text stringlengths 2 914 |
|---|
चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । |
लेखा समिति बैठक पण्डितसँग दिन हेराएर मात्रै राख्न लागियो : यादव |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर नराखेकोमा सत्तारुढ कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् । |
पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहकाबीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । |
गाजामा इजरायली आक्रमण: मृतकको संख्या २२० पुग्यो |
एजेन्सी |
मंगलबार गाजामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म २२० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । |
कांग्रेस नेता केदार नरसिंहले हडपेको जमिनमा नगरपालिकाले लगायो तारजाली, वडा र नापी बेखबर |
विवेक पोख्रेल |
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोक नजिकै कांग्रेस नेता एवं नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष रहेका डा केदारनरसिंह केसीको कम्पाउन्डभित्र रहेको सरकारी जमिन नगरपालिकाले आफ्नो मातहतमा ल्याएको छ । |
करिब २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकन डलर र युरोसहित एकजना पक्राउ |
विवेक पोख्रेल |
नेपाल प्रहरीले झण्डै २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकन डलर र युरो बरामद गरेको छ । |
४५ आंगिक क्याम्पसमा मतदान जारी |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण भइरहेको छ । |
६ दशकदेखिको तिक्तता बिर्सिएर ज्ञानेन्द्रले सुवेदीलाई बनाए सारथि |
कान्तिपुर संवाददाता |
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो राजनीतिक पुनरागमनको सारथि ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीलाई बनाएका छन् । पञ्चायतका अन्तिम दिनमा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहेका सुवेदी महेन्द्रका पाला २०२५ सालतिर पनि गृहराज्यमन्त्री र उद्योग वाणिज्यमन्त्री थिए । वाणिज्यमन्त्री हुँदा गैरव्यावसायिक स्वार्थ पूरा गर्न नसक्दा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग उनको सम्बन्ध बिग्रिएको थियो । |
स्ववियु निर्वाचन : अधिकांशमा जारी, केहीमा स्थगित |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि देशभरी नै मतदान जारी छ । केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवाद लगायतले निर्वाचन स्थगित भएको छ । |
अनेरास्ववियुले गर्यो मध्यरातमा आरआर क्याम्पसमा तालाबन्दी |
कान्तिपुर संवाददाता |
नेकपा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियूले आरआर क्याम्पसमा मध्यराति ताला लगाएका छन् । |
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव |
रासस |
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । |
अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प |
रासस |
अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । |
राजावादीविरुद्ध समाजवादी मोर्चा |
गंगा बीसी |
माओवादीलगायत चार दल सम्मिलित समाजवादी मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । नागरिक समाज, संविधानविद्, पूर्वराजदूतसँग शनिबार अन्तर्क्रिया गरेपछि मोर्चाले प्रदर्शनको घोषणा गरेको हो । |
चैत्र ४, २०८१ |
अध्यादेश प्रतिस्थापन विधेयकमा 'हस्ताक्षरबाट मतविभाजन' |
जयसिंह महरा |
अध्यादेशहरूलाई लिएर सत्तारुढ र प्रतिपक्षबीच देखिएको विवाद प्रतिस्थापन विधेयक पारित गर्ने क्रममा 'हस्ताक्षरबाट मतविभाजन'सम्म आइपुगेको छ । सरकारले ल्याएका दुई अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने क्रममा प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले हस्ताक्षर मतविभाजन भएको हो । |
नेविसंघले ढोकामै ताल्चा लगाइदिएपछि त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन स्थगित |
कान्तिपुर संवाददाता |
प्रवेशद्वारमै विद्यार्थी संगठनले ताल्चा लगाएपछि त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ । नेविसंघले क्याम्पस छिर्ने ढोकामै ताल्चा लगाएपछि मंगलबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो । |
नेता जन्माउने पीएन क्याम्पस |
अनुप पौडेल |
पृथ्वीनारायण क्याम्पस(पीएन क्याम्पस)को गेटमा पछिल्लो एक हप्ता राजनीतिक दलका जिल्लादेखि केन्द्रसम्मका नेताहरूको आउजाउ निकै बाक्लो रह्यो । नेताहरू क्याम्पस गेटका चिया पसल, सम्पर्क कार्यालयमा मंगलबार हुन लागेको स्ववियु निर्वाचनकै विषयमा गफिएको भेटिन्थे । |
असली सहकारी ठगहरू सरकारको संरक्षणमा परे : सांसद गौतम |
कान्तिपुर संवाददाता |
सहकारी ठगी गर्ने व्यक्तिहरूलाई सरकारले संरक्षण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद गौतमले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सहकारीको नियमनमा कडाइ गर्नुपर्ने सुझाव दिएकी छन् । |
‘विषादी प्रयोग विधिबारे किसानलाई बुझाउन सकेनौं' |
कान्तिपुर संवाददाता |
तरकारी तथा बालीमा आफूखुसी अत्यधिक विषादी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणलाई नै असर पार्छ भन्नेमा किसानलाई थाहै नभएको होइन । तर, उनीहरु 'रोगकिराको प्रकोपबाट बाली जोगाउन अर्को विकल्प नभएको' बताउँदै आएका छन् । विषादी प्रयोग भएका तरकारी खाँदा टाउको वा छाती दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने, मूर्च्छा पर्ने, आँखा रातो हुने जस्ता तत्कालका समस्या देखिने विज्ञ बताउँछन् । यसका दीर्घकालीन असर त धेरै छन् । तरकारीमा विषादीको प्रयोग, यसको विकल्प र रोकथामका विषयमा कान्तिपुरका राजु चौधरीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्व प्रमुख सहदेव हुमागाईसँग गरेको कुराकानी : |
बेचन झा र टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार |
घनश्याम खड्का |
नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा र टेकनारायण पाण्डेलाई थुनामुक्त गरिपाऊँ भनी परेको निवेदनमा आदेश जारी गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । |
आफ्नै पौरखले आत्मनिर्भर बन्ने सोच अभिवृद्धि गरौँ : सांसद शाक्य |
कान्तिपुर संवाददाता |
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुन गइरहेको बताउँदै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सहयोगको भरमा नभई आफ्नै पौरखमा विकास गर्ने सोचको अभिबृद्धि गर्नुपर्ने बताएकी छन् । |
सहकारी सञ्चालक जेलमै राखिए बचत फिर्ता हुन्न : थापा |
कान्तिपुर संवाददाता |
सहकारी संचालकलाई जेल, हिरासत, थुना र पूर्पक्षमा राखेर बचतकर्ताको रकम फिर्ता गर्न कठिन हुने एमाले सांसद सूर्य थापाले बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले विभिन्न शर्त राखेर सञ्चालकहरूलाई सहकारी चलाउने वातावरण बनाउनुपर्ने प्रस्ताव राखेका हुन् । |
घोषणा नहुँदै राजावादीहरूको आन्दोलन समिति विवादित |
कान्तिपुर संवाददाता |
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्न भनेर सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति प्रारम्भमै विवादित बनेको छ । |
केयूको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त |
कान्तिपुर संवाददाता |
काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
सोमबार कान्तिपुरमा पूर्वविशिष्टलाई सुविधा बढाउने विधेयकबाट गृह मन्त्रालय पछि हटेकोदेखि अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ जना मारिएको समाचार प्रकाशित भएको छ । पूर्वविशिष्ट पदाधिकारीलाई सेवा र सुविधा बढाउने गरी विधेयक ल्याउन लागेको गृह मन्त्रालय सर्वत्र विरोधपछि रोकिएको छ । |
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) थापालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख थिए । |
राष्ट्रिय सभाबाट तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभाको सोमबारको बैठकबाट तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । |
सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह विधेयक मतविभाजनबाट पारित |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’मा मतविभाजन भएको छ । प्रमुख प्रतिपक्षी माओवादीसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतविभाजन माग गरेका थिए । |
प्रधानमन्त्री ओलीको कविता : खोजी भइरहेछ भाइमाराको, राष्ट्रिय पकेटमाराको ! |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चलखेल भइरहेको भन्दै कविता रचना गरेका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापनमा प्रधानमन्त्री ओलीले कविता प्रस्तुत गरेका हुन् । |
त्रिचन्द्र क्याम्पसको प्रवेश ढोकामा नेविसघंको ताला |
कान्तिपुर संवाददाता |
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा सत्तारुढ कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ । स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसको प्रवेश ढोकामा नै नेविसंघले ताला लगाएको हो । |
मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास अस्वीकार्य : एमाले |
कान्तिपुर संवाददाता |
एमालेले संविधानसभाबाट प्राप्त उपलब्धिहरू अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, र मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने कुनै पनि प्रयासलाई स्वीकार्य नहुने ठहर गरेको छ । |
वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक : एमाले |
कान्तिपुर संवाददाता |
सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ । |
को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ? |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको कार्यकाल आजदेखि सकिँदैछ । नयाँ आईजीपी नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्ने बताइएको छ । |
भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैन: सञ्चारमन्त्री |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन् । |
भ्रष्टाचारीको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गरौँ : जनार्दन शर्मा |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.