text stringlengths 2 914 |
|---|
हरि गौतम |
सिस्ने गाउँपालिका–८, झिमखोलास्थित बाल कल्याण आधारभुत विद्यालयले भवन हुँदाहुँदै विद्यार्थीलाई सडकमा पढाइरहेको छ । विद्यार्थीलाई चिसोबाट बचाउन सडकमा पढाउनु परेको प्रधानाध्यापक मनमती पुनले बताइन । विद्यालय भवन नजिक घाम नलाग्ने भएकाले विद्यार्थीलाई घाम आउने सडकमा ल्याएर पढाइरहेको पुनले बताइन् । |
तस्बिरमा हेर्नुहोस् माल्दिभ्सविरुद्ध नेपालको जित |
तस्बिर : अंगद ढकाल |
१३औँ साग अन्तर्गत शनिबार भएको पुरुष फुटबल खेलमा नेपालले माल्दिभ्सलाई २-१ को गोल अन्तरले हरायो । नेपालको जितका लागि खेलको ४४ औं मिनेटमा अभिषेक रिजाल र ५०औँ मिनेटमा अनन्त तामाङले गोल गरे । माल्दिभ्सका इब्राहिम महुधी हुसैनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए । |
मंसिर २०, २०७६ |
साइकल दौडिरह्यो, सर्वसाधारणले सडक वारपार गरिरहे |
तस्बिर : दीपक केसी |
हामी सरकारलाई गाली गर्छौं, नेतालाई गाली गर्छौं, सरकारी कर्मचारीलाई गाली गर्छौं । उस्तै परे आफूबाहेक सबैलाई नीति, नियम मानेनन् भनेर गाली गर्छौं । हामी चाहिँ कत्ति नियम मान्छौं त ? सकेसम्म नियम मान्ने होइन नियम मिच्नतिर लाग्छौं । यस्तै दृश्य देखियो शुक्रबार कलंकी- कोटेश्वरको सडकमा । |
मंसिर १९, २०७६ |
डिस्चार्ज भए प्रधानमन्त्री (तस्बिरहरु) |
तस्बिर : दीपक केसी |
मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसनका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो ३ : ४५ बजे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो । |
मंसिर १७, २०७६ |
गढीमाईमा बलि तयारीका तस्बिरहरु |
लक्ष्मी साह |
गढीमाई मेलामा मंगलबार बिहानबाट राँगाको बलि दिन सुरु भएको छ । पशु अधिकारकर्मीको विरोध, उच्च अदालतको आदेश र सर्वोच्च अदालतको फैसलासमेत बेवास्ता गर्दै राँगाको बलि दिन सुरु गरिएको हो । कलैयाबाट १० किमि पूर्वमा पर्ने गढीमाई मन्दिर परिसरको छेउको दुई बिघामा रहेको बधशालामा गढीमाईको नाममा बलि दिने क्रम चलिरहेको छ । |
मंसिर १६, २०७६ |
हेर्नुहोस् तस्बिरमा गढीमाई मेलाको रौनक |
लक्ष्मी साह |
एकैपटक धेरै बली दिइने मेलाको रुपमा चर्चित बाराको गढीमाई मेला भर्न आउने दर्शनार्थीहरुको घुँइचो लागेको छ । भोलि बली चढाउने दिन हो । भोलि बिहानैदेखि बली चढाउन सुरु हुने छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई -१ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लागेको छ । |
मंसिर १४, २०७६ |
हेरौं, उप-चुनावका ९ तस्बिर |
कान्तिपुर संवाददाता |
मुलुकभर शनिबार उपनिर्वाचन भइरहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान सुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । यद्यपि विभिन्न मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगिसकेको निर्वाचन कार्यालयले जनाएका छन् । जिल्लाहरुमा भइरहेको निर्वाचनका केही तस्बिर हेर्नुहोस् । |
उपनिर्वाचन : उत्साहजनक सहभागिता |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान जारी छ । निर्वाचन आयोगले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । विभिन्न क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्। |
मंसिर १३, २०७६ |
तस्बिरमा हेर्नुहोस् सागको पूर्वतयारी |
हेमन्त श्रेष्ठ |
अगामी आइतबारदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद उद्घाटनका लागि शुक्रबार साँझ काठमाडौंको दशरथ रंगशालामा पूर्वाभ्यास गरिएको छ । हेर्नुहोस् पूर्वाभ्यासका तस्बिरहरु : |
हिउँले सेताम्य हुम्ला |
छपाल लामा |
हुम्ला सदरमुकाम सिमकोटमा बिहीबार रातिदेखि हिपमात जारी छ । शुक्रबार बेलुकी ४ बजेसम्म आधा फिट हिउँ परेको छ । छिनछिनमा हिउँ पग्लिने र थपिने गरेको छ । |
उपनिर्वाचनको रौनक : यस्ता छन् मतदानस्थल [तस्बिरहरु] |
लालप्रसाद शर्मा |
प्रतिनिधिसभा सदस्यका लागि शनिबार उपनिर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नम्बर–२ एउटै क्षेत्र हो । पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन् । मतदानका लागि ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको छ । ४१० सरकारी कर्मचारी, ३२८ स्वयंसेवक र एकहजार बढी सुरक्षाकर्मी खटिइसकेका छन् । अहिले क... |
राष्ट्रपति भण्डारी जनकपुरमा [तस्बिरहरु] |
सन्तोष सिंह |
राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् । महोत्सवमा आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन्। विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैद... |
मंसिर ९, २०७६ |
पशुपतिमा शतबीज छर्नेको घुइँचो [तस्बिरहरू] |
तस्बिर : इलिट जोशी |
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन सोमबार बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न सुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्... |
मंसिर ७, २०७६ |
साताका ७ उत्कृष्ट तस्बिर |
कान्तिपुर संवाददाता |
काठमाडौं उपत्यकामा जनघनत्व जति बाक्लिए, त्यही अनुपातमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्ने गरेको छ । उपत्यका परिचित नागरिकले त नजिकका होटल, अस्पताल, स्कुल कलेजमा छिरेर समेत शौच गर्ने गरेको पाइन्छ । तर उपत्यकाबाट भर्खर छिरेका र यातायातमा ओहोरदोहोर गर्नेहरुले कहिले काहीं सार्वजनिक ठाउँमै दिसा पिसाब गरेक... |
मंसिर ६, २०७६ |
१३ औं साग : बन्ला त स्वीमिङ पुल ? |
राजु घिसिङ |
दूरी कम भएपछि टायल उप्काएर ड्रिलिङ गरिरहेको छ, जसले क्यारक्यार चर्को आवाज दिइरहेको छ । बिछ्याइएको टायल फोहोरले भरिएको छ । ट्यांकीमा लेदो नै देखिन्छ । छानो लगाउनलाई तयार गरिएको ट्रष्टमा रङरोगन भइरहेको छ । साइडमा कभर लगाइरहेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै जाँदा सातोदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसर... |
१३औं साग खेलकुदको 'टर्च र्याली' सुरु [तस्बिरहरु] |
तस्बिर : केशव थापा |
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भू मन्दिर परिसरबाटमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली सुरु भएको छ । |
मंसिर ५, २०७६ |
माइतीघर मण्डलामा द्वन्द्वपीडितको धर्ना [तस्बिरहरु] |
तस्बिर : दीपक केसी |
द्वन्द्वपीडितहरुले बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा उनीहरुले न्याय माग्दै धर्ना दिएका हुन् । धर्नामा राज्य र विद्रोही पक्षबाट पीडित बनेका विभिन्न जिल्लाबाट पीडित परिवार र प्रतिनिधि सामेल छन् । |
मंसिर १, २०७६ |
नेविसंघले माइतीघरमा गर्यो विरोध प्रदर्शन [तस्बिरहरु] |
तस्बिर : इलिट जोशी |
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघरमा भारत र चीनले नेपालको भूमि मिचेको विषयमा विरोध प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताहरुले 'ब्याक अफ इण्डीया र चाइना' लेखेको प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् । |
सचिन तेन्दुलकरले गरे पशुपतिनाथको दर्शन [तस्बिरहरु] |
कान्तिपुर संवाददाता |
नेपाल भ्रमणमा रहेका 'मास्टर ब्लास्टर' सचिन तेन्दुलकरले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् । उनी पशुपतिनाथको दर्शनका लागि पुग्दा उनलाई पशुपति क्षेत्र विकास कोषका प्रदीपकुमार ढकालले स्वागत गरेका थिए । उनले मन्दीरमा आधा घण्टा विशेष पुजा गरेका थिए । |
कार्तिक ३०, २०७६ |
साताका उत्कृष्ट ७ तस्बिर |
कान्तिपुर संवाददाता |
यो साता कान्तिपुरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समावेश गरेपछि राजधानीमा गरिएको विरोध प्रदर्शन लगायतका तस्बिरहरु प्रकाशित भए । यस्तै, कृष्णलीलामा आधारित कात्ती प्याँख (कात्तिक नाच), बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्टर जोन भलिबल प्रतियोगिताको उपाधि जित... |
त्रिवि क्रिकेट मैदानमा तेन्दुलकरको ब्याटिङ(फोटोफिचर) |
तस्बिर : हेमन्त श्रेष्ठ |
शनिबार त्रिवि क्रिकेट मैदानमा सचिन तेन्दुलकरले बालबालिकाहरुसँग क्रिकेट खेलेका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर शुक्रबार राति साढे १० बजे नेपाल आएका हुन् । बालअधिकार वकालतका लागि मैत्रीपूर्ण क्रिकेट शनिबार आयोजना गरिएको हो । तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम... |
कार्तिक २९, २०७६ |
महिला भलिबल टिम स्वदेश फर्कियो, विमानस्थलमा स्वागत [तस्बिरहरु] |
तस्बिर : हेमन्त श्रेष्ठ |
नेपाली महिला भलिबल टिमले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गरी आज स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नेपाली महिला टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपालले फाइनलमा माल्दिभ्सलाई निरीह तुल्याउँदै बिहीबार ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जि... |
बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता [तस्बिरहरु] |
तस्बिर : अंगद ढकाल |
चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद शक्रबार साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीले बिदाई गरेकी थिइन् । नेपाल बसाइँको क्रममा उनले उपत्यकाका पर्यटकीयस्थलका साथै पोखराको पनि भ्रमण गरेका थिए । |
कार्तिक २६, २०७६ |
बंगलादेशका राष्ट्रपति हमिदलाई 'गार्ड अफ अनर' [तस्बिरहरु] |
कान्तिपुर संवाददाता |
नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । राष्ट्रपति हामिदलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । |
विद्यार्थीले लगाए पूर्वी नाकामा मोदी विरुद्ध नारा |
पर्वत पोर्तेल |
भारतसँग सिमाना जोडिएको पूर्वी नाकास्थित मेची पुलमा झापाका विद्यार्थीहरुले भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध चर्का नाराबाजी गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा मंगलबार बिहान विरोध प्रदर्शन गरिए... |
कार्तिक २३, २०७६ |
साताका ७ उत्कृष्ट तस्बिर |
कान्तिपुर संवाददाता |
यो साता कान्तिपुरमा उदाँउदो सूर्यलाई अर्घ दिएको,भारतीय नक्साको विरोधमा विद्यार्थीहरुको प्रदर्शन लगायतका तस्बिरहरुले प्राथमिकतामा पाए । जुन तस्बिरहरु रुचाइए ।त्यस्तै सिटी नेटको बैठकको अवसरमा बातिले रंगीचंगी बनेको पाटन दरबार परिसर,सागको तयारीका लागि निर्माणाधीन भवनका तस्बिरहरु पनि रुचाइए । |
टुँडिखेल अतिक्रमण रोक्न दबाब दिँदै मानव साङ्लो [तस्बिरहरु] |
तस्बिर : सन्जोग मानन्धर , तस्बिर : दीपक केसी |
अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिँदै शनिबार टुँडिखेल मानव साङ्लोले घेराउ गरिएको छ । अकुपाई टुँडिखेल अभियानको नेतृत्वमा बिहान मानव साङ्लोले टुँडिखेल घेरिएको हो । विरोध कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदास प्रधान, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नागरिक अगुवा, स... |
कार्तिक २२, २०७६ |
भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको विरोध |
तस्बिर : इलिट जोशी |
भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै न... |
कार्तिक १७, २०७६ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.