text
stringlengths
2
914
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाइ [तस्बिरहरु]
कान्तिपुर संवाददाता
उषाकालीन सूर्यलाई अर्घ दिई ४ दिवसीय छठ महापर्व आइतबार सम्पन्न भएको छ । झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी तथा सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् । गत बिहीबार नहाय–खायसँगै पर्व सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँका नदी, ताल, पोखरीमा हजारौं श्रद्धालु बिहानैदेखि भेला ...
कार्तिक १६, २०७६
छठको सन्ध्याकालीन सूर्य पूजा सम्पन्न(तस्बिरहरु)
तस्बिर : हेमन्त श्रेष्ठ , तस्बिर : इलिट जोशी , तस्बिर : कविन अधिकारी , तस्बिर : दीपक केसी , जितेन्द्र साह , श्यामशुन्दर शशि
पवित्रत छठि महापर्वको सन्ध्याकालीन सूर्य पूजा शनिबार सम्पन्न भएको छ । मुलुकभरका छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । साँझबिहान मेला जस्तै देखिने जलासय किनारमा आइतबार बिहान उदाइरहेको सूर्यलाई अर्घ्य दिएर कथा वाचन गरेपछि बिहीबारदेखि सुरु भएको यो चार दिने पर्व सकिन्छ । यसपछि दर्शनार्थी, परिवारजन, ...
काठमाडौंमा छठको रौनक (फोटोफिचर)
तस्बिरहरु : सञ्जाेग मानन्धर
छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । मुलुकका विभिन्न स्थानका नदी र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सूर्यलाई अर्घ्य दिए ।छठको रौनकले तराईका जिल्लाका बजारदेखि ग्रामीण क्षेत्रको माहौल सिंगारिएको छ । काठमाडौंको कमल...
तलाउमा छठको चहलपहल [तस्बिरहरु]
सन्तोष सिंह
जनकपुरमा छठको प्रसादले पोखरी, तलाउ सजिएको छ । शनिबार बिहानैदेखि ब्रतालुहरु छठको अर्घ दिइने परिकार र पूजा सामग्री खाली खुट्ट बोकेर छठ घाटमा ल्याइएको छ । शनिबार साँझ दिइने अर्घका लागि बिहानैदेखि तयारी थालिएको छ । जनकपुरको गंगासागर, धनुषसागर, अरगजा पोखरी, दशरथ तलाउ, अग्निकुण्डा लगायत दर्जनौं पोखरीमा शनिबार बिहानैदेखि भीड ...
कार्तिक १५, २०७६
कुवेतसँगको खेलअघि दशरथ रंगशालाको फ्लडलाइट परीक्षण [तस्बिरहरु]
कुशल तिमल्सिना , तस्बिर : केशव थापा
देशकै एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला भूकम्पपछि पुनर्निर्माणको क्रममा छ । यही रंगशालामा मंसिर ३ गते विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र कुवेतबीच फुटबल खेल हुँदैछ ।
तस्बिरमा हेरौं, उत्तरी सीमाको विकास
शब्द/तस्बिर : बलराम घिमिरे
रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले भूकम्पपछि चीनतर्फको रसुवागढी नाका र केरुङमा भौतिक पूर्वाधारको विकास गरेको छ ।
कार्तिक १४, २०७६
ब्रतालुले थाले छठ पर्व
जितेन्द्र साह
तराई–मधेसलगायत मुलुक भर छरिएर रहेका ब्रतालुले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि लौकाको तरकारी, अरुवा चामलको भात र दाललगायतका परिकार समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी सूर्य आराधनाको महापर्व छठ सुरु गरेका छन् । योसँगै ब्रतालु एवं परिवारजनलाई पूजाकालागि सामग्री किनमेल र घाट भनिने जलासय किनारल...
कार्तिक १३, २०७६
एक सिंगे गैंडा हेर्न चितवन राष्ट्रिय निकुञ्ज [तस्बिरहरु]
नारायण शर्मा
असोज/कात्तिक घुम्न राम्रो मौसम मानिन्छ । त्यसैले चितवनको सौराह र नवलपरासीको अमलटारी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्छ । चितवन राष्ट्रिय निकुन्जले गैंडाको आहाराकोलागि घासे मैदान र आहाल खेल्न ताल निमार्ण गरेपछि त्यहाँ गैंडाका बथान देखिने गरेको छ ।
नेपाली पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत [तस्बिरहरु]
तस्बिर : अंगद ढकाल
८ हजारभन्दा अग्ला १४ हिमाल सात महिनाको अवधिमा आरोहण गरी विश्व किर्तीमान कायम गरेका निर्मल पुर्जासहितका नेपाली आरोहीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । रसुवाको स्याफ्रुबेंसीबाट बुधबार विमानस्थल ओर्लिएका निर्मल र उनका टिमका मिङ्मा ग्याबु शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङलाई पञ्चेबाजा,...
माछा मार्ने जात्रा
प्रताप रानामगर
तनहुँको भिमादको मालेबगरमा बर्सेनि माछा मार्ने जात्रा लाग्छ । चार दशकदेखि वर्षको एकपटक माछा मार्ने जात्रा लाग्छ । धान पाकेपछि माछा मार्ने जात्रा लाग्ने गरेको मालेबगर सिँचाई जलउपभोत्ता समितिका अध्यक्ष चन्द्रकान्त भुजेलले बताए ।
कार्तिक १२, २०७६
नेपाल संवत्को भव्य स्वागत [फोटोफिचर]
तस्बिर : बिजु महर्जन
नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।
कार्तिक ९, २०७६
तस्बिरमा हेरौं, रेलले चर्चित केरुङ बजार
शब्द/तस्बिर : बलराम घिमिरे
पछिल्लो समय चीनबाट केरुङ हुँदै रेल काठमाडौं पुग्ने चर्चाले केरुङको प्रचार बढेको छ । चीनले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । सन् २०२०–२२ सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने उसको दाबी छ । चिनियाँ रेल नेपाल जाने बिन्दू पनि यही हो । काठमाडौं जाने रेलमार्गको स्टेसन केरुङमा निर्माण हु...
साताका उत्कृष्ट ७ तस्बिर
कान्तिपुर संवाददाता
नेपालीलाई यतिबेला दुई थरीको चटारो छ, एक तिहार, अर्को धान भित्र्याउने । नेपालीहरुको दोस्रो ठूलो चाडको रुपमा मनाइने दीपावलीका लागि गाउँसहरमा तयारीका लागि चहलपहल बढेको छ भने सँगै किसानलाई धान भित्र्याउने हतारो देखिन्छ । यो साता कान्तिपुरमा तिहारका गतिविधि, किसानका कर्मको तस्बिरले प्राथमिकता पाए । जुन तस्बिरहरु पाठकले रुचा...
भीर मौरीको सिकार (तस्बिरहरु)
डम्बरसिं राई
तिहारलगत्तै जिल्लाको उत्तरी कोपिलागढी गाउँपालिकामा भीर मौरीको मह सिकार सुरु हुन्छ । वडा नम्बर १ फेदी र ७ सुंदेलमा भीर मौरीको मह निकाल्नेहरुको घुइँचो लाग्छ ।
तिहारमा घर जानेको लर्को (तस्बिरहरु)
तस्बिर : हेमन्त श्रेष्ठ
शनिबारदेखि तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो थातथलो फर्कनेहरुको लर्को लागेको छ । शनिबार बिहानैदेखि उपत्याका छाड्नेको भिड बढेको छ । काटेश्वरमा घर फर्कने यात्रुहरु धेरै थिए । दसैंतिहारमा काठमाडौंबाट घर फर्कनेहरु धेरै हुँदा काठमाडौं लगभग सुनसान देखिन्छ ।
कार्तिक ७, २०७६
तिहारलाई ढकमक्क सयपत्री
प्रमिता ढकाल
चितवनको भरतपुर महानगरपालिका-२३ मा महिलाहरुले सामूहिक सयपत्री फूल खेती गरेका छन् । २३ वडाको वडा कार्यालयले उपलब्ध गराएको भाडाको जग्गामा मनकामना पुष्प खेती समूहका महिलाले फूल खेती गरेका हुन् ।
नचाई राखिएको भालुको उद्धार
तस्बिर : इलिट जोशी
सिरहाको लहानमा नचाइ राखिएको भालुको उद्धार गरिएको छ । स्नेहाज केयरले लहान नगरपालिका-१३ डण्डा टोलबाट 'धुत्रु' नामको जंगली भालु उद्धार गरेको हो । उक्त भालु चटकको लागि प्रयोग गरिँदै आएको थियो ।
कार्तिक ५, २०७६
केरूङमा दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव सुरु
शब्द/तस्बिर : बलराम घिमिरे
जिलोङ काउन्टीको केरूङमा आइतबारदेखि दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ । महोत्सव स्थानीय सरकार जिलोङ काउन्टीले आयोजना गरेको हो ।
मायादेवी मन्दिरबाट देखिएको सूर्योदय
मनोज पौडेल
पवित्र उद्यान, लुम्बिनी । विश्व शान्तिको मुहान । शान्तिकामी नागरिकको पहिलो रोजाइमा पर्ने ठाउ । त्यही भएर स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओईरो लाग्ने स्थल । बुद्ध धर्मावलम्बी र अनुयायी तीर्थाटन गर्न आउँछन् भने शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन यहाँ आउने गर्दछन् ।
१२ तस्बिरमा हेर्नुहोस्, दशरथ रंगशाला पुनर्निर्माण
तस्बिर : हेमन्त श्रेष्ठ
आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य खेलस्थल (उद्घाटन/समापन) को रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्रयोग गर्ने तयारी छ । साग तयारीका लागि अब थोरै दिनमात्र छ । मंसिर १५ देखि २४ सम्म सागको मिति तय छ । त्यसअघि मंसिर ३ गते विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतसँगको खेल सोही रंगशालामा खेलाउनुपर्नेछ...
कार्तिक ४, २०७६
डिभी भर्न राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड
तस्बिर : केशव थापा
सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लागेको हो । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । डिभी चिट्ठ...
कार्तिक १, २०७६
एनआरएनएको निर्वाचनस्थलमा देखियो रौनक [तस्बिरहरु]
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन भएपछि चाबहिलस्थित हायात होटल परिसरमा निकै रौनकता छाएको छ । अध्यक्षमा कुमार पन्त विजयी बनेपछि उनका आफन्त, समर्थक पञ्चेबाजासहित विजय जुलुस मनाइरहेका छन् । विजय पन्तलाई काँध बोकेर नाचगान र नारा घन्काइएको छ । मंगलबार सुरु निर्वाचन केही बिलम्ब भएर शुक्रबार...
आश्विन ३०, २०७६
म्यानमारमा राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरु )
रासस/एपी
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारको चारदिने राजकीय भ्रमणमा छिन् । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा उनी त्यसतर्फ गएकी हुन् । राष्ट्रपति भण्डारीलाई प्रेसिडेन्सियल हाउस परिसरमा म्यानमारको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) अर्पण गरेको थियो । राष्ट्रपति भण्डारी र समकक्षी विनबीच बिहीबार नै प्रेसिडेन्सि...
आश्विन २९, २०७६
तस्बिरमा नेकपाको चियापान
तस्बिर : कविन अधिकारी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
राष्ट्रपति भण्डारी चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान (तस्बिरहरु)
तस्बिर : सन्जोग मानन्धर
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारको चारदिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी...
आश्विन २८, २०७६
चिनियाँ राष्ट्रपति आउँदा र फिरेपछिको सडक(फोटोफिचर)
तस्बिर : अंगद ढकाल , तस्बिर : इलिट जोशी
नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीलाई ध्यानमा राख्दै काठमाडौंका सडक सिँगारिएका थिए । सडक सफा गरिए । दायाँबायाँ फूलका गमला र फ्लेक्स बोर्डहरु राखिए । सवारीका बेला झकिझकाउ देखिएको सडक पाहुना फर्किनेबित्तिकै पुरानै अवस्थामा फर्कियो । गमला र फ्लेक्सहरु हटाइए । हतारहतार सिँगारिएको तीनक...
जहाँ रोट चढाइन्छ (तस्बिरहरु)
मनोज पौडेल
पाल्पास्थित प्रसिद्ध भैरवनाथ मन्दिरमा रोट चढाइन्छ । सदरमुकाम तानसेनबाट करिब ९ किमि पश्चिममा मन्दिर रहेको छ । रिब्दीकोट गाउँपालिका अर्न्तगत पहाडको टुप्पोमा रहेको मन्दिरमा स्वदेश तथा विदेशबाट दर्शनार्थी र भक्तजन पूजाआजा गर्न पुग्छन् ।
'अनौपचारिक पत्रकार सम्मेलन' मा पारसका ७ पोज
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले सुरुमा पत्रकारहरुलाई इमेल मार्फत् विज्ञप्ति पठाएर पछि आफैंले समाजिक सञ्जाल मार्फत् राजीनामा दिएको जानकारी गराए । मंगलबार क्विस इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको वुमेन्स च्याम्पियसन्स लिगको ट्रफी सा...
आश्विन २७, २०७६
सुक्न थाले तीनकुनेका विरुवा
तस्बिर : अंगद ढकाल