text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । |
सगरमाथा संवादको घोषणा गरिँदै |
कान्तिपुर संवाददाता |
सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो । |
राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । |
लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेश बदर माग्दै कसले दियो उच्चमा निवेदन ? |
दीपक परियार |
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतबाट रवि लामिछानेसहित ७ जनालाई थुनामै राखेर अनुसन्धान माग्दै सरकारले उच्च अदालत पोखरामा निवेदन दिएको छ । |
सहकारीको रकम, लामिछानेको हस्ताक्षर, पत्नी निकितालाई ४५ लाख भुक्तानी |
घनश्याम गौतम |
सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको रकमबाट कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाममा समेत भुक्तानी गरिएको पाइएको छ । रूपन्देही जिल्ला अदालतमा आइतबार दायर पूरक अभियोजनमा सहकारीबाट लगिएको रकमबाट निकितालाई ३५ लाख चेकबाट र ९ लाख ९९ हजार नगद दिएको उल्लेख छ । |
चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ मा गर्न सिफारिस गरिएको छ । विद्यार्थी कल्याण परिषद्को सोमबार बसेको बैठकले उक्त मितिमा स्ववियु निर्वाचन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरेको हो । |
माघ १८ देखि संसद् अधिवेशन, २० विधेयक र ६ अध्यादेशको ‘बिजिनेस’ |
जयसिंह महरा |
विचाराधीन अवस्थामा अलपत्र रहेका २० विधेयक र सरकारले हालै ल्याएका ६ अध्यादेशलाई टुंगो लगाउन माघ १८ देखि सुरु हुने गरी संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अर्को अधिवेशनमा बजेट ल्याउनुपर्ने भएकाले सरकारको ‘प्रि–बजेट’ बारेसमेत यो अधिवेशनमा महत्त्वपूर्ण छलफल हुनेछ । |
माघ ७, २०८१ |
संसद्को हिउँदे अधिवेशनको बिजनेस : २० विधेयक, ६ अध्यादेश र प्रिबजेट छलफल |
जयसिंह महरा |
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याएर शासन चलाउन खोजेको भनेर चौतर्फी आलोचना भएपछि मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । |
लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्ने आदेश बदर माग गर्दै उच्च अदालतमा निवेदन |
दीपक परियार |
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतबाट रवि लामिछानेसहित ७ जनालाई थुनामै राखेर अनुसन्धान माग्दै सरकारले उच्च अदालत पोखरामा निवेदन दिएको छ । |
एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिन भूराजनीतिक द्वन्द्वको खेल : महासचिव पोखरेल |
कान्तिपुर संवाददाता |
एमाले महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै बलियो राष्ट्रिय शक्ति हुन नदिने खेल भइरहको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षककाे लामो स्टाटस प्रकाशित गरी भूराजनीतिक द्वन्द्वको खेलले एमालेलाई कमजोर गराउने प्रयार गरिरहेको उल्लेख गरेका छन् । कुनै खास सन्दर्भबिनै उनले फेसबुकमा यो बहस चलाएका हुन् । |
तल्लो दर्जाकै प्रहरी किन पर्छन् कारबाहीमा धेरै ? |
विवेक पोख्रेल |
चितवनको भरतपुरमा सोमबार विहान एक व्यक्तिमाथि प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरू आए । प्रहरी किन यसरी अमानवीय ढंगले कुटपिट गरेको होला ? कुटपिट गर्ने प्रहरीमाथि कारबाही होला कि नहोला ? |
पूर्ण रूपमा शान्ति सुरक्षा कायम राख्न सरकार दृढ छ : गृहमन्त्री लेखक |
रासस |
गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्ण रूपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् । |
स्ववियु निर्वाचन चैत ५ गते हुने |
रासस |
त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । |
आज दिनभर देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
संसद्को हिउँदे अधिवेशन डाक्ने मन्त्रिपरिषद्को निर्णयदेखि डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ लिँदै गरेको समाचार सोमबार कान्तिपुरमा प्रकाशित भएका छन् । |
आउँदो जेठमा सगरमाथा संवाद आयोजना गर्न प्रस्ताव |
कान्तिपुर संवाददाता |
जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले २०८२ को जेठमै सगरमाथा संवाद गर्न प्रस्ताव गरेको छ । आगामी जेठ २, ३ र ४ गते गर्न संवाद आयोजना गर्न प्रस्ताव गरिएको वन तथा वातावरण मन्त्रालयले सोमबार जानकारी दिएको हो । |
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय |
कान्तिपुर संवाददाता |
मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । |
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : ५० लाख धरौटीमा छविलाल जोशी हिरासतमुक्त |
कान्तिपुर संवाददाता |
काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्तमध्येका एक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । |
‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ |
रासस |
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ ।राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिए । |
संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् । |
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता |
कान्तिपुर संवाददाता |
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग आज फोनवार्ता गरेकी छन् । |
माओवादी अध्यक्ष दाहाल भन्छन् : राम्रो काम गर्दागर्दै संख्याका बलमा मलाई सरकारबाट हटाइयो |
हरिराम उप्रेती |
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै संख्याको बलमा बाहिरिन बाध्य पारिएको बताएका छन् । |
नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गरेका छन् । |
कुल बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । |
भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै हो : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् । |
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ |
कान्तिपुर संवाददाता |
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । |
गाजामा युद्धविराम : पहिलो चरणमा रिहा हुने सूचीमा परेनन् विपिन |
कान्तिपुर संवाददाता |
प्यालेस्टिनी समूह हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११ः१५ (नेपाली समयअनुसार ३ः००) बजेदेखि युद्धविराम लागू भएको जनाएको हो । |
सहकारी ठगीमा लामिछानेसहित थप १४ विरुद्ध रूपन्देहीमा मुद्दा |
घनश्याम गौतम |
सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ । |
धरहरासहित ६ संरचना भाडामा दिँदै सरकार |
मातृका दाहाल , ऋषिराम पौड्याल |
सरकारी ढुकुटी र दाताको अनुदानबाट बनाइएका ‘विशिष्ट सार्वजनिक संरचना’ निजी क्षेत्रलाई भाडामा दिन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारले पहिलो चरणमा धरहरा, बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरीस्थित सनराइज सभाहल, बुटवलस्थित अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र र झापाको ‘दमक भ्यु टावर’ भाडामा लगाउन लागेको हो । |
माघ ६, २०८१ |
घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् : सञ्चारमन्त्री गुरुङ |
आश गुरुङ |
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नागरिकको कामलाई आलटाल गर्ने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् । उनले घुस खाने कर्मचारी पनि कारबाहीमा पर्ने बताए । |
यो गठबन्धन अहिले टुट्दैन, देउवाले चुनावी सरकारको नेतृत्व गर्नुहुन्छ : प्रवक्ता महत |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रको अस्थिर चरित्रका कारण कांग्रेस-एमालेबीच सहकार्य भएको दाबी गरेका छन् । उनले वर्तमान सरकार संसद्को पूर्ण कार्यकालभरि नै रहने भन्दै अबको चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने दाबी गरे । |
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज |
रासस |
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ । |
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्नको आरोपमा पाण्डे पनि पक्राउ |
कान्तिपुर संवाददाता |
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले दोस्रो व्यक्तिलाई पक्राउ गरेको छ । त्रिपाठीलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार हुम्लाका महेन्द्र पाण्डेलाई पनि पक्राउ गरेको हो । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविविरुद्ध रूपन्देहीमा मुद्दा दर्ता, वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कानुन व्यवसायीको प्रदर्शनदेखि इजरायल-हमास युद्धविराम, विपिन जोशी पहिलो चरणमा नछुट्नेसम्मका समाचार चर्चामा रहे । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.