आएका छन् ।
१३ तस्बिरमा हेराैँ नयाँ वर्षलाई कहाँ कसरी स्वागत गरियाे
एजेन्सी
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ । अस्ट्रेलियाको सिड्‌नीदेखि अमेरिकाकाे न्यूयाेर्कसम्म आतिसबाजीसहित विभिन्न कार्यक्रमकाे आयाेजना गरेर नयाँ वर्षको स्वागत गरिएकाे छ । १३ तस्बिरमा हेराैँ नयाँ वर्षलाई कहाँ कसरी स्वागत गरियाे...
पुस १५, २०७६
तस्बिरमा हेर्नुहोस् काठमाडौंकाे तमु ल्होसारको रौनक
तस्बिर : इलिट जोशी
काठमाडौंमा तमु ल्होसार तामझामसहित मनाइएको छ । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा विभिन्न किसिमका झाँकी, र्‍याली र नृत्यहरु समेत प्रस्तुत गरियो । तमु ल्हाेसारसँगै गुरुङ समुदायको नयाँ वर्गचक्र फेरिएको छ । गुरुङ जातिको १२ वटा वर्गचक्रमध्ये आज(पुस १५)देखि फो ल्हो (मृग वर्ग) को बिदाइ गरी ची/च्यु ल्हो (मुसा बर्ग) ...
२०१९ : १२ फोटो, १२ महिना, १२ देश
कान्तिपुर संवाददाता
सन् २०१९ भरि विश्वका प्रमुख घटनालाई प्रतिनिधित्व गर्ने १२ देशका १२ तस्बिर । कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि काँडेतारले अनुहार छापेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी (तल) ।
पुस १२, २०७६
साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
राजधानीको स्वयम्भूमा खण्डग्रास सूर्यग्रहण हेर्न विशेष किसिमको चस्मा लगाई सूर्यग्रहण हेर्दै सर्वसाधारण। तस्बिर : इलिट जोशी/कान्तिपुर
तस्बिरमा हेर्नुहोस् विराटनगरलाई ३२ रनले हराएपछिको चितवन
तस्बिर : हेमन्त श्रेष्ठ
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।
पुस १०, २०७६
यस्तो देखियो तस्बिरमा विराटनगरको फाइनल यात्रा
तस्बिर : हेमन्त श्रेष्ठ
बुटवल ब्लास्टर्समाथि २१ रनको जित रच्दै विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान बनाएको छ । विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
हात्ती महोत्सवमा थारु समुदायको झाँकी (तस्बिरहरु)
रमेशकुमार पौडेल
सौराहामा बिहीबारबाट हात्ती महोत्सव सुरु भएको छ । महोत्सवमा हात्तीसँग सम्बन्धित विभिन्न गतिविधिहरु हुने छन् । महोत्सव अगाडी निस्केको शोभायात्रामा अनेक समुदायका व्यक्तिहरु आ आफ्नो पहिचानसहित सहभागि भए । तर थारु समुदायको झाँकीले धेरैको ध्यान खिच्यो । लाठी नाँच, डम्फु नाँच देखाउँदै थारु युवा युवती र पाका व्यक्तिहरुसमेत झाँ...
टेलिस्कोपबाट सूर्यग्रहण हेर्नेको कीर्तिपुरमा घुइँचो
बुनु थारु
बिहीबारका दिन खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपालमा बिहान ८ बजेर ४३ मिनेटमा ग्रहण लाग्न सुरु भएको थियो भने ११ बजेर ३३ मिनेट जाँदा सकिएको थियो । कीर्तिपुरस्थित बीपी विज्ञान संग्रहालयले टेलिस्कोपबाट तथा प्रत्यक्ष प्रसारणबाट हेर्ने व्यवस्था गरिएको थियो । सर्वसाधारण, विद्यार्थीका घुइँचो देखिन्थ्यो। कोही परिवार नै हेर्न आ...
विभिन्न देशबाट देखिएकाे सूर्यग्रहणका दूर्लभ दृश्य [तस्बिरहरु]
एजेन्सी
बिहीबार सूर्योदयपछि खण्डग्रास सूर्यग्रहण लागेको छ  । ग्रहणका क्रममा काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको थियो ।
यस्तो देखियो सूर्यग्रहण [तस्बिरहरु]
कान्तिपुर संवाददाता
बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४३ मिनेटमा ग्रहण लाग्न सुरु भएको थियो । ग्रहण काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देखिन्थ्यो । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु भएको ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा...
पुस ९, २०७६
जब १६ औं तलाबाट सान्टा झरे...
तस्बिर : इलिट जोशी
पछिल्लो समय कुनै चाड वा धार्मिक पर्वहरुको महत्व बजारसँग जोडिन थालेको छ । यस्ता अवसरमा बजारमा सामानमा छुट पाइने तथा मनाेरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुन थालेका छन् । यस्ता कार्यक्रमहरु खासगरी ठूला सपिङ कम्प्लेक्स र मलहरुले आयोजना गर्ने गर्छन् । नेपाली बजारमा क्रिसमसले पनि यस्तै अवसरको रुप लिएको छ । बुधबार राजधानीको ...
१५ तस्बिरमा हेरौं, फास्ट ट्रयाक निर्माण
विमल खतिवडा
तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा अहिले सडक निर्माण भइरहेको छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट सुरु सडकले पछिल्लो समय गति लिँदै गएको छ । रातीसमेत काम हुने गरेको छ । असार मसान्तभित्र सडकलाई ग्राभेलयोग्य बनाइने छ । ७२ दशमलव ५ किमि यो सडकको निर्माण अहिलेसम्म ८० प्रतिशत पूरा भएको सेनाले जनाएको छ ।
पुस ८, २०७६
पीपीएलमा चितवनको फाइनल यात्रा [फोटोफिचर]
तस्बिर : हेमन्त श्रेष्ठ
काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै लिगमा शतप्रतिशत जितका साथ चितवन राइनोजले पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।
पाल्पाबाट माछापुच्छ्रेलाई नियाल्दा... [तस्बिरहरु]
तस्बिर : अंगद ढकाल
प्रदेश ५ को सुन्दर नगरी पाल्पा मनमोहक दृश्यका लागि प्रख्यात छ । काली गण्डकी नदीको किनारमा स्थित सुन्दर रानी महल, पुरानो तानसेन बजारमात्र नभएर त्यहाँबाट देखिने हिमश्रृंखलाले पनि पर्यटकलाई आफूतर्फ आकर्षित गर्छ । पोखराको बतासे डाँडाबाट देखिने सूर्योदयको दृश्य अझै मनमोहक छ । त्यसलाई शब्दमा समेट्न कठिन हुन्छ । केही तस्बिरहर...
पुस ७, २०७६
तस्बिरमा शरदको पोखरा र दीपेन्द्रसिंहको धनगढीबीचको खेल
तस्बिर : हेमन्त श्रेष्ठ