text stringlengths 2 914 |
|---|
चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि रातारात हरियाली बनाइएको तीनकुनेमा विरुवा सुक्न थालेका छन् । २५ र २६ गते हुने सीको राजकीय भ्रमणका लागि तीनकुनेमा खाली जग्गाको डिल उकासेर दुबो र विरुवा रोपिएको थियो । महानगरपालिकाले तीनदिन पानी हालेपनि २६ र २७ गते पानी नहालिएको स्थानीय बताउँछन् । हेरौं सी स्वदेश उडेको भोलिपल्टै सुक... |
आश्विन २६, २०७६ |
सी भ्रमण : हेरौं २२ घण्टे नेपाल बसाईको २३ फोटा |
कान्तिपुर संवाददाता |
दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश फर्किए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका सीले २२ घण्टा काठमाडौंमा बिताए । शनिबार अपरान्ह पौने ५ बजे नेपाल ओर्लिएका सी आइतबार करिव पौने ३ बजे स्वदेश फर्किए । तस्बिरमा हेरौं सीको २२ घण्टा नेपाल बसाई : |
आश्विन २५, २०७६ |
आफ्नै राष्ट्रपतिलाई स्वागत गर्न पुगे नेपालमा बस्ने चिनियाँ नागरिक |
तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना |
दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । नेपालमा बसेर विभिन्न क्षेत्र र कार्यालयमा काम गरिरहेका चिनियाँ नागरिक पनि आफ्नो राष्ट्रपतिलाई स्वागत गर्न सडकको दायाँबायाँ पुगेका थिए । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म सी सवार हुने मार्गको ठाउँठाउँमा उनीहरु ... |
त्रिभुवन विमानस्थलबाट यसरी कारकेडमा गए चिनियाँ राष्ट्रपति सी |
तस्बिर : इलिट जोशी , तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना |
नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् । उनी एयर चाइनाका २ वटा विमानबाट ल्याइएका कारकेड र बुलेटप्रुफ कारको सुरक्षा घेरामा रहँदै सोल्टी गएका हुन्। सी शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएका थिए । |
तस्बिरमा हेर्नुहोस् यसरी गरियो विमानस्थलमा चीनका राष्ट्रपति सीलाई स्वागत |
तस्बिर : अंगद ढकाल |
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दब... |
यही विमानमा आएका थिए सी चिनफिङ |
प्रकाशचन्द्र तिमिल्सेना , जगदिश्वर पाण्डे |
नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल ओर्लिएका छन् । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए । उनी पौने पाँचबजे एयर चाइनाको विशेष विमानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । |
सीको स्वागत गर्न यसरी हुँदै छ तयारी |
कान्तिपुर संवाददाता |
चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् । |
सीको सुरक्षामा घेरियो सडक (तस्बिरहरु) |
तस्बिर : इलिट जोशी |
साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र चिनियाँ जनमुक्ति सेनाको फौज तैनाथ छ । केन्द्रीय सुरक्षा समिति, वरिष्ठ रथी शरदकुमार गिरीको नेतृत्वमा विशेष संयन्त्र, उपत्यका पृतनापति निरञ्जनक... |
आश्विन २४, २०७६ |
जाडो छल्न भारत झर्दै ‘कर्याङकुरुङ’ [फोटोफिचर] |
हरिहरसिंह राठौर |
जाडो बढेपछि साइबेरियाबाट सारस प्रजातीको ‘कर्याङकुरुङ’ नेपाल हुँदै भारत प्रवेश गरेका छन् । ‘कर्याङकुरुङ’ भारतको राजस्थानको केचन गाउँ र गुजरातको किच गाउँ सिमसार क्षेत्रमा जाडो मौसम बिताउँछ । भारत प्रवेश गर्ने क्रममा मौसम खराब भए अपरमुस्ताङ, कालीगण्डकी र भेरी करिडोरमा बास बस्ने गरेको चराविद् कृष्ण भूसाल बताउँछन् । |
आश्विन २३, २०७६ |
नेपाल-अस्ट्रेलिया फुटबल भिडन्त [तस्बिरहरु] |
नारायण खड्का |
विश्वकप छनोट २०२२ को प्रतिस्पर्धामा नेपालले अस्ट्रेलियासँग ५ गोलले हार व्यहोरेको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले अस्ट्रेलियासँग खेलको पूरा समयसम्म नेपालले कडा प्रतिस्पर्धाको बाबजुद एक गोलसमेत फर्काउन सकेन । |
आश्विन २२, २०७६ |
नयाँ रंगमा रंगिएको माइतीघर मण्डला (तस्बिरहरु) |
तस्बिर : अंगद ढकाल |
चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका बेला उनी हिँड्ने रुटमा पर्ने विभिन्न स्थानको सरसफाइ, रंगरोगन र मर्ममतसम्भार गरेर चिटिक्क बनाउने कार्य तदारुकताका साथ भइरहेको छ । यसै क्रममा माइतीघर मण्डलाको पनि रंगरोगन गरिएको छ । त्यसैपनि सुन्दर देखिने मण्डला रंग लगाइएपछि झनै खुलेको छ । |
विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा बिहानै भीड |
तस्बिर : अंगद ढकाल |
विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । |
आश्विन २१, २०७६ |
नेपाली राष्ट्रिय फुटबल टोलीले लगाए सिड्नीमा टीका र जमरा (फोटोफिचर) |
तस्बिर : हेमन्त श्रेष्ठ |
अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले सबैलाई टीका लगाइदिएका थिए । सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् । नेपालले... |
आश्विन २०, २०७६ |
हराउँदै लिंगे पिङ (फोटो फिचर) |
तस्बिर : मनोज पौडेल |
चार्डपर्वको रौनक बढाउने लिगे पिङ विस्तारै हराउँदै गएको छ । चचहुई भन्दै दसैं तिहारसम्मै खेलिने पिङ देखिन छाडेको छ । ८/१० वर्ष अघिसम्म दसैंको घटस्थापनादेखि गाउ टोलमा रोटे, जाते र लिगे पिङ हालेर गाउले रमाउने गर्थे । तर आजभोली निक्कै कम देखिन्छन् । रोटे र जाते पिङ त देख्नै छाडिएको छ । कतैकतै मात्र लिगे पिङ देखिन्छ । |
बेंसीसहरको दसैं सुनसान (फोटोफिचर) |
शब्द/तस्बिर : आश गुरुङ |
सप्तामी अर्थात फूलपातीको दिनसम्म बेंसीसहर बजारमा निकै चहलपहल थियो । सडकमा मानिसको हुलका हुल हिन्थे । सवै पसल खुल्थे । महाअष्टमी हुँदै नवमीको दिन दिउँसै बेंसीसहर बजारमा सन्नाट छाएको छ । कुनै राजनीतिक दलले बन्दको आहृवान गरेजस्तो बेंसीसहरको बजार भएको छ । सटर खुलेका छैनन् । नीजि तथा सार्वजनिक सवारी साधन चलेका छैनन् । साविक... |
सुनसान राजधानी |
तस्बिर : अंगद ढकाल |
दसैं लागेसागै काठमाडौं उपत्यकाबाट आ–आफ्नो थाातथलो फर्कनेहरुको लर्को लाग्छ । जब फुलपातीदेखि दसैंको बिदा सुरु हुन्छ तब काठमाडौं लगभग सुनसान देखिन थाल्छ । गाडिहरु सडकमा कम गुड्छन् र शहरमै भएकाहरु पनि आफ्नो परिवारसाग दसैं मनाउन व्यस्त हुने भएकाले शहर सुनसान हुन्छ । |
आश्विन १९, २०७६ |
अभ्यासमा नेपाली फुटबल टोली [फोटोफिचर] |
शब्द/तस्बिर : हेमन्त श्रेष्ठ |
विश्वकप फुटबल छनोट र एसियन छनोट खेल्न नेपाली टोली अहिले अस्ट्रेलियाको सिड्नीमा छ । नेपालले बिहीबार अस्ट्रेलियासँग राजधानी क्यानबेरामा खेल्दै छ । नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो । अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरिरहेको छ । नेपाली टोली बिहीबार नै सिड्नी आइपु... |
विराटनगरमा दसैंको चहलपहल [फोटोफिचर] |
शब्द/तस्बिर : जितेन्द्र साह |
धुम्म परेको मौसम । बीचबीचमा झरी । ओहोरदोहोर गर्नै कठिन हुने निर्माणाधीन बाटो । तर, दसैं मनाउनेको उत्साहमा कुनै कमी आएको छैन । झिसमिसेदेखि मेला लाग्छ भने मठमन्दिर एवं सडकमा चहलपहल सुरु हुन्छ । मुलुककै दोस्रो ठूलो सहर विराटनगरको मन छुने दृश्यहरु हुन् यी । |
आश्विन १८, २०७६ |
हनुमानढोकामा भित्र्याइयो फूलपाती [तस्बिरहरु] |
तस्बिर : सन्जोग मानन्धर |
आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो । |
सिंघिया हाटको खसी मेला |
शब्द/तस्बिर : जितेन्द्र साह |
मोरंगको प्रमुख सहर विराटनगर एवं कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोला किनारको सिंघिया हाटमा वर्षभरी बुधबार र शनिबार खसी बजार लाग्छ । मोरंगको दक्षिणपूर्वी भेकका ग्रामीणले घरमै पालेको स्वस्थ खसी यहाँ ल्याएर बेच्ने हुनाले वरिपरिका सहरबजारका अधिकांश उपभोक्ताको रोजाइमा यो हाट पर्छ । |
आश्विन १५, २०७६ |
पोखरामा भेडा-च्यांग्रा मेला (तस्बिरहरु) |
दीपक परियार |
पहिले खसीबोकाले दसैं मनाउने पोखरा आजकल च्यांग्रा खान्छ । हिमाली भेगतिरबाट ओर्लिएका भेडा–च्यांग्राको स्वाद लिन पोखराबासी अभ्यस्त भएका छन् । पोखराको हेमजामा च्यांग्राको मेला लागेको छ । सिमपानी कटेपछि याम्दी हुँदै पोखरा–बागलुङ राजमार्गका छेउछेउमा बिक्रीका लागि राखिएका भेडा–च्यांग्राका बथान भेटिन्छन् । |
आश्विन १४, २०७६ |
तस्बिरमा हेरौँ चीनको ७० औँ वार्षिकोत्सव |
तस्बिरहरु : रोयर्टर्स,एपी,एएफपी र सिन्ह्वा |
चीनले आफ्नो ७० औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार बेइजिङस्थित थ्यानआनमन चोकमा चीनले विशेष सैनिक परेड प्रस्तु गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष, राष्ट्रपति सी चिनफिङले समारोहलाई सम्बोधन ग... |
आश्विन १२, २०७६ |
पोखरामा नवदुर्गा महोत्सवको शोभायात्रा [तस्बिरहरु] |
विना थापा |
पोखरामा घटस्थापनाको अवसरमा नवदुर्गा महोत्सव आयोजना गरिएको छ । महोत्सव उद्घाटनअघि विभिन्न झाँकीसहित शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा हातमा डमरु, कमलको फूल, त्रिशूल लिएर नवकन्या आरुढ नौ रथ लगायतका विभिन्न झाँकीसहित जनप्रतिनिधि, आमा समूह, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, नेपाल स्काउट सहभागिता थियो । |
आश्विन ११, २०७६ |
लाखे नाचसहित अमेरिकामा पर्यटन प्रवर्द्धन कार्यक्रम [तस्बिरहरु] |
दिनेशजंग शाह |
४० औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा नेपाली समुदायले टाइम्स स्क्वायरमा शुक्रबार ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवर्द्धन कार्यक्रम आयोजना गरे । टाइम्स स्क्वायर, अमेरिकाकै सबैभन्दा आकर्षक पर्यटकीय स्थल हो । सयौं नेपाली आप्रवासीहरु सहभागी रहेका पर्यटन प्रवर्द्धन कार्यक्रमलाई टाइम स्क्वायरमा रहेका हजारौं पर्यटकहरुले अभिरुचिप... |
साताका ७ उत्कृष्ट तस्बिर |
कान्तिपुर संवाददाता |
आइतबारदेखि दसैं पर्व सुरु हुँदैछ । यस चाडको मुख्य दिन असोज २१ गते । यही पर्वका लागि झन्डै महिना दिन अघिदेखि चहलपहल सुरु हुने गर्छ । दसैंमा घर जानका लागि असोज ५ गते नै बसको टिकट बुकिङ सुरु भयो । यस साता कान्तिपुरमा छापिएका टिकट लिनेको भीडको तस्बिर पाठकले रुचाइए । त्यस्तै धनगढी उपमहानगरपालिका ४ तारानगरकी २७ वर्षीया खगीत्... |
आश्विन ५, २०७६ |
दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्कमा ठेलमठेल भीड |
तस्बिर : केशव थापा |
दसैंका लागि आज आइतबारबाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ । |
आश्विन ४, २०७६ |
साताका ७ तस्बिर |
कान्तिपुर संवाददाता |
यो साता इकान्तिपुर डटकममा संविधान दिवस र वर्षासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाएका छन् । यस्तै जलकुम्भीले ढाकेको फेवातालको तस्बिरले पनि चर्चा पायो । यस्तै, भारतबाट आएका कामदारहरुले च्यासलस्थित एक कारखानामा गाडीको बडि बनाउँदै गरेको, हिलाम्मे सडकमा इँटाको टुक्रा राखेर पार गर्न खोजेको, कपिलवस्तुको तौलिहवास्थित विद्य... |
बल्छीमा माछी पार न हो... |
शब्द तथा तस्बिर : अंगद ढकाल |
चारैतिर घर । बीचमा खाली जमिन । जमिनमा उम्रेका छन् हरिया झार । बिहान र बेलुकीपख डिलमा बसेर बल्छी थाप्दैछन् एक हुल युवाहरु । लगातार गएको तीन दिन परेको पानी जमेर घुँडामुनीसम्म छ । त्यही पानीमा माछा पाइने आशामा युवाहरु बल्छी थापिरहेका छन् । |
जितियामा झाम्टा नाँच |
रमेशकुमार पौडेल |
थारु समुदायमा महिलाहरुले मनाउने पर्व जितिया चितवनमा शनिबारबाट सुरु भएको छ । जितियामा महिलाहरु झाम्टा नाँच्ने गर्दछन् । झाम्टा नाँच थारु समुदायका टोट टोलमा हप्ता १० दिनअघि नै सुरु भएको थियो । थारुहरु चितवनका मुख्य आदिवासी समुदाय हुन् । जिल्लाको समथर क्षेत्र राप्ती र नारायणी नदी किनारका इलाका र माडीमा थारुहरुको बाक्लो बस... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.